Thursday, December 30, 2021

दलितको जीवनस्तर वृद्धिमा जात व्यवस्थाको प्रभाव

"सबै व्यक्ति हरू जन्मजात स्वतन्त्र हुन ती सबैको समान अधिकार र महत्व छ। निजहरूमा विचार शक्ति र सद्धिचार भएकोले निजहरूले आपसमा भातृत्वको भावना बाट व्यवहार गर्नु पर्छ।" धारा १, मानव अधिकारको विश्वव्यापी घोषणापत्र 
समाजको ऐतिहासिक सन्दर्भ, अन्तरक्रिया, परिवर्तन र रूपान्तरण अध्ययन गर्दा समयको अन्तराल संगै दिन प्रतिदिन समाज सरलता देखि झन् झन् जटिलता तर्फ प्रवेश गरिरहेको छ । समाज आफैमा विविधताले भरिएकोले गर्दा यसको अध्ययन अझ जटिल रहेको छ । समाजको विकासक्रम संगै विविध मूल्यमान्यता, संस्कार तथा संस्कृतिको निर्माण, विनिर्माण साथै पुनःनिर्माणले एकातर्फ सन्तुलन जस्तो देखिएपनि अर्को तर्फ भने असमानताका विषय र मुद्दाहरू स्पष्ट देख्न सकिन्छ । जो संरचनात्मक असमानता समाजमा जरागाढेर बसेको छ र बढ्दैछ । समाज आफ्नो गतिमा परिवर्तन र रूपान्तरण भए संगै अझ जटिलता र असमानता तर्फ धकेलिदैछ ।

दक्षिण एसियाली समाजमा रहेको हिन्दु सम्प्रदायको मूल्यमान्यताको विकास, परिवर्तन साथै रूपान्तरणको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । हिन्दु सम्प्रदायले अभ्यासमा ल्याएको संस्कार, संस्कृति, प्रथा, मूल्यमान्यता साथै व्यवस्था कसरी विकास भएको हो भन्ने विषयमा विभिन्न इतिहासविद, मानवशास्त्री एवं विद्वानहरूको आआफ्नै खोज र अध्ययन रहेको पाईन्छ । सिन्धु घाटिबाट विस्तार हुँदै गएको यो सभ्यता भारत र नेपालमा हिजोआज हिन्दु सम्प्रदाय, जात र धर्मको नामबाट बाहुल संख्यामा मात्र नभई निर्णायक पनि रहेको छ । यस सम्प्रदायको संस्कृति, मूल्यमान्यता साथै प्रथाको अध्ययन गर्दै जाँदा यस भित्रको सबैभन्दा महत्वपूर्ण विषय हिन्दु वर्णा व्यवस्था रहेको छ । 

कसैले हिन्दु वर्णाश्रम व्यवस्था भित्र रहेको जातहरू ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र आाफ्नो कर्म वा कार्यविभाजनको आधारमा गरिएको हो भन्छन् । पछिल्लो समयमा त्यही वर्णाश्रम र जात व्यवस्था जन्म र वंशजको आाधारमा स्थापित भएको पनि सुन्न पाईन्छ । ऋषिकालमा समाजको सकारात्मक विकास, परिवर्तन र रूपान्तरणमा बौद्धिक भूमिकामा रहेका व्रह्मज्ञानीलाई ब्राह्मण भनियो भने राज्यको राजकाजमा, सिमाना साथै प्रजाको धन, मान र प्रणको सुरक्षार्थ खटनेलाई क्षत्रीय मानियो । त्यसरी नै राज्यमा आवश्यक खाद्यान्न, वस्तु तथा सेवा आयात निर्यात साथै बिक्रीवितरण गर्ने व्यापारी लाई वैश्य भनियो भने राज्यमा आवश्यक हातहतियार उत्पादन, छलाको काम, सुनको काम लगायत ब्राह्मण, क्षेत्री, वैश्यको सेवा गर्ने कर्तव्य हुन्छ उनैलाई शुद्र भनिएको पाईन्छ । त्यसरी नै ब्राह्मण मुख बाट जन्मिएको, क्षेत्री पाखुरा बाट वैश्य जाँघ बाट भने शुद्र पैतालाबाट जन्मीएको  भन्ने काहावत पनि कतै कतै सुन्न पाईन्छ समाजमा । ऋषिकाल देखि सिन्धु घाटिको सभ्यता हुदै वंशजको आधारमा हिन्दु सम्प्रदाय सम्म आईपुग्दा जे जस्तो व्याख्या भएपनि अभ्यासमा भने हिन्दु वर्णाश्रम भित्र जात उच्च निचको पदसोपान र स्तरिकरण रहेको पक्ष स्पष्ट देख्न सकिन्छ । 

तत्कालीन गौतमबुद्बको कालखण्डमा पनि हिन्दु वर्णाश्रम विभाजन साथै त्यसको संस्कृति, मूल्यमान्यता र प्रथाको अभ्यास उच्च तहमा रहेको पाईन्छ । नेपालको इतिहासमा जात व्यवस्थाको सुरूवाती अभ्यासमा तत्कालिन राजा जयस्थिती मल्ल रहेको ऐतिहासिक सामाजिक अध्ययनले बताउँछ । त्यसपछि तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणा  द्वारा जारी गरिएको सन् १९१० को मुलुको ऐनमा वैधानिक रूपमा हिन्दु वर्णाश्रमलाई आधार मानेर जात व्यवस्था जारी गरियो । जुन जात व्यवस्थामा पानी चल्ने नचल्ने उच्च निचको असमान व्यवस्था निर्माण गरियो । साथै दलित जातमा पर्नेले के छोएको वा छोईछिटो गरेको चल्ने नचल्ने, विवाह, घर भित्रको प्रवेशमा रोक सम्मको कानुन निर्माण गर्दै कार्यान्वयन गरेर हिन्दु वर्णाश्रमको असमान जत व्यवस्थाको अधिकतम अभ्यास गरिएको पाउन सकिन्छ । हिन्दु वर्णाश्रम भित्रको ब्राह्मण देखि शुद्र हुदै उच्च जात देखि दलित जात सम्म आईपुग्दा विभिन्न मूल्यमान्यता, प्रथाको परिवर्तन अध्ययन गर्दा अमानवीय र असमान अभ्यास भइरहेको पाइयो । उत्पिडित दलित समुदायको हक अधिकार सुरक्षीत र सुनिश्चित गरिएको लोकतान्त्रिक संविधान मानिएको नेपालको संविधान २०७२ जारी भईसक्दा पनि नेपाली समाजमा जात व्यवस्थाको गहिरो प्रभाव आज पनि देख्न सकिन्छ । राज्यले विभिन्न कानुन, नीति नियम, योजना र कार्यक्रमहरू कार्यान्वयन गर्दा पनि कथित दलित समुदायको जीवनस्तर उक्सन सकेको देखिदैन । यस पछाडिको प्रमुख कारण समाजको मूल्यमान्यता, प्रथा र संस्कृतिमा जरा गाडेर बसेको हिन्दु वर्णाश्रमको पदसोपान, असमान जात व्यवस्था र विभेदकारी छुवाछुत प्रथा होइन भन्न सक्ने आाधार पाउन सकिन्न । 

२१अौं शताब्दीको विश्वव्यापीकरणको अवधारणामा विश्वसमाजले अभ्यास गरिरहदा वा भनौं उत्तरआधुनिक समाजमा प्रवेश गरिसक्दा पनि हिन्दु वर्णाश्रममा शुद्र, जात व्यवस्थामा दलितमा पर्ने व्यक्ति वा समुदायले जन्मसिद्ध अधिकार अनुरूप एक सामान्य मानवको रूपमा आफ्नो सामाजिक सहभागीता, आर्थिक दैनिकी व्यतीतमा निकै असहज भएको तिनको जीवनस्तर देखेर सजिलै महसुस गर्न सकिन्छ । अलिखित र अघोषित रूपमा शताब्दी शताब्दीयौं अघिदेखि समाजमा असमान व्यवहार गरि उत्पीडनमा पारिएको विषयलाई मध्यनजर गर्दै  नेपालको संविधान २०७२ मा कथित दलित सुमुदायको न्याय र उत्थानका लागि मौलिक हक अधिकार, समावेशीतामा अवसर लगायत विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन सम्म गरेको छ । त्यस साथै सामाजिक विभेद र अन्यायमा पारे वा परे भने कानुनी कार्वाही साथै क्षतिपूर्ति उपलब्ध गराउने सम्म व्यवस्था गरेको छ । तथापि दलितको सवलमा छुवाछूत प्रतिको सामाजिक विभेदको मूल्यमान्यता, संस्कृति र प्रथाको अभ्यासमा पूर्णरूपमा उदार परिवर्तन नआएकोले आज पनि शुद्र वर्णका कथित दलित समुदायको आर्थीक, सामाजिक, राजनैतिक, सांस्कृतिक, स्वास्थ, शैक्षिक लगायत पक्षमा पिछडा, उत्पिडन, सिमान्तिकरण जस्तो विभेदमा परेको विषय नकार्न सकिन्न । यही र यस्तै छुवाछूतको विभेद, सृजीत सामाजिक असमानताका कारणले अर्थसामाजिक अवस्था दलित समुदायको कमजोर रहेको कारणले जीवनस्तर वृद्धिमा असमान प्रभाव परेको अध्ययन गर्न सकिन्छ । छुवछुत प्रथा र विभेदका कारण दलित किसानको जीवनस्तर वृद्धिमा प्रभाव परेको विषय नजरअन्दाज गर्न मिल्दैन ।

