देवताको भुतले मलाई तर्साई रहेछ
चेतनाको आर्यघाटमा मलामी गएर, अन्तिम संस्कार गरेर फर्किएको पनि धेरै दिन भईसक्यो । देवताले तर्साउछ भनेर विश्वास त लाग्दैन तर धर्मको खालमा राजनीतिकरण गरिएको मेरो देवताको भुतले आज पनि मलाई तर्साई रहन्छ ।
बुद्धवाद र माक्सवादको मन्त्रोच्चारणले त्यो देवताको भुत भगाउन सक्छ भन्ने चाहिँ पुष्टि छ । पहिले त देवताले डर देखाउदै देखाउदैनन् । तर्साउने देवता हुँदै हुदैनन् । यदि डर वा त्रास देखाउछ भने त्यो देवता हुँदै होइन भन्ने तथ्यलाई समर्थन गर्दछौं । त्यसैले हामी मानवलाई डर वा त्रासमा राख्ने पवित्र देवता नभई धर्मको खाल ओढेको राजनीतिक भुत होईन भन्ने आधार छैन । धर्मको नाममा देवताको पुतला बनाएर देवतालाई दानविकरण गर्ने राजनैतिक चेतना वा प्रवृत्ति दानविय हो ।
देवताको पुत्ला देखाएर समान अधिकारको हक राख्ने मानवलाई कहिले सम्म तर्साउने, धम्काउने ! देवतालाई राजनीतिकरण गरेर दानविकरण कहिले सम्म गर्ने ! ढिलो चाँडो सबैले बुझ्ने छन् कि देवताले कहिले पनि त्रास देखाउदैनन् । जसले त्रास वा लोभ देखाउछन् त्यो देवता नभई राजनीति दानव हुन् । देवतालाई राक्षसिकरण गर्ने धर्मको खोल ओढेका राजनैतिक दलाल प्रवृतिको पहिचान गर्न नसक्नु स्वयंको दोष हो होईन अध्ययन गर्ने समय आईसकेको छ ।
त्रास देखाउने भन्दा तर्सिनु पनि दोषी हो । त्यो देवताको भुत संग आज पनि तर्सिरहनु पछाडि मेरो सामजिकरण र साँस्कृतिकरणलाई विनिर्माण गर्न नसक्नु निजी कमजोरी हो । निजी चेतनामा ईन्जेक्ट गराईएको समाजिक संस्कृतिलाई विनिर्माण गरेर पुनःनिर्माण गरिदैन तब सम्म संरचनामा रहेको देवताको भुतले तर्साई रहनेछ ।
No comments:
Post a Comment