बुझाईको स्तरले जीवनको सरलता र जटिलता निर्धारण हुने रहेछ।
पवित्र प्रेमको नाममा यस मानव समाजमा हुदै गरेको स्वार्थपूर्तिको क्रियाकलाप अक्सर सम्बन्धहरूमा पाउन सकिन्छ। यदि कुनै सम्बन्धले कसैलाई दबाबमा राख्न चाहान्छ, कुनै अपेक्षा राख्दछ भने त्यो प्रेमको नाममा हुददै गरेको प्रेमको मर्म र भावना विपरीतको अभ्यास हो। नियन्त्रण चाहने श्रीमती हैन हृदयकी प्रेमिका बन। स्वार्थ पूर्ति गर्न चाहने श्रीमान हैन स्वायत्तता दिने प्रेमी बन।
जीवमा मानव भएर जन्म भईसकेपछि दायित्व र कर्तव्य त्यो निजी सम्बन्ध जस्तै श्रीमान-श्रीमती, माता-पिता, संतान प्रति मात्र हुदैन। हरेक मानव यो सृष्टिको ऋणको भार बोकेर आएको हुन्छ त्यसैले यो मानवचोलाले पाएको जीवन ऋण चुकाउने उत्कृष्ट अवसर हो। मानव चेतनाको स्तरमा रहेको सम्भावनालाई अवसर बुझेर समाजमा रहेका हरेक मानवको हित हुने सरल मानसिकताको विकास गरौं। प्रेम र सम्बन्धको नाममा कसै प्रतिको नियन्त्रण र निजी स्वार्थले उत्पादित द्वन्द, तनाब र समस्या दिन प्रतिदिन अझ जटिल भईरहेको छ। प्रेमको नाममा आफु वा अन्यको जीवनलाई अझ जटिल बनाउने कार्य बन्द गरौं। प्रेममा सरलता छ, स्वतन्त्रता छ, सुख छ, खुशी छ। प्रेम र करूणामय चेताको महसुस गर्न सक्ने मानव जीवन नै हो, यस्तो सुन्दर पल खेरजान नदिअौं। सृष्टिको सबै प्रतिको कर्तब्यबोध गरौं नकि परिवार प्रति मात्र।
स्वार्थ र घृणा बिचको त्यो मध्यम विन्दु प्रेम र करूणा हो। थाहा पाएर नपाएर वर्तमान मानव समाजको संरचनात्मक दिशा यिनै प्रति लक्ष्यित छ प्रेम र करूणामय जीवन हुदाहुदै। चेतना र सोचको स्तरले निर्धारित सुख र दुुख। प्रेम र करूणा सरल छ यसकालागि गुणस्तर चेतनाले निजी स्वभावको विकास गर्नु मात्र हो तर मानवले मानवलाई आफैले जटिलता तिर धकेलिरहेको देख्न सकिन्छ।
आँसुमा नडुबी हाँसो र पिडामा नडुबी अान्नदको महसुस मुस्किल छ, त्यसैले यतिका समयसम्म मानव समाजमा दुख, पिडा, क्रोध, घमण्ड, लोभ, ईर्ष्या, जस्तो अति घातक सबै अग्निको ताप र जलन थाहा भईसक्यो। अबको पालो मानवता र मानवताले बोकेको सितल प्रेम र जलमय करूणाको आभाषको हो।

No comments:
Post a Comment