हिन्दु वर्णाश्रमको शुद्रमा पर्ने, जात व्यस्थामा कथित दलितमा पर्ने व्यक्ति वा समुदायले भोगिरहेको छुवाछुत प्रथा र सामाजिक विभेदका कारणले तिनको अर्थसामाजिक अवस्था साथै जीवनस्तर वृद्धिमा प्रभाव परेको छ छैन भन्ने समाजले गहिरो अध्ययन गर्न जरुरी छ । समाजले मूल्यमान्यता र प्रथाको नाममा अन्यायमा पारेको विषयलाई विधान र कानुनले न्याय र समानताको आभाष दिलाउन सक्छ त ! यदि सक्दैन भने जसरी आजसम्म समाजबाट संरचनात्मक अन्यायमा पारिएको छ त्यसरी नै समाज मात्रले न्याय र समानताको अनुभव दिलाउन सक्नु पर्दछ । किनकि यो ब्रह्माण्ड, पृथ्वी र समाज सबैको साझा हो । सामाजिक सहभागीताका साथ सम्मान पुर्वक बाँच्न पाउने अधिकार सबैको समान रहेको छ । थोमस जेफर्सनले भनेको जस्तो "The god who gave us life, gave us liberty at the same time." । स्वतन्त्र र समान अस्तित्व रहेको एक मानवले अर्को मानवलाई मानवको रूपमा लिन र स्विकार्न सक्दैनौं भने हामीले आफुलाई सर्वश्रेष्ठ प्राणी मानव हौं भन्न मिल्छ कि मिल्दैन ! मानव बस्ती भएको नेपालमा मानव मानव प्रति छुवाछुतको र जात व्यवस्थाको भेदभाव आज पनि रहेको छ भन्ने विषय सबैभन्दा निकृष्ट प्रथा र पृथ्वीकै कलंकीत समाज हुनबाट जोगिन समयमै सबैले सोच्नुपर्ने र महसुस गर्ने बेला आएको छ । समस्या के हो र कसरी सृजना भएको हो साथै समाधानको ढाँचा कस्तो हुनुपर्छ भन्ने जिम्मेवारी हामीले नै लिन सक्नु पर्द यदि विकसित नेपाल, सुखी र समृद्ध नेपाली बन्नु र बनाउनु छ भने । निश्चित व्यक्ति वा समुदायको अन्यायको पिडाको चिच्याहटले नेपाल नत विकसित कहलिन्छ न त सभ्य नेपाली नै ।


नेपाली काङ्ग्रेस उदयपुर
जिल्ला कार्यसमिति सदस्य
भुवनमान श्रेष्ठ



Monday, December 27, 2021

नातावाद कृपावाद र अन्धविश्वास

 नातावाद, कृपावाद र अन्धविश्वास नेपाली समाजका सबै सामाजिक संस्थाहरू, सामाजिक संरचनाहरू वा मानव समाज बसोबास गर्ने स-साना स्थानहरूमा हुने स-साना क्रियाकलाप देखि ठुलाठुला शहरमा हुने जस्तै ठुलाठुला अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमहरू किन नहोस कुनैनकुनै खालका प्रभावहरू देखिरहेको पाउन सकिन्छ ।


नेपाली समाजमा स्थापित कन्यादानको परंपरा एवं  संस्कृतिमा परिवर्तन, रूपान्तरण र पुन:निर्माण भईरहेको देखिन्छ । त्यसरी नै कुनैपनि सार्वजनिक निर्वाचन वा अधिवेशन कार्यक्रममा मतदानको संस्कृतिमा पनि पुन:निर्माण नभएको भने होईन, भए पनि पूर्ण रूपमा पवित्र, निस्वार्थ र विषयगत भने बनाउन नसकेको देखिन्छ । 


नेपाली समाजमा हुने कुनै विभिन्न सार्वजनिक क्रियाकलाप पूर्णरूपमा नातावाद, कृपावाद र अन्धविश्वास मुक्त छ भनेर मान्न सकिन्न । मानवशास्त्री स्व. डोरबहादुर बिष्टले भन्नू भएको जस्तै नातावाद, कृपावाद र अन्धविश्वास नेपाली समाजको मुख्य पछ्यौटेपनाको कारक हो भनेर । नेपाली समाजलाई वैज्ञानिक, व्यवहारीक र न्यायीक बनाउनेको विकल्प नखोजौं नरोजौं ।


नेपाली समाजलाई पछ्यौटेपनाको स्थितिलाई स्थायी र स्थिर राख्ने नातावाद, कृपावाद र अन्धविश्वास प्रवृत्तिलाई चारपाटा मोडेर, कालोमोसो दलेर फेरि नफर्कने गरि हलचल गर्न नसक्ने शून्य स्थानमा सधैंसधैंकालागि बन्द गरेर राख्नु पर्ने विषयमा सबैको मन, वचन र कर्ममा एकता र निर्णयमा कठोर बन्नु पर्दछ । सकारात्मक सामाजिक परिवर्तन र रूपान्तरणमा ढिलोचाँडो लाग्नै पर्दछ ।


Saturday, December 25, 2021

नेपाली काङ्ग्रेस १४अौ महाधिवेशनको पदाधिकारीको नतिजा पितृसत्तात्मक ।

आदरणीय सभापति शेरबहादुर देउवाको मूल नारा #कदमजम (#कर्णाली #दलित #महिला #जनजाति #मधेसी ) अाफैमा सुन्दर छ तर अभ्यासमा पितृसत्ताको प्रभाव बढी देखिदैछ । त्यसैले न्यायिक सतात्मक सामाजिक व्यवस्था स्थापित गर्न लैङ्गिक सामाजिक #कदमजम को अर्को उदार प्रक्षेपणको अभ्यास गर्नु पर्ने देखिन्छ ।


#सभापति -

शेरबहादुर देउवा                 (पुरूष)


#उपसभापति  

- पूर्णबहादुर खड्का           (पुरूष)

 -धनराज गुरुङ                 (पुरूष)


#महामन्त्री 

-गगन थापा                      (पुरूष)

-विश्वप्रकाश शर्मा              (पुरूष)


#सहमहामन्त्री– 

महालक्ष्मी उपाध्याय ‘डिना’, (#महिला)

जीवन परियार,                  (पुरूष)

बद्री पाण्डे,                        (पुरूष)

फरमुल्लाह मन्सुर,              (पुरूष)

भीष्मराज आङ्देम्बे,           (पुरूष)

किशोरसिंह राठोर,              (पुरूष)

महेन्द्र यादव,                     (पुरूष)

उमाकान्त चौधरी                (पुरूष)


कस्तो न्याय, कस्तो समावेशीता र कस्तो लोकतान्त्रिक अभ्यास गर्दैछौं ! जबकी नेपालमा महिलाको जनसंख्याको अनुपात कुल जनसंख्यामा ५१% निकट रहेको छ । पदाधिकारी र निर्णय लिने दिने पदमा त्यो जनसंख्याको प्रतिशतले अर्थ राख्छ कि राख्दैन !


पितृसत्तात्मक समाजको मूल्य मान्यता र संस्कृतिको जग, खाष्टो र चस्मा हटाएर नेपाली काङ्ग्रेसले न्यायीक विधि, प्रणाली र अभ्यासका लागि संवेदनशील हुनु पर्ने  देखिन्छ । यो व्रह्माण्ड, यो प्रकृति, यो पृथ्वी, यो वनस्पति, जिवजलाचर र समाजको हित र न्यायकालागि गरिने राजनीतिको सवालमा स्वर्गको जनादेश नै छ जस्तो वा निश्चित लिङ्गलाई मात्र ठेक्का परेको जस्तो देखिन्छ । 


हरेक विषयको अाफुले मात्र जिम्मालिने यो पितृसत्तात्मक समाजलाई नजरबनदमा राखेर न्यायीक समाज निर्माण गर्ने नेपाली काङ्ग्रेसले अगुवाई गर्न सक्नु पर्दछ । समाजमा विविध लिङ्गहरू छन् । त्यो लिङ्गहरूमा पनि विविधता छ । त्यो विविध लिङ्गमा विविध जात छ । त्यस जात व्यवस्ता भित्र विविध वर्ण छन् । त्यो वर्ण भित्र पनि विविध लिङ्ग छन् । समाज भित्र विविध जाति छन् र त्यस भित्र विविध लिङ्गहरू छन् । ती लिङ्ग भित्र पनि विविध वर्ग छन् । ती विवध लिङ्ग विधि भूगोलका पनि छन् । ती लिङ्गहरूको पनि अाफ्नो अस्तित्व र अधिकार रहेको हुन्छ । महिला र अर्धनारी लिङ्गीलाई र त्यस भित्र रहेको जात वर्ण, जाति, वर्गले महसुस र अनुभव गरेको विषय नजरअन्दाज गर्न मिल्दैन ।


यस्ता विविधताले भरिएको जटिल समाज भित्र लुकेको जात, जाति, भाषा, धर्म,भूगोल, संस्कृति, वर्गीय अाधारमा भएका असम्बोधित एवं अकल्पनिय मुद्दा जो सम्बोधन हुन बाँकी यस्ता धेरै विषयमा नेपाली काङ्ग्रेसले तिनको न्यायको उच्च अावाज र दृढ भरोसा बन्न सक्नु पर्दछ । त्यही नै उदारवादको प्रयोग र अभ्यास हुनेछ ।


#crinshaw

#intersectionality


कोही छ! आफु सभापति बनेर गगन थापाहरूलाई प्रधानमन्त्री सिफारिस गर्न सक्ने !

