Thursday, April 23, 2020

मुख्य गरेर उत्पादनका साधन माथिको पहुचका कारणले सृजना भएको वर्गहरू (उच्च र निम्म) साथै त्यस वर्गहरू बिचको द्वन्दात्मक तर परिपुरक सम्बन्धहरूको अध्ययन युरोपमा जन्म भएको युरोपेली माक्र्सवादले गर्दछ। उत्पादनका स्वरूपमा र समाजिक संरचना एवं संस्थाहरूमा कसरी र कस्ता खालका परिवर्तनहरू आउछन् भन्ने समाजशास्त्रीय द्वन्दात्मक दृष्टिकोणको एक मात्र माक्र्सवादको ऐतिहासिक द्वन्दात्मक भौतिकवादी दृष्टिकोणले समाजको रूपान्तरण, परिवर्तन र विकासको सूक्ष्म अध्ययन गर्दो रहेछ भन्ने सम्म त अलिअलि बुझ्न खोजिदैछ।

तर नेपालमा जिवित प्रचण्डपथ, विप्लववाद, चित्रवाद, बिजुक्छेवाद, वैद्यपथ, ओलिवाद जस्ता शक्तिशाली कम्युनिष्ट बुझ्न सिकएन। आखिर के छ त्यस्तो नेपालको कम्युनिष्टमा जो बुझ्न जटिल हुदैछ। के नेपालको कम्युनिष्ट वा भनौं नेपालको नवमाक्रसवाद बुझ्न सकिदैन र? अझ जल्दो बल्दो दुईतिहाईको ओलीवाद के हो  र यसका विशेषता र चरित्र कस्तो हुन्छ भन्ने जिज्ञासा कसैले राखिहाले के जवाफ दिनुहुन्छ विद्वानहरूले?

वर्तमान सरकारले गरेको व्यवहारीक, आर्थिक र नीतिगत अनुशासन गुमाउदा पनि देखाएको सहनशीलता त्यही नेपालको वर्तमान कम्युनिष्ट मानिएको ओलीवादको हिस्सा हो भनेर मान्न पाउने कि नपाउने हामीले। हो भेर मान्ने आधारहरू जति सशक्त छ, होईन भन्ने आधारहरू त्यत्तिनै बनावटी, नक्कली, धुर्त र  कमजोर देखिन्छ। यस्तो अचम्मको वाद रूपि विचारले समय र परिस्थिति अनुशार आफ्नो नाम र परिचय फेरिएको त देखियो तर सबै सबै प्रचण्डपथ देखि अोलीवाद सम्म त्यही एकै विचारले निर्देशित अनि जुन हद सम्म वा हद पार गरेर लक्ष्य प्राप्ति गर्ने देखियो। अात्मकेन्द्रित, अर्थकेन्द्रित। ऐतिहासिक द्वन्दात्मक भौतिकवादको नाममा सातमुखे झोली, शंख, घण्ट, डमरू, खराउ बोक्ने अनि त्यसैको नामको खरानी धस्ने साथै त्यही त्रिशुलले थर्काउने, तर्साउने र ज्यान सम्म लिने कार्य स्पष्ट देखिदैछ।

विश्वसमाजको मानव सभ्यता संकटमा परिरहेको बेला पनि अनुशासन गुमाउदै लोभ, लालचामा केन्द्रित हुनु तिम्रो वाद दोषी कि सामाजिक संरचना !

धर्मस्य

यो विश्वसमाजमा रहेको व्यक्ति वा समुहको मनोविज्ञान बडो अचम्मको छ र हुन्छ नै यस्तो। यस्तो मानवसभ्यताको संकटको घडीमा, आपतकालमा, महामारीमा, विपत्तिमा र प्रकोपमा यस्ता विभिन्न खालका वर्गका कुरा, पहिचानका कुरा, रंगभेदका कुरा, शक्तिका कुरा जस्तै धनी-गरिब, गोरा-काला, आर्य-मंगोल, भाषा-धर्म, राष्ट्र-भूगोलका कुरा गर्नु हुदैन भन्छन्। यी सबै कुरा बिर्सिएर, त्यस भन्दा माथि उठेर एक आपसमा एक हुनपर्दछ र सहयोग अादान प्रदान गर्नु पर्दछ भन्ने हल्ला गर्दैछन् र जता ततै सुनिन्छ। 

यहि मानवताका कुरा सामान्य अवस्थामा किन गर्दैनन्। के सामान्य अवस्थामा त्यस्ता मानवतावादका कुराहरू स्मृतिमा नरहने हो र चेतनशील र सर्वश्रेष्ठ प्राणी मानिने मानिसमा। सबै कुराको सम्झना किन संकटमा मात्र स्मरणमा अाउदछ। त्यसैले अब बुझ्न जरुरी छ मानवले कि यो प्रकृति र पृथ्वीमा एक किरा फटयांग्रा, जलचर, पशुपक्षीको जति नै सिमित अधिकार छ त्यो भन्दा धेरै तगजग गर्ने अधिकार छदै छैन। तर खुशीको कुरा हामी मानवमा अन्य भन्दा कर्तव्य र दायित्व भने अथाह छ सृष्टिको हितकालागि, लाभ लिन र दिन।

अरूबेला घाँस चरानमा गएको मानवको मस्तिष्कको मानवता हिजोआज फर्किएको जस्तो देखिदैछ। के यो विचार स्थायी हुनसक्ला त! विश्वास नै नलाग्ने दानविय कार्य मानवकै हो भने विश्वासै गर्न नसकिने दैवीक कार्य पनि मानवले नै गर्ने हुन। अबका दिनमा सामान्य दैनिकी फर्किए संगै मानिसको मन, वचन र कर्ममा मानवतावाद, मानवियता, मानवतावादी, मानवियकरण अझ सशक्त भएर जानेमा विश्वास गर्नुकी नगर्नु अझै दोधारमा छौं तर आशा गरौं। भौतिक करूणा, शोक, र आँसु यी सबै आत्माको अज्ञानताका चिन्ह हुन् भनेर श्रीमद्भगवद्गगीतामा उल्लिखित भएकैले मानवीय चेतना र त्यस्ले सधै बोक्ने लोभ जस्तो बिचार र मनोविज्ञान प्रति विश्वासै लाग्दैन। फेरि त्यही र त्यस्तै नहोला भन्ने।

धेरै वादहरूमध्य यो मानवतावाद त्यस्तो सिद्धान्त वा दृष्टिकोण हो जसमा कुनै निश्चित समय, भूगोल, परिवेश, आकाश-धर्ती, कुनै दिशा कतै पनि आवश्यक्ताको सिद्धान्त लागू हुदैन। यो आफैमा हर वक्त आवश्यक्ताको सिद्दान्त हो यसलाई आफ्नो हितकालागि अावश्यक प्रयोग गर्नेहरू अमानव हुन्।

सबै मानवले मानवता आफुमा हरवक्त सक्रिय र स्मरणमा राख्नु पर्ने हुन्छ, नकि संकटको घडीमा मात्र। मानवतावादी ले सधैं स्मरणमा राख्ने महत्वपूर्ण सिद्धान्त भनेको नै "धर्मो रक्षति रक्षित:" र "स्वस्थ एवं समतामुलक समाज निर्माण, रहस्यमय व्रम्हाण्डको खोज, पृथ्वीको दिर्घायु , प्रकृतिमा शुद्धताको कल्पना" नै हो।

श्रीमद्भगवद्गगीता सामाजिक विज्ञान, धर्मो रक्षति रक्षितः

श्रीमद्भगवद्गगीता सामाजिक विज्ञान अन्तर्गतको कला र विज्ञानले भरिएको एक सशक्त समाजशास्त्र हो। जसले समाजमा रहेको आध्यात्मिक, भौतिक, राजनीति, समाज, अर्थ, जीवन, द्वन्द, संतुलन लगायतको गहिरो अध्ययन र शिक्षा प्रदान गर्दछ। सामाजिक संस्थाको नियमितता वा मानवको न्यायिक र गुणस्तर जीवनका लागि जीवनदर्शन प्रदान गर्ने भरपुर प्रयास गरिएको छ। समाजमा रहेको मानवको आध्यात्म चेतनाले सृजना गर्ने सुखी, खुसी र साधु जीवनशैली बाट कसरी रहस्यमय व्रम्हाण्ड, दिर्घायु पृथ्वी, शुद्ध प्रकृति र स्वस्थ समाज प्राप्त गर्ने सकिन्छ भन्ने पाठ सिकाउन खोजेको छ। साथै सामाजिक व्यवस्थामा नियमितता, निरंतरता, विकास, रूपान्तरण र परिवर्तन अध्ययन र आर्जन गर्न साथै विशेषगरी मानव र समाजको गुणस्तर प्राप्तिका लागि विभिन्न सामाजिक दृष्टिकोण जस्तै संरचनात्मक प्रकार्यवाद, द्वन्दात्मक र साङ्केतिक अन्तरक्रिया लागयत सबै दृष्टिकोणले शिक्षा प्रदान गर्न खोजिएको छ। तथापि यसको पवित्रतामा केही निजी वा सामुहिक स्वार्थ पूरा गर्न अतिवादल विचारधारीले गलत ढङ्गले खेलिरहेको देखिन्छ। अर्थात बौद्धिक भ्रष्टाचार गरिरहेको देखिन्छ जो गलत छ।

तर यहाँ धर्मको परिभाषामाथि छेडखानी गर्दै केही धार्मिक साम्प्रदायिक अतिवादी व्यक्ति वा समुहले आफ्ना लाभका लागि सिङ्गो व्रम्हाण्ड, पृथ्वी, प्रकृति, समाज र मानवको विशुद्ध हित बोकेको शुद्ध र पवित्र श्रीमद्भगवतगीताको यथारूपमा निकै गिरेर गलत हर्कत प्रस्तुति गरेको देखिन्छ। भागवतगीतालाई गरिखाने भाँडो बनाउने अतिवादी व्यक्ति वा समूहकै कारण हिन्दू सम्प्रदाय अझ बदनाम हुँदै गएको रहेछ। हिन्दु धर्म नभई सभ्यता हो, समूह हो, सम्प्रदाय हो साथै यो विशेष गरेर उत्कृष्ट प्रमाणीत नियमहरूले भरिएको गुणस्तरीय जीवन शैली पनि हो। जो हरेक पल र समयमा व्यवहारिक र वैज्ञानिक छ।

"देवता मान्नु वा पुज्नु भनेको धर्म हो" भन्ने परिभाषा सामन्तवादी समाजको हो। आजको विश्वव्यापीकरणको समयमा पनि धर्मको अर्थ देवता मान्नु वा पुजापाठ गर्नु ठानिन्छ अर्थ्याईन्छ भने निश्चित शक्ति लाभकालागि कुनै व्यक्ति, समूह वा संस्थाकाले  त्यो व्यवसायीकता बनाएको हो मान्नु पर्दछ अर्थात पुँजीवादी समाज को मुख्य चरित्र हो। तर आम समाजले देवता प्रति गरेको विश्वास भने श्रद्धा हो त्यो भावलाई सम्मान गर्नु पर्दछ जब सम्म त्यो अफिम बन्दैन। यथार्थमा त्यो सम्प्रदाय हो र धार्मिकीकरणको राजनिति हो नकार्नु हुन्न।
त्यो बेला लेखिएको धर्मको विषय आजपनि उत्तिकै सान्दर्भिक छ "धर्मो रक्षति रक्षितः" अर्थात धर्मको रक्ष गर्छौ भने धर्मले तिम्रो रक्षा गर्नेछ भन्ने हो। अझ स्पष्ट संग भन्नू पर्दा " धर्मको रक्षा गर, तिमी स्वतः रक्षित हुनेछौ"। 
हिन्दु धर्मको अनुसार 
#परोपकार_गर्नु, 
#स्त्रीको_सम्मान_गर्नु, 
#पर्यावरणको_रक्षा_गर्नु, 
#समतावादी_र_समन्वयवादी_हुनु, 
#जीवजगतको_सेवा_गर्नु नै धर्म हो भनिएको छ। धर्म एक मानवतावादको आधर हो जसका कारण मानिसको नैतिक एवं मानवीय गुण #दया, #क्षमा, #तप, #त्याग, #मनोबल, #सत्यनिष्ठा, #सुबुद्धि, #शील, #पराक्रम, #नम्रता, #कर्तव्यनिष्ठा, #मर्यादा, #सेवा, #नैतिकता, #विवेक, #धैर्य इत्यादिको सशक्त र गहिरो सु-संस्कारको विकास गर्दछ। धर्मको परिभाषा ती गुणस्तर र स्वस्थ मस्तिष्कले मात्र बुझ्नेछ भन्ने कुरा विभिन्न विद्वानहरूले भनिरहेका छन्। साथै यसलाई केहीले गरिखानेमेलो बनाएका छन् भन्ने आरोप पनि निकै रहेको छ आजको दिनमा। हाम्रो नेपाली समाजमा धर्मको अर्थ तथा परिभाषा साथै त्यसले बोकेको मर्म र भावनाको शुद्धतामा दिनदिनै ह्रास आउदैछ। जसका कारण सिङ्गो सम्प्रदायको परिचय बोकेको सामाजिक धार्मिक संस्था  अपमानित भईरहेको छ। देवता मान्नु वा पुज्नुलाई धर्म मानिन्छ भन्ने कुरा कतै रहेछ भने हामीलाई सुझाव र सल्लाह दिनु हुन अनुरोध गर्दछौं। यथार्थमा मानवतावाद नै धर्म हो भन्न सकिन्छ।

धर्मले बोकेको अर्थ र परिभाषा माथि छेडखानी गर्ने जो कोही धार्मिक संस्थामा आबद्ध साम्प्रदायिक संस्थागत व्यक्ति वा समुहले आफुलाई सहिबाटोमा नल्याउनाले आजको दिन सम्म आई पुग्दा विश्व पटक पटक विभिन्न प्राकृतिक, अप्राकृतिक, जैविक, अजैविक प्रकोप बाट गुज्रिएको हो भन्न मिल्दछ। जब धर्मको शुद्धतालाई तोडमोड गरेर हिन्दु, मुस्लिम, बौद्ध, ईशाई समप्रदायलाई धर्म भन्न थालियो त्यही दिन देखि धर्म आफैमा बदनाम छ र निष्क्रिय छ।
त्यो श्रीमद्भभगवद्गीताका माध्यम बाट बौद्धिक भष्टाचार गरिरहेको स्पष्ट प्रमाण सहित देख्न सकिन्छ। जसले समाजमा अतिवादी व्यक्ति वा समुहको जन्म दिनेमा प्रमुख भूमिका खेलिरहेको हुन्छ। गीताको यथार्थभाव बिगार्ने र पवित्र धार्मिक ग्रन्थ मानिएको मानव, समाज र प्रकृति कल्याणकारी शास्त्रको पवित्रता धमिल्याउने सबै अपराधी हुन्, दोषी हुन् र अधर्मी हुन्। फटाही गर्ने!

