राजनीतिक एकता, विगतको निरंतरता
नेपालको राजनीतिमा एकता , सहमति र सहकार्य भन्ने नारा दिएर हिजो देखि नै एकता भएको छ , सहमति भएको छ र सहकार्य भएकै छ ।
त्यो एकता , सहमति र सहकार्य भनेको धार्मिक अतिवादी , नश्लवादी , जातिवादी , पहाडेराष्ट्रवादी , पितृसत्तावादी , साम्राज्यवादी , विस्तारवादी , सामन्तवादी , दलाल पूँजीवादीहरूको एकता हो भनेर ऐतिहासिक सन्दर्भले प्रमाणित गरिसकेको छ । वर्तमानमा नेपाली राजनीतिकमा चलेको एकता , सहमति र सहकार्यको प्रकृति अध्ययन गर्दा स्पष्ट हुन्छ कि यो पनि विगतको एकताको निरंतरता हैन भनेर भन्न सकिन्न ।
पुरानोर नियतको नयाँ एकता , सहमति र सहकार्य हो जो पुरानै स्वार्थको निरंतरता हो । नेपालको ऐतिहासिक घटनाहरूले प्रमाणित गरिसकेको छ कि त्यो राजनीतिक एकता , सहमति र सहकार्य कहिले पनि राष्ट्र हित र आम नागरिकको हितमा गरिएको छैन र प्रमाणित हुदैन । वर्तमानमा भईरहेको एकता पनि व्यक्ति तथा समुह कसरी सत्ता र शक्तिमा पुर्याउने र राष्ट्र दोहन गर्ने भन्ने हो ।

No comments:
Post a Comment