 


नेपाली काङ्ग्रेसको १४अौं वसन्त महाधिवेशनमा चलेको हावाले नेपाली समाजमा  एक व्यक्ति एक पद प्रणालीको परागसेचन गरेको छ । अर्थात नेपाली काङ्ग्रेसको उदारवादी बिज नेपाली समाजको गर्भमा कुनै एक व्यक्ति पार्टी प्रमुख र अर्को फरक व्यक्ति कार्यकारी प्रमुख हुने परंपराको ऋतुदान भईसकेको छ । यो प्रणालीको भ्रुणको विकास, जन्म, न्वारान र पासनी नेपाली काङ्ग्रेसले नै गर्नेछ ।  यस्तो उदार लोकतान्त्रिक परंपरा र पद्धतिको पहिलो प्रयोग र अभ्यास पनि नेपाली काङ्ग्रेसले नै गर्ने छ । 


सभापतिको उमेद्वारहरू मध्ये कोही छन् आफु सभापति बनेर गगन थापाहरूलाई प्रधानमन्त्रीमा सिफारिस गर्न सक्ने ? जुनसुकै दलमा किन नहोस् नेपाली समाजले यस्तै यस्तै निर्णयमा आभ्यास अगाडि बढेको हेर्न चाहन्छ । अबको आम निर्वाचनमा नेपाली काङ्ग्रेस यही मोडलमा जानुको बिकल्प खोज्नु भनेको फेरि उहीँ कथा दोहोरिनु हो । प्रचण्डपथको हाईवेमा गुड्ने दुईतिहाईको केपी ट्राभल्सका द्वय चालक लाई मार्गप्रसस्त गर्नु हो । एक्लै हुदा भाग्ने तर झुण्डमा आएभने शेरको सिकार गर्ने विशेष क्षमता राख्ने ब्वाँसोवादीहरूदेखी नेपाल र नेपाली समाजलाई बचाउने अगुवाई नेपाली काङ्ग्रेसले गर्नु सक्नु पर्दछ ।


लोकतान्त्रिक विधि पद्धति उदारवाद संग सम्बन्ध राख्दछ भने लोकतन्त्रको विकल्प अधिनायकवाद नभई अझ उदारवादी लोकतन्त्र वा लोकतान्त्रिक पद्धति एवं त्यसको प्रयोग गर्ने दल नै हो । नेपाली काङ्ग्रेसले यो १४अौं महाधिवेशनको प्रयोजन परिणाम आन्तरीक वा वाह्य रूपमा अझ उदारवादी लोकतन्त्रको अभ्यास र आभाष दिलाउनु हो । अर्थात लोकतन्त्रको विकल्प अझ सहज, अझ सरल र अझ उदार लोकतन्त्रक‍ो विधि, पद्धति र  प्रणालीको वकालत र अभ्यास नै हो । नेपाली काङ्ग्रेसको विकल्प अझ सुधारिएको लोकतान्त्रिक समाजवादी नेपाली काङ्ग्रेस नै हो । १३अौं महाधिवेशन र महासमिति भेलाले नेपाली काङ्ग्रेसलाई जसरी न्यायीक निकट र उदार बनाउने प्रयास गरेको छ त्यसरीनै १४अौं मा अझ न्यायको नजिक र समय सापेक्ष अझ बढी उदार बनाउन सक्नु पर्दछ ।


नेपाली समाजले नेपाली काङ्ग्रेसको नेता वा सभापति को हुने हो भन्ने संग कत्ति पनि सम्बन्ध राख्दैन बरू नेपाली काङ्ग्रेस जस्तो उदारवादी लोकतान्त्रिक दलले यो विशाल, स्वतन्त्र र सार्वभौम राज्य नेपालको कार्यकारी प्रमुख (प्रधानमन्त्री/व्यवस्थापक)मा को, किन, कसलाई र कस्तोलाई सिफारिस गर्दछ भन्ने संग सम्बन्ध राख्दछ । हो पनि एकै व्यक्ति राजनैतिक दलको प्रमुख पनि रहने साथै अाफै देशको पटक पटक कार्यकारी प्रमुख बन्ने बनाउने परंरागत अभ्यासको नाजायज लाभ लिएको उदण्डपना देखि सकारात्मक प्रतिफल नआएकोले दिक्क छन् । त्यति मात्र नभई भाडाकुटी खेले जस्तो विभिन्न हत्कण्डा अपनाएर राजनितीक भागबण्डा लगाएर पालै पालो भद्र सहमति गरेर सरकार परिवर्तनको खेल साथै प्रधानमन्त्री बन्नु वा बनाउनु जस्तो क्रियाकलाप अपराधीक गतिविधि मान्न थालेका छन् । नेपाली काङ्ग्रेसलाई यस्तो अभ्यासमा सहभागी हुने छुट छैन जो समयमै स्विकार्दै सुधार्दै लानु पर्दछ ।


हो हामी आफु शेरबहादुर समर्थक एवं असमर्थक हौं तर त्यो भन्दा पहिले हामी नेपाली नागरिक हौं, नेपाली काङ्ग्रेसको स्वयंसेवक हौं । नेपाली काङ्ग्रेस समर्थकहरूले शेरबहादुरहरूको विकल्प खोजेको हो वा शेरबहादुरहरूको प्रवृतिमा उदारवाद खोजेको हो भन्ने विषयमा सबै स्पष्ट हुनु पर्दछ । त्यस्तै एक व्यक्ति एक पद भनेको एक व्यक्ति पार्टी प्रमुख भई अर्का व्यक्तिलाई सरकारको प्रधान अख्तियारमा सिफारिस गर्नु हो भनेर बुझ्न पाउने कि नेपाउने नेपाली जनताले ! नेपाली समाज पनि यही प्रणाली बोकेको संस्कृति र परम्पराको जन्म, विकास र अभ्यासको चाहाना राख्दछ भन्ने विषय बेलैमा बुझ्न सक्नु पर्दछ सम्बन्धित पक्षले ।


करदाता न्यायप्रेमी नेपाली जनता देवादीदेव पाल्ने मालिक हुन्, राष्ट्र सेवाका नाममा आबद्ध सबै स्थायी /अस्थायी श्रमिकहरू जनताका नोकर हुन्, दास हुन, जसको काम सेवा र नाम सेवक हो भन्ने बुझ्नु पर्दछ । जनताको चाहाना र भावनालाई मालिकको निर्देशन हो भनेर मान्न सक्नु पर्दछ त्यस देशका जिम्मेवार राजनैनिक दल, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका स्थायी/अस्थायी राष्ट्रसेवकहरूले ।

जय नेपाल !

(नेपाली काङ्ग्रेस, जिल्ला कार्यसमिति सदस्य, उदयपुर)


हार्दिक बधाई तथा शुभकामना

 नातावाद कृपावादको नजरले हेर्नेहो भने आदरणीय शेरबहादुर वा शेखर संग मेरो व्यक्तिगत कुनै पनि खलको निकटता छैन । मनपरेको व्यक्तिलाई देवत्वकरण गर्ने र मन नपरेकालाई तुच्छ वचनका साथ बहिष्कार गर्ने खलका क्रियाकलाप र अभिव्यक्ति सरासर गलत अभ्यास हो । 

१४अौं महाधिवेशन बाट सभापति पदमा अाएका अदरणीय शेरबहादुर देउवा अझ उदार मन, वचन र कर्मका साथ अाफ्नो कर्तव्य र कार्यकाल न्याययीक ढङ्गका साथ पूरा गर्नुहुनेछ भन्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

जय नेपाल !


आाफ्नो जिम्मा आफै लिअौं


अस्ति जस्तो थियो हिजो त्यस्तो थिएन, हिजो जस्तो थियो आज त्यस्तो छैन र आज जस्तो छ भोलि त्यस्तो रहदैन अनि भोलि जस्तो हुनेछ पर्सि त्यस्तै रहने छैन । किनकि परिवर्तन मात्र स्थायी र धुर्व सत्य हो प्राकृतिक विज्ञानमा भने निरन्तर परिवर्तन र रूपान्तरणको बहाव सामाजिक नियम हो । प्रकृतिको जसरी आफ्नो नियम छ त्यसरी नै समाजको पनि आफ्नो मूल्य, मान्यता र संस्कृति रहेको हुन्छ जो निरंतर निर्मित र पुनःनिर्मित हुन्छ । जसले समाजको विगत वर्तमान र भविष्य तय गरेको हुन्छ ।


आफ्नो समाजमा कुन र कस्तो मूल्य, मान्यता र संस्कृतिको निर्माण र पुनःनिर्माण तर्फ दिशानिर्देश गर्ने भन्ने सवालमा संवेदनशील हुन जरुरी छ । हाम्रो नेपाली समाज आजको अवस्थामा ल्याउन र आईपुग्न हामी सबैको समान सहभागीता रहेको छ । न्यायको संरचनात्मक बात्ती काडने वा अन्याययको संरचनात्मक विष फैलाउने पनि हामी र हामीले निर्माण पुनःनिर्माण  गरेको सुक्ष्म र बृहत् मूल्य, मान्यता र संस्कृति पहिलो कारक हो । 


हामी र हाम्रो मूल्य, मान्यता र संस्कृतिको अभ्यास र प्रयोग जो छ त्यसैको पराकाष्ठा हो आजको भोगाइ । हो नेपाली समाज भूगोल, वर्ण, वर्ग, जाति र लिङ्गको आधारमा विविधताले भरिएको छ तर यो विविधता अभिशाप कदापि हैन । यसैलाई प्रयोग गर्ने प्रशस्त योजनाहरू मध्य उत्कृष्ट विकल्पको छनौट गरेर विविधता श्राप हैन वरदान हो भन्ने बनाउन सकिन्छ । 


हाम्रो आफ्नो त्तजको समाज नत उत्तरले, नत दक्षिणले न नै पश्चिमाको प्रभावले हो नत उनैले बनाउन सक्छ । आफ्नो समाज निर्माण गर्न जब सम्म निकाय र संरचनात्मक दृष्टिकोणले आफुलाई प्रभावशाली वा दोषी देख्न सकिँदैन तब सम्म विश्वसमाज र त्यसका सदस्य राष्ट्रहरूलाई दोषी देख्नु आफ्नो दोष लुकाउनु मात्र हो । विश्वसमाजलाई शत्रु होईन मित्र बनाउन नसक्नुको जिम्मा आफुले लिन सक्नु पर्दछ । विश्वबजारमा आफ्नो उत्पादित वस्तु, सेवा तथा प्रविधि बेच्न नसक्नु ले निम्तिएको व्यापार घाटाको जिम्मा आफुले लिन सक्नु पर्दछ नकि अरू ।


यस्तो आजको यो अवस्था र गतिविधि वा भोलिको विकसित रूपान्तरण र परिवर्तनमा हाम्रो समाज आईपुग्न वा जान सुक्ष्म र बृहत्, आन्तरिक र वाहिय सामाजिक संरचनाको समान प्रभाव रहेको हुन्छ । त्यसमा सबैभन्दा पहिले व्यक्तिगत वा संरचनात्मक अदर्श, मूल्य, मान्यता र संस्कृति नै हो ।