नियत खराब मातापिता

जुन समाजका मातापितालाई आफ्नो संतानको भन्दा उनको भविष्यको चिन्ता हुन्छ त्यही मुलुकले हो सबैभन्दा बढी प्रगति गर्ने तर उल्टो बुट्टी पर्यो भने सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा पनि पर्नसक्छ।

एउटा त्योस्तो मातापिता हुन्छन् जो आफ्नो सन्तानको उज्ज्वल भविष्यकालागि सबैको सन्तानको दूर भविष्य सम्म हित हुने नीतिगत निर्णय गर्दछन् र कार्यान्वयनमा ल्याउदछन्।
एउटा त्यस्तो मातापिता हुन्छन् जो आफ्नो सन्तानको क्षणिक सुसखकालागि चरम नीतिगत-आर्थिक भ्रष्टाचार, अनुशासन र नैतिकहिन कार्यान्वयनमा लाग्दछन् जसले अरूका सन्तानको भविष्यको हत्या हरेक पल, समय, कदम र निर्णय निर्णयमा गरिरहेको हुन्छ। त्यस्ता अभिभावकले आाफ्नै सन्तानहरूको दूर भविष्यलाई र आफ्नो कुलखान्दानलाई गाढा अन्धाकारमा धकेलिरहेको स्मरण गर्न सक्दैनन्। किनकि त्यो मस्तिष्क नैतिकता र आनुशासनका विषयमा सोच्न र स्मरण गर्न नसक्ने असंतुलित अवस्थामा रहेको हुन्छ। जसलाई बौद्धिक असन्तुलन पनि भन्ने गरिन्छ। यस्तो स्वभाव विशेष गरेर कमजोर राज्यका स्थायी र अस्थायी सरकारमा सहभागी सदस्यमा बढी हुने मात्र नभई सामाजिक संरचनामै अघोषित संस्कार हुने हुदा व्यक्ति वा समुहमा गहिरो गरि गढेर बसेको हुन्छ। जसको विकल्प देख्ने क्षमता शून्य जस्तो हुन्छ। 
नियत खराब मस्तिष्कले सही, सत्य र हितमा कार्य गर्नै सक्दैन। किनकि नितखोटको वृक्षमा, स्वार्थ र लोभी स्वादले भरिएको अहितकारी र विषयुक्त गुण भएको विषालु फल नै फल्दछ। जसरी विष वृक्षमा जतिसुकै गंगाजल सिचाइ गरेपनि त्यले फलाउने भनेको कहिले पनि अमृत फल हुदैन। त्यही वृक्षगुणले भरिएको जस्तै फल फल्दछ। अर्थात अनैतिक ढङ्गले आफ्नो सन्तानको सुख चाहनेले, सन्तानरूपि त्यो सुन्दर फलमा विष गुण भर्ने कृया भईरहेको हुने विषयमा ध्यान दिनु पर्दछ।

अरूको हित गरे तिम्रो पनि हित हुन्छ तर आफ्नो हितको स्वार्थमा लालची भएमा, भएको आफ्नै पनि नासिने र बिग्रने निश्चित छ। जो प्राकृतिक सिद्धान्त वा नियम मान्न सकिन्छ। सन्तानको चिन्ता लिनु पर्दछ तर आफ्नो जस्तै अरू सन्तानको लिएमा सबैको हित हुनेछ र अात्माले शरीर लिएर जन्मेको अर्थ रहनेछ।
शुभकामना ती हरेक भविष्य निर्माता स्थायी, अस्थायी सरकारमा रहने र समाजमा रहनुहुने मातापितालाई...!

आलेख तैयार पार्दाको क्षण सम्म पृथ्वीको म को फरक फरक स्थानमा बसोबास गर्नेहरू मध्ये कोरोणा भाईरस संक्रमण बाट ८ लाख ४१ हजार ३ सय १९ पिडामा र त्यस विरूद्ध संघर्षरत छन्। जस मध्य २ लाख ३६ हजार १ सय ८५ जनाले ऐ संग विजय प्राप्त गरि सुस्वास्थ भईसकेका छन्। भने आज सम्म कुल ६१ हजार १ सय ४१ जनाको मृत्यु भईसकेको छ।

कोरोना रोगलाई हामी सर्वसाधारणले जसरी लिएका छौं त्यो भन्दा अत्यधिक घातक, खतरनाक र विनाशकारी भएकोले सामान्य ढङ्गले नलिनहुन आग्रह गर्दै आआफ्नो स्थानमा निजी एकान्त बास अर्थात क्वारेन्टाइनमा बस्दै विश्व स्वास्थ संगठन र राज्यले ऐ सम्बन्धि बनाएको नियम र दिएको निर्देशन पालना गर्दै उच्च सतर्कता अपनाउन हुन् विश्व समाज प्रति अपिल गर्दछौं।

यो पृथ्वीमा परेको मानव केन्द्रित कोरोना प्रकोपलाई उच्च मनोबल, उच्च सतर्कता र उच्च सुरक्षा बाट मात्र जित्न सकिन्छ। त्यसकालागि आर्थिक, भौतिक, मानसिक, आध्यात्मिक हौसला उदारताका साथ आदानप्रदान गरौं।
Accept & respect the welfare rule & order "Lockdown"
Stay safe inside home & keep silence & "Securetown"

यस पृथ्वीमा ऐ रोगको संक्रमणका कारण मृत्युहुने सम्पूर्णको आत्माको शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यो विश्व सोकको घडीमा सोकाकुल परिवारमा सहने र पिडालाई शक्तिमा बदल्ने क्षमता अदृश्य शक्तिले र शक्तिशाली समाजले प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं।

साथै ऐ भाईरस बाट संक्रमित मानव सबैमा यसलाई जित्ने प्रत्येक पल अदभूत हौसला र सशक्त विश्वासको अलौकिक विकास होस भन्दै सम्पूर्णमा शिघ्र स्वास्थ लाभको कामना गर्दछौं।

यस रोगबाट मानवलाई बचाउन कल्याणकारी र साहसिक व्यक्तित्व जो आफ्नो ज्यान बाजीमा लगाएर अहोरात्र खट्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवक र प्रत्यक्ष परोक्ष शारीरिक, भौतिक, आर्थिक र आध्यात्मिक सहयोगी मन, वचन र कर्मलाई हार्हिक नमन 🙏।

ऐ पिडालाई जित्न र न्युनिकरण गर्न भएको Lockdown का कारण निम्त्याउने अन्य गाँस बासका पिडामा मानवताभाव र कर्मका साथ समवेदना प्रकट गर्नुहुने यहाँहरूमा सलाम💐।

आज सम्म सकुशल रहनुहुनेहरूमा आफु बाँच्न र अरू बचाउन अझ अनुशासनका साथ क्वारेन्टाइनमा बस्ने पवित्र  क्षमताको दिन दुईगुना रात चौगुना विकास होस्, शुभकामना।


लापरवाही हैन है ब्रो!

राहत वितरण कार्यमा सम्बन्धित नेटवर्क बाट प्रणालीगत ढङ्गले तोकिएको निकाय, व्यक्ति वा समूह बाट मात्र पुर्‍याउन आवश्यक देखिदैछ। 
केही स्वयंसेवकको सक्रिय भिडभाड कोरोना वाहकको माध्यम बन्न सक्छ। विपत व्यवस्थापनमा ज्ञान भएका वा स्वस्थ सम्बन्धि चेतना भएका समुहले सुरक्षाकर्मीको सहयोगमा आफ्ना कार्यक्रम आवस्यक्ता अनुरूप अगाडि बढाउन अनुरोध गरिन्छ। एकद्वार प्रणाली लागू गरौं। 
उदार गर्न गएका व्यक्ति वा समुहका साथिहरूनै असुरक्षीत देखिनु लापरबाहीको हद हो। भोलिका दिन आफ्नो लापरबाहीले कोही अरू वा आफुमा संक्रमण फैलिएमा जवाफदेहिता लिने दिने ठाउँ रहन्न। त्यता तर्फ ध्यान दिन जरुरी छ। चाडपर्व मान्नकालागि दालचामल बाँडन हिडेको जस्तो तपाई आफुलाई भान भएमा खुरूक्क घर बस है साथि हो। 
Do not show your fucking humanity heart and welfare mind at this time on the wrong way. If you stay at home seriously will be the real humanity deep inside from the heart and mind. And can save & protect others and yourself easily.
स्थानिय निकाय मार्फत खटिने साथीहरूलाई विशेष सचेत रहन अग्रह गर्दछौं। मानवताको नाममा केही साथीहरू अलिक भड्किलो देखिनु हुदैछ। होस् पुर्याउदै आफ्नो कर्तव्य पालना गरौं। तपाईंको स्वास्थ हाम्रो चाहाना। 
आएका सहयोग वा उपलब्ध सहयोग लक्षित परिवार सम्म पुर्‍याउन वा हस्तान्तरण गर्दा अपनाउनु पर्ने वैज्ञानिक र व्यवहारिक मापदण्ड, नियम र उपायहरू प्रति  ध्यानाकर्षण गराउदछौं। 
लापरवाही हैन है ब्रो! जब कोरोना गाँड मार्तोन तब सारके पत्ता चल्तो!

कर्तब्यपालनामा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक तथा सहयोगी स्वयंसेवक एवं राहत हस्तान्तरण र संकलन गर्ने सबै पक्षका पात्रहरूले अनिवार्य ध्यानदिनु पर्ने कुराहरू;
भिडभाड कम गर्ने र व्यवस्थापन गर्ने, 
सामाजिक भौतिक दूरी कायम गर्ने, 
अनिवार्य गुणस्तर मास्क लगाउने, 
अनिवार्य गुणस्तर सर्जिकल ग्लब (हातपन्जा) लगाउने, 
लगायत तोकिए मुताबिक कार्य गर्ने। 

यस्ता अत्यावश्यक र संवेदनशील कुरामा सबै पक्षबाट देशव्यापी रूपमा लापरबाही भएको देखिएको छ। होसियार रहनु होला! यो पीडा हो पर्व होईन।

Accept & respect the welfare rule & order "Lockdown"
Stay safe inside home & keep silence & "Securetown"

कालाबजारीका वादशाह र सिपाहीहरू

पुँजीवादी समाजमा कुनै पनि वस्तु तथा सेवाको उत्पादनमा गरिएको लगानी वा आयात निर्यातमा मध्यस्थता गर्ने दलाल पुँजीपतीले नाफा आर्जन गर्ने, पुनः लगानी गरेर अझ मुनाफा बढाउनेमा केन्द्रित हुनुले निम्त्याएको भ्रष्टाचार, कालाबजारी लगायत विषय ऐ पुँजीवादी समाजको विकृति हो, विकार हो। त्यस्ता पुँजीवादी समाजका उच्च वर्गको लगानी र लगानीकर्ताले मुनाफा बिर्सिएर वस्तु वा सेवा प्रदान गरेको छ भनेर बुझ्नु अनविज्ञता हो। बजारको सिद्धान्तमा चलेको जो आफ्नो बजार आफै सृजना गर्छन् र त्यसैबाट लक्षित मुनाफा आर्जन गर्छन्। अर्थात उपभोक्तावादमा आवश्यक्ता सृजना गराईन्छ र आफ्नो बृहत् उत्पादनका वस्तु तथा सेवको माग पूर्ति गराएर मुनाफा बढाउदछन्। पुँजीवादमा त्यस्ता बजार केन्द्रित नाफामुखी संस्थाहरू  सेवामुखी वा सेवाप्रदत्त संस्था नभएको सबैले होस् राख्नु पर्ने हुन्छ। नत्र यस्तो पृथ्वीमा रहेको मानव समाजको सभ्यता र अस्तित्व अन्तिम अवस्थामा रहेको थाहा पाउँदा पाउदै फेरिपनि मानवीय संवेदनशीलता बिर्सिएर नाफा खोज्नु र त्यसको सृजनामा लाग्नु पुँजीवादको विकार पक्ष हो। त्यस्ता मानव अस्तित्व संकटमा परेको बेलामा मौकाको फाईदा उठाउने भ्रष्ट मानसिकता भएको अमानवीय कार्य गर्ने कालाबजारीका वादशाह र सिपाहीहरू दण्ड र सजायको भागिदार हुन्। 
त्यस्ता अमानुस जो अमानवीय कार्यमा संलग्न सबैलाई आजीवन पेशा व्यवसाय वा आर्थिक कारोबार गर्न दिने अधिकार बाट बन्चित गराईनु पर्छ। त्यस्ता सबै ग्रुप, निजी कम्पनी वा बहुराष्ट्रिय कम्पनीलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा र हदै सम्मको दण्ड, सजाय र जरिवान गराएर सुधारको बाटो तिर जाने र सामाजिक हुने मौका दिनु पर्दछ।

भोक र संकट

भोकको परिचय भोक हो र त्यसलाई सम्बोधन गर्ने अन्नले हो। आजको जस्तो कुनै बिचल्ली अवस्थामा परिचयपत्र नखोजनुस्, भोक सोध्नुस्। मानिसको भोकमा कुन अन्न खाने भनेर उक्त मानिसको अन्नको संस्कार सोधेर सबैलाई हरेक छाक उपलब्ध गराउनु पर्छ भन्ने कुरा सोच्नुस्। यस्ततो अवस्थामा सरकारले  परिचयपत्र खोज्ने काम फेरिपनि क्षमादिन नमिल्ने भुल र निच कार्य हो। आफुले आफ्नो असक्षमता लुकाउने कुटिल चाल हो राज्यको। जनतालाई यस्ता अप्रासंगिक र अमानवीय विषयमा अल्झाईराख्ने तल्लो तहको खेल र कुमन, कुवचन र कुकर्मको पराकाष्ठा हो। सबै नागरिक वा मानिसलाई राहत उपलब्ध गराउन नसक्ने सरकारको नपुंसकताको परिचय हो। एक शिवरात्री वा अन्य यस्तै पर्वमा हप्ता दस दिन सम्म कुनै परिचय नमागी नसोधी प्रशादको नाममा, धर्मको नाममा अन्न ग्रहण गराईन्छ ईज्जतका साथ भने यो त सरकार र राज्यले अाफ्ना नागरिकको भोकको सवाल हो। जो ती नागरिकको मौलिक हक र मानवअधिकार हो। 
Rights for food as per food culture भनेर हामीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु पर्दछ कि यो भोक र संकटको बेलामा राष्ट्र, राष्ट्रियता, वर्ग, लिङ्ग लगायत सबै परिचय भुलेर मानवीयता प्रस्तुत गर्न सक्नु पर्छ राज्यले नकी मापदण्ड।

