Tuesday, April 26, 2022

"वि.पि. र मदन फेरि जन्मनेछन्"

 "वि.पि. र मदन फेरि जन्मनेछन्"

              जन्म संगै हरेक सामान्य मानिसमा सोच विचार गर्ने अदभूत जन्मसिद्ध प्राकृतिक क्षमता रहेको हुन्छ। त्यही सोच एक शक्ति हो, क्षमता हो। जसका  कारणले चिन, युरोप, अमेरिका लगायत राष्ट्रहरू सर्वशक्तिशाली राष्ट्रहरूमा स्थापित भएका हुन भन्नेमा कुनै संका छैन। विचारलाई आविष्कारमा परिणत गर्दै उपलब्ध मानव साधन र प्राकृतिक श्रोतको उच्चतम प्रयोग गर्न सफल भएकैले आजको पृथ्वी लोकलाई दिनानुदिन सुव्यवस्थित र साँघुरो बनाएको मानव निर्मित अत्याधुनिक प्रविधिले नै हो। हिजोको नेपाली गाँउको कथा जस्तो रातारात भुत-मसान खेलाएर होईन। सोचको अधिकतम प्रयोग र अभ्यासले हो, स्विकार्नु पर्दछ। मानवको सोचले आधुनित्ता मात्र होईन सामाजिक सभ्याचारको पनि निर्माण गर्दछ, जो राष्ट्र निर्माणको आधार बन्दछ। 


नेपालको वर्तमान इतिहासलाई पल्टाएर हेर्दा विभिन्न कालखण्डमा प्रजातन्त्र, विकास र समृद्धिका(Democracy, Peace & Prosperity)लागि विभिन्न राजनीतिक दालहरूले जनताको साथ सहयोगबाट आआफ्नै शैलीमा संघर्ष र जनआन्दोलनहरू गरेका छन्। पटक पटक व्यवस्था परिवर्तन गर्न पनि सफल भएका छन्। तर त्यसलाई स्थायित्व गर्न भने सकिरहेका छैनौं। यस पछाडिका कारणहरू के के हुन् भन्ने विषयमा चिन्तन गर्न नेपाली समाजको अाजको अावश्यक्ता हो। यसमा कसको दोष अाउछ? दोषारोपण समस्याको समाधान हो त? को को सच्चिनु पर्ने र को को सच्चिए देश बन्छ भन्ने सवालको जवाफ हामीले अाफै भित्र खोज्न जरुरी छ।


राजनैतिक स्थिरताको बाबजुद देखिएको यो अविश्वास, असुरक्षा र अस्थिरतामा नेपाली समाजको Way of Thinking & Manner नै निर्णायक हो। Thinking, Theorising, Generalising & Practicing ले समाजको विगत, वर्तमान र भविष्य निर्धारण गर्दछ र गर्नेछ वा Change & Transformation ल्याउछ।

                   Whole Social Institutions को मागका कारण सामाजिक परिवर्तनले जन्म दिएको के.पि. एक चरित्र र प्रतिनिधि पात्र मात्र हुन, हामी नेपाली समाजको। अर्थात जस्तो समाजको विचार, मनस्थिति र व्यवहार रहन्छ उस्तै प्रकारको नेतृत्व वा प्रतिनिधि आउने कुरो निश्चित हुन्छ। त्यसैले केपी ले हाम्रो भविष्य बनाउछ भनेर विश्वास राख्नु भन्दा अाजको दिन देखि वि.पि. र मदनको पुनः जन्म गराउने जननी (अामा दिव्या कोईराला र चन्द्रकुमारी भण्डारी) त्यही हामी समाज हौं भन्ने बुझ्नु र बुझाउन जरुरी देखिन्छ। जसरी हाम्रो सामाजिक अावश्यक्ता र अभावले जन्म दिएको कुलमान हामी हौं त्यसरी नै अब बेला अाएको छ।

                  "ठुलो मान्छे होइन, असल मान्छे बन।" भन्ने महामानव विश्वेश्वरप्रसादको महावाणिको भावको गहिराई ले Social Institutions or Individual Way of Thinking & Manner लाई नै जगाउन खोजेका छन्। अाफुलाई प्रजातान्त्रिक समाजवादी ठान्ने हामीहरू ले समाजको Manner (Thinking & Theorising) मा सद्भाव र सकारात्मकताको विकास गराउनु वा त्यो जागरणमा लाग्नु पहिलो दायित्व हो, कर्तव्य हो। फेरि अर्को विश्वेश्वरप्रसाद जन्माउने हाम्रो हातमा छ। 

फेरि जन्मने छ!

फेरि जन्माउने छौं!!

फेरि जन्मने छ!

फेरि जन्माउने छौं!!


No comments:

Post a Comment