Wednesday, December 31, 2025

अवसान र उदय (Demise and Rise)

 अवसान र उदय (Demise and Rise)



प्रकृति र समाजको गतिको नियम हो परिवर्तन । परिवर्तनको नियमले त्यो कुनै चिजको अवसान र उदयको निर्धारण गर्दछ । एकातर्फ अवसानको शोक मनाउदै हुन्छ ति व्यक्ति तथा संस्था(संरचना) भने अर्को तर्फ उदयको बिगुल फुकेर संघर्ष गरि रहेको हुन्छ । एकै समयमा प्रकृति तथा समाजले अवसान र उदय साथै उदय र अवसानको प्रक्रिया चलाई रहेको हुन्छ । 


प्रकृतिको नियममा जसरी कुनै चिजको अवसान र उदाय त्यही प्रकृतिले पनि रोक्न सक्दैनन् । त्यस्तै समाजको गति र परिवर्तनको नियमले व्यक्ति तथा संरचनाको उदय र अवसान कदापि रोक्न सक्दैन । भदौ २३/२४ गतेको सामाजिक विद्रोह जेन-जी जनक्रान्तिले त्यस्ता व्यक्ति तथा संरचनाको अवसान गरिसकेको छ । सोही समयमा अझ गुणस्तर व्यक्ति तथा संरचनाको उदय पनि गरिसकेको हुन्छ ।


जतिसुकै बैठक बसेपनि ती सबै बैठकहरू अवसान र उदयको सुनिश्चितता तर्फको बैठक हुनेछ । त्यस्तै जतिसुकै रोक्न खोजे पनि त्यो क्रिया प्रतिक्रियाले उदय र अवसानलाई सुनिश्चित गरिरहेको हुन्छ । अवसान र उदय एवं उदय र अवसान एकै दिग , काल र गतिमा हुने दुई घटना हो । यो प्राकृतिक र सामाजिक गति र परिवर्तनको नियम हो । 


सधैं एकै प्रकारको परिस्थिति रहदैन यो प्रकृति र समाजमा । यस नियमलाई बुझेर अवसानमा आत्तिनु र उदयमा मात्तिनु हुदैन । जिम्मेवारी दिने र लिने सम्बन्धमा धेरै संघर्ष गरे त्यसले रक्तपात तर्फ लान सक्छ । अप्प दिपो भव:।

धार्मिक सद्भाव भड्काउने राज्यसत्ता

 धार्मिक सद्भाव भड्काउने राज्यसत्ता 



धर्म प्रचारलाई अपराध मान्ने हो भने विभिन्न समुदायको संस्कृति मासेर उसको धर्म मान्न बाध्य बनाएको हिंस्रक पृथ्वीनारायण शाहको राज्य सत्ता देखि क्रूर जङ्गबहादुर राणाको १९१० को मनुवादी मुलुकी ऐन हुदै धर्म निरपेक्षताको नाममा वर्तमान राज्य सत्ताले धर्मको आधारमा गरेको विभेदलाई के दण्ड दिनु पर्ने हो ? अपराध अपराध हो त्यो हिजो गरिएको होस् वा आज । त्यसको भरपाई राज्यसत्ताले गर्नु पर्दछ ।


न्याय , सुरक्षा , शिक्षा , स्वास्थ्य सेवा वितरण गर्ने नेपालका हरेक सरकारी निकायले धार्मिक सद्भाव भड्काउने अपराध गरिरहेको छ । भन्नलाई धर्म निरपेक्ष भन्ने तर राज्यसत्ता आफैले कुनै एक निश्चित धर्मको साङ्केतिक अन्तरक्रिया गर्ने देवालयलाई प्राथमिकता दिनु ले प्रमाणित गर्दछ कि यो मुलुकको राज्यसत्ता नै धार्मिक सद्भाव भड्काउने उदण्ड कार्य गरिरहेको छ भनेर ।

नमिलेपनि गोत्र मिल्दछ

 एकै वंशजका दुई भाइ दाहाल र परियार


पुष्पकमल दाहालहरू र मित्र परियारहरू एकै पूर्खाका सन्तान हुन् । उत्पत्ति , गोत्र , भाषा , लिपि , संस्कृति र वंशजका आधारमा एकै हुन् । एकै रक्त वंशज परिवार भएपनि रक्त पवित्रताका विभिन्न नियम र आधारमा जात , भात र पानी बाट बहिष्करण गरिएको हो भनेर मनुवादी वर्णाश्रम व्यवस्थाले मान्दछ । ऐतिहासिक तथ्य खोज्दै जाँदा दाहालहरू (प्रथम वर्ण) र परियारहरू (शुद्र वर्ण) एकै वंशका दुई भाइ हुन सक्छ । जात नमिलेपनि गोत्र मिल्दछ 



अब डा. मित्र परियारहरूलाई पार्टीको अध्यक्ष बनाएर प्रधानमन्त्री (कार्यकारी प्रमुख) वा व्यवस्थापिका र न्यायपालिका प्रमुखको दावेदारका रूपमा अगाडि सार्न सक्नु पर्दछ । कथित शुद्र (दलित) जात माथि स्रोत , साधन , सत्ता र शक्तिको बाँडफाँडमा गरिएको विभेद र बहिष्करण साथै असमान वितरणलाई कानुन निर्माण गरेर सम्बोधन गर्नु पर्दछ । हैन भने डा. मित्र परियारहरूलाई प्रचण्ड दाहालरूले फेरि बालिघरे बनाउनेछन् ।


हामीहरूको मुद्दा पनि प्राकृतिक , साँस्कृतिक , प्राविधिक पक्षमा जातव्यवस्थाको अन्त्य गर्दै समानता हुनु पर्दछ भन्ने नै हो । सांस्कृतिक , आर्थिक र राजनीतिक विभेदको अन्त्य गर्दै सत्ता , शक्ति , स्रोत साधन , न्याय र सुरक्षामा विशेष र समान वितरण हुनु पर्दछ भन्ने नै हो । वर्णाश्रममा आधारित जात व्यवस्थाको अन्त्य गर्नै पर्दछ । इन्क्लाब , जिन्दावाद !

जय माटो , जय नेपाल !

राजनीतिक एकता, विगतको निरंतरता

 राजनीतिक एकता, विगतको निरंतरता


नेपालको राजनीतिमा एकता , सहमति र सहकार्य भन्ने नारा दिएर हिजो देखि नै एकता भएको छ , सहमति भएको छ र सहकार्य भएकै छ । 


त्यो एकता , सहमति र सहकार्य भनेको धार्मिक अतिवादी , नश्लवादी , जातिवादी , पहाडेराष्ट्रवादी , पितृसत्तावादी ,  साम्राज्यवादी , विस्तारवादी , सामन्तवादी , दलाल पूँजीवादीहरूको एकता हो भनेर ऐतिहासिक सन्दर्भले प्रमाणित गरिसकेको छ । वर्तमानमा नेपाली राजनीतिकमा चलेको एकता , सहमति र सहकार्यको प्रकृति अध्ययन गर्दा स्पष्ट हुन्छ कि यो पनि विगतको एकताको निरंतरता हैन भनेर भन्न सकिन्न । 


पुरानोर नियतको नयाँ एकता , सहमति र सहकार्य हो जो पुरानै स्वार्थको निरंतरता हो । नेपालको ऐतिहासिक घटनाहरूले प्रमाणित गरिसकेको छ कि त्यो राजनीतिक एकता , सहमति र सहकार्य कहिले पनि राष्ट्र हित र आम नागरिकको हितमा गरिएको छैन र प्रमाणित हुदैन । वर्तमानमा भईरहेको एकता पनि व्यक्ति तथा समुह कसरी सत्ता र शक्तिमा पुर्याउने र राष्ट्र दोहन गर्ने भन्ने हो ।



एकता , सहमति र सहकार्य गरौं

 एकता , सहमति र सहकार्य गरौं 




श्रम संस्कृति पार्टीको चुनावी घोषणापत्रलाई साझा चुनावी घोषणापत्र बनाएर हर्क साम्पाङलाई ५ वर्षकालागि प्रधानमन्त्री बनाउने साथै उनले छनौट गरेका व्यक्तित्वहरू कार्यपालिकाको मन्त्री , सचिव एवं आयोग तथा लाभको पदमा सिफारिस गर्न साथै व्यवस्थापिका र न्यायपालिकामा उनैले सिफारिस गरेका पात्रहरूलाई जिम्मेवारी सुम्पने सहमति भए हाम्रो भोट घण्टीलाई , चिमलाई र अन्य दलको चुनाव चिन्हलाई । सहमति छ त ?