समाजशास्त्रीय_दृष्टिकोण


शेखर कोइराला

 अादरणीय नेता शेखर कोईराला कुनै निश्चित धर्म वा समुदायको धर्मगुरू वा अगुवा हुन र बाँकी उनका भक्तजन वा अनुयायी हुन भन्ने प्रस्तुति नत पक्षधरले गर्नु हुन्छ न त त्यस्तो बुझाई निर्वाचित सभापति अादरणीय नेता शेरबहादुर देउवा लगायत समर्थकहरूले राख्नु हुन्छ । शेखर एक व्यक्ति मात्र नभइ उदारवादी प्रजातान्त्रिक विचार समुहको सामुहिक र सिङ्गो प्रतिनिधि हुन् । यस अवस्थामा निर्वाचित कार्यसमिति एवं सभापतिले त्यस वैचारिक समुहका प्रतिनिधि लाई उच्च सम्मानित स्थान दिएर देउवा कार्यसमितिले मन, वचन र कर्मले अझ उदारवादी निर्णय लिएर प्रमाणित गर्ने अवसर हो १४अौं महाधिवेशनले दिएको नतिजाको म्यान्डेट ।



अादरणीय नेता शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, र कल्याण गुरूङ हामी प्रजातान्त्रिक पक्षधरको मात्र नभई सम्पूर्ण नेपालीजनको अाशाको केन्द्रविन्दु साझा नेतृव हुन् । निर्वाचित सभापति शेरबहादुर देउवा प्रति देखाउनु भएको सभापतिका सम्पूर्ण उमेदवार लगायत सहभागी सम्पूर्ण नेपाली काङ्ग्रेसका नेताहरूको एकता, सद्भाव र मर्यादा प्रति नतमस्तक छौं । प्रजातान्त्रिक मूल्यमान्यताको अभ्यास भनेकै स्विकार्यता हो जो अाफैमा सुन्दर थियो जुन सबै पदका उमेदवारहरू साथै समर्थकहरूले प्रमाणित गरिदिनु भएको देखिन्छ । 

जय नेपाल !

जिल्ला कार्यसमिति सदस्य, उदयपुर ।

१४अौं महाधिवेशन नेपाली काङ्ग्रेस

 नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना ।।


पदाधिकारी


#सभापति -

शेरबहादुर देउवा


#उपसभापति  

- पूर्णबहादुर खड्का र 

 -धनराज गुरुङ


#महामन्त्री 

-गगन थापा र 

-विश्वप्रकाश शर्मा


#सहमहामन्त्री– 

महालक्ष्मी उपाध्याय ‘डिना’, 

जीवन परियार, 

बद्रा पाण्डे, 

फरमुल्लाह मन्सुर, 

भीष्मराज आङ्देम्बे, 

किशोरसिंह राठोर, 

महेन्द्र यादव, 

उमाकान्त चौधरी


#केन्द्रीय सदस्य: 

डा.शेखर कोइराला ( सभापति पदका प्रत्याशी )


#केन्द्रीय_सदस्यहरू


खुलातर्फ (३५ जना)


शशांक कोइराला, 

एनपी साउद, 

बालकृष्ण खाँण, 

उदय शमशेर राणा, 

रामहरि खतिवडा, 

ज्ञानेन्द्रबहादुर कार्की, 

रमेश लेखक, 

शंकर भण्डारी, 

जिपछिरिङ लामा, 

अर्जुननरसिंह केसी, 

जितजङ्ग बस्नेत, 

गोपालमान श्रेष्ठ, 

मोहनबहादुर बस्नेत, 

सुनिलबहादुर थापा, 

नैनसिंह महर, 

दिलेन्द्रप्रसाद बडु, 

रामशरण महत, 

बलबहादुर केसी, 

गोविन्द भट्टराई, 

कुन्दनराज काफ्ले, 

दिपक गिरी, 

सुरेन्द्रराज पाण्डे, 

पद्मनारायण चौधरी, 

राजिव ढुंगाना, 

गुरु बराल,

सञ्जयकुमार गौतम, 

गोविन्दराज पोखरेल, 

मदनबहादुर अमात्य, 

अजयबाबु शिवाकोटी, 

गणेश लामा, 

दिनेश कोइराला, 

उमेशजङ्ग रायमाझी, 

मोहन आचार्य, 

गोपाल दहित र 

कृष्णकिशोर घिमिरे 


#महिला_खुलातर्फ (९ जना)


डिला संग्रौला, 

पुष्पा भुसाल, 

आरजु राणा देउवा, 

अम्बिका बस्नेत, 

ईश्वरी न्यौपाने, 

सरिता प्रसाई, 

रमा कोइराला पौडेल, 

सुशीला ढकाल आचार्य, 

रंगमति शाही ।


#आदिवासी_जनजाति (७ महिलासहित १५ जना)


चिनकाजी श्रेष्ठ, 

उमेश श्रेष्ठ, 

बहादुरसिंह लामा, 

दिलमान पाख्रिन, 

टेकबहादुर गुरुङ, 

आङ्गेलु शेर्पा, 

तारामान गुरुङ, 

टेकप्रसाद गुरुङ, 

सीता गुरुङ, 

अन्जनी श्रेष्ठ, 

सरस्वती बजीमय, 

गंगा लक्ष्मी, 

माया राई, 

सीता राना र 

सुशीला थिङ ।


#खस_आर्य (६ महिलासहित १३ जना)


केशवकुमार बुढाथोकी, 

गोविन्दबहादुर शाह, 

भीम पराजुली, 

मधु आचार्य, 

श्यामकुमार घिमिरे, 

नारायणबहादुर कार्की, 

गेहेन्द्र गिरी, 

मञ्जु खाण, 

प्रतिमा गौतम, 

नानु बाँस्तोला, 

कान्तिका सेजुवाल, 

चम्पादेवी खड्का र 

विद्यादेवी तिमिल्सिना ।


#दलिततर्फ (४ महिलासहित ९ जना)


मानबहादुर नेपाली, 

प्रकाश रसाइली ‘स्नेही’, 

हरिशरण नेपाली, 

नृपबहादुर वड, 

मैकुलाल बाल्मीकी, 

लक्ष्मी परियार, 

सुजाता परियार, 

शान्ति परियार विक र 

रुपा विक ।


#मधेशीतर्फ (४ महिलासहित ९ जना)


अजयकुमार चौरसिया, 

चन्द्रमोहन यादव, 

महेन्द्रकुमार राय, 

विनोदकुमार चौधरी, 

दिनेशकुमार यादव, 

नागिना यादव, 

मञ्जुकुमारी यादव, 

मिनाक्षी झा र 

मुक्ताकुमारी यादव ।


#थारूतर्फ (२ महिलासहित ४ जना)


रामजनम चौधरी, 

योगेन्द्र चौधरी, 

कल्पना चौधरी र 

जीवन राना ।


#मुस्लिमतर्फ (१ महिलासहित ३ जना)


अब्दुल रज्जाक, 

अब्दुल सतार र 

जवेदा खातुन ।


#अल्पसंख्यकतर्फ (१ जना)


प्रदीपकुमार सुनुवार


#अपाङ्गता_भएकातर्फ (१ जना)


मदनकृष्ण श्रेष्ठ


#पिछडिएको क्षेत्रतर्फ (१ जना)


अर्जुनबहादुर सिंह


हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना


#प्रदेश १: 

अमृत अर्याल, 

राजीव कोइराला र 

महेन्द्रकुमारी लिम्बू


#प्रदेश २: 

रमेश रिजाल, 

आनन्द ढुंगाना र 

चित्रलेखा यादव


#बागमती: 

राजेन्द्रकुमार केसी, 

ध्यानगोविन्द रञ्जित र 

उर्मिला नेपाल केसी


#गण्डकी: 

ध्रुब वाग्ले, 

कृष्णचन्द्र पोखरेल र 

सरस्वती अर्याल तिवारी


#लुम्बिनी: 

देवेन्द्रराज कँडेल, 

चन्द्रबहादुर केसी र 

शिला शर्मा खड्का


#कर्णाली: 

कर्णबहादुर बुढा, 

राजीव विक्रम शाह र 

जानकी सिंह


#सुदूरपश्चिम: 

यज्ञराज जोशी, 

रणबहादुर रावल र 

सुशीला मिश्र भट्ट


****

स्रोत: 

नेपाली काङ्ग्रेस उदयपुका जिल्ला सदस्य श्री नवीन बाबु राई


डिफेन्डिङ च्याम्पियन नेपाली काङ्ग्रेस



एकातिर गब्बर सिंह र उनका कालिया र साम्भा जस्ता फौजीहरू भने अर्कातिर घायल ठाकुर बलदेव सिंहका न्यायप्रेमी निडर जवानहरू जय-वीरू भनेझैं एकातर्फ अध्यक्ष राजेन्द्र लिङ्देल र उनका कथित राष्ट्रवादी भने अर्कोतिर लोकतान्त्रिक गणतन्त्रका अगुवा र पहरेदार सभापति शेरबहादुर देउवा र उनका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा । के यस्तो अवस्थामा नेपालको संविधान २०७२ लाई राजेन्द्र लिङ्देनले छुन चलाउन सक्ला त अनि शेरबहादुरले छुन चलाउन देला ?