समाज निर्मित कृतिम तर सृष्टिमै निच जीव मानव गुल्लु

सिंहदरबारमा बस्ने वा प्रधान प्रशासन निकट रहने डियर कमरेडलाई भ्रष्टाचार, असक्षमता र विधेकका विषयमा जनताले गराएको खबरदारी, आलोचना र दोष अपच्य भएको देखिन्छ। यही आफ्नो बदनामी र हर्कतका विषयमा भएको कुरालाई डाईभर्ट गर्न ती युवाका ढुकढुकी ज्ञानेन्द्र जी जस्तो गुणस्तर र चलायमान युवालाई आकस्मिक ट्रयापमा पारेका हुन्। केही विशेष चतुर्‍याइँ जानेको निच मन, वचन र कर्मको ईन्द्रजाल विद्या भएको लोभी स्याल ("J" गुल्लु/गुलाम)को भन्दा माथिको क्षमता नराख्ने, माथि देखि तल र भित्र देखि बाहिर सम्म मिलाउन सक्ने, शरीर भित्रबाट नभई ICU मा राखिएको उपकरणले झै बाहिर बाट केही विशेष अंग जस्तै किड्नी, लिभर, हृदय र मस्तिष्कको कृतिम संरचनात्मक प्रकार्य गर्न सक्ने वा गरिरहेको भेन्टिलेटर, जो हाडनाता भन्दा बाहिरका व्यक्ति वा समूहको पूर्ण नियोजित जाल हो आम नागरिकको ध्यान भड्काउने।

यो सरकारलाई स्पष्ट संगले थाहा छ कि सामाजिक संजाल चलाउन जान्ने सर्वसाधारण कस्लाई तलाउदा छुदा अाम जनता कसरी विचलित हुन्छ भनेर। प्रिय ज्ञनेन्द्र जी त हाम्रो प्रतिनिधि पात्र रूपी चारो मात्र हुन तर सिकार हामी अाम नागरिकलाई गरिरहेको छ। यो प्रहार, हमला र अाक्रमण हामी अाम सर्वसाधारणको ईज्जत्, ईमान र धर्म माथि हो। यो दुईतिहाई बहुमतको प्रशासन ले गरेको अख्तियार दुरूपयोग हो। लोकतन्त्रको खिल्ली उडाएको एक प्रतिनिधि घटना हो।

यति हो नियत त्यो चतुरो स्यालको झै छ, भन्ने एकथोक गर्ने अर्कोथोक, फँसाउने डुबाउने मनसाय राख्ने तर हितको वाणी बोल्ने, एक नं. को कञ्जुस तर देखाउदा उदारता देखाउने, छोरी कुटेर बुहारी तर्साउने जस्तो, घर खनेर आगन पुर्ने स्वभावको हरेक कुरामा कन्जुस्याइँ गर्ने लोभ र पापले भरिएको दुईखुट्टा टेकने, हात, कान, नाक, मुख सबै भएको पुच्छर नभएको हेर्दा काटिकुटी मान्छे जस्तो देखिने त्यो मान्छे नभई ज्युदो मान्छेको रगत र पसिना मात्र खान खोज्ने तर मानव मलमुत्र खुवाउनु जस्तो हिंस्रक र समाज निर्मित कृतिम तर सृष्टिमै निच जीव हो।

Wednesday, April 22, 2020

नवउदारवादी र डियर कमरेड

लक डाउनमा यसपटक मात्र भोकभोकै हिडेको देख्ने नव कल्याणकारी मन र नजरहरू लाई थाहा छैन जस्तो छ कि आज पनि नेपालका यस्ता कैयौं स्थानहरू छन् जहाँ ३/४ दिन नहीडिकन पुगिदैन। नेपालमा हामी नेपालीको यस्तो दैनिकी वा सास्ती लकडाउन भन्दा अघि पनि थियो र पछि पनि हुनेछ। वहाँहरू सधै हिडिरहने र गरिखानेहरू हुन् जसलाई हरेक दिन सास्ती छ। तर एक पटक सोचौं यस्तो दु:ख सधै गर्छन् गर्नेले तर सधैं किन बोलिदिदैन्। अब सबैले थाहा पाउनु पर्दछ र बुझन जरुरी छ कि यस प्रकारका घटना र जनताले भोग्दै गरेको दु:ख सरासर निश्चित समूह र वर्ग द्वारा निर्मित, नियत र नियोजित हो भनेर। त्यसैले यस्ता हरेक घटनालाई भाग्वादी दृष्टिकोणले हेर्नू अन्धविश्वास हो।

हामी मध्ये आज पनि यस्ता परिवार बहुमतमा छौं जो काम विशेषले सहर वा मधेसर बाट पहाड घर, ससुराली, राष्ट्रसेवा र कर्तव्यपालनाका लागि कर्मक्षेत्र आउन जान दिनरात हिड्नु परेको छ। के त्यस्तो सास्ती चै रहरले गरेका हनु, के त्यस तर्फ हिजोका दिनमा ती नवउदारवादी मस्तिष्कमा किन आएन र आज चै किन आयो! के यो नवउदारवादी साथिहरूको कल्याणकारी सोच अन्य बेला दु:खका साथ हिडदै गरेको हरू प्रति आउछ कि आउदैन!

राज्य, सत्तामा पुगेका राजनीतिक दल, अस्थायी सरकारमा सहभागी नेतृत्व तथा प्रतिनिधि, स्थायी सरकारको प्रशासनिक कार्यका राष्ट्रसेवकहरूको ध्यानाकर्षण नहुनु दोष हो। सामान्य अवस्थामा होस् वा विशेष परिस्थितिमा जनताले वा समाजले दु:ख सास्ती भोग्नु हुन्न भन्नकालागि राजनीतिमा सहभागी भई समाज केन्द्रित नीति योजना तथा कार्यक्रम बनाउन र ऐ लाई कार्यान्वयनमा ल्याउन शान्ति, सुव्यवस्था र सुशासन स्थापित गर्न कर्मचारी भई लोकसेवामा सहभागी बनेका हौं। 

हिजो आजको घटना क्रम र सोच बाट सम्बन्धित निकायले पाठ सिक्दै कमीकमजोरी लाई सुधार्दै जनताको अत्यधिक हितकालागि लाग्ने भीष्म प्रतिज्ञा लिदै अघि बढदै जानुको विकल्प खोजी नगरौं। खैर यस पटक समाजको पनि चेत खुलेको छ र सम्बन्धित निकायको पनि चेल खुलाएका छन् जो अत्यधिक खुशीको विषय हो। यो ईमानदारीता र कर्तव्यबोधको संवेदनशीलता सबैमा सधै रहनु पर्दछ र रहोस् पनि।
अख्तियार वाला अादरणीय प्रतिनिधि वा कर्मचारी साथिहरू जनता प्रति यसरी नै केन्द्रित हौं अनि पो #डियर_कमरेड कहलाउछ।
#Dear_Comrade
🙏


माने मान,नमाने जान!

माने मान,नमाने जान!

हामी हिमालय पर्वत हौँ!
समुन्द्रको मुल हौँ!
विश्वको सिर हौँ!
माने मान, नमाने जान!
हामी सृङ्खलाको गाँथा हौँ!
हामी पिक सगरमाथा हौँ!

हामी रणभूमी को योद्धा  हौँ!
साहसी मा परम् वीर हौँ!
भिक्टोरी मा क्रस हौँ!
माने मान, नमाने जान!
हामी बहादुरीको धुन हौँ!
हामी ग्रेट तुल बहादुर पुन हौँ!

हामी धर्तीको स्तुपा हौँ!
ईमानको कुल हौँ!
शान्तीको दुत हौँ!
माने मान, नमाने जान!
हामी मनको विशुद्ध हौँ!
हामी शान्त गौतम् बुद्ध हौँ!
२०७१/०४/२१
07:20 PM


मेरो लोकतान्त्रिक सपना

आज मिति २०७३ वैशाख ११ गते शनिवार
सर्वप्रथम मन वचन र कर्मका साथ
ज्ञात अज्ञात सहिद हरू प्रति सलाम!

भुपि शेरचन भन्नू हुनेथे “हे मरेर सहिद हुने हो, बाँचेर त हेर । बाँच्न कति कठिन हुँदोरहेछ ? ।”
०६२/०६३ सालमा भएको ऐतिहासिक
जन-आनदोलनका सहिदहरू भन्दै थिये; पिडित, घाइते  साथै
नेपाली नागरिकहरू मा मानव अधिकारको रक्षा गर अनि लोकतन्त्र दिवसको महत्व बढ्नेछ:
 एक दिन श्राद्ध गर्न बिदा दिनु भन्दा सधै विकास र समृद्धि, शान्ति र सुशासनको भान हुन देउ!
मेरो मृत्युको वार्षिकीमा पिण्ढ पर्दैन बरू देशका कर्णधार बालबालिकाहरूको सहि पर्वरीस र व्यवहारिक शिक्षा..
असहाय, बृद्ध र गरिबी लाई ईज्जत् र सेवा साथै युवा वयस्क मा मेहनत गर्ने अवसर दिए, पर्दैन थियो श्रद्धाञ्जलीको अात्म शान्ति दिप जलाउन!
यति मात्र गर्न सकिदेउ सरकार..
हरेक दिन सहिद दिवस...
हरेक दिन प्रजातन्त्र दिवस...
हरेक दिन गणतन्त्र दिवस...
अनि लोकतन्त्र दिवस पनि...!

(मेरो लोकतान्त्रिक सपना)

बाजिराओ मस्तानी

" बाजिरावने मस्तानिसे ईश्क कि है ऐयासि नहीं।"
हिन्दी फिलिम "बाजिराओ मस्तानी"

माक्र्स

द्वन्द र भौतिकवादका पिता स्व. कार्ल माक्र्स संगसंगै यो पृथ्वीमा जननी माता मानिने समाजले अन्य विद्वानहरूलाई पनि जन्म दिएका छन्। वहाँको आत्मलाई आज पनि तर्पण दिदै गर्ने सामाजिक संस्था वा गहिरो विश्वास राख्ने individual लाई पत्यार लाग्न नसक्ला।

सावधान

सावधान!
आफ्नो नेतृत्वको असन्तुलित र अन्यायपूर्ण निर्णयको खिलाफ आवाज उठाउन नसक्नेहरूबाट समाजमा रहेको विभिन्न व्यप्त संवेदनशील मुद्दा एवं issues को उठान र अवतरणको विषयमा निस्वार्थ मन, वचन र कर्मले अभिव्यक्ति दिन कदापि सक्दैनन्।
त्यस्ता Institution/Individual संग सावधान रहौं!


मेरो प्रतिस्पर्धा

मेरो प्रतिस्पर्धा मै संग हो।
म आफै भन्दा अघाडी र आफुभन्दा धेरै उदार हुन चाहान्छु।
म आफु आफै दुवैलाई जिताउन चाहान्छु।
हामी एक अर्कालाई जित्न र जिताउनु छ।


माछो माछो, भ्यागुतो

             देश भित्र भित्रिएको सुन पक्रिनु मात्र आम निर्वाचनमा भाग लिदै दुई तिहाईको मतदान गरेका हैनन् ती न्याय, विकास तथा समृद्धि प्रेमी जनताले। युरोप अमेरिका बनाउने क्षमता रहेको जोश र मेहनतले भरिपूर्ण, बाहिरीन बाध्य बनाएको त्यो युवाशक्ति र परनिर्भरता एवं आयातका कारणले बेहोर्नुपरेको व्यपार घाटा बाट बाहिरिने गरेको त्यो पैसा रोक्न पठाएका हुन् सरकारमा। 
              अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक आधिकारीक राष्ट्र हो नेपाल। राष्ट र राष्ट्रियता संग जोडीएको जनताको मान, सम्मान र भावना कुनै कबड्डी कबड्डी खेल्ने कोर्ट हैन। "माछो माछो, भ्यागुतो" खेलाउने पालोका लागि पठाएका हैनन्, न त "चि मुसी ची, चि मुसी ची, तेरो बाउ मेरो बाबू.." खेल्न। 
              धरै नबोल, चटके-जादुगर जस्तो कार्य नगर, फेरि पालो आउने वातावरण बनाउ। जनताले सुम्पिसकेका छन्, राजिनामा पास गर्देका छन्, देशको लालपुर्जा, धनिपुर्जा तिम्रो हो, मोहियानी खोज्ने कोही छैनन्। निर्धक्क हौं। त्यो भाग तिम्रो हो, त्यसको हकदार तिमी नै हौ तर नोक्सानको भागिदार नबनाउ देश र जनता लाई।

Happy marry anniversary to dear woman

Alfred McClung Lee भन्छन "Marriage is the public joining together, under socially specified regulations of a man and woman as husband and wife."  अर्थात विवाह भनेको सार्वजनिक रुपमा एकसाथ मिल्नु हो, पुरुष र महिलाको पति र पत्नीको रूपमा सामाजले तोकिएका नियमहरु अन्तर्गत।

मानव समाजले स्थापित गरेको विश्वव्यापी सामाजिक संस्था विवाहमा आबद्ध भएर परंरागत सामाजिक बन्धनमा बाँधिएको र कानुनी करारमा हस्तक्षर गरि हामीलाई आजकै दिनमा सामाज र कानुनमा वैधानिक बनाईयो। मिति २०६९ वैशाख ७ गते आज त्यही दिन हो जहिले देखि हाम्रो जीवनको साझा वैवाहिक संस्थामा मातापिताजी, परिवार, नातेदारी, समाज सबैको उपस्थितिमा हामी द्वयलाई प्रथाजनिक नियमका आधारमा एकै र बराबरको हकदार बनाईयो चाहे त्यो नाफा-नोक्सान होस्, चाहे त्यो सुख-दुःख जस्तो हरेक घटनामा। यही वैवाहिक वर्षगाँठ ८अौंमा प्रवेश गरेको शुभअवसरमा हामी एक आपसमा शुभकामना आदान प्रदान गर्ने क्रममा लिएको तस्वीर सहित हजुरहरू संग पनि यो खुशीको पल साटन चाहान्छौं।
In short, your man wishes happy marry anniversary to dear woman.

पिताजीले आशिर्वादमा प्रदान गर्नु भएको सिरको टोपी र हृदयी पात्र।

शुभकामना २०७७

प्रत्यक्ष परोक्ष जानीनजानी हजुरहरू कसैको चित्त दुखाएको, रिसउठाएको, वा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भौतिक, मानसिक वा ती सुन्दर आत्मालाई ठेस पुग्ने खालको हामी(म) बाट त्यस्तो कुनैपनि प्रकारको क्षति-नोक्सानी पुग्न गएकोमा माफी चाहन्छु। र आगामी दिनहरूमा अझ पाठ सिक्दै सुधार्दै जाने बाचा गर्दै यो विक्रम संवत् २०७६ लाई विदा गर्न चाहन्छौं।
विगतका नयाँ वर्षहरूको सुरूवात संगै पवित्र भावका साथ धेरै शुभकामना आदान प्रदान गरियो तर यस नव वर्षमा आफुले आफुलाई आदर्शात्मक, व्यवहारिक र नैतिकतामा राख्ने र बस्ने शक्ति र साहस देवीदेवता, कुलदेवता साथै सामाजिक संरचना बाट मिलोस् भन्दै आफ्नो शारीरिक-मानसिक सुस्वस्थ, हौसला एवं विकास तथा समृद्धिको शुभकामना आफुलाई दिदै हजुरहरूमा पनि सोही अपेक्षा सहित नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभ-कामना!
नेपाली समाजको संरचना र संस्कृतिलाई शुभकामना!
जीवन र संस्कृति त वहाँहरू बाट सुरूभयो नयाँ वर्षको सुरूवात पनि वहाँहरूको पाउ-चरण स्पर्श बाट सुरू गर्न चाहान्छु।
Thanks God! care for us;
Happy New Year all of us!

