नेपाली काङ्ग्रेसले बोकेको प्रजातान्त्रिक/लोकतान्त्रिक समाजवाद(Democratic Socialism) का प्रतिपादक रहनुभएका महामानव विश्वेश्वरप्रसाद कोईराला ले कहिले पनि आफ्नो चिन्तन, अध्ययन र पश्चात्को सिद्धान्तलाई "समाज" भन्दा टाढा राखेनन्। अझ स्पष्ट भन्नू पर्दा समाजको संरचना(Structure) जो सहमति (Consensus) र सहकार्यमा चल्ने निरंतरता(Continuity) साथै द्वन्द(Conflict) र अन्तरक्रिया(Interaction) द्वारा उपलब्ध परिवर्तन(Change) निम्त्याउन सक्ने प्रकार्य(Functional) वा सामाजिक संस्थाहरू (Social Institutions: जात, वर्ग, मूल्य, मान्यता,धर्म, सरकार, अर्थ, राजनिती, शिक्षा) को गहिरो ज्ञान राख्नु भएको रहेछ। त्यसैले प्रजातान्त्रिक समाजवादमा नेपाली समाजमा रहेका हरेक सदस्यलाई सम्बोधन गरेका छन् जो आज पनि उत्तिकै सान्दर्भिक छ। वहाँ अर्थात महामानव वि.पि. ले नेपाली समाजको पूर्ण र गहिरो अध्ययन पश्चात् मात्र नेपाल र नेपालीलाई सुहाउदो वादको प्रतिपादन गर्नु भएको देखिन्छ।
समाज जति शिक्षित, सभ्य, र सम्पन्न बन्छ अनि मात्र उदार प्रजातन्त्र दिगो ढङ्गले स्थापित गराउन सकिन्छ। र हरेक समाजका सदस्य अधिकार सम्पन्न बनाउछ भन्ने गहिरो विश्वास देखिन्छ। अर्थात समाजको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक वा समानुपातिक समावेशी जागरणले नेपाली काङ्ग्रेस (राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद) मात्र नभई मानव अधिकार, प्रजातन्त्र वा भनै संघिय लोकतान्त्रिक गणतन्त्र मजबुत बनाउन सकिन्छ।
के आज सम्म नेपाली काङ्ग्रेस कम्युनिस्टको काखमा बसेको थियो र? निस्वार्थ जागरण अभियान चलाउने नै हो भने वृहत् सामाजिक जागरण अभियान चलाअौं। नेपाली काङ्ग्रेस जागरण अभियानको तुक छैन। समय, शक्ति वा सामाजिक श्रोत(Social Resources)को दुरूपयोग मात्र हुनेछ अर्थात #केटाकेटी_आए_गुलेली_खेलाए_मट्येङ्ग्राको_नास। समस्याको समाधान "काङ्ग्रेस जागरण" हुँदै होईन। ती काङ्ग्रेसी जनको अपमान हो जो आज पनि नेपाली काङ्ग्रेसमा वि.पि. को समाजवादको मूल्य, मान्यता, मर्म र भावनाको बिउ भएर, शीतल वृक्ष भएर बसेका छन्।

No comments:
Post a Comment