एकपटक आफ्नै खेतमा ल्याएको कुलो लाई त फेरि कुलैकुलो उभो फर्काउन सकिँदैन भने लिङ्देन दाजै समय फर्काउने कुरा गर्नु हुन्छ । आज सम्म यस्ता धेरै वर्षा र हिउंद गईसक्यो धेरै पानी बगिसक्यो र जाडो कटाई सके नेपाली समाजले । नेपाली काङ्ग्रेस संग मिलेर अगाडि बढ्ने योजना बनाउनुस नकि नेपाली समाज र  काङ्ग्रेसलाई छेक्ने, तान्ने र भुल्याउने । पर्खेर संगै लिएर जान सक्छ तर तय गरिसकेको यात्रामा फेरि त्यही बाटो फर्कदैन किनकि समयको गति र बहावको ज्ञान राख्दछ नेपाली काङ्ग्रेस र कार्यकर्ता । डिफेन्डिङ च्याम्पियन नेपाली काङ्ग्रेसले संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्ने रणनीति अन्तर्गत अफेन्सिभ गेम खेल्नु पर्दछ । जसरी नदीको पानी बगिरहन्छ र फेरि फर्किदैन त्यही गतिमा अघि बढनु पर्दछ । किनकि अब नेपाली काङ्ग्रेस र न्यायप्रेमी नेपाली जनता संग नैतिक रूपमा विश्वासिलो, वैचारिक रूपमा भरपर्दो र कर्ममा दृढ स्ट्रेन्थ भएका विश्वप्रकाश र गगन छन् । 

भनिन्छ महाभारत युद्धमा दानवीर कर्ण र धनुर्धर अर्जुन एकै पक्षमा थिएनन् भने कृष्णको तेज र तिक्ष्णता साथै भिष्मको ईमानदारीता र अनुभव एकै पक्ष र लक्ष्यका लागि थिएन । साथै राजा महेन्द्र र वि.पिको पनि राष्ट्रियताको धर्म युद्धमा एकै स्थानमा थिएनन् । त्यो बाध्यात्मक जटिल समय र परिस्थिति थियो जसले समान लक्ष्यकालागि एकै स्थानमा हुन दिएको थिएन । धर्मयुद्ध र राष्ट्रियताका सबालमा यही पौराणिक र ऐतिहासिक अपुरो र अधुरो विषय आज सम्म खड्किएको छ । तर नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशनले राष्ट्रियताको धर्म युद्ध हुने राजनीतिक कुरूक्षेत्रमा भीष्म, कृष्ण, कर्ण, अर्जुन सबै एकै समयमा एकै लक्ष्यकालागि इतिहास बाट पाठ सिक्दै भविष्य निर्माणकालागि सबै एकै ठाँउमा रहेर शंखघोष गर्ने तैयारी भईरहेको जस्तो महसुस हुन्छ । संविधानको रक्षा, पालना र कार्यान्वयनको सवालमा डिफेन्डिङ च्याम्पियन नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशनले नेपाली काङ्ग्रेसलाई अझ मजबुत बनाएको छ ।

आदरणीय महामन्त्री द्वय दाजु लगायत द्वय उपसभापति दाजुहरूमा नेपाली काङ्ग्रेस जस्तो ऐतिहासिक र गौरवशाली इतिहास बोकेको उदारवादी पार्टीमा उपसभापति र महामन्त्री जस्तो अवसर साथै चुनौतीले भरिएको पदमा लोकप्रिय मत ल्याई विजयी हुनुभएकोमा हार्दिक बधाई तथा शुभकार्यकालको कामना व्यक्त गर्दछौं ।

समिति सदस्य साथै पदाधिकारीमा उहाँहरू जस्तो सबल र सक्षम व्यक्तित्व आउनु उत्साह, एकता र रूपान्तरका लागि होईन भन्न मिल्दैन ।
जय नेपाल!
जिल्ला कार्यसमिति सदस्य, उदयपुर ।

Friday, October 22, 2021

विश्वपुँजीवाद र मजदुर

 विश्व पूँजीवादी समाजले प्राण, आत्मा एवं सुन्दर र श्रेष्ठ चेतनाको सम्भावना भएको प्रत्येक मानिसलाई ज्यालादारी मजदुर भन्दा माथिको मान्दैनन् यदि मानिहाले भने अर्थको अनर्थ नलागोस भनेर मानव पूँजी (Human Capital)को रूपमा लिनेगरेको पाईन्छ । 


यस प्रकृतिको प्राकृतिक साथै कृषि उत्पादन क्षमतालाई कमजोर बनाउन र विनास गर्न निजी र निश्चित नाफाको लागि पूँजीवादले विज्ञान प्रविधि र अौधोगिकरणको सहयोगमा न्वारान देखिको बल लगाएर मानिसलाई उपकरण चलाउने ज्यालाकालागि बाँच्ने अौजारको पहिचानमा स्थापित गरेको अनुभव गर्न सकिन्छ । कृतिम र कथित पैसाले जीवन चल्छ भन्ने भ्रम पैदा गराएर मानिसलाई मानिस भएर बाँच्न पाउने अधिकार बाट बञ्चित गराएको मात्र छैन, दैनिक जीवनचक्र संग जोडिएको प्राण धान्ने कृषि देखि टाढा लगेर अखाद्य वस्तु उत्पादन गर्ने ज्यालादारी मजदुरको हैसियतमा एक अौजार बनाएर चेतना (Conscious)मा नआउन दिने कुटिल नियोजित योजना (Full proof planning) बनाएर अचेत (Unconscious)मा रखिरहेको महसुस हुन्छ । 


"The god who gave us life, gave us liberty at the same time." अर्थात प्रकृतिले जब हामीलाई जीवन दिनुभयो त्यही समयमा हामीलाई मुक्ति, स्वतन्त्रता वा स्वाधीनता पनि दिनु भएको छ भन्ने आसयको यो थोमस जेफर्सनको भनाई लाई भुल्नु हुन्न । हामी सर्वसाधारण मानवले मानव भएर बाँचन पाउने जन्मसिद्ध अधिकार हो । यो चेतना देखि बञ्चित गराउने अमानव अौद्योगिक र नाफाखोरी हिंस्रक पूँजीवादी समाजको सृष्टिकर्ता र संरक्षक साथै प्राकृतिक कृषिजीवन पद्धतिको सिकारी फेरिपनि हामी मानिसहरू नै हौं । 


यहाँ माक्र्सले देखेको मानवहरूको प्रकार मध्य आफु र आफ्ना संतती सधै श्रेष्ठ हुन चाहने र अरूलाई पुस्तौंपुस्ता निच र निम्न राख्नखोज्ने मानवमा भएको अमानव र असामाजिक प्रकृति, विचार र व्यवहार अभिषाप बनेको प्रमाणीत हुन्छ आजको समाजको संस्कृति र सामाजिकिकरण अध्ययन गर्दा । मानिस बाट मानवता खोस्ने हाम्रो समाज आफै विष आफै विषुमा ।


सामाजिक चेतना

आफ्नो स्तर र हैसियत भन्दा माथी उठेर साथै तल गिरेर समर्थन र विरोध गर्ने वर्तमान अभ्यासले नेपाली समाजको साँस्कृतिक भविष्यको कुरूपता कुन तहको  निर्माण गर्दैछौं होला भन्ने अन्दाज सजिलै लगाउन सकिन्छ । आफ्नो समाज र राज्यको भविष्यको विधाता हाम्रो चेतनामा रहेको गुणस्तरले निर्माण गरेको संस्कृति र अभ्यासले हो । Culture is not bio-natural it is social constructed. As the culture so the practice and as the practice so kind of change and progress. 


हाम्रो आजको दिनहरूमा अभ्यास गरिरहेको व्यवहार दोस्रो सन्ततिका लागि संस्कृति र परंपरा बन्न जान्छ । यति धेरै गिरेर अभिव्यक्ति दिनाले आफैमा त्यस्तो आदत र शैलीको विकास भईरहेको हुन्छ । विचार अनुसारको आदत, आदत अनुसारको दैनिकी र दैनिकी अनुसारको भविष्य तय हुने हुन्छ । भविष्यमा कल्पवृक्ष खोज्ने व्यक्ति (Individual) वा समाजले वर्तमानमा काउछोको बिरूवा रोप्नु ले निम्तने संकट आफु र सन्ततिले भोग्नु नै पर्ने हुन्छ । 


सभ्य, शक्ति र कल्याणकारी राज्यमा युरोपेली, अमेरिकी र नोर्वेली समाजको जस्तै चाहाना राख्ने व्यक्ति, एजेन्सी र संरचनाले त्यहाँको नागरिकहरूले दैनिक अभ्यास गरिरहेको सुन्दर पक्षको पनि अध्ययन र अवलम्बन गर्न जरुरी हुन्छ । हाम्रो समाजको वर्तमान शैली एवं व्यवहारले मानव समाजमा मात्र नभई जंगली जनावर बस्ने जंगलमा पनि स्थान नपाउन सक्छ । किनकि जंगलमा पनि आफ्नै प्राकृतिक नियम विपरीत नजाने नियम रहेको हुन्छ । 


जीवहरूमा उच्च गुणस्तर चेतनाको सम्भावना मानवमा रहेको हुन्छ । त्यसको सम्भावना हाम्रो नेपाली सामाजिक संरचना भित्र रहेको व्यक्ति-एजेन्सिमा नभएको भने हैन । तर यस्तो असभ्य व्यवहार र शैली प्रस्तुत गर्नाले विश्व समाजमा सिङ्गो नेपाली पहिचान बदनाम र तिरस्कारको सिकार हुदैछौं । क्षणीक अावेगमा नभई गुणस्तर चेतनाले संस्कृतिको विकास गरौं जसले सुन्दर भविष्य निर्माण गर्न सकोस् । Let's begin deconstruct and reconstruct the quality culture and civilized socialization for achieving the welfare state and prosperous society.