कम्मरमा खुकुरी भिरेर देशको माटोमा लतपतिएर ढुङ्गा बोकेर श्रमदान गर्न सक्नु पर्दछ । आफ्नो हैसियत प्राप्तिकालागि राजनीति गरिरहेका ती दलका नेता भनाउदा साथीहरू सहमतिमा आउने छैन भनेर सबैलाई थाहा छ । आफू सहमतिमा नआउने अनि एकता , सहमति र सहकार्य गरेन भन्ने । मुखमा रामराम बगलीमा छुरा बोक्नेहरू नै राष्ट्रघाती हुन् , देशद्रोही हुन् । राष्ट्रघाती र देशद्रोहीहरू सँग श्रम संस्कृति पार्टी , श्रमदाता र श्रमजीवीहरू ले कदापि एकता , सहमति र सहकार्य गर्दैन । गर्ने छैन ।


तर आवाज दिनु

 तर आवाज दिनु



म तिमी भन्दा धेरै टाढा हौंला

म कहिं कतै हराएको हुन सकौंला

बेला बेलामा आवाज दिनु 

त्यो आवाज यहाँ सम्म नआउला

तर आवाज दिनु । 


आवाज यहाँ सम्म आई नपुग्ला 

तर त्यसको तरंगले 

हृदयलाई उर्जा दिनेछ 

मस्तिष्कलाई तरंगित गर्ने छ । 

तिम्रो यादलाई याद दिलाउने छ ।

तर बेला बेलामा आवाज दिनु ।


यो कोलाहलमा 

म हराएको यो भिडमा

तिम्रो उचावाको प्रतिक्षामा छु ।

एक आवाज देउ जुलु !

तिम्रो आवाज पहिचान गर्ने छु ।

अनि फेरि उठ्नेछु र 

ईन्कलाबको यात्रामा निरंतर हिडने छु ।

तर बस एक आवाज दिनु ।

ईन्कलाब जिन्दावाद भनेर !

ईन्कलाब जिन्दावाद भनेर !!

सुप्रिमोकरण गर्ने भक्त कमरेड्स

 सुप्रिमोकरण गर्ने भक्त कमरेड्स


रक्तिम इतिहास कोरेको माओवादीलाई दफन गरिएयो तर दलाल प्रचण्डको बुख्याचा बोकेर भूइमान्छेलाई तर्साउन हिड्दैछ अझ पनि । 


माओवादी दफनाई सकियो तर सडिसकेको प्रचण्डको सबै अंग पतन भईसक्दा पनि कहिले सम्म बोकेर हिड्ने हो त्यसको सुप्रिमो अस्थिपञ्जर ।


बाबू आमालाई फरक व्यवहार गर्ने तर प्रचण्ड सुप्रिमो भन्ने हुट्टिट्याउले नेपाल धानेको छ भन्ने भावको अभिव्यक्ति स्पष्ट दिएको देखिन्छ । कति देवत्वकरण र सुप्रिमोकरण गर्न सकेको कथित कम्युनिष्ट कमरेडहरूले । यति हुदा सम्म त असल कमरेड हुन्थ्यो भने त फाँसी चढाई सक्थे कथित सुप्रिमो लाई । तर नेपालमा भएका कमरेडहरू पनि कथित नै हौं ।


नेपालका भूँमान्छेहरू जो सहिद भए , अपाङ्ग भए , घाईते भए जसलाई बेपत्ता बनाईयो ती महामानवहरूको संघर्षको उपलब्धि हो । उहाँहरूको जिकिर गरिएको छ नेपालको संविधानको प्रस्तावनामा । नेपालको संविधानमा कतै उल्लेख छैन जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष पूर्ण समानुपातिक समावेशीकरण राष्ट्र बनाउनेमा कथित प्रचण्ड सुप्रिमोले गर्दा हो भनेर । 

कति झुक्याउने/झुक्किने हो !

माक्र्सवाद प्रेम र स्त्री

 माक्र्सवाद प्रेम र स्त्री 

यो विश्वसमाजमा सबैभन्दा बढी पढि-पढाईएको (Study), खोजी-खोजाईएको (Research), साथै समर्थन-विरोध (Support & critic) पाएको सामाजिक परिवर्तन (Social change) हेर्ने दृष्टिकोणको नाममा आगो ओकल्ने वाद (Ism) हो माक्र्सवाद (Marxism)। त्यस्तै यो पृथ्वीमा सृष्टि संगै सबैले लेनदेन गरेको (Give & take), खोजिएको (Needed), चाहिएको (Wanted) र हरपल त्यही सोचिरहेको (Imagine) जीवनदर्शनको सशक्त र सितल आभाष गराउने भाव (feeling) हो प्रेम (Love)। यही विषय अत्याधुनिक युग (High Modern age)को विश्वसमाज (Global society)लाई सबै भन्दा बढी बुझेजस्तो लाग्ने गर्दछ। किनकि हरपल यिनै विषयहरूमा रूमली रहेको हुन्छन् ती बौद्धिक वर्ग (Intellectual people) र प्रेमी-प्रेमिका। तर यही दुई यस्ता विषय हुन् आज सम्म कसैले बुझ्न सकेको छैनन् तर हरदम बुझनु खोज्ने असफल प्रयास भने छाडेको छैन। त्यसैले होला विश्वसमाज हल्लाउने माक्र्सवादको जन्मदाता माक्र्सले पनि "माक्र्सवाद मैले प्रतिपादन त गरें तर म आफु माक्र्सवादी हैन" भनेका रहेछन्। 

भन्ने गरिन्छ सत्ययुग देखि विशेष चासोका साथ अध्ययन अनुसन्धान गरिएको तर देवता सम्मले बुझ्न नसकेको र आजसम्म पनि ती देवताकालागि एक अध्ययन एवं खोजकै रूपमा रहेको विषय स्त्री (Respected Woman) र बौद्धिक जगतमा "माक्र्सवाद", जीवन जगतकालागि "प्रेम" एकै एकै हुन् असाध्य अर्थात Unsolved Mystery।

माक्सवाद पढ्छौं माक्र्सवादी हैनौं, त्यस्तै प्रेम गर्छौं तर प्रेमी भने हैनौं। आफुलाई कसैले माक्र्सवादी (Communist) वा प्रेमी (Lover) भन्छ भने त्यो सरासर झुठ हुन सक्छ। 

माक्र्सवाद, प्रेम र स्त्री अमर रहुन!

