प्रतिक्रियावादी (Reactionist) भनेको के हो, को हो, यसको चरित्र, विशेषता कस्तो हुन्छ ? प्रतिक्रियावादी श्राप हो भने मार्कसवादी वर्दान हो र ? ऐतिहासिक द्वन्दात्मक भौतिकवादी भन्दा बाहेक अरू सबै प्रतिक्रियावादी हुन् भनेर मान्नु बौद्धिकता र सभ्यको परिचय हो ?
मार्क्सवाद (Marxism) र भौतिकवाद (Metarialism) को नामको धोती र चन्दन लगाएर हिड्नेले मार्क्सवाद/नवमार्क्सवाद (Neo-Marxism) तिनैको पिताजीले उनलाई मात्र दिएको मन्त्र हो झै गरेर अाफुलाई त्यस विषयको ब्राह्मण (Intellectual) बनाउनाले गलत अभ्यास हुदैछ । अाफु मात्र क्रान्तिकारी, परिवर्तनकारी, अरू बुर्जुवा, यथास्थितिवादी, प्रतिक्रियावादी प्रवृत्ति । त्यस्ता लोमडी स्वभाव र प्रवृत्तिका, जीविकोपार्जनकालागि भौतिकवादी बनेकाहरू लाई थाहा हुनु पर्दछ कि यो ब्रह्माण्डमा एउटै मात्र सत्य छ त्यो "परिवर्तन" हो । परिवर्तन धुर्वसत्य हो । अरूको वर्ग पहिचान नगरी अरूलाई प्रतिक्रियावादी देख्नु अाफुलाई परिवर्तनकारी प्रमाणीत गर्न खोज्नु मात्र हो । त्यस्ता असमानतामा परेकाको वर्गीय पहिचान गरेर तिनमा भौतिक चेतना जगाउनु पहिलो कर्तव्य ठान्नु उपयुक्त हुन्छ ।
समाजमा भौतिकको पहुचको अाधारमा स्थायित्व रहेको संरचनात्मक वर्गीय असमानता अाफु र अाफ्नो समुहले मात्र अाजै उन्मुलन गर्न सकिन्छ भनेर सोच्नु सामाजिक विज्ञानको सिद्धान्त र अादर्श बाहेकको विचार हो । समाजमा सामाजिक न्याय स्थापना गर्न एकता, सद्भाव र शान्ति साथै गुणस्तर चेतनाको अावस्यकता उत्तिकै रहेको हुन्छ । समाजको एक बहुसंख्यकलाई यो समाजबाट तिरस्कार गरेर कस्तो खालको समाजवाद (Socialism) र कस्तो खालको वैज्ञानिक साम्यवाद (Scientific Communism) को कल्पना गरेको । अाफ्नो मानसिक हैसियत अनुसार अाफुले मात्र उपभोग र व्यक्तिगत समाजवाद र साम्यवाद ल्याउन हिडेको कि ऐतिहासिक द्वन्दात्मक भौतिकवाद अनुसारको कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स साथै लेनिनवादी विश्लेषण गरेको वैज्ञानिक सामाजिक साम्यवादकालागि हिडेको ?
ती निम्मनवर्गीय जो अाफु शोषण, विभेद र असमानतामा परेको थाहा छैन तर लयलयमा लागेर भौतिकवादको विपक्षका विषयमा क्रिया-प्रतिक्रिया गर्दछन् । त्यसता अचेतमा रहेका मानिसलाई प्रतिक्रियावादी वा प्रवृत्ति भन्न मिल्दैन । तर उच्च वर्गवाट प्रतिनिधित्व गर्ने र अाफु उच्च वर्ग, पद प्रतिष्ठामा टिकिरहन भौतिकवादको सामाजिक विज्ञानलाई अस्विकार गर्दै अन्धविश्वास र भाग्यवाद संग जोड्ने वा पतनवादी धारणा राख्ने लाई प्रतिक्रियावादी प्रवृत्ति भन्न सकिन्छ भन्ने भाव लेलिन बाट पाउन सकिन्छ ।
मानवलाई अखण्ड विश्वदृष्टिकोण प्रदानगर्ने सर्वशक्तिमान सामाजिक शिक्षा हो मार्क्सवादको ऐतिहासिक द्वन्दात्मक भौतिकवाद (Historical Dialectical materialism) । जसले मानवमा भएको विभिन्न प्रकारको अन्धविश्वास बाट टाढा रहन मद्दत गर्दछ भने प्रतिक्रियावादी प्रवृत्ति साथै बुर्जुवा उत्पिडनको विरोध गर्दछ भन्छन् लेलिन ।
No comments:
Post a Comment