Thursday, October 21, 2021

लाचार राज्यका आक्रोसीत जनता

 जब राज्यले विकास, समृद्धि र न्याय भन्दै सपना देखाउदै विश्वासघात गर्दछन्, भ्रष्टाचारमा शून्य सहनशीलता भन्दै जनता झुक्याउने कार्य गर्दछ, नीति नियम, ऐन कानुन र योजनाको कार्यान्वयन पक्ष फितलो हुन्छ तब १७ हजार मारिन्छन् भने राजनैतिक स्टन्टको नाममा समर्थकहरूले जनप्रतिनिधि र राष्ट्रसेवकहरूलाई ट्वाईलेटमा थुन्ने, झापट हान्ने, कालो मोसो दल्ने, जुत्ताको माला लगाएर बजार डुलाउने जस्ता क्रियाकलाप हुने रहेछ समाजमा । 


हिजोका दिनमा राज्यव्यवस्था परिवर्तनकालागि क्रान्तिका नाममा वा विद्रोहलाई दमन गर्ने नाममा मेसिनगनले बगाएको रगत आज सम्म आलो नै छ चाहे त्यो राज्य पक्षबाट होस् वा विद्रोही पक्षबाट । आजको दिन सम्म आई पुग्दा हत्यालाई मात्र हिंसा मान्ने समाजको हिंसा प्रतिको सम्मोहन थोरै पनि परिवर्तन नभएको तथापि शैली मात्र परिवर्तित देखिन्छ । यस्ता क्रान्ति वा सामाजिक बहिस्कार गर्ने नाममा हिंस्रक गतिविधिमा सहभागी हुनु वा समर्थन गर्नु पनि हिंसा प्रतिको सम्मोहन नहोला भन्न सकिन्न । यो तब हुन्छ जब जनताको राज्य र कानुन प्रतिको विश्वास हटेको हुन्छ । यसलाई कमजोर राज्यको कमजोर व्यवस्थापनको संकेत पनि मान्न सकिन्छ ।


निर्दोष वा दोषी जो कोहीलाई कालो मोसो दलिदिएर, जुत्ताको माला लगाईदिएर बजार परिक्रमा गराउनु पनि हिंसा नै हो भन्ने चेतना हुदाहुदै यस प्रकार कुनै व्यक्ति प्रति गरिने व्यवहारले उक्त व्यक्तिमा पारिएको वा पर्नगएको प्रत्यक्ष परोक्ष गहिरो असरमा संलग्न हुनु पनि हिंसा प्रतिको आकर्षण हो । समाजमा राजनीतिक स्टन्टको नाममा होस् वा क्रान्तिका नाममा गरिएको भाटे कार्यवाही वा हत्या हिंसा जस्ता क्रियाकलापको जिम्मा र जवाफदेहिता राज्यले लिनु पर्दछ । न्याय र सुशासन कायम गराउन बनेको राज्य र कानुन जब भ्रष्ट हुन्छ त्यसको दोष राज्य आफैले लिनु पर्दछ नकि कुनै राजनीतिक दल वा समूह । 


जब समाज अन्धविश्वास, नातावाद, कृपावादमा विश्वास राख्दछ तब राज्य कमजोर बन्दछ । कमजोर मुलुकमा राज्यको कार्यान्वयन पक्ष फितलो हुन्छ भने राज्य कर्तव्यविमुख साथै उत्तरदायित्व बाट पन्छिन्छन् । तब राज्यमा आर्थिक, नीतिगत भ्रष्टाचार बढ्दछ जसको परिणाम हो आजको नेपाल । जहाँ राज्य लाचार हुन्छ त्यहाँ अन्याय र गरिबी हुन्छ र जहाँ गरिबी हुन्छ त्यहाँ आक्रोस हुन्छ । आक्रोसले हिंसामा विश्वास राख्दछ । अर्थात जब असमानता र अन्यायले सृजना गरेको गरिबी जागदछ तब देवता र वेद पुराण पनि कुना पस्दछ ।


फोटो स्रोत


Wednesday, October 20, 2021

कृस्चियन, मुस्लिम र हिन्दु पितृसत्ता

 We need to talk for making conscious society. We need to talk about an inequality & injustic. 

नारीको विवाह पश्चात आफ्नो नामको अगाडि पछाडि हटाएर वा त्यसै माथि पतिको जात, थर, गोत्र, पाछा अनिवार्य राख्नु वा थपनु पर्दछ भनेर कुनै राज्यको कानुनको धारा उपधारामा उल्लेख गरेको छ र ! यस्ता मूल्य मान्यताको अस्तित्व सामाजिक हो न कि प्राकृतिक वा कानुनी । 


विवाह पश्चात पत्नीले आफ्नो जात थर परिवर्तन गर्नु पर्दछ भन्ने विषय सामाजिक सहमतिका नाममा पितृसत्तात्मकता बाट प्रभावित र निर्मीत नियमका नामको संस्कृति, प्रथा वा परंपरा मात्र हो । अनिवार्य रूपमा परिवर्तन गराउनु पर्छ भनेर दबाब दिनु अपराध हो भनेर मान्न सकिन्छ । नारीको अाफ्नो पहिचान, अधिकार र स्वायत्तता माथिको भईरहेको शोषण, दमन, असमानता, अन्याय नभई त्यो भाग्य र प्राकृतिक हो जो सहनु र्छ भन्ने सम्मको खेल खेलेको छ विश्वपितृसत्ताले । पितृसत्ता मानिसको मस्तिष्कमा ईन्जेक्ट गरिएको घटिया संस्कृति हो, निच सामाजिकिकरण हो । 


पितृसत्ता कुनै व्यक्ति वा पुरूष नभई यो अन्याय र असमानतामा रमाउन चाहने निकृष्ट विचार र व्यवहार हो । पृथ्वीको अस्तित्व देखि आज सम्मको समाजिक सभ्यतामा सबैभन्दा घातक र विषालु विचार र व्यवहार हो पितृसत्ता । यसको अस्तित्व, यौवन र दादागिरी कहिले सम्म रहने हो यकिन भने छैन । यो अचेतनाको विशेषता र संकेत हो भने चेतना संगै यसको शक्ति निष्क्रिय र कमजोर हुदै जाने साथै निर्मूल हुदै जाने हुन्छ । पितृसत्ता संस्कृति व्यक्ति वा समाजको गुणस्तर चेतनाको स्थिति र अवस्थाको तह हो ।


विवाह पश्चात सामाजिक संस्कृतिको नाममा नारीले अाफ्नो नामको अगाडि पछाडिको जात, थर, गोत्र, पाछा हटाउने वा थप्ने भनेको पितृसत्ताले लैङ्गिकताको आधारमा नारीको व्यक्तिगत पहिचान र अस्तित्वमाथि गरेको खेलबाड हो । जब सम्म समाजरूपि महासागरमाथि बहने पानीजहाजको क्याप्टेन पितृसत्तात्मक रहने छन् तब सम्म न्यायको किनारामा पुग्ने विषय मुम्किन हि नही नामुम्किन हैं । न यो जहाज डुब्न दिन्छ नत न्यायमूखी यात्र बन्न दिन्छ । कृस्चियन, मुस्लिम र हिन्दु पितृसत्ता विश्व न्यायिक समाज निर्माणको बाधक हो ।

सभ्य समाजको निर्माणका लागि न्यायीक र मानवतावादी बहस गरौं । 



We are on the same boat of hegemony of patriarchy. We need to talk about gender & personal identity in term of social inequality.

राजनीतिक चालको नारी गोटी

 


हरेक नारी संसद, मुख्यमन्त्री र राष्ट्रपति बन्नु पर्दछ भनेर नारीअान्दोलनको सुरूवात गरेको होर न्यायप्रेमी नारीवादीहरूले ? होईन, तर न्यायको सिद्धान्त मुताबिक समतामुलक प्रतिनिधित्व को आधारमा राज्यका प्रमुख अंगहरू (व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका)मा सहभाता भई सक्षमता, वर्णभेद, रंगभेद र लैङ्गिकताको आधारमा वा विविध स्थिति र अवस्थाको कारणले विभेदमा परेका लक्षित समुह समुदायहरूको धन, मान र प्राणको सुरक्षा निश्चित गर्नुकालागि हो । सबै सधैं त्यस्तो विशेष पद र शक्तिमा पुग्न नभई जो विशेष पदमा पुगेकी छिन उनले हरेक नारीहरू सम्पूर्ण रूपमा हरयुगमा उच्च सम्मानित र सुरक्षीत गराउनु सक्नु पर्दछ भन्नका खातिर हो । 


मा. क. विद्यादेवी भण्डारी र मा. क. अष्टलक्ष्मि शाक्यहरूलाई, कस्ले ? के प्रयोजनकालागि ? कहिले र किन ? त्यस्तो विशेष पदमा पुर्याईयो भन्ने घटनाको गहिरो अध्ययन गर्दा न्यायीक नारीवादी मुद्दाले भन्दा पनि उही पितृसत्तावादी राजनीतिककर्मीहरूको चालको रूपमा मात्र देख्न सकिन्छ । यस्ता क्रियाकलापलाई झट्ट नाङ्गो दृष्टिले हेर्दा समग्र नारी आन्दोलनको उपलब्धि जस्तो देखिन्छ तर यस्ता राजनैतिक हर्कतले नारीवादी आन्दोलन अझ कमजोर हुनसक्छ । तथापि यस्ता अवसरले पाएको पद र शक्तिलाई वास्तविक नारी न्यायकालागि लगाएर त्यस्ता राजनैतिक पितृसत्तावादी लाई चुनौनी दिन भने सकिन्छ । विशेष कारणले आएको अवसर बाट प्राप्त अवसरलाई वास्तवमै अवसरमा परिणत गर्न सक्नाले सामाजिक न्याय र सुरक्षाको वितरणमा ठुलो कल्याणकारी परिवर्तन ल्याउन सक्ने हुन्छ ।


विशेष अवसरले प्राप्त अवसर (पद र शक्ति) परेको एन वक्तमा पितृसत्तात्मक राजनीतिलाई अदालतको कठघरामा लान सक्नु पर्दछ र समाजमा हजारौं हजार वर्ष देखि अघोषित अमानवीय व्यवहार सहेको नारीहरूको धन, मान र प्राणको हत्याको प्रमाण पेसगरेर मन, वचन र कर्मले सर्वसत्तावादी पितृसत्तात्मक राजनीतिकलाई मृत्युदण्ड दिलाउन सक्नु पर्दछ । यो बधाई दिने अवसर नभई यस्तो अवसरले प्राप्त ब्याटिङमा मौकामा चौका हैन हेलिकप्टर सटले छक्का हान्ने चुनौती लिनसक्नु पर्दछ । शुभकामना नारीवादीहरूमा ! शुभकामना समाजवादी नारीवादमा !


