शुद्ध घ्यू र मह भन्दै बेच्दै हिड्ने बटुवा व्यापारीहरूको समूह ले प्रतिपक्षको भूमिका निभाउने कुनै दल छ र, भन्ने प्रश्न गरिरहदाको नियत अाजको जनताले बुझ्दैन भनेर मौकामा चौका हान्दै, अाफुलाई मुतको न्यानोमा सुताउनु कत्ति सम्मको विद्वता हो?
आखिरमा जतिसुकै समावेशी लोकतन्त्र (Inclusive Democracy) को मन्त्रोच्चारण गरेपनि, उच्च स्वरमा भजन गाएपनि, त्यसको नामको भिक्षा माग्ने सातमुखे थैलो र कमण्डलु बोक्दै खरानीलाई शरीरभरि धसेर हिडेपनि अाखिर व्यवहार त देखि हाल्दो रहेछ भन्ने प्रमाणीत भयो। सत्ता साझेदारीमा रहेको अशोक राई, उपेन्द्र यादव र बाबुराम भट्टराईहरूको र पार्टीको वास्तविकता के हो भन्ने अझै बुझ्न बाँकी केही छ र?
दृढ नियतका साथ घ्यू र मह बेच्दै हिड्ने सामाजिक संस्कारको व्यापारीहरूका पण्डित (King/Leader) को को हुन र कुन कुन दलका हुन भन्ने सबैले पहिचान गरौं। बहिस्कार गरौं। भलै त्यो नेपाली काङ्ग्रेसको किन नहोस्...
जनताको हित, लोक कल्याणको काम र विश्व संरक्षणको योजना र कार्यान्वयन गर्ने पहिलो कर्तव्य र दायित्व सरकारको हो, स्मरण रहोस्।
शुभकामना!

No comments:
Post a Comment