परिचय र उदेश्य खोज्नेछु

आजसम्म नपाएको आफ्नो जीवनको परिचय रोज्नेछु।
आज सम्म नपाएको आफ्नो जीवनको उदेश्य खोज्नेछु।।

मौन बसेको भाग्य, योग र कर्मको विषय आफै रोज्नेछु।
हिजो कस्ले के गर्यो, किन, कसकालागि गर्यो खोज्नेछु।।

आफ्नो जीवनको नाम, उदेश्य एवं कर्तव्य आफै रोज्नेछु।
कहाँबाट, किन आएको र कहाँ जाने भन्ने यात्रा खोज्नेछु।।

जीवको रूपमा जन्मिएको अब जीवनशैली आफै रोज्नेछु।
मानिसको परिचयकालागि, मानवतावाद आफै खोज्नेछु।।

१२ महिना, ५२ हप्ता, ३६५ दिनको दैनिकी आफै रोज्नेछु।
नव वर्ष ०७७ देखि आफ्नो ज्योतिर्आत्मा आफै खोज्नेछु।।

असामाजिक मानव

पृथ्वीमा माताप्रकृति द्वारा प्रदत्त हावा, पानी, आकाश, प्रकाश वा त्यस्तो महत्व रहेको हरेक चिज नि:शुल्क छ र अमूल्य पनि। जैविक प्राणीको प्राण संग जोडिएका हरेक चिजहरू कुनै निश्चित सरकार, मुलुक र प्रशासनको अधिनमा र अधिनायकत्वमा कहिले पनि हुदैन र हुनुहुदैन पनि। तर मानवले यी सबै चिज आफैले बनाएजस्तो किन भागबन्डा गर्दैछ! त्यसमाथि किन अधिकार जमाउदै छ! किन त्यस्तो कृतिम लोभ पैदागर्दैछ! यो मेरो, त्यो तेरो भनेर निषेधका नियमहरू किन कोर्दैछन्! छक्क पर्छु! कहिलेकाही मानिसमा मात्र त्यो विषगुण जब देख्छु!
हामी मानव एक प्राणी हौं अन्य जीव सरह। अनि आफुलाई सामाजिक बनाउन खोजेर अन्य प्राणीलाई असामाजिक बनाएका हौं भने त्यसको आरोप सिङ्गो मानवले लिनु पर्दछ। हामी मानव प्राकृतिक जीव हौं तर प्राकृतिक रूपमा सामाजिक हैनौं। हामी मानव सामाजिक हुन खोज्दै गर्दा प्रकृतिको कुनैपनि पक्षलाई नोक्सानी छैन। तर सामाजिक दायरामा बस्न नसक्नुले निम्तिएको प्राकृतिक विपत्तिको जवाफदेहिता सामाजिक प्राणी असामाजिक मानवले लिनु पर्ने हुन्छ। स्मरण रहोस् सामाजिक दायरा र मर्यादामा बस्ने दैनिकीको विकास गर्न सके मानवतावादी कहलाउन सक्छौं।

शिघ्र स्वास्थ लाभको कामना त्यो विकृत गुप्ताङ्ग र जाँठालाई।

एउटा रोगीले आफ्नो स्वास्नीको शारीरिक र मानसिक ईच्छा आकांक्षा पूरा गर्न नसक्ने वा पारिवारिक सुख-खुशी दिन सक्दैन भने, एउटा सिङ्गो मुलुक र जनताका खुशीका लागि दिनरात खटिरहनु भएको छ भनेर कसैले भन्नू र देख्नु बौद्धिक स्वस्थ र मानसिक संतुलन सामान्य अवस्थामा नरहेको प्रमाणित हुन्छ। त्यो पनि विचरो प्रधानजीको नभई आफ्नो निजी स्वार्थ पुरागर्ने आम सर्वसाधरणको हित विपरीत अभिव्यक्ती दिने जो उनलाई देवता मानेर आफुलाई हनुमान सम्झनेको मानसिक स्वास्थ अवस्था संकास्पद छ। मस्तिष्कमा कोरोनाले संक्रमित त्यस्ता व्यक्ति वा ग्रसित विचार, मान्छेका नाममा विकार हुन्। 
बरू आफ्ना बाउ बाजेको नामको भजन कृतन गर्ने हो भने सायद समाजले त्यस्तालाई श्रवणकुमारको उच्च कोटिको संज्ञा र सम्मान दिन पछाडि पर्दैन थियौं। त्यति आफ्ना बाउकालागि बोल्ने गर। अरूको लोग्नेलाई आफ्नो आमाको लोग्ने बनाउन नखोज। बेजती!
सही गलत छुट्याउन नसक्ने ती शिशु मस्तिष्कका प्रधान भन्दा तिनलाई र तिनको नाबालकपना र अस्वास्थतालाई ढाकछोप गर्ने उनैको झाँठा देखि पो अचम्म लागेर आउछ। त्यस्तो गतिविधि अतिवादी र आतंकारीक होइन भन्न सकिन्न।
कुनै रोगी वा मानसिक संतुलन गुमाएको व्यक्ति वा सार्वजनिक पद धारण गर्नेलाई वा हाम्रो प्रधानमन्त्रीको स्वास्थ अवस्थालाई कसरी सुस्वास्थ तथा दिर्घायुको कामना गर्नु पर्छ राम्रोसँग थाहा छ। अनि हामीलाई पनि थाहा छ बबुरो हाम्रो प्रशासन प्रमुख कुन अवस्थामा छन् भनेर।
शिघ्र स्वास्थ लाभको कामना त्यो विकृत गुप्ताङ्ग र त्यसलाई ढाकछोप गर्ने दुर्गन्धित झाँठालाई।

भवानी अष्टकम

आदि शंकराचार्य द्वारा रचयित भवानी अष्टकम
(भुजङ्गप्ररया छन्द)

न तातो न माता न बन्धुर्न दाता 
न पुत्रो न पुत्री न भृत्यो न भर्ता । 
न जाया न विद्या न वृत्तिर्ममैव 
गतिस्त्वं गतिस्त्वं त्वमेका भवानि ॥१॥

भवाब्धावपारे महादुःखभीरु 
पपात प्रकामी प्रलोभी प्रमत्तः। 
कुसंसारपाशप्रबद्धः सदाहं 
गतिस्त्वं गतिस्त्वं त्वमेका भवानि ॥२॥ 

न जानामि दानं न च ध्यानयोगं 
न जानामि तन्त्रं न च स्तोत्रमन्त्रम् । 
न जानामि पूजां न च न्यासयोगं 
गतिस्त्वं गतिस्त्वं त्वमेका भवानि ॥३॥

न जानामि पुण्यं न जानामि तीर्थ 
न जानामि मुक्तिं लयं वा कदाचित्।
न जानामि भक्तिं व्रतं वापि मातर्गतिस्त्वं 
गतिस्त्वं गतिस्त्वं त्वमेका भवानि ॥४॥ 

कुकर्मी कुसङ्गी कुबुद्धिः कुदासः 
कुलाचारहीनः कदाचारलीनः । 
कुदृष्टिः कुवाक्यप्रबन्धः सदाहं 
गतिस्त्वं गतिस्त्वं त्वमेका भवानि ॥५॥

प्रजेशं रमेशं महेशं सुरेशं 
दिनेशं निशीथेश्वरं वा कदाचित् । 
न जानामि चान्यत् सदाहं शरण्ये 
गतिस्त्वं गतिस्त्वं त्वमेका भवानि ॥६॥ 

विवादे विषादे प्रमादे प्रवासे 
जले चानले पर्वते शत्रुमध्ये ।
अरण्ये शरण्ये सदा मां प्रपाहि 
गतिस्त्वं गतिस्त्वं त्वमेका भवानि ॥७॥ 

अनाथो दरिद्रो जरारोगयुक्तो 
महाक्षीणदीनः सदा जाड्यवक्त्रः । 
विपत्तौ प्रविष्टः प्रनष्टः सदाहं 
गतिस्त्वं गतिस्त्वं त्वमेका भवानि ॥८॥ 




Read more at: https://www.mymandir.com

"काङ्ग्रेस जागरण अभियान, मट्येङ्ग्राको नास"

नेपाली काङ्ग्रेसले बोकेको प्रजातान्त्रिक/लोकतान्त्रिक समाजवाद(Democratic Socialism) का प्रतिपादक रहनुभएका महामानव विश्वेश्वरप्रसाद कोईराला ले कहिले पनि आफ्नो चिन्तन, अध्ययन र पश्चात्को सिद्धान्तलाई "समाज" भन्दा टाढा राखेनन्। अझ स्पष्ट भन्नू पर्दा समाजको संरचना(Structure) जो सहमति (Consensus) र सहकार्यमा चल्ने निरंतरता(Continuity) साथै द्वन्द(Conflict) र अन्तरक्रिया(Interaction) द्वारा उपलब्ध परिवर्तन(Change) निम्त्याउन सक्ने प्रकार्य(Functional) वा सामाजिक संस्थाहरू (Social Institutions: जात, वर्ग, मूल्य, मान्यता,धर्म, सरकार, अर्थ, राजनिती, शिक्षा) को गहिरो ज्ञान राख्नु भएको रहेछ। त्यसैले प्रजातान्त्रिक समाजवादमा नेपाली समाजमा रहेका हरेक सदस्यलाई सम्बोधन गरेका छन् जो आज पनि उत्तिकै सान्दर्भिक छ। वहाँ अर्थात महामानव वि.पि. ले नेपाली समाजको पूर्ण र गहिरो अध्ययन पश्चात् मात्र नेपाल र नेपालीलाई सुहाउदो वादको प्रतिपादन गर्नु भएको देखिन्छ। 
                        समाज जति शिक्षित, सभ्य, र सम्पन्न बन्छ अनि मात्र उदार प्रजातन्त्र दिगो ढङ्गले स्थापित गराउन सकिन्छ। र हरेक समाजका सदस्य अधिकार सम्पन्न बनाउछ भन्ने गहिरो विश्वास देखिन्छ। अर्थात समाजको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक वा समानुपातिक समावेशी जागरणले नेपाली काङ्ग्रेस (राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद) मात्र नभई मानव अधिकार, प्रजातन्त्र वा भनै संघिय लोकतान्त्रिक गणतन्त्र मजबुत बनाउन सकिन्छ। 
                     के आज सम्म नेपाली काङ्ग्रेस कम्युनिस्टको काखमा बसेको थियो र? निस्वार्थ जागरण अभियान चलाउने नै हो भने वृहत् सामाजिक जागरण अभियान चलाअौं। नेपाली काङ्ग्रेस जागरण अभियानको तुक छैन। समय, शक्ति वा सामाजिक श्रोत(Social Resources)को दुरूपयोग मात्र हुनेछ अर्थात #केटाकेटी_आए_गुलेली_खेलाए_मट्येङ्ग्राको_नास। समस्याको समाधान "काङ्ग्रेस जागरण" हुँदै होईन। ती काङ्ग्रेसी जनको अपमान हो जो आज पनि नेपाली काङ्ग्रेसमा वि.पि. को समाजवादको मूल्य, मान्यता, मर्म र भावनाको बिउ भएर, शीतल वृक्ष भएर बसेका छन्।

Saturday, April 18, 2020

Covid-१९, मानव सुरक्षा र सम्मान

उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केको मस्जिदमा बासबसेका ती ११ जना भारतिय मुलुकका पाहुना र १ जना स्थानीयलाई कोभिड-१९ पोजेटिभ देखिएको छ, अर्थात कोरोना भाईरस संक्रमित भएको खबर सुन्नमा आएको छ।रोग वा रोगीको व्यक्तिगत आत्मसम्मान, साम्प्रदायिक वा समुदायको अवस्थामा र सामाजिक रूपमा हुने कुनैपनि खालका अपमान, लांछित (Stigma) वा कुनै पनि त्यस्ता अमानवीय अभिव्यक्ति एकले अर्को लाई दिनु हुन्न वा गर्नु हुन्न भन्ने विषय नै मानवतावाद (Humanism)को एक प्रमुख सिद्धान्त हो। जो जहाँ भएपनि, जुनसुकै मुलुकको भएपनि ती हरेक मानव सम्मानित (Respected) र सुरक्षीत (Secure)  हुनु पर्दछ। तब मात्र अन्य मुलुकमा रहेको नेपाली राष्ट्रियताको संस्कार बोकेका हरेक मानव सुरक्षीत हुन सक्छ। हामीले अन्यलाई सम्मानित र सुरक्षीत राख्दै गर्दा हाम्रा नेपाली पनि कतै सुरक्षीत र सम्मानित हुनेछन्। यस्तो कठिन परिस्थितिमा जो जहाँ छौं, त्यहाँ हामी माता प्रकृतिको एकै सन्तान हौं भन्दै एक अर्काको आड भरोसा बनौं। नेपालमा संक्रमित स्वदेशी विदेशी वहाँहरूको शिघ्र स्वास्थ लाभको कामना गर्दै सम्पुर्णमा उच्च सतर्कता र सावधानी अपनाउने विषयमा कत्ति लापरबाही नगरिदिनहुन अनुरोध गर्दछौं। विश्वस्वास्थ संगठन र नेपाल सरकारले दिएको निर्देशन पालना गरौं भन्दै यस्तो विश्वसंकट र महामारीको समयमा नेपाली समाज एक भई विश्वसमाजलाई एक बनाउदै मानवमा मानवताभाव जागृति गराउदै शान्ति, प्रेम र सद्भाव छर्ने कार्य तर्फ अघि बढनुको विकल्प नखोजौं।

मस्जिदमा रहेका उनीहरुमा शुक्रबार नै कोरोना संक्रमणको पुष्टि भएको थियो। जुन प्रकृति र परिस्थिति बाट हालसालै उदयपुरको त्रियुगा नगरपालिकामा कोरोना संक्रमित भेटिएको छ यस्ता घटनालाई कपोकल्पित आधार र अप्रमाणित कुरालाई माध्यम बनाएर राष्ट्रिय एकतामा खलल पार्ने, सामाजिक सद्भाव भड्काउने, परराष्ट्र सम्बन्धमा आँच आउने खालका र  उदार मानवतावाद विरूद्धका क्रियाकलापमा जानीनजानी कोही पनि त्यस्तो वक्तव्यमा नफँस्न र सहभागी नहुन आग्रह गर्दछौं। बोल्दा मीठो कामना, प्रेमभाव, उदारवाद, साम्प्रदायिक र सामुदायिक एकता, मानवतावाद तथा सिङ्गो माता प्रकृतिको हितहुने र एकआपस बिचको सम्बन्ध मजबुत बनाउने, सद्भाव प्रगाढ गराउने एवं फैलाउने खालका अभिव्यक्ति सम्प्रेषण गरौं। त्यस्ता अजिवौं गरिब मन, वचन र कर्मको बास नहोस् र त्यस्तो अभ्यास हामी मानवले कहिले गर्नु नपरोस्। हरेक प्रणी वा हामी मानव जीवनको आयु सिमित छ र अनिश्चित पनि, भुल्न नहुन्न कि हामी मानव यस पृथ्वी लोककालागि केही दिनको पाहुना हौं भनेर। त्यसैले कल्याणकारी सामाजिक मान्यता बिगार्ने, अभयदान दिने पृथ्वीको आयु छोट्याउने र माता प्रकृतिलाई कुरूप बनाउने हाम्रो अकर्मण्यता हुन जान्छ जो हाम्रो अधिकार भित्र पर्दैन। हाम्रो अधिकार प्रेमका साथ एक आपसमा मिलेर बस्नु र सद्भाव बढाउनु र सबैको हित चिताउनु भन्दा अरू केही छैन। एकलाई प्यास लागे अर्को पानी बन्ने र एकलाई भोक लागे अर्को अन्न बन्ने वक्तमा कृपया संयमित, शान्त र सकारात्मक रहन आग्रह गर्दछौं।