मुखमा रामराम बगलिमा छुरा र सामाजिक संस्कृति

 मुखमा रामराम बगलिमा छुरा र सामाजिक  संस्कृति 


सामाजिक सत्यको खोज अनुसन्धान गर्न नचाहनु, सामाजिक सत्य सुन्न र बुझ्न नचाहनु, समाजिक सत्य स्विकार गर्न नचाहनु साथै सामाजिक सत्यलाई तोडमोड गरेर भ्रम सृजना गराउने जस्तो अपराधीक क्रियाकलापमा अाफु सहभागी भएको पनि स्विकार गर्न नचाहनु नेपाली समाजको सूक्ष्म र वृहत संस्कृति बनिसकेको देखिन्छ । कथित विकसित साथै कल्याणकारी राज्यका व्यक्ति तथा संरचनाको अलिखीत तथा अघोषित मूल्यमान्यता र संस्कृति नै सुन्दर रहेको देखिन्छ । राज्यको क्षमता र विकास कानुनले भन्दा पनि समाजको मूल्यमान्यता र संस्कृतिले बन्छ भन्ने कुरा स्विकार्नुको विकल्पमा नजाअौं ।


बौद्धिक क्रान्तिले सुसंस्कृति साथै सभ्य समाजको निर्माण गर्न सक्छ जुन समाज विकास र समृद्धि लक्ष्यको हकदार हुनेछ । नेपालको विकास र समृद्धिका लागि नेपाली समाज त्यसको सुरूवात गर्ने मनसाय सम्म देखिन्न । नेपाली समाजको व्यक्ति र संरचनाको मुखमा रामराम र बगलिमा छुरा संस्कृति छ भन्ने यथार्थलाई स्विकार्न चाहदैनौं । अाफ्नो सामाजिक सांस्कृतिक कुरूपतालाई जब सम्म शृङ्गार गर्ने सामुहिक रूपमा साझाहितको मूल्यमानयताको विकास गर्दैनौं तब सम्म पशुपतिनाथ सम्मले केही गर्नेवाला छैन । कानुनले भन्दा पनि कर्ता र संरचनामा भएको अलिखित र अघोषित संस्कृति एवं मूल्यमान्यताले सिङ्गो समाजको सकारात्मक खुशी वृद्धि गर्ने कुरा स्विकार्न जरुरी छ । विगत र वर्तमान मूल्यमान्यता र संस्कृतिको अभ्यासको परिणाम हो वर्तमान समाजको स्थिति अवस्था । त्यसैले अब सामुहिक लक्ष्य प्राप्तिमा अवरोध त्यस्ता  मूल्यमान्यता र संस्कृतिको विनिर्माण गरि पुनःनिर्माण गर्ने समय आएको छ ।

बाहुनवादी पूँजीवाद

 बाहुनवादी पूँजीवाद


बाहुन , क्षेत्री , वैश्य र शुद्र वर्णाश्रम व्यवस्था नभएको बाहुनवाद (हिन्दु धर्म) जसरी अपुरो अधुरो छ त्यसैगरी पूँजीजीवि , मजदुर , उपभोक्त र मुनाफा नभएको पूँजीवाद अधुरो छ । बाहुनवाद र पूँजीवाद दुवै समाजको संतुलन बिगार्न , सामाजिक सद्भाव भड्काउन , करूणा र मानवतावाद बिहिन समाजको निर्माण गर्न विचार , वचन र व्यवहारमा लागिपरेको हुन्छ । त्यसमा पनि नेपालको पूँजीवाद विश्वसमाजको पूँजीवाद नभई बाहुनवाद मिसिएको पूँजीवाद हैन भन्न सकिन्न । नेपाली समाजमा अभ्यास र अन्तरक्रिया गरिरहेको बाहुनवादी पूँजीवाद अत्यन्तै तल्लो स्तरको पूँजीवाद मान्न सकिन्छ । नेपलको पूँजीवाद जस्तो घृणित पूँजीवाद विश्वसमाजमा अन्यत्र हुनै सक्दैन ।


दक्षिण एसिया भारत बाट उत्पादित र आयातित बाहुनवाद र नेपाली समाजमा अभ्यास भईरहेको पूँजीवाद , बाहुनवादी पूँजीवाद भएकोले यसलाई सरलभाषामा कर्णप्रिय बनाउन दलाल पूँजीवाद भनिएको हुन सक्छ । जसरी बाहुनवादले आफुले उत्पादन नगर्ने तर अन्य वर्णले उत्पादन गरेको वस्तु , सेवा र शक्ति संकलन गर्ने जुन धार्मिक नियम बनाईएको छ ठ्याक्कै नेपालको दलाल पूँजीवादको चरित्र त्यस्तै छ । राज्यले आफू उत्पादनमा नजोडिने तर अन्तराष्ट्रिय उत्पादनलाई आयात गर्दा त्यसमा भारि कर तथा राजश्व उठाउने जो चरित्र राज्यको छ त्यही भएर नै नेपालको पूँजीवादलाई दलाल पूँजीवाद भनिएको हुन सक्छ । तर नेपालको पूँजीवाद बाहुनवादी दलाल पूँजीवाद हैन भन्ने आधार छैन ।


नेपालको पूँजीवाद दलाल पूँजीवाद नभई बाहुनवादी पूँजीवाद हो भन्ने तर्फ बढी आकर्षित हुन्छ । हैन भने विश्व समाजमा नेपालको जस्तो पूँजीवाद (बाहुनवादी दलाल पूँजीवाद) अन्त छैन र भेटिदैन । हरेक राज्यले आफुलाई वस्तु तथा सेवाको विशेष उत्पादन सँग जोडिएको पाईन्छ । विशुद्ध पूँजीवाद कारूणीक र मानवतावादी हुन्छ भन्ने हैन । अस्थिर , अप्रजातान्त्रिक र अमानवीय चरित्र पूँजीवादको मुख्य विशेषता नै हो । तर नेपाली समाजले स्विकार गरेको र अभ्यास गरिरहेको बाहुनवाद सहितको पूँजीवादले पूँजीवादलाई अझ घृणित बनाएको छ । नेपाली समाजको अविकासको कारक नै बाहुनवादी दलाल पूँजीवाद हो भनेर किटान गर्न सकिन्छ । 


प्रश्न उठ्न सक्छ अब समाधान के त ! सजिलो छ , समस्याको वैज्ञानिक पहिचान नै समाधानको प्रस्थान विन्दु हो । समस्याका कारकहरूको विनिर्माण गर्नु नै पुनःनिर्माणका आधार हुन् सक्छ । मानवको प्रवृत्ति र चेतनामा पालेर राखेको बाहुनवाद (वर्णाश्रममा आधारित जात व्यवस्था , धार्मिक एवं अवैज्ञानिक चिन्तन प्रणाली , पितृसत्तात्मकता) र पूँजीवाद (नाफाखोरी चिन्तन र उपभोक्तावाद)को विनिर्माण नै अविकासको अवसान र समाजवादको आधार हुन सक्छ ।

अप्प दिपो भव:।

अलगाव र जुलु (Alienation & Zulu)

 अलगाव र जुलु (Alienation & Zulu)