दादागिरीको विकल्प हैन, न्यायिक निकास खोजेको

आतंकवाद बिरूद्ध(Anti-terrorism)को नारा बोकेकाले आतंकारीक गतिविधि प्रदर्शन गर्न मिल्छर, तर त्यस्तै अभ्यास भईरहेछ विश्वसमाजमा । वर्तमानमा घटिरहेका घटनाक्रममको सरसर्ती अध्ययन गर्दा आफुलाई केन्द्र (Core) ठान्ने त्यो मुलुकको शक्ति क्षयको अवस्थामा छन् भन्ने अस्विकार गर्न सकिनन् तथापि आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक दादागिरी उही छ ।


जब सम्म कुनै निश्चित मुलुकले अाफुलाई शक्तिशाली बनाउने प्रयास गरिरहन्छ वा शक्ति केन्द्र बन्दछ तब सम्म विश्वसमाजमा पदसोपान (Startification) रहिरहन्छ जसले विभिन्न प्रकारका जटिलता र असमानता (Inequality)लाई दिगो राख्ने हुन्छ । कथित तेस्रो दर्जाका मुलुक(Third world country)हरूको लागि जुन कुनै राज्य शक्ति केन्द्रमा पुगेपनि आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक र अन्य प्रकारका असमानता र अन्याय(Injustice)को चपेटामा पर्ने निश्चित हुन्छ । हिजोको एसियाको दादागिरीको निकासमा युरोपेली, युरोपकेन्द्रिय (Eurocentric) उपनिवेशवाद(Colonialism)को पिडाको विकल्प वा निकासको उपायमा अमेरिकाको दादागिरी स्थापना गर्ने ध्येय थिएन र आजको अमेरिकी साम्राज्यवादको विकल्प न चाईनिज दादागिरी नै स्विकार्नु पर्दछ भन्ने हो । विश्वसमाज(Global society)को चहाना एक दादागिरीको विकल्प वा निकासमा अर्को अझ उदण्ड र हिंस्रक दादागिरी लाई स्विकार्नु हुदै हैन । विश्वसमाजले दादागिरीको विकल्प दादागिरी खोजेको नभई न्याय र समानताको निकास खोजेको हो । सबै राज्यहरूले न्यायको आभाषका साथ भातृत्व (Brotherhood) अादानप्रदान गर्दै स्वायत्त र स्वतन्त्र ढङ्गले आफ्नो नेतृव, व्यवस्थापन साथै मानव विकास (Human development) र समृद्धि(Prosperity)मा लाग्नु पाउनुपर्छ भन्ने हो । विश्वसमाजको चाहाना न्यायीक र समानता(Equality)को हो नकि नाव दादागिरी (Neo-hegemony)को हो ।


अन्याय र हिंसाको विकल्पमा अर्को हिंस्रक शक्ति राज्यको चाहाना नभई न्यायिक र मानवतावादी मन, वचन र कर्मको दिगो बिजारोपणको निकास खोजिएको हो । पुँजीवादी समाजवादको बिज ग्रहण पश्चात विश्वसमाजको गर्भमा रहेको साम्यवाद(Communism)को भ्रूणको वृद्धिका लागि पोषण दिनु पनि हो । मानव समाजको त्यो सुन्दर र गुणस्तर संतान साम्यवादको चाहाना परिकल्पना हुनै सक्दैन । यदि कसैले परिकल्पना मान्दछ भने त्यो मस्तिष्कको गुणस्तर कि पुँजीवाद(Capitalism)को कुण्डमा लाभकालागि रमाइरहेको छ वा समाजवादी (Socialist) चेतनाको विकास हुन सकेको छैन मान्न सकिन्छ । साम्यवाद मानव समाजको चेतनाको स्थिति (Level of consciousness) पनि हो जहाँ अन्याय गर्नु हुदैन भन्ने अवस्था हो । जति सुन्दर, उच्च गुणस्तर, दिगो, समृद्ध र न्यायीक वाद, विचार र व्यवहारको जन्म हुनेहुन्छ त्यसले उत्तिकै सामाजिक समय पनि लिने हुन्छ । हात्ती जन्मनु जति समय लाग्छ मुसा जन्मन त्यति समय लाग्दैन किनकी त्यहाँ के र कस्तो जन्मदैछ भन्नेले कति समय लिन्छ भन्ने निर्धारण हुन्छ । जनावर मध्येको एक शक्ति हात्तीको जन्मनुले जसरी निश्चित समय लिन्ने हुन्छ त्यसरी नै साम्यवाद जन्मन हजारौं हजार वर्ष लाग्न सक्छ तर निश्चित समयावधि पश्चात त्यसको जन्मलाई कसैले पनि रोक्न सक्दैनन् । किनकी त्यो भ्रूण वृद्धि र विकासको प्रक्रियामा प्रवेश गरिसकेको छ ।


मानवअधिकारका नाममा मानवअधिकार हनन गर्ने, विश्वशान्तिका नाममा हिंसात्मक गतिविधि गर्ने, अातंकवाद विरूद्धको अभियान भन्दै विश्वसमाजलाई अातंकित बनाउने साथै लोकतन्त्रको नाममा साम्राज्यवाद (Imperialism) बढाउने जस्ता निम्नस्तरको गतिविधि देखाउन कसैलाई छुट हुदैन । चन्द्रमा र मंगल ग्रहमा जति त्यस्ता केन्द्र ठान्ने मुलुकको अधिकार छ त्यत्ति नै अधिकार अन्य राज्यको पनि रहेको छ, भने यो पृथ्वी र विश्वसमाजमा सबैको समान अधिकार रहेको विषय एकक्षण पनि भुल्नु हुन्न । यो विश्वसमाज दादागिरी(Hegemony)को अभ्यास गर्ने थलो भन्दा पनि मानवतावाद(Humanism)को उच्च अभ्यास गर्ने थलो हो । त्यसैले अब मानव तथा सामाजिक चेतनाले विकल्प नभइ निकास खोजेको छ ।



#World system perspective #Imperialism #Dependency theory #Marxism

कठिन छ

 समयले सबैलाई पत्थर कोईला बाट हिरा बनाउन खोज्दैछ बस संयमित भई समय माथी विश्वास राख । समयको राप, ताप र चाप सहने क्षमताको विकास गर्न सके त्यो रत्न तिमी हुनसक्छौं । कठिन छ ।


संविधान दिवस

 संविधानले धेरै कुराहरू सुनिश्चित गर्ने प्रयास गरेपनि कार्यान्वयनमा भने शुन्य छ । पवित्र संविधानलाई भागवदगीता, स्वस्थानी, र विभिन्न पुराण वा धार्मिक ग्रन्थ जसरी सुन्ने सुनाउने र पुजापाठ गर्ने शास्त्र मात्र नभई व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका मार्फत न्याय स्थापित गराउने अभ्यास हो । संविधान नागरिकको धन, मान र प्राणको सुरक्षा गर्ने दस्तावेज हो ।

नेपाली समाज भित्र रहेको विविधताले सृजना गरेको जटिलता र त्यसले महसुस गराएको असमानता प्रति न्यायको अनुभव गराउनु पहिलो र अन्तिम सर्त हो संविधान । हरेक दिन संविधान दिवस हो भन्ने कुरा संविधानले भुल्नु हुन्न । संविधान दिवस २०७८ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा न्यायको हार्दिक शुभकामना ।


चौदण्डीगढी १४अौं नगर अधिवेशन

 नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशनमा उदयपुर क्षेत्र नं.१ "क" चौदण्डीगढी नगरपालिकाको नगरअधिवेशनमा मत गणना हुदाको मत परिणाम 


सभापति १ जना

=========

श्री राजेन्द्र पौडेल = ५३

श्री रामकुमार खड्का= ३१


उप-सभापति - २ जना

=========

श्री अञ्जनी अधिकारी =२०

श्री गोमा सेढाई =३४

श्री पवन कार्की= ५९

श्री नारायण चौधरी = ४९


सचिव - २ जना

=========

श्री केदार केसि = ३३

श्री दिपक राउत = ५५

श्री रोहितमान तामाङ = ५२

श्री सुशील राई= ३३


सह-सचिव - २ जना

=========

श्री गौतम राई= २५

श्री बुद्ध राई = ३३

श्री मिना बन्जरा = ५५

श्री राकेश हुज्दार = ५७


स्रोत


पितृसत्तालाई फाँसी दे

एक नारीको विवाह पश्चात् उनीको पहिचान (जात/थर) बदलिने कुरा कुन कानुनको कुन दफा उपदफामा लेखिएको छ ! समस्या ती महिलाको विवाह पहिले र पश्चातको परिचयमा हैन पितृसत्तात्मक समाजको नियतमा छ । सामाजिक प्रथाको आड र सुरक्षामा बसेको पितृसत्तामा छ ।


विश्वसमाज मंगल ग्रह पुगेर फर्किसक्दा पनि नेपाली समाजमा आजको दिन सम्म दास पितृसत्तात्मक समाजले निर्माण गरेको विभेदकारी प्रथा मस्त यौवन अवस्थामा हुनु समग्र नेपाली समाजको अन्धकार भविष्यको संकेत हो । 


मानव झन् झन उद्धार हुनुपर्ने, झन्झन साघुरिदै गएको सोचमा मस्तिष्कको तौल मात्र बढ्दैछ नकी चेतनाको गुणस्तर । पितृसत्तात्मक समाज नेपाली समाजको विकास, शान्ति, समृद्धि, न्याय र समतामुलक समाज निर्माणको पहिलो र शक्तिशाली शत्रु हो । 


प्रथा, संस्कृति र धर्मको आडमा लुकेर राज्यको कानुन संग खेलवाड गर्ने साथै समाजको शान्ति, सद्भाव, र सुरक्षा भड्काउने  त्यो पितृसत्ता अभियुक्त मात्र होईन कसुरदार हो । त्यस्ता न्यायमा अन्धो र शोषणमा रमाउने प्रथालाई कानुनले दफा उपदफा ठोकेर फाँसीको सजाय तोक्नु पर्दछ ।


राष्ट्रको नागरिकले नेतृत्व गर्ने हो नागरिक जस्तै देखिनेले हैन ।

 नेपाललाई यस्तो विकट स्थितिमा पुर्याउने सिहंदरबारका प्रधानमन्त्री र मुख्यसचिव मात्र नभई श्री पशुपतिनाथको मुल पुजारी पनि हुन् । राजनैतिक केन्द्र र धार्मिक केन्द्रको प्रशासनिक व्यवस्थापन राष्ट्रको नागरिकले नेतृत्व गर्ने हो नागरिक जस्तै देखिनेले हैन । 