आफ्नो लापरबाही वा अन्यको लापरबाहीका कारणले जानेर वा नजानेर त्यो कोरोनाको संक्रमण तपाईं हामी, हाम्रो परिवार, नातागोता, छरछिमेकी टोल, समाज जसलाई पानी र जहाँ पनि हुन सक्ने हुन्छ। आफुलाई पर्दै गर्दाको बखतमा सहारा खोज्ने, प्यार र सम्मान खोज्ने मानवीय स्वभाव ले अरूलाई पर्दाको समयमा पनि त्यही प्रस्तुत गर्नु पर्ने हुन्छ।  यस्ता रोगको संक्रमणले वर्ग-वर्ण, धर्म-लिङ्ग, जात-जाति, अग्लो-होचो, सबल-दूर्बल, मूर्ख-विद्वान, परिचर-प्रधान, कुरूप-सुन्दर, मजदुर-व्यवसायी कोही पनि छुट्याउदैन। सबैलाई सिकार बनाउछ। अर्थात हाम्रो नेपाली समाजमा चलेको उखान जस्तो "कोही अर्कोलाई खाने बाघले आफुलाई पनि खान सक्छ" भन्ने कुरा स्मरणमा राख्नु पर्दछ। यो बेला कसैलाई जिस्काउने, घृणागर्ने र आत्मसम्मानमा ठेस पुर्‍याउने नभई साथ र हौसला आदान प्रदान गर्ने हो। भनिने पनि गरिएको छ, "रोगीलाई हैन, रोगलाई घृणा गरौं" भनेजस्तै; संक्रमित रोगीलाई प्रेम गरौं, संक्रमणहुन सक्ने रोगबाट बाँच्न नियमको पालना गरौं। यस व्रम्हाणडका ग्रहहरू मध्ये पृथ्वी मात्र यस्तो ग्रह हो जहाँ जीवन जिउने, बाँचने अधिकार सबै जीवलाई समान छ र सबै त्यसरी नै बाँच्न चाहान्छन्। यो पवित्रता पृथ्वी भन्दा अरूमा देखिएको छैन अहिले सम्म। यो पृथ्वीमा मानिस पनि त्यही जीव मध्यको एक चेतनशील प्राणी मानिन्छ। ती मानव पनि अन्तिम श्वास सम्म बाँच्ने नैसर्गिक अधिकार, ईच्छा र रहर राख्दछन्। त्यसैका लागि एकले अर्कालाई अन्तिम अवस्था सम्म सकेको साथ सहयोग दिनु नै मानवता हो र त्यस प्रति गम्भीरतापूर्वक हर कोशिसले लाग्नु राज्यको संस्थागत र संवैधानिक दायित्व र कर्तव्य हो। विश्वमानव, विश्वसमाज र हरेक राज्यमा त्यस्तो कल्याणकारी र धार्मिक कार्य गर्नेमा अझ शक्ति र हौसला बढेर जाओस्।

अन्य सरहदबाट विभिन्न महत्वपूर्ण कामले नेपाल सिमाना भित्र आएका ती संक्रमितलाई सम्मान गर्न सकिएन भने अन्य मुलुकमा रहेका नेपाली राष्ट्रियता बोकेका मानिसहरू अपमानित हुन पाउन हुदैन भन्नेमा बेजोड विश्वास राख्न पाउने छैनौं। आफुलाई शक्तिशाली भनाउदा विभिन्न मुलुकहरूले त्यहाँका गैरनागरिक रुपि मानवलाई आआफ्नो देश फर्किन सक्नु हुन्छ भनेर दिएको अभिव्यक्ति असक्षम, गैरजिम्मेवारी र अमानवीय अभिव्यक्ति थियो। जसका कारणले त्यहाँ रहेका अन्य मुलुकका नागरिकलाई गहिरो चोट पुर्याएको भन्ने विषय त्यस्ता प्रशाशक र व्यवस्थापकहरूले स्विकार्नु पर्दछ। यस्तो कठिन परिस्थितिमा सहारा बन्न नसक्नु वा त्यस्तो चोट दिनु अमानवीय कार्य हो जो कुनैपनि धर्म विपरीत छ। यस रोग बाट संक्रमित रोगीलाई अपमान गर्ने, शक्ति र हौसला मा रहन नदिने कार्य कसैले गरे त्यो पनि असामाजिक कार्य हो। सकारात्मक रहेर यो हरेक राज्यले गरेको लकडाउन (Lockdown) को सम्मान र विश्वस्वस्थ संगठनले दिएको निर्देशित नियम (guideline)को पालना गर्ने र रोग वा रोगीलाई सम्मान गर्न र मानसिक रूपमा सशक्त रहने र राख्ने हर प्रयास हामीले छोडनु हुन्न। हरकुनै मुलुकमा रहेका हरकोही मानव सुरक्षीत र सम्मानित हुनु पर्दछ भन्नेमा हामीले विश्वास राखौं। हरेक नेपाली राष्ट्रियताको संस्कार बोकेका हरेक मानव पृथ्वीको जुनसुकै वायु, जल, जमिन जहाँ रहेपनि त्यसरी नै सुरक्षीत रहुन, जसरी नेपाली समाजले अन्य मुलुकका नागरिकलाई साथ, सहयो र सम्मानपूर्वक व्यवहार देखाएका छौं। यहि कामनाका साथ कोरोना बाट प्रताडित सम्पूर्ण मानव वहाँहरू प्रति सम्मान व्यक्त गर्दै संक्रमितलाई शिघ्र स्वास्थ लाभको कामना। 

शान्तिको दुत भगवान गौतमबुद्ध जन्मिएको हाम्रो मुलुकले यतिबेला विश्वलाई प्रेम, शान्ति, संयमित र सकारात्मक रहनुको विकल्प छैन भन्दै अभियानमा हुनु पर्दछ जो हामी नेपाली समाज र राष्ट्रियताको पहिलो दायित्व हो। किनकि विश्वको सिर अर्थात पृथ्वीको छाना (Roof of the world) सर्वोच्च शिखर सगरमाथा ८ हजार ८ सय ४८ हामी नै हौं। पृथ्वीको प्राकृतिक शक्तिकेन्द्र मानिएको कैलाश जहाँ समय रोकिन्छ, त्यही समय र कैलाशको पति श्री पशुपतिनाथ हामी हौं। भगवान गौतमबुद्धले दिनु भएको मानवता, प्रेम र शान्तिको संदेश बुझेर
बुद्धं शरणं गच्छामि।
धर्मं शरणं गच्छामि।
संघं शरणं गच्छामि। को जाप लिएर, सुन्दै सुनाउदै हरेकमा त्यो संदेश पुर्‍याउने फेरि त्यही समय आएको छ। जो वहाँले पृथ्वीको एक पवित्र भूमि नेपालको लुम्बिनीमा खनेरजानू भएको मानवताको मुहान र मुल आजसम्म सुकेको छैन, साथै गाडेर जानू भएको शान्तिको ध्वजा आज सम्म फरफरीएको छ र त्यसको महत्व र पवित्रता आज नास भएको छैन, अर्थात ताजै छ भन्ने शान्तिहोम गरेर विश्व जगतलाई महसुस गराउने बेला यही हो। यो चुनौती लाई नेपाली समाजले अवसरमा परिवर्तन गर्न सक्नु पर्दछ। अन्य मुलुक शक्तिको र राजनीतिको खेल खेलिरहदा नेपाली समाजले मानव समृद्धिका लागि प्रेम, शान्ति र मानवताको योग, ध्यान र तपको माध्यम बाट अत्याधुनिक प्रविधिले छोपेको प्रेम र शान्तिको महत्व अझै छ भन्ने प्रमाणित गर्ने बेला आएको छ। जसको मानवतावादी शान्ति मोर्चाको नेतृत्व लिने पहिलो हकवाला नेपाली समाज नै हो भनेर देखाउने समय आएको छ। हाम्रो लुम्बिनीमा शान्तिको मुहान छ, हामी लुम्बिनीबासीमा मानवताको सितल गुण थियो, र छ अनि चोमलुङ्माको सिरबाट विश्वमा फेरि मानवताको वादलबाट शान्तिको वर्षा गराउने छौ र फेरि सबैको शान्ति जागृत गराउनेछौं। यसरी 
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ॥
ॐ शांतिः शांतिः शांतिः 

“ला इलाहा इलल्लाहु मुहम्मदुर्रसूलुल्लाहि” अल्ला हरवक्त रेहम करे!
"ॐ त्र्य॑म्बकं यजामहे सु॒गन्धिं॑ पुष्टि॒वर्ध॑नम्।
उर्वारुकमिव बन्ध॑नान् मृ॒त्योर्मुक्षीय॒ मा ऽमृता॑त्।" श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्!




Saturday, April 11, 2020

अभरोमात हामी सर्वसाधारण मस्तिष्कलाई पार्दैछन्। कोही मान्छेले हामी भुईमान्छेको आफ्नो सोच्न सक्ने क्षमतालाई भुटेर जमात भेलापारेको भरमा, कोही राजनीति र शक्तिको आडमा...
अभरोत हामी परेको छौं, हामीसँग छैन जो वहाँहरूकोमा मात्र राष्ट्रियताको भावना छ जस्तो। जो आफ्नो बल पसिनाले सिङ्गो देश जोत्दैछ, सिच्दैछ र जो देश विराउदैछ, ती गरिब, किसान, मजदुर, सर्वसाधरण आम नागरिक जसले #जयनेपाल भन्न जान्दैन के वहाँहरू राष्ट्रवादी हन् कि होईनन् त...
समर्थन गरेर र विरोध गरेर आफ्नो राजनीतिक दुनो सोझ्याउने र पपुलर बन्ने रहर पुरा हुनसक्छ तर विपत्तिमा हामी बहुल जनसंख्या परेका छौं जो न समर्थनको, नत बिरोधको भाष बोल्न जान्दछौं। अाफ्नो लाज ढाक्न अन्तर्राष्ट्रिय उत्पादन लगाउनेलाई MCC को समर्थन वा बिरोध गर्ने अधिकार छ कि छैन जन्दैनौं, होला र हुनसक्छ। साथै त्यस क्रियाकलापले कति फरक पार्न सक्छन् थाहाछैन तर हुटिट्याँउलाई आकाश थामेको महसुस हुन्छ भन्ने चै हो। 
तर विश्वव्यापीकरणको यो अत्याधुनिक समयमा एक परिवार चलाउन छिमेकीको साथ सहयोग विना चल्दैन भने यो सिङ्गो देश चलाउने कुरा हुट्टिट्याउ ट्याउ गरेर हुदैन। अरूले जे बोलेको सुन्यो त्यसैमा आफ्नो धारणा बनाउन गलत नहुन सक्छ तर ध्यान पुर्‍याउन जरुरी छ। हजुरको समर्थन र विरोधले अन्य कोहीको भावनालाई सम्बोधन गर्न नसकेकोपनि हुन सक्छ। यो नेपाल भनेको काठमाण्डौ र सामाजिक संजाल मात्र होईन। देशको चिन्ता गर्नेहरू आफ्नो लगनशीलता र पौरखी हातहरूले कर्मको सहारामा जयनेपाल भनिरहेका छन्। पत्याउनु हुन्छ!

स्वागतकालागि सजावट गरिएको फुल टिप्दा कसको के बिग्रियो

"श्री पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा श्रद्धालु भक्तजनको स्वागतकालागि सजावट गरिएको फुल टिप्दा कसको के बिग्रियो र नटिप्दा कसलाई के फाईदा।"
AP1 TV Channel ले समेटेको श्री पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको स्वागतका लागि राखिएको ती फुलहरू टिपेको विषयमा संकलीत समाचारले आफैमा च्यानल, प्रस्तोता र विकासकोषको चेतनारूपि नियत तल्लो स्तरको देखियो। यो सरासर आम भक्तजनहरूको बदनाम गराउने नियत साथै आफ्नो Ethics गुमाएको स्पष्ट देखिन्छ। खोजमुलक समाचार संकलन गरेर भ्रष्टाचार, अनैतिकता, विधिको शासनको पालना, मानव अधिकार र जनताको जनतान्त्रिक अधिकार माथिको हमलाका विषयमा नपुंसकता देखाउने TV Channel ले सिङ्गो टिभी, रेडियो प्रतिको विश्वास घटाउने कार्य गरेको छ।
अरू सम्पन्न र सभ्य राष्ट्रहरूमा फुल मात्र होईन गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ र रोजगारी बाँडछन् तर हाम्रो मुलुकमा त्यो ओईलिने र बिग्रिएर जाने फुललाई आफैले शिवजीको प्रशाद सम्झेर टिपेर लानखोज्दा आफ्नै करदाता जनतालाई चोर र बाँदर भनेर बदनाम गाउने पशुपति विकास कोष र त्यो फटाही च्यानल प्रति भ्रत्सना सहित ध्यानाकर्षण गराउद छौं।
पवित्र महाशिवरात्रिमा आस्था विश्वासका साथ उपस्थित श्रद्धालु भक्तजनको कार्य प्रति देवादिदेव महादेवले त्यस्तो कुनै अाकाशवाणी दिएका छैनन् तर सरल र सहज जीवनशैली रहेको भक्तजनरूपि समाज प्रति त्यस्ता खोट नियत रहेको तिनिहरूलाई किन यत्तिको टाउको दुखाई। सक्छौ भने र तागत र पत्रकनरीताको नैतिकता थोरै पनि छ भने राष्ट्रमा रहेको स्थायी र अस्थायी सरकारमा रहेका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा भईरहेको अार्थिक, नितिगत र न्यायिक भ्रष्टाचारका विषयमा आम सर्वसाधरणलाई जागरुक बनाउ। होसमा नरहेको गाँजाको मातमा रहेको विकासकोष र नैतिकहिन पत्रकारीतालाई सजक रहन र सुध्रिन खबर्दारी गराउछौं। अाम श्रद्धालु भक्तजन एवं करदाता देवतारूपि जनाताको मान-सम्मान र मर्यादामा ठेस पुर्याउने नियत र आफैमा निच कार्य हो।
जनता र समाज प्रति बफादारी ननिभाउने, सत्ता, शक्ति, र भ्रष्टाचारको गुलाम गर्ने दलालहरूलाई बहिष्कार गरौं।