सबै बाटाहरू बन्द हुन्छन् ,

सबै योजनाहरू भताभुङ्ग हुन्छ ,

रात भन्दा दिनहरू लामो लाग्न थाल्छन् ,

विकल्पहरूलाई स्विकार गर्न सकिदैन ,

ब्रह्माण्ड खुम्चिएर साँघुरो हुन्छ ,

पैताला मुनि विशाल पृथ्वी हुन्छ ,

आफुले टेकेको जमिन भासिदै जान्छ ,

आकाशले थिचे जस्तो लाग्न थाल्छ ,

हावाले पनि धकेले जस्तो लाग्छ ,

पानीले पनि बिझाउन थाल्छ ,

अरबौको भिडमा एक्लो लाग्न थाल्छ ,

परिस्थितिले त्यस्तो बनाई दिन्छ ।


तर एक जना त्यहाँ छ , जो मेरोलागि छ ,

जो मेरो आउने प्रतिक्षामा बाटो हेरी रहेकी छ ।

मेरो योजनाबद्ध महाविस्फोटको आवाज सुन्न आतुर छ ।

मेरालागि रात दिन प्रणय भाव प्रदर्शन गरिरहेको छ ।

जताततै मेरा विकल्पका सम्भावनाहरू खुलला देख्छ ।

मलाई ब्रह्माण्डको एकलो न्यायप्रेमी मान्दछ ।

पृथ्वीलाई घुमाउन सक्छ भन्ने विश्वास राख्छ ।

चोमलुङ्मा उसको आसन हो भनेर मान्दछ ।

कतिबेला आकाशमा उडान भरेको देखिन्छ भनेर हेरिरहेकोछ ।

हावाले मरो संदेश कहिले ल्याउछ भनेर प्रतिक्षारत छ ।

मेरालागि पानी र प्रकृतिलाई पुकारी रहेछ ,

जो मलाई अरबौँको भिडमा एक्लो हैन अलग देखिरहेछ ।

यो अलगाव जो क्रान्तिको चिङ्गारी हो भनेर जान्दछ , 

उनि एक्लो मान्छे मेरो महाबिस्फोटको आवाज सुन्न प्रतिक्षामा छ ।

खुब हौसलामा छिन जसले हरपल हौसला दिईरहेको छ ।

त्यो अलगाव महरू पनि लाखौंलाख छन् ,

त्यो महरूलाई बुझ्ने कमरेड जुलुहरूपनि लाखौंलाख छिन् ।


म एक्लो हैन

मेरो प्रतिक्षामा कोही छ ।

म लाखौंलाख अलग र अलगाव हुँ 

तर एक्लो होईन ।

म क्रान्तिको महाबिस्फोट हुँ ।

लाखौंलाख महरू क्रान्ति ल्याउन बिस्फोटनको तैयारी गरिरहेको छु ।

त्यो महरूलाई पनि लाखौंलाख कमरेड जुलुहरूले साथ दिइरिरहकी छिन् ।

म अलगाव र कमरेड जुलुलाई सलाम !

(Alienated and Comrade Zulu)

Thursday, September 4, 2025

 हामीले हाम्रो आफ्नो तर्फबाट एकताको मात्रा संतुलित र उच्च बनाउन प्रयास गरिरहनु पर्दछ । त्यसकालागि पहिलो र आधारभूत सर्त हो ईमानदारीता । हामी सबैले आफनो स्थानबाट एक अर्को प्रति ईमानदारीताको विचार , वचन र व्यवहार कायम राख्न सकियो भने एकता र सद्भावको मात्रा उच्च भईरहने छ । जसले समाजमा शान्ति र सद्भावलाई कायम राख्ने छ ।

 रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) मा जान्नेलाई छान्ने भनेको अर्थ त यस्तो पो रहेछ । वयस्क चलचित्रका सिनेकर्मी पोर्न स्टारहरू भन्दा कम छैन सांसदहरू । 

१. रवि लामिछाने - ३ वटा विवाह

२. डिपि अर्याल - २ वटा विवाह

३. सन्तोष परियार - डिभोर्सी

४. सुमना श्रेष्ठ - २ वटा विदेशी विवाह

५. शिशिर खनाल - २ वटा विवाह

६. सोविता गौतम - विवाहितसँग विवाह

७. गणेश कार्की - २ वटा विवाह

८. स्वर्णिम वाग्ले - विदेशीसँग विवाह

९. मोहन बहादुर थापा - धेरैवटा विवाह

१०. विनिता कठायात - बिहा नगरी बच्चा पाउने इच्छा भएको

११. अरनिको पाँडे - विदेशीसँग विवाह, विवाहइतर सम्बन्ध

१२. गोमा क्षेत्री - विवाहितसँग विवाह

१३. लेखजंग थापा - २ बिबाह

(स्राेत साजिक संजाल)


नेपाली काङ्ग्रेस , एमाले , माओवादी , ससपा , नाउपा लगायत राजनीतिक कार्यकर्ता वा सांसद/मन्त्रीहरू चै यो मामलामा चोखो छ भन्ने अर्थ हैन । नेपाली समाज जस्तो छ त्यो राजनीतिक दलका नेता कार्यकर्ता पनि त्यस्तै छन् । राजनीति कार्यकर्ता जस्तो छ नेपाली समाज त्यस्तै छ भन्ने अर्थ लगाउनु पर्छ । समाज जस्तो छ त्यस्तै प्रतिनिधित्व चयन गर्दछ ।

वैज्ञानिक सिद्धान्त र व्यवहार

 वैज्ञानिक सिद्धान्त र व्यवहार


सामाजिक विज्ञान अनुसार सिद्धान्त सधैं व्यवहारमा आधारित हुनु पर्दछ भने व्यवहार सधैं सिद्धान्तमा आधारित हुनु पर्दछ । समाज , जीवन तथा जगतलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त र व्यवहार सँग जोडेर लान सक्नु पर्दछ । सिद्धान्तमा व्यवहार र व्यवहारमा सिद्धान्त हुनु पर्दछ । सिद्धान्त सधैं प्राकृतिक , वैज्ञानिक र मानवतावादी हुनु पर्दछ र व्यवहार पनि सोही बमोजीम हुनु पर्दछ । यदि त्यो हुन सकेन भने मानव जीवन निरर्थक एवं हानिकारक बन्दछ । मार्क्सवाद जडशुत्र हैन , समाज पुन:निर्माणको एक पथप्रदर्शक हो भन्ने विषय बुझ्न/बुझाउन सक्नु पर्दछ ।


जसरी बाहुनवादी बर्चस्व समाजमा बाहुनवाद सिद्धान्तका आधारमा व्यवहार गरिएको पाईन्छ । जस्तै पुरूष प्रधान सामाजिक नियम निर्माण गरेर पितृसत्ता , रक्तपवित्रताको आधारमा नश्लवाद , वर्णाश्रम व्यवस्थाको आधारमा जात व्यवस्था , जातव्यवस्थाका आधारमा उच्च/निच , पवित्र/अपवित्र , छुवाछुत तथा विभेद , पानी चल्ने/नचल्ने , विवाह चल्ने/नचल्ने लगायत । समाजले जस्तो व्यवहार र सिद्धान्त निर्माण र अभ्यास गर्दछ त्यस्तै परिणाम प्राप्त हुन्छ । नेपाली समाज त्यही अमानवीय व्यवहारीक सिद्धान्त र अभ्यास गरेको हुदा त्यसको परिणाम पनि असमानता , अभाव , अन्याय र गरिबी नै हुन्छ । 


अब नेपाली समाजकको अन्तरक्रियालाई मानवीय र न्यायिक सिद्धान्त र व्यवहार सँग जोड्न सक्नु पर्दछ । नेपाली समाजलाई समाजवाद उन्मुख बनाउनु छ भने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन सँग जोडेर व्यवहार र अभ्यासमा लान सक्नु पर्दछ । समाजको सामाजिक विज्ञान तथा व्यवहारलाई मार्क्सवाद अनुसार लान सक्नु पर्दछ । समाजवादी समाज पुन:निर्माण गर्ने एक मात्र आधार हो मार्क्सवाद । मार्क्सवाद सृजनात्मक साथै विकासशील विचारधारा हो ।


