उदयपुर क्षेत्र नं. १, चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेल्टार स्थित वि.पि. चोकको एक स्थिति र अवस्था हजुरहरूमा साटन चाहन्छु।
बेल्टार देखि छुईला हुँदै खोटाङ जोडने सडक खण्डको प्रारम्भिक विन्दु मान्न सकिन्छ वि.पि. चोक। उक्त सडक खण्डको पहिलो योजनाकार तत्कालिन मन्त्री केदार राई मानिन्छन्।
नक्सामा वास्तविक जति नभएको तर चलन चल्तीमा गोरेटो बाटो मात्र रहेकोले यहि विन्दु बाट सुरू गर्ने पहिलो गाँसमै ढुङ्गो लागेको छ सम्बन्धित निकाय र ती व्यक्ति लाई, जसको यो अचल सम्पत्ति हो। व्यवहारिक हिसाबमा समाज संगको यस विषयमा भएको छलफलमा कुनै पनि बाधा अडचन नहालि सहज ढङ्गले राजीखुशीले सम्बन्धित व्यक्तिले दिएको सर्वविधितै छ। त्यही उदार मस्तिष्क र कोमल हृदय भएका यस सम्पत्तिको हकवाला अादरणीय दाजु एवं उद्योग वाणिज्य संघ बेल्टार-बसाहाका निर्वाचित अध्यक्ष श्री पवन कार्की हुनुहुन्छ।
विषयले बोकेको संवेदनशीलता निज कार्कीले हाँसीहाँसी जग्गा दिदै गर्दा उनको यस प्रकारको योगदानका विषयमा हामी समाज, नगर कार्यपालिका वा सम्बन्धित निकाय केही संवेदनशील हुनेकी नहुने भन्ने हो। एउटा घर जग्गाको सामाजिक, व्यवहारिक, कानुनी मूल्य हुन्छ कि हुदैन भन्ने उत्सुकता हो, प्रश्न हो। ती पवन कार्की भन्ने सामाजिक अगुवा पात्र चौदण्डीगढी नगरपालिका लाई चाहिन्छ कि चाहिदैन भन्ने विषयले निकैनै गम्भीर बनाएको छ। के उनको यही विषयको चित्त दुखाईले कालन्तरमा उनले हाम्रो नगरपालिका बाट बसाइँसराइ जाँदै गर्दा त्यसले पुर्याउने क्षतिको अन्दाजा सायदैले लगाउनु भएको होला। यस चुनौतीलाई अवसरमा बदल्न तपाईं हामी संवेदनशील हुन जरुरी छ। सामाजिक एकताको संस्कार र संस्कृति स्थापित गर्न जरुरी छ।
अाफ्नो घर भत्काउदै गर्दा र अाफ्नो जग्गा बिनाकुनै एक रूपैयाँ लेनदेन नगरी छोड्नु पर्दा उनको चित्त नदुखेको होला तर मेरो दुख्न सक्छ जो स्वभाविक हो समाजको साथ नपाँउदा। मेरो मात्र नभई बाहिर हाँसेपनि जो कोहीको भित्री चित्त दुखेको हुन्छ यस्तो संवेदनशील विषयमा। यही भावनालाई मध्यनजर गर्दै यस प्रकारको क्षतिमा हामी सबैले व्यवहारिक न्यायका विषयमा वहाँको त्यागमा हौसला थप्न र समाजका न्यायका लागि अझ तेजका साथ भिड्ने साहस बढाउने कार्यमा योगदान हाम्रो पनि हुनु पर्छ भन्ने हो। त्यसका तरिकाहरू के के हुन र कसरी गर्न सकिन्छ भन्ने विषय सबैले अाअाफ्नो सतरबाट सोच्नु अावश्यक छ।
एउटा घरको संवेदनशीलता बोकेको सामाजिक वा कानुनी मूल्य कति? वहाँको त्याग र समर्पणको न्यूनतम क्षतिपूर्तिको विषय उठान गर्न जायज हो कि हैन ? यो प्रतिनिधि घटना मात्र हो तर यस्ता सबै घटनाले न्याय पाउनु पर्दछ।

No comments:
Post a Comment