विश्वको ठग लोकतन्त्र
मलाई भोट देउ भनेर भोट मागिदैछ !
हामीलाई भोट हाल भनेर भोट फकाईदैछ !
मलाई आशीर्वादमा भोट दिनु भनेर ढोगेर भोट मागिदैछ !
विभिन्न तिकडम हर्कतको प्रयोग गरेर भोट हाल्न बाध्य बनाईदैछ !
सांकेतिक अन्तरक्रिया गर्दै विभिन्न खुल्ला वा गुप्त नाराले प्रलोभनमा पारेर स्वार्थ समुहले मतदातालाई प्रभावमा पारेको देखिन्छ ।
नेपालको बडो अचम्मको लोकतन्त्र !
जुन हर्कतले निर्वाचन गराईदैछ, मतदाता माथि बाध्य बनाईदैछ, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली आफैमा त्यो अलोकतान्त्रिक छ । लोकतन्त्रको नाममा देखाउने दाँत बनाईएको छ निर्वाचन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली । उदार र लोक कल्याणकारी लोकतन्त्रको अभ्यासमा कञ्जुस्याँइ गर्ने सत्ता र शक्तिका कुलतमा फँसेका शासक/पुँजीपति वर्गको नाङ्गो नाच कहिले सम्म सहने ! उच्च वर्ग, शासक वर्ग वा हुनेखाने वर्ग र अघाएका मान्छेले अर्थ तथा परिभाषित गरिदिएको, आदर्श र सिद्धान्त निर्धारण गरिदिएको लोकतन्त्र मानिरहेका छौं र त्यही मनाई रहेका छन् । वर्तमान लोकतन्त्र र लोकतान्त्रिक अभ्यास हामी हुदा खाने, भोको र भूँइमान्छेका हितकालागि हुँदै हैन भनेर बुझ्न र बुझाउन जरुरी छ ।
यतिका वर्ष भईसक्दा पनि आत्मसम्मान र जन्मदै अधिकार सम्पन्न हामी मानवको जीवनमा कत्ति पनि गुणस्तर नथपिएको अझ झन्झन् जटिलता तर्फ धकेलिदै गएको स्विकार्दैनौं भने हामीमै र हाम्रो चेतनामै समस्या रहेको बुझ्न जरुरी छ । फ्रेन्च रिभोलुसन दोहोर्याउनमा उद्दत्त गराउने र मानव मानव हत्यामा रमाउने रक्तपिपासु देखि होसियार । लोकतन्त्रले हत्यामा नभई सत्याग्रमा विश्वास गर्दछ । यदि नगरे लोकतन्त्रको हत्या हुन सक्छ । लोकतन्त्रको विकल्प अझ उदार लोकतन्त्र हो । हुनेखाने अघाएका वर्गले र हुदा खाने भोको र भूँइमान्छेले त्यसैमा विश्वास र आस्था राखौं ।

No comments:
Post a Comment