सामाजिक विज्ञानका सबै क्षेत्रहरू जस्तै इतिहास , नीतिशास्त्र , सौंदर्यशास्त्र , विधिशास्त्र , राजनीतिशास्त्र , अर्थशास्त्र , मानवशास्त्र , समाजशास्त्र , दर्शनशास्त्रमा जसरी मार्क्सवादी सिद्धान्त ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद प्रमुख रहेको छ सोही सिद्धान्तका आधारमा समाजले व्यवहार साथै अभ्यासमा ल्याउन सक्नु पर्दछ । यसले समाजलाई समाजवादी समाज पुःननिर्माण गर्न पूर्ण रूपमा मार्गप्रसस्त गर्ने छ ।


मानव जीवनको वास्तविकता प्रत्येक पल बढदै र बदलिदै गईरहेको छ भने मानवको संज्ञान पनि निरंतर समृद्ध भईरहेको छ । यदि समाजले तथ्य , प्रमाण र वैज्ञानिकतामा ध्यान दिन सकेन भने जडशुत्रको प्रणाली बन्दछ र मानव जीवन निरर्थक मात्र हैन हानिकारक पनि बन्दछ किनकि यसले वास्तविकताको सहि चित्र प्रस्तुत गर्न सक्दैन । त्यसैले सिद्धान्त पनि प्रकृति र विज्ञानका आधारमा हुनु पर्दछ साथै सोही आधारमा व्यवहार र अभ्यासमा लान सक्नु पर्दछ ।

सुपर पूँजीजीवी , मजदुर र उपभोक्ता

 सुपर पूँजीजीवी , मजदुर र उपभोक्ता


सामन्तवादी उत्पादनको स्वरूप समाजमा उपनिवेशवाद (Colonialism) थियो भने पूँजीवादी उत्पादनको स्वरूप समाजमा साम्राज्यवाद (Imperialism) । जे जे थियो उच्च वर्गले निर्माण गरेको सुपर उच्च वर्गको हितकालागि थियो । 


केही निश्चित सुपर उच्चवर्गीय मानव तथा समुहले विश्वमानवको आर्थिक , साँस्कृतिक , राजनैतिक एवं दार्शनिक पक्षलाई पूर्णरूपमा नियन्त्रित एवं निर्देशीत गरेर बन्दी बनाईरहेको छ । हामी मानव ती सुपर पूँजीजीवीको पूँजी वृद्धि गर्ने साधन हौं । हामी विश्व मानव तिनको मजदुर र उपभोक्ता मात्र हौं ।

Keep smiling

 Keep smiling 


Do not wait for other smile. Try making them smile. Do not hold your smile within you. Show them now and disperse it.


Your single smile can make a day joyful. Do not hold your smile within you. Disperse your smile which can make the surround blossom and fragrance. 


A single smile means a lot to the world. The whole world waiting you and want to smile with you. Keep on smiling.


You are precious part of nature and for the whole world. The nature gave you birth is the gift for the people's world. And your each smile is gift to the people.

पुरातनवादले छेकेको उज्यालो : पिछडिएको समुदायका वेदना र सम्भावना

 विजय मोक्तानले आफ्नो पुस्तक 'पुरातनवादले छेकेको उज्यालो : पिछडिएको समुदायका वेदना र सम्भावना (दोस्रो संस्करण २०७९)' को पहिलो भागमा पुरातनवाद (Conservatism)का सन्दर्भमा उठान गर्नु भएका विषयहरू ;


"मैले अर्थ्याउन खोजेको पुरातनवादको परिभाषाले अलिक फराकिलो क्षेत्र ओगट्छ - राज्य नीतिनै लादेर फोहोर र तल्लो स्तरको कार्यहरू भारी/दाउरा बोक्ने, भाडा माझ्ने, पाल टाँग्ने, शिल्पी कार्यहरू लुगा/जुत्ता/गहना बनाउनेर मासु काटने, शौचालय र फोहोर सफागर्ने जिम्मेवारीमा राखेर लामो समय शक्ति केन्द्रको घेरा बाहिर राख्ने, प्रकारान्तरमा तीनै आ-आफ्ना जिम्मेवारी इमानदार तरिकाले निर्वाह गर्ने जातीय समुदायलाई नै लामो समय सत्ता र शासनमा हालीमुहाली गरेका कथित सभ्य र उच्च जातीय समुदायले एकोहोरो तरिकाले असभ्य, फोहोरी र तल्लो समाज भनेर होच्याउने, तथानाम गाली गर्ने बेथिति र विभेद नै पुरातनवाद हो । दलित, महिला र पिछडिएका समुदायलाई दोस्रो दर्जाको नागरिक देख्ने दृष्टिकोण पुरातनवाद हो, पुरानो शासकीय व्यवस्था, रीतितिथि, परम्परा र सँस्कृति नै एकोहोरो तरिकाले राम्रो देख्ने चश्मा पनि पुरातनवाद हो, हरेक परिवर्तनको बिरोध जनाउन र नयाँ हरेक कुरा राम्रो भनी कोकोहोला मचाउनु पनि जडशुत्रवादी संकुचनले अँध्यारो बनाएको पुरातनवाद नै हो ।"


"त्यस्तै, सन्तानको भविष्य, शिक्षा र सहि परवरिशमा भन्दा चाडपर्व, परम्परा, मद्यपान र धुम्रपान जस्ता प्रत्युत्पादक वस्तुमा खर्च गर्ने सोच र परम्परा, पितृसतात्मक प्रथा, बोक्सी-बोक्सा प्रथा, छाउपडी प्रथा, जन्मिँदै ठूलो र सानो हुने प्रथा, विभिन्न राउटे चेपाङ, मुसल्मान र मुसहर समुदाय भित्रको कुि्रथा र कुरीति, आफ्नै रगत भित्र विवाह गर्ने प्रथा, आफ्नो जातको सबै कुरा राम्रो अर्को जातको सबै कुरा नराम्रो देख्ने बुझ्ने प्रथा, अरूको विश्वास र परम्पराप्रति असहिष्णु सोच देखाउने रबैया, पानी चल्ने र नचल्ने जातको कुप्रथा र २१औं शताब्दीका कुरालाई १०औं तथा पुराना किम्बदन्ती र मानव निर्मित दन्त्यकथाका कुरा ल्याएर गलत देखाउने धृष्टता आदि सबै मेरो व्यक्तिगत डिक्सनरीमा पुरातनवादका द्योतक पक्ष हुन् ।"

Friday, July 18, 2025

बाहुनवादीको शल्यक्रिया

 बाहुनवादीको शल्यक्रिया 


(बाहुनवादी कहिले पनि धार्मिक , आस्तिक ,  न्यायिक , कारूणिक र अहिंस्रक हुदैनन् )


बाहुनवादको काला जादु खेलाउने बाहुनवादी आफू बाहुनवादी हुन्छन् । बाहुनवादीको जात , भाषा , धर्म , कर्म , ज्ञान सबै बाहुनवाद हुन्छ । यिनिहरू देवतावादी र न्यायप्रेमी जस्तो देखिन्छन् तर देवतावादी र न्यायप्रेमी हुँदै हैनन् । बाहुनवादीलाई केन्द्रमा राखेर बाहुनवादीको सम्पूर्ण हितकालागि बाहुनवादीले देवतावादको आदर्श (Idea of god) निर्माण गरेर त्यसैको वकालत गर्दछन् । बाहुनवादीलाई समाजको व्यक्ति तथा संरचनात्मक न्याय स्थापना गराउने सन्दर्भमा दुर दुर सम्म कुनै पनि प्रकारको लेनदेन तथा गुणस्तर सम्बन्ध हुदैन । 