निर्मला हत्याकाण्ड, वाईड बडी, विभिन्न विधेयक, जग्गा प्रकरण, यति काण्ड, सत्तरी करोडको गोकुल सेटिङ्ग काण्ड साथै आर्थिक, नीतिगत र न्यायिक भ्रष्टाचार जस्तो पर्याप्त जघन्य अपराधका विषयमा सिङ्गो देशलाई सजक गराअौं।

आज सम्म त्यो फुल नहुदा पनि महाकालरात्री मानिएको थियो र यस्ता आफ्नै बदनाम गराउने फुल बिना नै फेरि पनि मान्ने छौं हर्षउल्लासका साथ।

नकारात्मक सोच

नकारात्मक सोच भनेको के हो?
कस्तो सोचलाई नकारात्मक सोच भन्ने?
यो किन जीवित छ र कसकालागि छ?
नकारात्मक त्यतिबेला सम्म नकारात्मक हुदैन जतिबेला सम्म त्यो विचार आफु भित्र रहन्छ। अर्थात ती शारीरिक, मनोवैज्ञानिक, आर्थिक, सामाजिक लगायत विभिन्न खालका बाध्यता, अभाव र आवस्यकताको चाहाना हुन सक्छ। त्यही कुनै व्यक्तिको अभाव र चाहाना परिपूर्ति गर्न ती सोचलाई व्यवहारमा प्रयोग गर्न खोज्दछन्। त्यही परिस्थितिले अन्य कुनै व्यक्ति, आफु वा चिजको हानी नोक्सानी हुनसक्ने सम्भावना देखिन्छ भने त्यसलाई नकारात्मक सोच भनिएको होला।
अब प्रसंग यहाँ छ कि, कुनै व्यक्तिको अभाव, बाध्यता, आवश्यकता, गरिबी, मनो रोग वा असन्तुलनलाई नकारात्मक सोच भन्न मिल्छकि मिल्दैन?
भोको बाघले कुनै हिरणको सिकार गर्दछ बस एकदिन बाँच्न जो बाध्यात्मक अवस्थ हो। त्यसलाई नकारात्मक सोचको उपज हो भन्न मिल्ने कि नमिल्ने?
हामी मानव सर्व चेतनशील प्राणी भएकोले मानवका हितकोलागि कुनै कुराको वा कसैको हानी नोक्सानी नगराई पनि कुनै पनि कार्य गर्न सक्छौं। जहाँ त्यस्तो सोचको निर्मुल नै गर्न सकिन्छ एउटा कुरा। तर "नकारात्मक सोच" नामको संस्कार रूपी खेलको राजनितीले समाज, युवा एवं सर्वसाधरण मानिसको मस्तिष्कमाथि गहिरो असर परेको देखिन्छ। जसले समाजमा एकअापस बिच मानव मानवमा बेमेल गराउन मुख्य भूमिका खेलेको हुन सक्छ। जसको लाभ कुनै व्यक्ति, समूह वा वर्गले लिइरहेको हुन्छ।
गहिरो गरि गढेर बसेको समाजले मान्दै आएको त्यो "नकारात्मक सोच" नामको अमानवीय र अपवित्र सामाजिक आरोप हो जो आफुलाई पवित्र र शक्तिशाली देखाउन अन्यलाई लगाईने मिथ्या आरोपरूपी कुसंस्कार हो। यसको आफ्नै वास्तविक अस्तित्व भने छैन तर समाजले यसलाई जीवित राखेको देखिन्छ जो आफु हितका लागि अारोपरूपी एक शक्तिशाली शस्त्रको रूपमा प्रयोग गरिएको प्रशस्तै देख्न सकिन्छ।
"नकारात्मक सोच" शक्तिशाली वर्ग, व्यक्ति वा समुहले अाफु शक्तिशाली रहन वा अरूमा बेमेल ल्याउन वा कसैको मनोब गिराउन खेलिने एक सामाजिक संस्कार रूपी खेल हो। यसको अस्तित्वको बचावट समाजलेनै गरेको देखिन्छ। जस्को कुनै अस्तित्व छैन।
यो मानसिकतामा गडेर बसेको संस्कार हो जस्लाई हामी मानवले मानवको अहितका लागि प्रयोग गरिरहेको छौं। जबकि मानवले मानवको हित मात्र नभई जगत र सृष्टिको हितको संस्कारको विकास गराउनु पर्ने देखिन्छ। सोच सोच हो त्यो अाफैमा नकारात्मक हुन्न। रोगका कारणले वा अभावका कारणले सोचने सोचलाई कदापि नकारात्मक सोच भन्न मिल्दैन त्यस्मा समाज र राज्यको दोष देखिन्छ।

Friday, April 10, 2020

Stay safe inside home

राहत वितरण कार्यमा सम्बन्धित नेटवर्क बाट प्रणालीगत ढङ्गले तोकिएको निकाय, व्यक्ति वा समूह बाट मात्र पुर्‍याउन आवश्यक देखिदैछ। 
केही स्वयंसेवकको सक्रिय भिडभाड कोरोना वाहकको माध्यम बन्न सक्छ। विपत व्यवस्थापनमा ज्ञान भएका वा स्वस्थ सम्बन्धि चेतना भएका समुहले सुरक्षाकर्मीको सहयोगमा आफ्ना कार्यक्रम आवस्यक्ता अनुरूप अगाडि बढाउन अनुरोध गरिन्छ। एकद्वार प्रणाली लागू गरौं। 
उदार गर्न गएका व्यक्ति वा समुहका साथिहरूनै असुरक्षीत देखिनु लापरबाहीको हद हो। भोलिका दिन आफ्नो लापरबाहीले कोही अरू वा आफुमा संक्रमण फैलिएमा जवाफदेहिता लिने दिने ठाउँ रहन्न। त्यता तर्फ ध्यान दिन जरुरी छ। चाडपर्व मान्नकालागि दालचामल बाँडन हिडेको जस्तो तपाई अफुलाई भान भएमा खुरूक्क घर बस है साथि हो। 
Do not show your fucking humanity heart and welfare mind at this time on the wrong way. If you stay at home seriously will be the real humanity deep inside from the heart and mind. And can save & protect others and yourself easily.
स्थानिय निकाय मार्फत खटिने साथीहरूलाई विशेष सचेत रहन आग्रह गर्दछौं। मानवताको नाममा केही साथीहरू अलिक भड्किलो देखिनु हुदैछ। होस् पुर्याउदै आफ्नो कर्तव्य पालना गरौं। तपाईंको स्वास्थ हाम्रो चाहाना। 
आएका सहयोग वा उपलब्ध सहयोग लक्षित परिवार सम्म पुर्‍याउन वा हस्तान्तरण गर्दा अपनाउनु पर्ने वैज्ञानिक र व्यवहारिक मापदण्ड, नियम र उपायहरू प्रति  ध्यानाकर्षण गराउदछौं। 
लापरवाही हैन है ब्रो! जब कोरोना गाँड मार्तोन तब सारके पत्ता चल्तो!

कर्तब्यपालनामा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक तथा सहयोगी स्वयंसेवक एवं राहत हस्तान्तरण र संकलन गर्ने सबै पक्षका पात्रहरूले अनिवार्य ध्यानदिनु पर्ने कुराहरू;
भिडभाड कम गर्ने र व्यवस्थापन गर्ने, 
सामाजिक भौतिक दूरी कायम गर्ने, 
अनिवार्य गुणस्तर मास्क लगाउने, 
अनिवार्य गुणस्तर सर्जिकल ग्लब (हातपन्जा) लगाउने, 
लगायत तोकिए मुताबिक कार्य गर्ने। 

यस्ता अत्यावश्यक र संवेदनशील कुरामा सबै पक्षबाट देशव्यापी रूपमा लापरबाही भएको देखिएको छ। होसियार रहनु होला! यो पीडा हो पर्व होईन।

Accept & respect the welfare rule & order "Lockdown"
Stay safe inside home & keep silence & "Securetown"

एकले अरुको आत्मामा, ठेस नपारौं।

सके बालौं साँझ दियो, नसके नबालौं।
एकले अरुको आत्मामा, ठेस नपारौं।।

आज मिति २०७६ चैत २३ गते रविवार बेलुकी ०७ बजेर ०७ मिनेट देखि ०९ बजेर ०९ मिनेट सम्म निकालिएको साईतमा दियो बालौं भन्ने विषयलाई सम्मान गरौं। यो एक प्रकारको आस्था हो जसलाई समाजले आफु भन्दा माथी ठान्दछ। समाजलाई थाहा छ यसले हुनेवाला केही छैन तर समाज यस्तै संस्कार र अघोषित नियमहरू बाट चलेको छ। जसले समाजमा एक प्रकारको नियमितता, सुव्यवस्था र नैतिकता स्थापित गरेको छ। आफ्नो आस्था र विश्वास मात्र आस्था र विश्वास हो भनेर मान्ने साधरण मानवतावादी मानिसले अरूको आस्था, विश्वास र संस्कारको पनि महत्व उत्तिकै ठान्दछन्।
अझ जुनसुकै धार्मिक संस्थाका धर्मगुरू प्रधान वा प्रमुख मानिन्छ र तिनै धर्मगुरूले दिएको आदेश कत्ति धार्मिक संस्थामा भक्तजनहरूले वा उक्त सम्प्रदायका मानिसहरूले त स्वर्गको जनादेश मान्दछन्। यो त्यस्तै सबाल हो। यस्तो विषयमा तर्क दिनु र तर्क खोज्नुले सामाजिक सद्भाव भड्काउन सक्छ। 

एक दृष्टिकोण:
सके साथमा साथ दियौं, नसके सद्भाव र समर्थन दियौं।


कोभिड-१९ र ढाल

जनतालाई संक्रमण हुनुभन्दा पहिले तिनिहरू संक्रमित हुनुपर्दछ जो नागरिकको ढाल बनेर बस्ने भन्दै नागरिकलाई नै ढाल बनाएर बसेका छन्। बेलायतमा पनि त प्रधानमन्त्री संक्रमित भए हैन र?
कसैलाई नभेटोस र हामी सबै सकुशल रहौं भन्ने सोच्दै, पवित्र मन, वचन र कर्मले तामा तुलसी पानी छुदै, आफ्नो छोरा र छोरीको नामको कसम खाएर, काममा भिडने प्रण लिनेहो भने चैट बनाउछन् यस्ता कोभिड-१९। तर त्यो देखिएन, कस्ता नियत खोट संतान रहेछ नेपाल आमाको। ईमानको एक पित्को जोडन सम्म नहुन वा नदेखिनुले नेपाली समाजको भविष्य आँकलन गर्न सकिन्छ सहजै।

भ्रष्ट र अमानवीय कार्य गर्ने कालाबजारीका वादशाह र सिपाहीहरू

पुँजीवादी समाजमा कुनै पनि वस्तु तथा सेवाको उत्पादनमा गरिएको लगानी वा आयात निर्यातमा मध्यस्थता गर्ने दलाल पुँजीपतीले नाफा आर्जन गर्ने, पुनः लगानी गरेर अझ मुनाफा बढाउनेमा केन्द्रित हुनुले निम्त्याएको भ्रष्टाचार, कालाबजारी लगायत विषय ऐ पुँजीवादी समाजको विकृति हो, विकार हो। त्यस्ता पुँजीवादी समाजका उच्च वर्गको लगानी र लगानीकर्ताले मुनाफा बिर्सिएर वस्तु वा सेवा प्रदान गरेको छ भनेर बुझ्नु अनविज्ञता हो। बजारको सिद्धान्तमा चलेको जो आफ्नो बजार आफै सृजना गर्छन् र त्यसैबाट लक्षित मुनाफा आर्जन गर्छन्। अर्थात उपभोक्तामा आवश्यक्ता सृजना गराईन्छ र आफ्नो बृहत् उत्पादनका वस्तु तथा सेवको माग पूर्ति गराएर मुनाफा बढाउदछन्। पुँजीवादमा त्यस्ता बजार केन्द्रित नाफामुखी संस्थाहरू  सेवामुखी वा सेवाप्रदत्त संस्था नभएको सबैले होस् राख्नु पर्ने हुन्छ। नत्र यस्तो पृथ्वीमा रहेको मानव समाजको सभ्यता र अस्तित्व अन्तिम अवस्थामा रहेको थाहा पाउँदा पाउदै फेरिपनि मानवीय संवेदनशीलता बिर्सिएर नाफा खोज्नु र त्यसको सृजनामा लाग्नु पुँजीवादको विकार पक्ष हो। त्यस्ता मानव अस्तित्व संकटमा परेको बेलामा मौकाको फाईदा उठाउने भ्रष्ट मानसिकता भएको अमानवीय कार्य गर्ने कालाबजारीका वादशाह र सिपाहीहरू दण्ड र सजायको भागिदार हुन्।
त्यस्ता अमानुस जो अमानवीय कार्यमा संलग्न सबैलाई आजीवन पेशा व्यवसाय वा आर्थिक कारोबार गर्न दिने अधिकार बाट बन्चित गराईनु पर्छ। त्यस्ता सबै ग्रुप, निजी कम्पनी वा बहुराष्ट्रिय कम्पनीलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा र हदै सम्मको दण्ड, सजाय र जरिवान गराएर सुधारको बाटो तिर जाने र सामाजिक हुने मौका दिनु पर्दछ।

Rights for food as per food culture

भोकको परिचय भोक हो र त्यसलाई सम्बोधन गर्ने अन्नले हो। आजको जस्तो कुनै बिचल्ली अवस्थामा परिचयपत्र नखोजनुस्, भोक सोध्नुस्। मानिसको भोकमा कुन अन्न खाने भनेर उक्त मानिसको अन्नको संस्कार सोधेर सबैलाई हरेक छाक उपलब्ध गराउनु पर्छ भन्ने कुरा सोच्नुस्। यस्ततो अवस्थामा सरकारले  परिचयपत्र खोज्ने काम फेरिपनि क्षमादिन नमिल्ने भुल र निच कार्य हो। आफुले आफ्नो असक्षमता लुकाउने कुटिल चाल हो राज्यको। जनतालाई यस्ता अप्रासंगिक र अमानवीय विषयमा अल्झाईराख्ने तल्लो तहको खेल र कुमन, कुवचन र कुकर्मको पराकाष्ठा हो। सबै नागरिक वा मानिसलाई राहत उपलब्ध गराउन नसक्ने सरकारको नपुंसकताको परिचय हो। एक शिवरात्री वा अन्य यस्तै पर्वमा हप्ता दस दिन सम्म कुनै परिचय नमागी नसोधी प्रशादको नाममा, धर्मको नाममा अन्न ग्रहण गराईन्छ ईज्जतका साथ भने यो त सरकार र राज्यले आफ्ना नागरिकको भोकको सवाल हो। जो ती नागरिकको मौलिक हक र मानवअधिकार हो।
Rights for food as per food culture भनेर हामीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु पर्दछ कि यो भोक र संकटको बेलामा राष्ट्र, राष्ट्रियता, वर्ग, लिङ्ग लगायत सबै परिचय भुलेर मानवीयता प्रस्तुत गर्न सक्नु पर्छ राज्यले नकी मापदण्ड।

