श्रीमद्भगवद्गगीता सामाजिक विज्ञान अन्तर्गतको कला र विज्ञानले भरिएको एक सशक्त समाजशास्त्र हो। जसले समाजमा रहेको आध्यात्मिक, भौतिक, राजनीति, समाज, अर्थ, जीवन, द्वन्द, संतुलन लगायतको गहिरो अध्ययन र शिक्षा प्रदान गर्दछ। सामाजिक संस्थाको नियमितता वा मानवको न्यायिक र गुणस्तर जीवनका लागि जीवनदर्शन प्रदान गर्ने भरपुर प्रयास गरिएको छ। समाजमा रहेको मानवको अाध्यात्म चेतनाले सृजना गर्ने सुखी, खुसी र साधु जीवनशैली बाट कसरी रहस्यमय व्रम्हाण्ड, दिर्घायु पृथ्वी, शुद्ध प्रकृति र स्वस्थ समाज प्राप्त गर्ने सकिन्छ भन्ने पाठ सिकाउन खोजेको छ। साथै सामाजिक व्यवस्थामा नियमितता, निरंतरता, विकास, रूपान्तरण र परिवर्तन अध्ययन र अार्जन गर्न साथै विशेषगरी मानव र समाजको गुणस्तर प्राप्तिका लागि विभिन्न सामाजिक दृष्टिकोण जस्तै संरचनात्मक प्रकार्यवाद, द्वन्दात्मक र साङ्केतिक अन्तरक्रिया लागयत सबै दृष्टिकोणले शिक्षा प्रदान गर्न खोजिएको छ। तथापि यसको पवित्रतामा केही निजी वा सामुहिक स्वार्थ पूरा गर्न अतिवादल विचारधारीले गलत ढङ्गले खेलिरहेको देखिन्छ। अर्थात बौद्धिक भ्रष्टाचार गरिरहेको देखिन्छ जो गलत छ।
तर यहाँ धर्मको परिभाषामाथि छेडखानी गर्दै केही धार्मिक साम्प्रदायिक अतिवादी व्यक्ति वा समुहले अाफ्ना लाभका लागि सिङ्गो व्रम्हाण्ड, पृथ्वी, प्रकृति, समाज र मानवको विशुद्ध हित बोकेको शुद्ध र पवित्र श्रीमद्भगवतगीताको यथारूपमा निकै गिरेर गलत हर्कत प्रस्तुति गरेको देखिन्छ। भागवतगीतालाई गरिखाने भाँडो बनाउने अतिवादी व्यक्ति वा समूहकै कारण हिन्दू सम्प्रदाय अझ बदनाम हुँदै गएको रहेछ। हिन्दु धर्म नभई सभ्यता हो, समूह हो, सम्प्रदाय हो साथै यो विशेष गरेर उत्कृष्ट प्रमाणीत नियमहरूले भरिएको गुणस्तरीय जीवन शैली पनि हो। जो हरेक पल र समयमा व्यवहारिक र वैज्ञानिक छ।
"देवता मान्नु वा पुज्नु भनेको धर्म हो" भन्ने परिभाषा सामन्तवादी समाजको हो। आजको विश्वव्यापीकरणको समयमा पनि धर्मको अर्थ देवता मान्नु वा पुजापाठ गर्नु ठानिन्छ अर्थ्याईन्छ भने निश्चित शक्ति लाभकालागि कुनै व्यक्ति, समूह वा संस्थाकाले त्यो व्यवसायीकता बनाएको हो मान्नु पर्दछ अर्थात पुँजीवादी समाज को मुख्य चरित्र हो। तर अाम समाजले देवता प्रति गरेको विश्वास भने श्रद्धा हो त्यो भावलाई सम्मान गर्नु पर्दछ जब सम्म त्यो अफिम बन्दैन। यथार्थमा त्यो सम्प्रदाय हो र धार्मिकीकरणको राजनिति हो नकार्नु हुन्न।
त्यो बेला लेखिएको धर्मको विषय अाजपनि उत्तिकै सान्दर्भिक छ धर्मो रक्षति रक्षितः अर्थात धर्मको रक्ष गर्छौ भने धर्मले तिम्रो रक्षा गर्नेछ भन्ने हो। अझ स्पष्ट संग भन्नू पर्दा " धर्मको रक्षा गर, तिमी स्वतः रक्षित हुनेछौ"।
हिन्दु धर्मको अनुसार
परोपकार गर्नु,
स्त्रीको सम्मान गर्नु,
पर्यावरणको रक्षा गर्नु,
समतावादी र समन्वयवादी हुनु,
जीवजगतको_सेवा_गर्नु नै धर्म हो भनिएको छ। धर्म एक मानवतावादको आधर हो जसका कारण मानिसको नैतिक एवं मानवीय गुण दया, क्षमा, तप, त्याग, मनोबल, सत्यनिष्ठा, सुबुद्धि, शील, पराक्रम, नम्रता, कर्तव्यनिष्ठा, मर्यादा, सेवा, नैतिकता, विवेक, धैर्य इत्यादिको सशक्त र गहिरो सु-संस्कारको विकास गर्दछ। धर्मको परिभाषा ती गुणस्तर र स्वस्थ मस्तिष्कले मात्र बुझ्नेछ भन्ने कुरा विभिन्न विद्वानहरूले भनिरहेका छन्। साथै यसलाई केहीले गरिखानेमेलो बनाएका छन् भन्ने आरोप पनि निकै रहेको छ आजको दिनमा। हाम्रो नेपाली समाजमा धर्मको अर्थ तथा परिभाषा साथै त्यसले बोकेको मर्म र भावनाको शुद्धतामा दिनदिनै ह्रास आउदैछ। जसका कारण सिङ्गो सम्प्रदायको परिचय बोकेको सामाजिक धार्मिक संस्था अपमानित भईरहेको छ। देवता मान्नु वा पुज्नुलाई धर्म मानिन्छ भन्ने कुरा कतै रहेछ भने हामीलाई सुझाव र सल्लाह दिनु हुन अनुरोध गर्दछौं। यथार्थमा मानवतावाद नै धर्म हो भन्न सकिन्छ।
धर्मले बोकेको अर्थ र परिभाषा माथि छेडखानी गर्ने जो कोही धार्मिक संस्थामा अाबद्ध साम्प्रदायिक संस्थागत व्यक्ति वा समुहले आफुलाई सहिबाटोमा नल्याउनाले अाजको दिन सम्म आई पुग्दा विश्व पटक पटक विभिन्न प्राकृतिक, अप्राकृतिक, जैविक, अजैविक प्रकोप बाट गुज्रिएको हो भन्न मिल्दछ। जब धर्मको शुद्धतालाई तोडमोड गरेर हिन्दु, मुस्लिम, बौद्ध, ईशाई समप्रदायलाई धर्म भन्न थालियो त्यही दिन देखि धर्म आफैमा बदनाम छ र निष्क्रिय छ।
त्यो श्रीमद्भभगवद्गीताका माध्यम बाट बौद्धिक भष्टाचार गरिरहेको स्पष्ट प्रमाण सहित देख्न सकिन्छ। जसले समाजमा अतिवादी व्यक्ति वा समुहको जन्म दिनेमा प्रमुख भूमिका खेलिरहेको हुन्छ। गीताको यथार्थभाव बिगार्ने र पवित्र धार्मिक ग्रन्थ मानिएको मानव, समाज र प्रकृति कल्याणकारी शास्त्रको पवित्रता धमिल्याउने सबै अपराधी हुन्, दोषी हुन् र अधर्मी हुन्। फटाही गर्ने!

No comments:
Post a Comment