बाहुनवादी कहिले पनि देवतावादी हुदैनन् तर देवतावादीहरूको उत्पादन गर्ने भनेको बाहुनवादीहरूले नै हो । साँस्कृतिक बाहुनवादीले नै देवतावादीहरूको बृहत् रूपमा उत्पादन गर्दछ । बाहुनवादीहरू देवतावादी हुदैनन् तर थाहै नदिने खालको गजबको देवतावादी भएको अभिनय गर्दछन् । बाहुनवादीहरू स्पष्ट रूपमा अन्याय र विभेद प्रेमी हुन्छन् । बाहुनवादले बाहुनवादीहरूलाई अकारूणिक , अवैज्ञानिक , अमानविय र हिंसात्मक बनाएको हुन्छ । बाहुनवादीहरू भ्रमको चेतनाको गाढा र गहिरो अन्धकारमा बाँचिरहेको हुन्छन् । देखिँदा मानव जस्तो देखिए पनि बाहुनवादीमा मानविय स्वभाव र चिन्तन कहीं कतै हुदैहुदैन ।


बाहुनवादीहरूले आफुलाई  पहिचान नगरोस् भनेर  धर्मको खाष्टो र चन्दन , देवताको भजन र मन्त्र साथै सामजवादको नारा र झण्डा ओढेका हुन्छन् । वास्तवमा यी बाहुनवादका उत्पादक बाहुनवादीहरू कहिले पनि न्यायप्रेमी हुदैनन् भने अर्को तर्फ न त देवतावादी हुन्छन् न त धार्मिक नै । वैज्ञानिक चिन्तन , न्यायप्रेमी , धार्मिक तथा देवतावादी भएको अभिनय भने गजबले गर्छन् जो अभिनय हो भनेर थाहा नै दिदैनन् । तर अब बाहुनवादले उत्पादन गरेको बाहुनवादी को हो हैन भनेर शल्यक्रिया गर्न वा पहिचान गर्न सक्नु पर्दछ । 


बाहुनवादीहरूलाई अब बाहिर निकाल्ने समय आएको छ । जब सम्म बाहुनवादी रहन्छन् तब सम्म बाहुनवाद रहन्छ । जब सम्म बाहुनवाद रहन्छ तब सम्म बाहुनवादी उत्पादन गर्दछ । समाजमा बाहुनवाद र बाहुनवादी रहेसम्म समाजवाद उन्मुख भन्नू ठगी गर्नु मात्र हो । समाजवादको मुख्य शत्रु हो बाहुनवाद । बाहुनवाद रहेसम्म समाजवादको उदय हुनै सक्दैन । तर बाहुनवादले आफ्नो अवसानको कारक त्यसको उदय सँगै लिएर आएको छ । बाहुनवादले उत्पादन र वितरण गरेको ज्ञानले निर्मित बाहुनवादीको चरित्रका कारण बाहुनवादको ढिलो चाँडो अवसान हुने निश्चित छ । 


बाहुनवादको अवसानको कारक बाहुनवाद नै हुनेछ । बाहुनवादको प्रकृति र चरित्र हुन्छ नै त्यस्तो जसले स्वयंको अवसानको नजिकै लगिरहेको हुन्छ । बुद्धवादको ढाड भाँचेर बुद्धलाई विष्णुको अवतार बनाएर बाहुनवादीहरूले आफुलाई स्थापित पुनःस्थापित गराउने यिनको ढोङ्गी र पाखण्डी चरित्र हुन्छ । यसै लाई आधार मान्ने हो भने बाहुनवादीहरू लुटाहा , ठग , डकैत , हिंस्रक हुन्छन् । बाहुनवादीहरू धार्मिक , आस्तिक र न्यायिक चरित्रको हुदैनन् । निष्कर्षमा भन्दा बाहुनवादी विध्वंसकारी हुन्छन् ।


त्यसैले होला ईष्ट ईन्डिया कम्पनीका बेलायतीले भनेका रहेछन् बाटोमा अति विषालु सर्प र बाहुनवादी दुवैलाई एकैचोटि देखिएमा सर्पलाई छोडिदिनु । त्यसै गरेर अर्को कहावत पनि छ , अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा त्यत्रो ठूलो खर्च गरेर एटम बम (लिटल बोई र फ्याट म्यान) नझारेर ५/७ जना बाहुनवादी झारिदिएको भए त्यो भन्दा बढी बिध्वंस गर्ने थियो । यी कथनहरू त्यतिकै बनाईएका होईनन् । त्यसैको उदाहरणको रूपमा लिन सकिन्छ दक्षिण एसिया , भारतीय समाज र नेपाली समाज । नेपाली समाजलाई ध्वस्त बनाउने यही बाहुनवादी हैनन् भनेर कसैले निष्कर्ष निकाल्दछ भने त्यो पात्र  माथि विश्वास नगरौं ।

Sunday, May 25, 2025

अविनाशी उर्जा र प्रेम

 अविनाशी उर्जा र प्रेम




यो ब्रह्माण्डमा तिम्रो नाममा प्रेमको उर्जा प्रक्षेपण गरिसकेको छु । त्यसको तरंग र उर्जाले एक दिन तिमीलाई अवश्य छुनेछ अनि त्यस समय परिस्थितिमा तिमी मुसुक्क मुस्कुराउने छौ । 


उर्जा र प्रेम दुवै अविनाशी छ यसले रूप परिवर्तन गरेर भएपनि तिमी सम्म आईपुग्नेछ , यसकालागि हुनसक्छ केही समय लाग्न सक्छ । तर त्यो प्रेमले तिमीलाई एक दिन छोएर फेरि फर्कनेछ त्यस पल तिमीले महसुस गर्ने छौ ।

बेसरम हामी

 


काल्पनिक शक्ति...

काल्पनिक लोक...

काल्पनिक पात्र... 

काल्पनिक युग... 

काल्पनिक कथा...

काल्पनिक पुनःजन्म...

काल्पनिक भाग्य...

काल्पनिक कर्मफल...

काल्पनिक पाप...

काल्पनिक धर्म...

काल्पनिक स्वर्ग...

काल्पनिक नरक...

अन्धविश्वास गर्न लगाउने धर्मगुरू...

त्यसैलाई ज्ञान मान्ने हामी...


बेसरम हामी , अझ आफुलाई शिक्षित ठान्दै , हामी शिक्षित हौं भन्दै दावा गर्दै हिड्छौं । 

ह्वाट द हेल !

