वर्तमान सामाजिक राजनीतिक समस्याका विषयमा अक्सर व्यक्तिहरू सुचित छन् तर यसको दिर्घकालिन वा दिगो समाधान के र कसरी होला भन्नेमा ध्ययान नगईरहेको देखिन्छ। अर्थात हरेक नेता वा नेतृत्वमा त्यस्तो सक्षमता कसरी ल्याउने भन्ने विषय प्रमुख हो।
समाजशास्त्रको सामाजिक सत्यको सिद्धान्त अनुसार यसको दोषी समाज नै हो र यस प्रकारको बेथिति र विसंगतिको दिगो हल गर्ने पनि समाज नै हो भन्दछ। जस्तै समाज तथा परिवार वा व्यक्ति आफु नैतिक प्रधान हुनु भन्दा अर्थकेद्रित देखिनु नै समस्याको जड हो। समाज आफु नैतिकता र अनुशासन प्रधान भएको खण्डमा यस्ता समस्या निराकरण हुने निश्चित छ। कोही विद्यार्थी वा अभिभावक लाई केही प्रश्न गरौं जस्तै आफ्ना नानी केटाकेटी लाई किन पढाउनु हुदैछ? र विद्यार्थी लाई हजुरहरू किन अध्ययन गर्नु हुदैछ? भन्दा विद्यार्थी र अभिभावकको एउटै जवाफ आउछ, पैसा कमाउन। सायद त्यहाँ समाज, राष्ट्र, पृथ्वी र व्रह्माण्डको सेवा र सुरक्षा गर्न भन्ने जवाफ अाउने हुन्थ्यो भने वा सिकाईन्थ्यो भने आजको दिनमा यो नगरपालिका मात्र नभई समग्र राष्ट्र मै यस्तो समस्या हुने थिएन।
समस्या हामी हौं जो आफ्ना बालबालिकालाई पैसा कमाउने विधि र प्रक्रिया सिकाउदैछौं जानीनजानी। यो नेपाली समाजको साझा समस्या हो र जहिले सम्म समाज यस्तै रहन्छ तब सम्म कुनै नेतृत्व(छोराछोरी, भाईबहीनी) बाट त्यस्तो कुनै फरक अपेक्षा राख्नु दोष हुन्छ।
समस्या व्यप्त छ र समाधानका दिगो उपायपनि छ भन्ने मनन गर्ने बेला हो। गुण र दोष समाजको हो न कि कुनै व्यक्ति वा नेतृत्वको। पैसाले जब सम्म सामाजिक स्तर मापन गरिन्छ तब सम्म हुनेवाला यही नै हो जो वर्तमान गुज्रिरहेको छ र यस्तै रहेसम्म केही नयाँ हुन्नसक्दैन भन्ने कुरा हरेक व्यक्ति वा समाजले बुझ्न जरुरी छ। सामाजिक संरचनामै परिवर्तन ल्याउनुको विकल्प खोज्नु पानी माथिको ओबानो हुन खोज्नु हो।

No comments:
Post a Comment