अमर रहोस मानवतादी आचरण

समाजमा उत्पादनका स्वरूपमा जुनसुकै खालका परिवर्तनहरू ल्याउदा, सामाजिक चरणहरूमा जस्तोसुकै आधुनिक्ता ल्याउदा, सामाजिक आस्था र आदर्शमा जोस्तोसुकै परिवर्तन ल्याउदा बिर्सन नहुने प्रमुख प्रसंग भनेको मानवतावाद र प्रकृतिको रक्षा।
समाजले आदिम साम्यवाद हुँदै पुँजीवाद देखि समाजवाद, पूर्वआधुनिकता देखि उत्तरआधुनिक समाज, बहुदेवतावाद हुँदै मेटा फिजिक्स देखि वैज्ञानिक युग जे जे चरणमा समाज प्रवेश गर्दछ त्यसमा मानवतावाद संगै लिएर जानुपर्छ भन्ने पाठ सिकाउदछ। मानवता, मानव र प्रकृति को हितकालागि हुनुपर्ने तर मानव कल्याण र परोपकार जस्तो सस्तो अतिवादी नारा लिएर यो समाज अघि बढेको देखियो जो नितान्त स्वार्थपूर्ण छ। यो पृथ्वी हरेक जीव, जलचर, पशु, पंक्षी, निर्जीव सबै सबैको हो र यसमाथि सबैको समान अधिकार छ, कोही कसैको मालिक र देवता हैन। तर चेतनशील प्राणी मानव ति सबै सबैको देवता पछिको रक्षक भन् हो। तर अब यस्ता विषयमा ध्यानदिने समय आएको छ। मानवता त्यो धर्महरूको धर्म हो, वाद हरूको वाद हो। यसको अनुपस्थितले हरेक विषय अपुरो र अधुरो हुन्छ, बुझ्न जरुरी छ।

मानवतावाद, आध्यात्म चेतनाको प्रकाशले दिएको उज्यालोमा मानव र प्रकृतिको हितमा कर्म गर्ने भौतिकवाद हो। यसैमा रहेर आफ्नो जीवन र दैनिकी चलाउने विश्वमानव सभ्यताको विकास हुन जरुरी छ। फेरिपनि उत्पादनको साधन माथिको पहुँच, अर्थ र शक्ति आर्जन गर्ने विषयलाई प्रधानताका साथ लिएर जानेहो भने निकट भविष्यमा अझ विशाल र शक्तिशाली कोरोना संग लड्न तैयार भए हुन्छ।

आध्यात्म, चेतना र पुनजागरण
अमर रहोस मानवतादी आचरण

Tuesday, April 7, 2020

ऐतिहासिक सन्दर्भ र भावी समाज

समाजको गर्भमा ऐतिहासिक सन्दर्भले परागसेचन गरेको बीजारोपित बीज वर्तमान समय परिस्थितिको कोखमा उक्त भ्रूण आफ्नै प्राकृतिक गतिमा विकसित भईरहेको हुन्छ। जस्ले भित्र बाटै आफ्नो परिचयको चाल दिन थालेको हुन्छ जो निकट वा दूर भविष्यमा एउटा रूप लिएर जन्म लिन्छ।  हिन्दीमा चलेको एक उखान "जैसी करनी वैसी भरनी" भने झै कल्पवृक्ष रोपेको भए अमृत फल फल्नेछ भने विषवृक्ष भए विषफल दिनेछ। विगत, वर्तमान र भविष्य एकै दिनको विभिन्न नाम भएजस्तै हो। जसरी  सूर्य उदाउदा बिहानी, मध्य दिनमा दिउँसो  र अस्ताउने समयमा साँझ भनेझै मात्र समय फरक हो तर एकै हो त्यस्तै।

हरेक घटना वा विषयले आआफ्नै विभिन्न खालका ऐतिहासिक सन्दर्भ र कारणहरू सहितको एक  पक्ष बोकेको हुन्छ। र त्यस घटनाले फेरि आफ्नो गर्भमा एक राजको भ्रूणको विकास गरिरहेको हुन्छ। हरेक विकास र घटनाका पछाडि सामाजिक विज्ञानले बोकेको वैज्ञानिक तथ्य र कारण हुन्छ र उक्त घटनाको अगाडि पछाडि तर्क रहेको हुन्छ। यो प्रसंग कुनै पनि सामाजिक वा प्राकृतिक विकास र रूपान्तरणमा ऐतिहासिक सन्दर्भले बोकेको महत्वका विषय उठान गर्न खोजिएको हो। ऐतिहासिक सन्दर्भ के हो र यस्को भूमिका कस्तो रहेको हुन्छ कुनै पनि घटना वा प्राप्ति पछाडि भन्ने विषय उजागर गर्न खोजिएको छ।

समाजमा कुनैपनि त्यस्ता घटना, विकास वा रूपान्तरणमा भाग्यको वा भगवानको खेल नभई त्यो सामाजिक ऐतिहासिक सन्दर्भको भूमिका प्रमुख रहेको हुन्छ। अर्थात त्यही घटनाक्रमको सामाजिक कारणहरूको गहिरो अध्ययन गर्ने एक सिद्धान्त वा दृष्टिकोणको हो ऐतिहासिक सन्दर्भ। यसले विगतका कारणले वर्तमान यस्तो भयो र वर्तमानको कारणले भविष्य यस्तो हुन सक्छ भन्ने अध्ययन गर्नुुुुनै ऐतिहासिक सन्दर्भ हो। हरेक सामाजिक, ऐतिहासिक क्रममा यसको महत्व हुन्छ। यसले सामाजिक घटनाक्रमको तथ्य र कारणहरू दुधको दूध पानिको पानी छुट्याउन सक्ने महामन्त्र बोकेको हुन्छ जसले समाजको भूत, वर्तमान र भविष्यको हरेक तथ्य र कारण आफ्नो ज्ञानमा बोकेको हुन्छ।
विगतको कारणले वर्तमान र वर्तमानको कारणले भविष्य निर्धारण गर्ने हुन्छ। तथापि केही यस्ता विगतमा रोपेको वृक्षले फलाएको विषफल वा अमृतफललाई प्रयोग गर्न सक्ने क्षमताको विकास गर्ननसके त्यो अमृतफल पनि बीस बन्न सक्छ। र क्षमताकै कारणले उक्त विषफल लाभदायक बन्न सक्छ। अर्थात चुनौती लाई अवसरमा परिणत गर्ने साहस र क्षमता भए त्यो विषफल पनि अमृततुल्य हुनेछ। भने अमृतफल लाई त्यसको गुण र क्षमताको आधारमा प्रयोग गर्न नसक्नु ले नाफा लिन सक्नेको कुरै छोडौं यसले नोक्सानी गर्न सक्ने हुन्छ। आज हाम्रो नेपाली समाज त्यही अवस्थामा छ। आफुमा त्यो क्षमताको विकास गर्न नसकेकाले दोष विषवृक्ष र विषफललाई दिइरहेको देखिन्छ जबकि कल्पवृक्षलाई प्रयोग गरेर वरदान सावित गर्न नसक्नु र त्यसलाई शक्तिमा परिणत गर्ने नसक्ने आफ्नो क्षमता प्रतिको निकम्मापना गौण राखेको स्पष्ट देखिएको छ, अर्थ केन्द्रित समाजको भ्रष्टाचारी प्रशासनले। 
केही शक्तिशाली प्रशासक साथै वर्तमानमा मस्त जवान समाजले ऐतिहासिक सन्दर्भलाई सामान्य खेल र खेलवाड सम्झीए सिङ्गो पृथ्वीको दिर्घायूको भविष्य, समतामुलक समाजको भविष्य र मानवतावादी  मानव सभ्यताको भविष्यमाथि खेलवाड हुने निश्चित छ। पलेटी कसेर खेलिने म्यारिज खेल खेल्दा त त्यति धेरै संवेदनशील भई खेलिन्छ, कुन पत्ती कतिखेर फाल्ने र किन फाल्ने, कुन पत्ती किन टिप्ने र के का लागि राख्ने भन्ने कारण हुन्छ। त्यसमा पनि एक "one missed, game finished" भन्ने सिद्धान्तलाई अवलम्बन गरेर खेलिन्छ। भने यो त झन मानव बस्ने समाजको विकास र समृद्धि प्राप्तिको उज्ज्वल भविष्यको वास्तविक खेल हो। सभ्य समाजको निर्माणका लागि त्यही कारणको अध्ययन गर्ने दृष्टिकोण लाई अध्ययन गरेर व्यक्ति वा समाजको संस्कार-संस्कृतिलाई अझ गुणस्तर बनाअौं।
आज र अहिले देखि यो समाजको गर्भमा मानवतावादको बीजलाई सभ्य, नैतिकता, अनुशासन, सद्भाव,  न्याय, समतामुलक, उदार प्रजातन्त्र र प्रेमले सिचाइ गर्न सके र त्यसको भ्रूणको विकास र वृद्धि गर्न सके निकट वा दूर भविष्यमा वा निश्चित समय पश्चात् मानवको खुशी लुकेको समाजको समृद्धिको पल चुम्नेमा कसैले रोक्न सक्ने छैन। आजै देखि सत्य मन, सत्य वचन र सत्कर्मले लागे ऐतिहासिक सन्दर्भको वादको सिद्धान्त अनुरूप आफुले चाहेको, सोचेको भन्दा यो पृथ्वीको उज्ज्वल भविष्यको निर्माता हामी नै हुनेछौं। नेपाली समाजमा चलेको अघोषित मान्यता भए जस्तै छैठौं रातमा आएर मानिसको भविष्य लेख्छीन जसलाई भावी मानेर विश्वास गर्दै उच्च स्थान दिए झै ऐतिहासिक सन्दर्भको सिद्धान्त लाई पनि त्यही समाजको भावी र भविष्य अध्ययन गर्ने दृष्टिकोण मानिन्छ। यसको मूल आसय नै ऐतिहासिक घटनाक्रम, परिस्थिति वा सन्दर्भले भविष्यको अवस्था निर्धारण गर्ने हुन्छ भन्ने विषय धुर्व सत्य हो भन्ने प्रस्तुत गरेका छन्। माक्र्सवादमा उत्पादनको स्वरूप जस्तै आदिम साम्यवादी समाज, दास युग, सामन्तवादी समाज, पुँजीवादी समाज, समाजवादी समाज र साम्यवादी समाजको क्रमश व्याख्या गर्न खोजेका छन्। आदिम साम्यवादी समाजको गर्भबाट दास प्रथा समाजको चरण आएको हो त्यसरी नै समान्तवादी समाजको गर्भबाट पुँजीवादी समाजको उत्पादनको स्वरूपको जन्म भएको हो। र यसको गर्भमा समाजवादको भ्रूण प्रवेश गरिसकेको छ। अर्थात ऐतिहासिक सन्दर्भका कारणले जसरी पुँजीवाद जन्म दिइयो समाजले त्यसरी ने त्यसको विसर्जन पनि गर्ने छ। त्यही पुँजीवादको अन्तयनै समाजवादको जन्म वा सुरूवात हो मानेका छन्। यी सबै विषय ऐतिहासिक सन्दर्भको एक मुख्य कारण र पाटो हो मानेका छन्।

कुनै पनि विषयमा ऐतिहासिक सन्दर्भलाई अस्विकार गर्न नहुने र यसको बहिस्कारले कुनै पनि अध्ययन पूरा नहुने विषय मुख्य जोड दिईएको छ। अर्थात समाजमा ऐतिहासिक सन्दर्भका कारण नै सामाजिक उत्पादनका स्वरूप एक चरण देखि अर्को चरणमा कसरी र के कारणले प्रवेश गर्दछ भन्ने विषयलाई सशक्त ढङ्गले प्रस्तुत गरेका कुरा जगजाहेर छ। मानवतावादी माक्र्सले आफ्नो माक्र्सवादमा ऐतिहासिक सन्दर्भलाई विशेष महत्वपूर्ण स्थान दिएर सामाजलाई ऐतिहासिक ढङ्गले अध्ययन गर्ने द्वन्दात्मक दृष्टिकोण प्रतिपादन गरेका छन् जसलाई ऐतिहासिक द्वन्दात्मक भौतिकवाद मानिएको छ। त्यसैले वर्तमान समाजले भविष्यलाई त्यसरी नै मानवको खुशी, विकास र समृद्धि प्राप्त गर्न आजको दिनलाई ऐतिहासिक सन्दर्भ मानेर कल्पवृक्षको बीज आजै रोप्न जरुरी छ जो भविष्यमा आफ्नो समाजले अमृतफल पाउने निश्चित गर्न।



सरकार मलाई पनि राहतको व्यवस्था गरिराख


कोरोना-१९ विरूद्धमा विश्वसमाज विश्वयुद्धमा प्रवेश गरिसकेको यो lockdown को अवस्था हो। नगद वा जिन्सी नबिक्ने यो अत्यधिक संकट र विपत्तिको बेलामा राहत वितरण र मापदण्डको विषयलाई लिएर कसैले उछाल्छ भने त्यो समाजको भाँडभैलो चाहने अर्थ केन्द्रित विचार वाहक भनेर चिन्दा जान्दा हुन्छ। जो भदौमा आँखाफुटेको गोरुले हरवक्त हरियो देखे झै वर्गगीय द्वन्द देख्नुु अतिवाद हो। र यस्तो समय, को संग कति छ र छैन भन्ने छुट्याउने समय हैन। यो पृथ्वीको उत्पत्ति देखि अाजसम्म अाईपुग्दा यस्तो क्षण जो हामी भोगीरहेका छौं त्यो ऐतिहासिक संवेदनशीलताको घडी हो। न हिजो कसैले भोगेका थिए न भोलि भोग्नेनै छन्। राहतमा असमान वितरण र वितरणमा अन्याय भएका कुरा गर्ने मस्तिष्क मानवीय संवेदनशीलता र पिडाबोध नभएको मस्तिष्क हुनसक्छ।