जातंकवादी दृष्टिकोण

 जातंकवादी दृष्टिकोण 







हाम्रो नजरले एक पटक हेर 

हामीलाई सिङ्गो राष्ट्र देख्नेछौ ।

१९१० को दृष्टिकोणले हेरे 

हामीलाई मतवाली देख्नेछौ ।


हाम्रो नजरले एक पटक हेर 

हामीलाई पहिलो नागरिक देख्नेछौ ।

पृथ्वीनारायणको नजरले हेरे 

वर्णाश्रममा चौथो शुद्र देख्नेछौ ।


तिम्रो सिरमा आज पनि 

शाहको ताज र हातमा राणाको दण्ड छ ।

यदि अझ मतुवाली र शुद्र देख्छौ भने 

जातिवादको घमण्ड छ ।


तिम्रो जातिवादी दृष्टिले हेर 

हामीलाई आतंकवादी देख्ने छौ ।

हाम्रो नजरले तिमीलाई पनि 

निच जातंकवादी देख्ने छौं ।

अध्यात्म र देवता भ्रम हो

 अध्यात्म र देवता भ्रम हो



भौतिक जगतमा 'अध्यात्म' र 'देवता' भनेको निश्चित व्यक्ति वा समूह ( लिङ्ग , रंग , वर्ण , वर्ग )ले आफ्नो स्वार्थ पूर्ति गर्न आम मानिसलाई तिनको मुख्य केन्द्रीय विषयमा केन्द्रित हुन नदिन साथै विषयवस्तु बाट भड्काउनकालागि मूर्ख र पागल बनाउने आईडिया मात्र हो । 


वैज्ञानिक प्रमाणितका कुरा नै हुदैन अध्यात्म र देवतामा । अध्यात्म र देवताका विषयमा निर्माण गरिएको भाष्यलाई अन्धविश्वास गरिदिदा मात्र त्यसको अस्तित्व रहन्छ । जब अध्यात्म र देवतामाथि वैज्ञानिक प्रक्रियामा रहेर प्रश्न गर्न थालिन्छ त्यसको वास्तविकता बाहिर आउदछ । अर्थात यसले विज्ञान र वैज्ञानिक प्रक्रियालाई स्विकार्न सक्दैन र मान्दैन । 


अध्यात्म र देवता जस्ता आइडिया मानवमा भ्रम सृजना गराउने र मानवलाई भ्रममा राख्ने वा राखिरहने साधनको रूपमा प्रयोग गरिएको हुन्छ । हैन जस्तो लाग्छ भने केही प्रश्न गरौं जस्तै; यस विश्व समाजमा कोही धनी र कोही गरिबीमा किन छन् । सबै मानवको समान हैसियत र अवस्था किन छैन !


विश्व समाजमा रहेको असमानता , अन्याय , अभाव , गरिबीका विषयमा समाजशास्त्र अन्तर्गत मार्क्सवाद लगायतले भौतिक तथ्य र प्रमाण सहित स्पष्ट जवाफ दिन सक्दछ । तर अध्यात्म र देवतावादले त्यो तथ्य र प्रमाणलाई ढाकछोप गर्दछ । त्यसैले यो अध्यात्म र देवतावाद उच्च वर्ग , उच्च वर्ण , उच्च रेस , उच्च लिङ्गको स्वार्थ पूर्ति गर्ने साधनरूपी दर्शन हो । 


हत्या , हिंसा , अपराध , असमानता रोक्न नसक्ने र त्यस विषयमा वैज्ञानिक विषय राख्न नसक्ने अध्यात्म र देवता ठगि हो । विश्व समाजमा रहेको आम मानिसको चेतनालाई भ्रममा राख्ने उच्च वर्गको दर्शन हो । यसमा कुनै प्रकारका प्रमाणित विज्ञान र वैज्ञानिक प्रक्रियाको अवलम्बन गरिदैन । त्यसैले अध्यात्म र देवता आफैमा भ्रम हो ।

Mother 'The Nature'

 Mother 'The Nature'




Mother is not about giving birth only. Mother is about the nature. Every mother of living beings have same nature about motherhood. Mother is warrior who can fight with the universe for the motherhood. Motherhood is the nature not responsibility. Mother and Motherhood is not about social construction, its about NATURAL. The Mother is the Nature.

नेता कि बाहुनवादी (जातंकवादी)

 नेता कि बाहुनवादी (जातंकवादी)



यो मान्छे नश्लिय बाहुनवादी र धार्मिक अतिवादी हो । यस्ता पात्र तथा प्रवृत्ति नेपालको राष्ट्रिय एकता , सद्भाव र समाजवादउन्मुख नेपालको संविधान २०७२ ले संस्थागत गरेको उपलब्धिकालागि खतरा छ । समयमै यस्ता नश्लवादी , बनहुनवादी , जातिवादी र धार्मिक अतिवादी पात्र तथा प्रवृत्तिको पहिचान गर्न जरुरी छ । 


भौगोलिक विविधतायुक्त , बहुधार्मीक , बहुसाँस्कृतिक , बहुभाषिक , बहुजातीय बिचको एकता र सद्भाव भड्काउने यस्ता पात्र तथा प्रवृत्ति कुनै दलको नेताको खाष्टो ओढेका नश्लिय बाहुनवादी , धार्मिक अतिवादी मात्र नभई जातंकवादी हुन् । स्थायी राजनीति ब्युरोक्रसी तथा राजनीतिक दलको खाष्टो ओढेका त्यस्ता देशद्रोही एवं राष्ट्रघाती पात्र र प्रवृत्तिको पहिचान गरि बहिष्कार गरौं ।

हिन्दु धार्मिक अतिवाद र विस्तारवाद बन्द गर

 







• राज्यको धर्म हुन्छ भने नेपाल किराँत धार्मिक राज्य हो । यसकालागि भाष्य निर्माण गरिरहनु पर्दैन । यसको ऐतिहासिक , साँस्कृतिक , पुरातात्त्विक र सभ्यताका पर्याप्त आधारहरू छन् । 


• राज्यको धर्म हुन्छ भने नेपाल बौद्ध धार्मिक राज्य हो । यसकालागि पनि कुनै भाष्य र बहुमत बटुलिरहन पर्दैन तथ्य , प्रमाणहरू पर्याप्त छन् ।


• हिन्दु धर्म सिन्धु घाटी सभ्यताका आदिम आर्य ब्राह्मणवादी धर्म हो । नेपाल यहाँका प्रकृति पुजक , मष्टो पुजक , मुन्धुमवादी , बौद्धमार्गी र शिवमार्गी समुदायले निर्माण र पुनःनिर्माण गरेको भूमि हो । सबै आआफ्नो हैसियत र सम्मानमा मिलेर मिलाएर बसौं ।


• आधुनिक नेपालको आधार प्राचीन नेपाल हो । प्रचिन नेपालका निर्माता भनेको प्रकृति पुजक , मष्टो पुजक , किराँत एवं बौद्ध मार्गी , शिवमार्गी समुदायले निर्माण गरेको आधारलाई अस्विकार गर्न मिल्दैन ।


• वर्तमान आधुनिक नेपालको आधार भनेको किरात सभ्यता , नेवा सभ्यता , लुम्बिनी सभ्यता , सिन्जा सभ्यता , मिथिला सभ्यता , भोट सभ्यता , थारू सभ्यता जस्ता महासभ्यताले निर्माण गरेको सभ्यता हो । 


• हिन्दु धर्म जसलाई भनिन्छ त्यो आफैमा बाहुनवादी धर्म हो जसले आफैमा नश्लवाद , धार्मिक अतिवाद , जातिवाद र पितृसत्तालाई प्रधान मान्दछ जो नेपालको समाज तथा समुदायको हुँदै हैन । 


• हिन्दु धार्मिक अतिवाद , हिन्दु धार्मिक विस्तारवाद र हिन्दु धर्म भनेर अन्य समुदायमा लाद्ने जस्ता अपराधिक कार्य बन्द गर ।


• हिन्दु धर्म हैन भनेर भारतको सुप्रिम कोर्टले भनिसकेको छ । हिन्दु धर्म नभई बाहुनवाद हो भनेर विश्वसमाजले मानिसकेको छ । माने पनि नमाने पनि यो भारतीय धर्म हो । नेपाल र नेपाली समाजको आदिम धर्म भनेको प्रकृति पुजक , मष्टो , मुन्धुम , बौद्ध र शिवमार्गी हो । हिन्दु धर्म (बाहुनवादी) नेपालको आदिम धर्म हुँदै हैन ।


