Friday, April 10, 2020

अमर रहोस मानवतादी आचरण

समाजमा उत्पादनका स्वरूपमा जुनसुकै खालका परिवर्तनहरू ल्याउदा, सामाजिक चरणहरूमा जस्तोसुकै आधुनिक्ता ल्याउदा, सामाजिक आस्था र आदर्शमा जोस्तोसुकै परिवर्तन ल्याउदा बिर्सन नहुने प्रमुख प्रसंग भनेको मानवतावाद र प्रकृतिको रक्षा।
समाजले आदिम साम्यवाद हुँदै पुँजीवाद देखि समाजवाद, पूर्वआधुनिकता देखि उत्तरआधुनिक समाज, बहुदेवतावाद हुँदै मेटा फिजिक्स देखि वैज्ञानिक युग जे जे चरणमा समाज प्रवेश गर्दछ त्यसमा मानवतावाद संगै लिएर जानुपर्छ भन्ने पाठ सिकाउदछ। मानवता, मानव र प्रकृति को हितकालागि हुनुपर्ने तर मानव कल्याण र परोपकार जस्तो सस्तो अतिवादी नारा लिएर यो समाज अघि बढेको देखियो जो नितान्त स्वार्थपूर्ण छ। यो पृथ्वी हरेक जीव, जलचर, पशु, पंक्षी, निर्जीव सबै सबैको हो र यसमाथि सबैको समान अधिकार छ, कोही कसैको मालिक र देवता हैन। तर चेतनशील प्राणी मानव ति सबै सबैको देवता पछिको रक्षक भन् हो। तर अब यस्ता विषयमा ध्यानदिने समय आएको छ। मानवता त्यो धर्महरूको धर्म हो, वाद हरूको वाद हो। यसको अनुपस्थितले हरेक विषय अपुरो र अधुरो हुन्छ, बुझ्न जरुरी छ।

मानवतावाद, आध्यात्म चेतनाको प्रकाशले दिएको उज्यालोमा मानव र प्रकृतिको हितमा कर्म गर्ने भौतिकवाद हो। यसैमा रहेर आफ्नो जीवन र दैनिकी चलाउने विश्वमानव सभ्यताको विकास हुन जरुरी छ। फेरिपनि उत्पादनको साधन माथिको पहुँच, अर्थ र शक्ति आर्जन गर्ने विषयलाई प्रधानताका साथ लिएर जानेहो भने निकट भविष्यमा अझ विशाल र शक्तिशाली कोरोना संग लड्न तैयार भए हुन्छ।

आध्यात्म, चेतना र पुनजागरण
अमर रहोस मानवतादी आचरण

No comments:

Post a Comment