यो घडीमा कोही राहत लिन जान्छन् भने त्यो रहरले नभई भोकको लोभको बाध्यताले हुन सक्छ। यही कठिन समय अझै लम्बिने हो वा गुज्रिने हो भने पक्कै भुवन हजुरको नागरिक पनि राहत थाप्ने त्यो लाईना हुनेछ। म संग एउटा मोटर साईकल छ, पिताजी भारतिय पेन्सनर हुनुहुन्छ, बजारमा घर घडेरी र खेत बारी छ। यही अबस्था लम्बिदै गर्दा थाहा छैन म, मेरो पिताजीको घरमा रासन पानी सकिदा हामी त्यो राहतको लाईनमा बस्न पाउँछौं कि पाउदिनौं!  तर म त्यो लाममा हुनेछु हाम्रो परिवारको भोक मेटनाकालागि, त्यतिखेर कसैले बकबास गरे त्यसलाई त्यहीं समातेर, हामी संग हाम्रो विवाहका समयमा खरिद गरेको तोलाका तोला सुन, त्यो मोटरसाईकल, घर जग्गा, र नगद पैसा जो छ त्यही खुवाईदिने बाचा गर्दछु। अन्न, अन्न हो जो उच्च, मध्यम र निम्न मानिने सबै समुहमा पर्ने मानवको आधारभूत आवश्यकता हो। जो बाँच्नकालागि सबैलाई चाहिन्छ र उत्तीनै चाहिन्छ।
यो विशेष र शून्य परिस्थितिमा कोही राहत बाड्दै छन् भने सबै धनी धनाड्य होईनन्। कोही राहत लिदैछन् भने ती सबै निम्न वर्गीय हुन भन्ने होईनन्। सरकारले भोक र संकटमा परेका जनताकालागि सहयोग अपिल गरेर उपलब्ध गराउदै गरेको राहत थाप्न र लिन कुनै लाज नमाने हुन्छ। भोको पेटले लाज मानेर साथै भजन गाएर बस्दैन कोही, कहिले पनि। राहत उपलब्ध गराउने वा वितरण गर्ने र राहत लिनेको कुरा त भयो अब राहत लिएको दिएको नापतौल गरेर बस्ने आफुलाई उच्च वर्ग ठान्ने न्यायका देवताको भकारीको आफ्नो अन्न र बगानको फुलपात सकिएको वक्त आउनेछ। ऐन वक्तपर भएको नगद, जिन्सी, जग्गा जब बिक्दैन तब अाजको दिनमा ती राहत वितरणमा न्याय अन्याय भएको र दुधको दूध, पानिको पानी छुट्याउने साहस राख्ने न्यायका देवता बनेकाको र आफुलाई पुग्दो ठान्ने प्रिय जनहरूको  हातमा जब मुम्बईको ट्राफिक जाममा आफ्नो र आफ्ना परिवारको पापी पेटकालागि थाली र कटौरा लिएर बसे जसरी राहत लिन लामलागेर बस्नु पर्ने दिनको अनुमान लगाउन नसक्ने छोटो बुद्धि भएका, मानवता कम भएका, अरूको भोक नबुझने र अवस्थामा खेलवाड गर्ने प्रियजनहरूमा हार्दिक निवेदन गर्दछु। सामान्य अवस्थामा पनि यो राहत वा अन्न हामी सबै मानवको  पापी पेटको नैसर्गिक अधिकार हो। यो विश्वसमाज पिडाको समयमा झन् सबैको भुडी र भोक उहीँ हो, यसमा धनी गरिब छुट्याउनु हुन्न। यो अन्नरूपि राहत हरेक मानव र पशुको अधिकार हो। कृपया गरेर यस्तो मानव संवेदनशिल विषयलाई अनअावश्यक बखेडा बनाउने प्रिय मानवमा न्यायको भूत चढेको देख्दा पृथ्वीको भविष्यको अनुमान लगाउन सकिन्छ। भोको भुडीलाई मापदण्ड बनाउने, वर्गीय विभाजन गराउने प्रियजनमा बौद्धिकतामा स्वस्थता र पवित्रता नदेखिनु हो। बोल्नु वा अभिव्यक्ति दिनु भन्दा पहिले हिजो, अाज र भोलि अनि माथि, तल र आठै दिशामा नजर लगाउने क्षमताको विकास गरौं। बोल्दा बिग्रन सक्छ र कसैको चित्तमा ठेस पुग्न सक्छ भन्ने थाहा होस् त्यसैले गहिरो अध्ययन गरौं। माया, प्रेम र मानवतामा टेकेर अाफ्नो सोचलाई हरवक्त अभ्यासमा राखौं। सिङ्गो मानवको स्तर गिर्नेगरी र अपमान हुने खालको अभिव्यक्ति बन्द गरौं।

मानवतावादी माक्र्सले आफ्नो माक्र्सवादमा समाजको उत्पादनका स्वरूपमा हुने ती वर्गहरू, त्यो उच्च वर्ग र गरिखाने वर्ग बिचमा द्वन्दात्मक सम्बन्ध त हुन्छ तर परिपुरक पनि हुन्छ भनेका छन्। त्यसमा निम्न वर्गहरूले आफुलाई कसरी चेतनामा ल्याउछन् र ती उच्च वर्गीय कसरी सहमतिमा आउछन् भन्ने विषयमा स्पष्ट पार्न खोजेका छन्। उच्च वर्गकाले गर्ने शोषणको अन्त्य र निम्नवर्गको न्याय र हितको अवस्थको कल्पनाको अध्ययन नै माक्र्सवाद हो। जहाँ दुवै वर्गले न जितेको अवस्था, नत हारेको त्यो मानवतावादी अवस्थाको वकालत गर्दछ जहाँ समाजमा मानवता स्थापित कसरी गर्न सकिन्छ भन्ने विषयलाई जोड दिएका छन्। तर यो संकटको घडीमा नेपाली समाजमा आफू आफू बिचमा यति तिरस्कार र असमानताको खाल्डो देखिनु र सोचमा सहानुभूति र सदासयता नदेखिनुले नेपाली समाजको भविष्य दुर्घटनामा पर्ने निश्चित छ।

मानवताले प्रेमको जन्म हुन्छ तर घृणा र द्वेषले द्वन्द, जस्ले समाजको शान्ति, समृद्धि, नियमितता, व्यवस्थालाई नोक्सानी गर्नसक्छ। अहिले वर्गीय द्वन्द्वको युद्धको शंखघोष छेडने समय होईन प्रियजन। यो बेला एकलाई प्यास लागे अर्को पानी बन्ने र एकलाई भोकलागे अर्को अन्न बन्ने समय हो। आफु भित्र रहेको लोभ, ईर्ष्या, घमण्ड, अचेतलाई बाहिर फालेर आफु भित्र रहेको मानवता जगाउने बेला हो। एक आपस बिच सहयोग आदान प्रदान गरौं। मानवता बाहेकको सबै कुरा त्यागौं र यस परिस्थितिलाई जितौं। यस्तो घडीमा राज्यले अन्तर्राष्ट्रियले राहत उपलब्ध गराउने र राहत ग्रहण गर्ने सवालमा धनी, गरिब र हुनेखाने र हुदा खानेको कुरा आउदैन। भोकको कुरा आउछ, मात्र भोक यस्तो संकटको बेलामा, शुन्यताको समयमा। फेरि पनि स्मरण गराउदछु यो समय परिस्थितिलाई गहिरो गरि बुझ्ने कोसिस गरौं, अनि त्यो अजिबौं गरिब सोचबाट माथि उठौं। तिन छाक खान पाउने राहत जन्मसिद्ध अधिकार हो, जो राज्यले उपलब्ध गराउने कुरा हो। त्यसैले व्यक्तिगत संकिण, छोटो र लोभी मानसिकताले कञ्जुस निर्णय लिन स्वभाविक हो। यसमा हजुरको दोष फेरीपनि नभएको जानकारी गराउदछौं, किनकि समाजले सिकाएको व्यवहारिकता र दिएको ज्ञानको बौद्धिकता त्यति नै हो। दोषी सामाजिक संरचना हो। ढुक्क हुनुहोस्, तपाई हाम्रो समाजको बौद्धिक र गुणस्तर मानसिकताको कस्तो अबस्था छ भन्ने मापन गर्नसक्ने प्रतिनिधि पात्र मात्र हो। जसले समाजको सभ्यता र मस्तिष्कको स्तर मापन गर्न मद्दत गर्दछ।




Saturday, April 4, 2020

I may not be happy and smile all time in different places & situations with different people, but I do have the moment to remember when I used to laugh and smile...
My real happiness is there with you all pure hearted and honest people relatives at your own place. And no where such heaven place at all in the world.

We can deal and win to Covid-19 easily with the higher level of natural happines. Forget everything and  be with you strongly yourself. Happiness gets sanetize you from inside and your smile spread sanetize others souls and heart deep inside. Its not only smile, its sanetize for me and can be sanetizer for you. 
All the best to all and May god bless us!
🙏🇳🇵🙏 


पुँजीवादी कम्युनिष्ट

मुख्य गरेर उत्पादनका साधन माथिको पहुचका कारणले सृजना भएको वर्गहरू (उच्च र निम्म) साथै त्यस वर्गहरू बिचको द्वन्दात्मक तर परिपुरक सम्बन्धहरूको अध्ययन युरोपमा जन्म भएको युरोपेली माक्र्सवादले गर्दछ। उत्पादनका स्वरूपमा र समाजिक संरचना एवं संस्थाहरूमा कसरी र कस्ता खालका परिवर्तनहरू अाउछन् भन्ने समाजशास्त्रीय द्वन्दात्मक दृष्टिकोणको एक मात्र माक्र्सवादको ऐतिहासिक द्वन्दात्मक भौतिकवादी दृष्टिकोणले समाजको रूपान्तरण, परिवर्तन र विकासको सूक्ष्म अध्ययन गर्दो रहेछ भन्ने सम्म त अलिअलि बुझ्न खोजिदैछ।

तर नेपालमा जिवित प्रचण्डपथ, विप्लववाद, चित्रवाद, बिजुक्छेवाद, वैद्यपथ, अोलिवाद जस्ता शक्तिशाली कम्युनिष्ट बुझ्न सिकएन। अाखिर के छ त्यस्तो नेपालको कम्युनिष्टमा जो बुझ्न जटिल हुदैछ। के नेपालको कम्युनिष्ट वा भनौं नेपालको नवमाक्रसवाद बुझ्न सकिदैन र? अझ जल्दो बल्दो दुईतिहाईको अोलीवाद के हो  र यसका विशेषता र चरित्र कस्तो हुन्छ भन्ने जिज्ञासा कसैले राखिहाले के जवाफ दिनुहुन्छ विद्वानहरूले?

वर्तमान सरकारले गरेको व्यवहारीक, अार्थिक र नीतिगत अनुशासन गुमाउदा पनि देखाएको सहनशीलता त्यही नेपालको वर्तमान कम्युनिष्ट मानिएको अोलीवादको हिस्सा हो भनेर मान्न पाउने कि नपाउने हामीले। हो भेर मान्ने अाधारहरू जति सशक्त छ, होईन भन्ने अाधारहरू त्यत्तिनै बनावटी, नक्कली, धुर्त र  कमजोर देखिन्छ। यस्तो अचम्मको वाद रूपि विचारले समय र परिस्थिति अनुशार अाफ्नो नाम र परिचय फेरिएको त देखियो तर सबै सबै प्रचण्डपथ देखि अोलीवाद सम्म त्यही एकै विचारले निर्देशित अनि जुन हद सम्म वा हद पार गरेर लक्ष्य प्राप्ति गर्ने देखियो। अात्मकेन्द्रित, अर्थकेन्द्रित। ऐतिहासिक द्वन्दात्मक भौतिकवादको नाममा सातमुखे झोली, शंख, घण्ट, डमरू, खराउ बोक्ने अनि त्यसैको नामको खरानी धस्ने साथै त्यही त्रिशुलले थर्काउने, तर्साउने र ज्यान सम्म लिने कार्य स्पष्ट देखिदैछ।

विश्वसमाजको मानव सभ्यता संकटमा परिरहेको बेला पनि अनुशासन गुमाउदै लोभ, लालचामा केन्द्रित हुनु तिम्रो वाद दोषी कि सामाजिक संरचना !

सदैव मानवतावाद


यो विश्वसमाजमा रहेको व्यक्ति वा समुहको मनोविज्ञान बडो अचम्मको छ र हुन्छ नै यस्तो। यस्तो मानवसभ्यताको संकटको घडीमा, अापतकालमा, महामारीमा, विपत्तिमा र प्रकोपमा यस्ता विभिन्न खालका वर्गका कुरा, पहिचानका कुरा, रंगभेदका कुरा, शक्तिका कुरा जस्तै धनी-गरिब, गोरा-काला, अार्य-मंगोल, भाषा-धर्म, राष्ट्र-भूगोलका कुरा गर्नु हुदैन भन्छन्। यी सबै कुरा बिर्सिएर, त्यस भन्दा माथि उठेर एक अापसमा एक हुनपर्दछ र सहयोग अादान प्रदान गर्नु पर्दछ भन्ने हल्ला गर्दैछन् र जता ततै सुनिन्छ। 

यहि मानवताका कुरा सामान्य अवस्थामा किन गर्दैनन्। के सामान्य अवस्थामा त्यस्ता मानवतावादका कुराहरू स्मृतिमा नरहने हो र चेतनशील र सर्वश्रेष्ठ प्राणी मानिने मानिसमा। सबै कुराको सम्झना किन संकटमा मात्र स्मरणमा अाउदछ। त्यसैले अब बुझ्न जरुरी छ मानवले कि यो प्रकृति र पृथ्वीमा एक किरा फटयांग्रा, जलचर, पशुपक्षीको जति नै सिमित अधिकार छ त्यो भन्दा धेरै तगजग गर्ने अधिकार छदै छैन। तर खुशीको कुरा हामी मानवमा अन्य भन्दा कर्तव्य र दायित्व भने अथाह छ सृष्टिको हितकालागि, लाभ लिन र दिन।

अरूबेला घाँस चरानमा गएको मानवको मस्तिष्कको मानवता हिजोअाज फर्किएको जस्तो देखिदैछ। के यो विचार स्थायी हुनसक्ला त! विश्वास नै नलाग्ने दानविय कार्य मानवकै हो भने विश्वासै गर्न नसकिने दैवीक कार्य पनि मानवले नै गर्ने हुन। अबका दिनमा सामान्य दैनिकी फर्किए संगै मानिसको मन, वचन र कर्ममा मानवतावाद, मानवियता, मानवतावादी, मानवियकरण अझ सशक्त भएर जानेमा विश्वास गर्नुकी नगर्नु अझै दोधारमा छौं तर अाशा गरौं। भौतिक करूणा, शोक, र अाँसु यी सबै अात्माको अज्ञानताका चिन्ह हुन् भनेर श्रीमद्भगवद्गगीतामा उल्लिखित भएकैले मानवीय चेतना र त्यस्ले सधै बोक्ने लोभ जस्तो बिचार र मनोविज्ञान प्रति विश्वासै लाग्दैन। फेरि त्यही र त्यस्तै नहोला भन्ने।

धेरै वादहरूमध्य यो मानवतावाद त्यस्तो सिद्धान्त वा दृष्टिकोण हो जसमा कुनै निश्चित समय, भूगोल, परिवेश, अाकाश-धर्ती, कुनै दिशा कतै पनि अावश्यक्ताको सिद्धान्त लागू हुदैन। यो अाफैमा हर वक्त अावश्यक्ताको सिद्दान्त हो यसलाई अाफ्नो हितकालागि अावश्यक प्रयोग गर्नेहरू अमानव हुन्।

सबै मानवले मानवता अाफुमा हरवक्त सक्रिय र स्मरणमा राख्नु पर्ने हुन्छ, नकि संकटको घडीमा मात्र। मानवतावादी ले सधैं स्मरणमा राख्ने महत्वपूर्ण सिद्धान्त भनेको नै "धर्मो रक्षति रक्षित:" र "स्वस्थ एवं समतामुलक समाज निर्माण, रहस्यमय व्रम्हाण्डको खोज, पृथ्वीको दिर्घायु , प्रकृतिमा शुद्धताको कल्पना" नै हो।