• धार्मिक अतिवादमा विश्वास राख्ने जातंकवादीहरूले नेपाली समाजको विविधता बिचको सामाजिक एकता र सद्भाव भड्काउने कार्य भईरहेको पक्षलाई राज्यले कानुनि दायरा भित्र ल्याउन जरुरी छ । नेपालको संविधान २०७२ को उपलब्धिको रक्षा गर्नु हामी आमा न्यायप्रेमी नागरिकको कर्तब्य हो ।

बाहुन (सन्तान)को हकमा साँस्कृतिक बाहुनवाद

 


धुर्त एवं नश्लवादी बाहुनले रक्तपवित्रता कायम राख्नकालागि बाहुनवादी नियम निर्माण गरेर नियमको आधारमा बाहुन (आफ्नै सन्तान)लाई जैसी , खत्री , क्षेत्री , वैश्य र शुद्र बनाएर साँस्कृतिक विभेद गरिरहेको तथ्य र प्रमाण पर्याप्त छन् दक्षिण एसियामा । 


बाहुन वर्ण सँग कसको पानी नचल्ने , विवाहवारी नचल्ने , कसले पुरोहित गर्न नपाउने , छोईछिटो नचल्ने लगायत नियम बनाएर आफ्नै संतान (बाहुन)लाई नै असमान व्यवहार गरिरहेको पक्ष नजर अन्दाज गर्न सकिन्न । 


सैद्धान्तिक बाहुनवादले व्यवहारिक रूपमा बाहुनलाई नै शोषण र विभेद गरिरहेको छ । यही पक्ष नै बाहुन (आफ्नो सन्तान)को हकमा साँस्कृतिक बाहुनवाद हो ।

क्रान्तिवीर मान्छे

 उस्ले चिन्न नखोजेपछी , 

सिङ्गै अस्तित्व हराएको मान्छे ।


उस्ले अस्विकार गरेपछि , 

पुरै बहिष्करणमा परेको मान्छे ।


उस्ले घेराबन्दीमा पारेपछि ,

चक्रव्यू जालमा फँसेको मान्छे ।


उस्ले भएको सबै खोसेपछि ,

गुमाउन पनि केही नभएको मान्छे ।


उस्ले आफ्नो समूह बनाएपछि , 

समाज देखि अलगीएको मान्छे ।

सचेतनाले अलगाव बनाएको 

त्यो नै सबै भन्दा खतरा मान्छे ।


उस्ले असमानतामा पारेपछि , 

विभेदको दलदलमा परेको मान्छे ।


उस्को हुने खाने व्यवहारले ,

हुदा खानेको चेतमा आएको मान्छे ।


उस्को पूँजीजीवी उदण्डताले ,

कंगालिकरणमा सकिएको मान्छे ।


उस्को साधन माथिको पहुँच र शक्तिले ,

वर्गीय सचेतनामा आएको मान्छे ।


मार्क्सवादको झोला बोकेर 

संघर्ष र क्रान्तिमा हिडेको मान्छे ।

सचेतनाले अलगाव बनाएको 

त्यो नै सबै भन्दा खतरा मान्छे ।


सिङ्गै अस्तित्व हराएको मान्छे ।

पुरै बहिष्करणमा परेको मान्छे ।

चक्रव्यू जालमा फँसेको मान्छे ।

गुमाउन पनि केही नभएको मान्छे ।

समाज देखि अलगीएको मान्छे ।

विभेदको दलदलमा परेको मान्छे ।

हुदा खानेको चेतमा आएको मान्छे ।

कंगालिकरणमा सकिएको मान्छे ।

वर्गीय सचेतनामा आएको मान्छे ।

संघर्ष र क्रान्तिमा हिडेको मान्छे ।

त्यो नै सबै भन्दा खतरा मान्छे ।

उ नै सशक्त क्रान्तिवीर मान्छे ।


"क्रान्तिवीर मान्छे"


दक्षिण एसियाली समाजमा बाहुनवादको दादागिरी

 


दक्षिण एसियाली समाजका देश एवं राज्यहरू जस्तै भारत र नेपालमा राजनीतिक गर्ने राजनीतिक संगठन वा त्यस संगठनका कार्यकर्ताले समाजका आर्थिक , साँस्कृतिक , राजनैतिक र दार्शनिक पक्षहरूमा साथै राज्यसत्ताको व्यवस्थापिका , कार्यपालिका र न्यायपालिकामा जसले बाहुनवादको दादागिरी देख्न सक्दैन वा देखाउन सक्दैन त्यो राजनीतिक संगठन वा कार्यकर्ता नभई बाहुनवाद पुनःस्थापना गराउनेहरूको स्वर्थ समूह हो भन्ने प्रमाणित हुन्छ । 


नेपाली समाज तथा राज्यको प्रशासनिक केन्द्रले न्याय तथा सुरक्षा वितरण सम्बन्धमा कस्तो नीति नियम निर्माण गरिरहेको छ , कस्तो कार्यान्वयन गरिरहेको छ साथै त्यसको व्याख्या कसरी गरिरहेको छ ले निर्धारण गर्दछ त्यो समाज तथा राज्यमा बाहुनवादको दादागिरीको अभ्यास भएको छ छैन भनेर । दक्षिण एसियाली समाजमा आर्थिक बाहुनवाद , राजनैतिक बाहुनवाद , साँस्कृतिक बाहुनवाद र दार्शनिक बाहुनवाद जसरी देखिन्छ त्यसै गरेर राज्य सत्तामा बाहुनवादी व्यवस्थापिका , बाहुनवादी कार्यपालिका र बाहुनवादी न्यायपालिका छ/छैन भनेर कुनै तथ्यका साथ प्रमाणित गरिरहनु पर्ने विषय हैन । 


समाज तथा राज्य सत्तामा बाहुनवाद (नश्लवाद र जातिवाद) छ/छैन भनेर त्यस निकाय , अंग वा संस्थामा समानुपातिक समावेशीकरण छ/छैन साथै के कस्ता कानुन निर्माण गरेकाछन् ले निर्धारण गर्दछ । त्यसै गरेर असमानुपातिक समावेशीकरणको अभ्यास गरिरहेको राज्यसत्ताले सामाजिक न्याय र सुरक्षाको डेलिभरी सन्दर्भमा कति गुणस्तर डेलिभरी र परिणाम देखिएको छ ले निर्धनरण गर्दछ समाज तथा राज्यमा बाहुनवाद छ/छैन भनेर । आम नागरिकको दैनिक जीवन तथा जीवनस्तरमा गुणस्तर वा जो परिस्थिति बाट गुज्रिएको छ त्यसैको परिणाम हैन भनेर प्रमाणित हुदैन ।


राजनीतिको मुख्य ध्येय भनेको समाजमा भईरहेको अन्याय , असमानताको अभ्यास जो भईरहेको छ त्यसको मूल कारक पत्ता लगाई त्यसको विनिर्माण , विघटन गरि न्यायिक तथा गुणस्तर समाज पुनःनिर्माण गर्ने हो । दक्षिण एसियाली समाजको गुणस्तर विकासको मुख्य बाधक मध्ये बाहुनवाद हो भनेर देख्न नसक्ने र बाहुनवादको हर्कत तथा हत्कण्डाका विषयको उठान गर्न नसक्नु भनेको त्यस्ता राजनीतिक संगठन बाहुनवादको असामाजिक र अन्यायिक दादागिरी पुनःस्थापना गराउने स्वार्थ समूह हैन भन्न सकिन्न ।