"Development is the process of maximizing positive happiness of the people." (Sociology)
त्रियुगा नगरपालिकाको करदाता नागरिकको दिगो एवं सकारात्मक खुशी वृद्धि गर्न समाज भित्रका केही महत्त्वपूर्ण एवं विविध पक्ष आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरण लगायत विषयमा अनौपचारिक तर संस्थागत छलफल गरियो ।
त्यस मध्य समाजमा बढदो कुलत तथा दुर्व्यसनले समाज तथा परिवार भित्र पर्न गएका विभिन्न असरहरूलाई न्युनिकरण गर्नकालागि साझेदारी कार्यक्रम सञ्चालन गर्ने, मानव जीवन संग जोडिएको चुरे वन तथा वातावरण संग सम्बन्धित जलस्रोत घटन नदिने, नागरिकको जीविकोपार्जन संग सम्बन्धित कृषि पाकेट क्षेत्र विकास, साथै माहुरी तथा पशुपालन जस्ता विषयमा निकैनै गम्भीर विषय छलफल गरियो । साथै नागरिक तथा नगर क्षेत्रलाई आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक लगायत पक्ष बाट एकआपस बीच सम्बन्ध सद्भाव, पहुँच र आर्थिक वृद्धि जोडन चक्रपथ परिक्रमा सडक पूर्वाधार विकास गर्ने योजनामा पनि निकै गम्भीरतापूर्वक विषय राख्नु भयो नगर प्रमुखले ।
त्रियुगा न.पा कार्यपालिका प्रमुख मेयर श्री वसंत बस्नेत, नेपाली काङ्ग्रेस उदयपुरका जिल्लाकार्यसमिति सदस्य श्री एल.बि. कार्की, सर्वाङ्गीण विकास नेपाल (HD Nepal/Holistic Development Nepal) का वरिष्ठ उपाध्यक्ष श्री शैलेश अधिकारीका साथमा ।

No comments:
Post a Comment