आफ्नै पुजारी जस्तै देखिने छिमेकी भट्टले पुजेको धार्मिक आस्थाको केन्द्रले न सत्य, धर्म, शान्ति र सद्भावको संस्कृति स्थापना गर्न सक्छ न त राज्यको नागरिक जस्तै देखिने बहुरूपी प्रशाशकको अन्तर्घाती जालमा परेको प्रशासनिक केन्द्र वा राज्यले वितरण गर्ने सेवा सुविधा र सुरक्षामा गुणस्तर हुन्छ । त्यो ठ्याक्कै आजको नेपालले भोगिरहेको जस्तै हुन्छ । 


विदेशी पंडित र परनिर्देशित नेताबाट समाज विकसित र सुरक्षीत हुन्छ भनेर मान्नु भ्रम हो । भनाइ पनि छ "विनाशकाले विपरीत बुद्धि" यो आफै सकिने नासिने मेलो हो । ईष्ट ईन्डिया कम्पनी द्वारा हिन्दुस्तानलाई दिएको पीडा भन्दा सयौंगुना दर्दमा रहेको छ आजको नेपाल, अनि भावी नेपाल पनि रहनेछ ।


नेपाली समाजमा अलोकतान्त्रिक (अर्ध-सामन्तवाद र दलाल पुँजीवादी) अभ्यास

 


नेपाली राजनीतिमा लोकतान्त्रिक अभ्यासको विकल्पमा अझ उद्धार लोकतान्त्रिक अभ्यास गर्नुपर्नेमा लोकतान्त्रिक विधि, पद्धति र प्रणालीको नाममा अतिवाद, उदण्ड र भड्किलो क्रियाकलाप भईरहेको पाउन सकिन्छ । नेपाली समाजको हकमा यसको पछाडिका कारणहरू मध्ये पहिलो विश्व पुँजीवादी संरचनात्मक व्यवस्था हो भने दोस्रो अान्तरिक अर्ध-सामन्तवादी दलाल पुँजीवाद नै हो । अर्ध सामन्तवादका कारण अाज पनि शक्तिलाई देवत्वकरण (अन्धविश्वास) गर्ने उदण्ड प्रथा छ भने पुँजीवादका कारण कुनैपनि त्यस्ता क्रियाकलाप अार्थिक रूपमा भड्किलो हुँदै गईरहेको प्रमाणहरू पर्याप्त देख्न सकिन्छ । 


पद र अख्तियारमा बसेका प्रतिनिधि/सेवक होस् वा अार्थिक रूपमा हुनेखाने लाई गरिखानेले उच्चकोटीमा राख्ने गरेको पाईन्छ जो अलोकतान्त्रिक (सामन्तवादी) अभ्यास हो । त्यस्तै विश्व पुँजीवादका कारणले सानादेखी साना कार्यक्रम (प्रथाजनिक उत्सव/कार्य देखि विभिन्न तहको अधिवेशन/निर्वाचन) पनि आर्थिक प्रभावका कारण भड्किलो जस्तो देखिन्छ । सामाजिक संस्थाहरूको हकमा यसको समसामयिक उदाहरण जस्तै नेपाली राजनीतिमा नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशन र हाल भईरहेको नेकपा(एमाले)को विभिन् घोषित अघोषित कार्यक्रम साथै पहिलो विधान महाअधिवेशन । व्यक्तिगत पारिवारिक रूपमा पनि जन्म देखि विवाह र मृत्यु पश्चातका कार्यक्रमहरूमा देखिएको गैरकानुनी भड्किलो अार्थिक क्रियाकलाप । एकै समाजमा आबद्ध मानव मानव बिचको यो भगवान र भक्तको गहिरो वर्गीय खाडल अनि आर्थिक क्रियाकलापको बाध्यता संरचनात्मक बाध्यता हो भने निकाय (व्यक्तिगत) सहभागिताको आकर्षणका कारण पनि हो । 


पद र शक्तिलाई पुज्नु र आर्थिक क्रियाकलापमा आबद्ध हुनु व्यक्तिको मात्र दोष नभई सामाजिक संरचनात्मक बाध्यता पनि हो ।

#लोकतन्त्र #मार्कसवाद #संरचना #निकाय


विजय दशमी अवसर की चुनौती !

 

विजय दशमी वा कुनैपनि चाडपर्व चुनौती हैन अवसर हो । मानवतावाद देखाउने अवसरलाई उपभोक्तावादको संस्कृतिको प्रभावमा परेर पुँजीवादी वर्गिय हैसियत र शक्ति प्रदर्शन गर्न सक्ने र नसक्नेका लागि अवसर र चुनौतीको रूपमा संस्कृतिको विकास र स्थापित हुनुहुदैन । हुनेखाने ले हुदाखानेलाई मानवता देखाउने शुभ अवसर हो चाडपर्व । पुँजीवादले उपभोक्तावादी संस्कृतिको निर्माण गरेर समाजले मान्दै गरेका चाडपर्वहरूलाई पुँजीसंकलनको अवसरको रूपमा लिएकोले हामी सर्वसाधरण मानवकालागि झन झन चुनौतीपूर्ण बनाई रहेको पक्ष अस्विकार गर्न सकिन्न ।


माक्र्सले वकालत गर्नु भएको पुँजीवादी समाजमा पुँजीपति वर्गको अभ्यास एकापट्टी लगानी, नाफा र पुन:लगानीको निरंतर प्रक्रिया हुन्छ भने त्यसै भित्रको अर्को मजबुती पाटो जबर्जस्त उपभोक्तावादको संस्कृतिको विकास गर्नु पनि रहेको हुन्छ । पुँजीवादले गरेको वस्तु तथा सेवाको उत्पादन विशुद्ध नाफाको लागि मात्र हुने हुन्छ अर्थात लक्ष्यित समूह वा मानिसलाई नाफा आर्जन गर्ने स्रोतका रूपमा लिएको हुन्छ । विभिन्न खालका आकर्षक विज्ञापन तथा कार्यक्रमको मद्दतले मानिसलाई अनिवार्य रूपमा उपभोक्ता बनाउने संस्कृतिको जालो बुनिरहेको हुन्छ । अर्थात पुँजीवादले आफुलाई जीवित राख्न अनिवार्य नाफमा लानकालागि समय र स्थानलाई मध्यनजर गरेर उपभोक्तावादी संस्कृतिको निर्माण, विनिर्माण र पुन:निर्माणको अभ्यास गरिरहेको हुन्छ ।


विश्विमाजमै पुँजीवादी समाजले मनाउने गरेका हरेक चाडपर्वहरू आर्थिक रूपमा खर्चिलो र भड्किलो भईरहेको पाउन सकिन्छ । पुँजी संकलनकालागि पुँजीपतिहरू द्वारा योजनाबद्ध ढङ्गले ईन्जेक्ट गरिएको उपभोक्तावादको संस्कृति समाजका हरेक पक्ष र क्षेत्रमा हाबी भएको छ । मानवको दैनिक जीवन देखि लिएर विशेष विशेष कार्यक्रम वा पर्वमा समेत आफ्नो उदेश्य पूरा गर्न बजारलाई नियन्त्रणमा लिएर थाहानपाउने गरि सामाजिक संस्कृति वा परंपराको उपभोक्तावादी संस्कृतिको पुन:निर्माण गरिरहेको देखिन्छ । उपभोक्तावादले मानिसलाई एकातिर तर्फ खर्चिलो र भड्किलो मात्र बनाउदैन साथसाथै परनिर्भरता को स्थिति र अवस्थामा पनि बढाईरहेको पाउन सकिन्छ ।


मानवको दैनिक जीवन र चाडपर्वका नाममा अवैधानिक र गैरकानुनी क्रियाकलापका रूपमा हुदैगरेको खर्चिलो र भड्किलो गतिविधि रोक्न जरूरी छ । समाजले मानीआएका यस्ता विभिन्न प्रकारका चाडपर्व आफैमा विशेष रहेकोले यसलाई अझ विशेष बनाउन खोज्ने प्रयासका नाममा उपभोक्तावादी संस्कृतिलाई बढावा नभई निरूत्साहित गरौं । चाडपर्वका नाममा समाजमा भएका विकृति, विसंगति र असमानता हटाएर सामाजिक सद्भाव र एकता बढाउने अवसरको रूपमा विकास गर्ने अभ्यास गरौं । पर्वको नाममा प्रतिस्पर्धा नगरौं, वर्गीय पहिचान (हुनेखाने र हुदा खाने) देखाउने अवसरको रूपमा चाडपर्वलाई नलिअौं ।


विविधता बिचको एकतालाई अझ मजबुत बनाउन, हरेक चाडपर्व नेपालको राष्ट्रिय चाड हो भन्ने विषयलाई स्विकार्दै हिन्दु सम्प्रदाय मात्रले मनाउदै गरेको महान चाड विजय दशमीलाई शान्ति, प्रेम, करूणा र खुशी आदानप्रदान गर्ने मानवतावादी अवसरको रूपमा ग्रहण गर्दै हर्षउल्लासका साथ मनाअौं । नेपाली समाज भित्र रहेको विविधताले मनाउने गरेका हरेक चाडपर्वहरू सरल, सभ्य र भव्य ढङ्गले सामाजिक सद्भाव र राष्ट्रिय एकता बढाउने अवसरको रूपमा लिअौं । मन, वचन र कर्ममा मानवतावाद राखौं र अमानविय उपभोक्तावाद साथै उदण्ड वर्गिय प्रभावको खर्चिलो र भड्किलो गतिविधि बाट बचौं । हरेक पर्वहरू र विजय दशमीहरू संगै आउने, ल्याउने र पठाईने चुनौतिहरूलाई हामी चेतनशील प्राणी सर्वसाधरण मानिसले मानवतावादको मन, वचन र कर्ममा रहेर अवसरमा परिणत गरेर देखाउन सक्नु पर्दछ ।


विजय दशमी २०७८ को पावन अवसरमा नेपाल, नेपाली समाज साथै हरेक मानव र नेपालीको गुणस्तर जीवनप्रत्याशा, शान्ति, सद्भाव, भातृत्व, एकतामा नवदुर्गा भवानीको आशिष परोस भन्दै विश्वसमाजको विकास र समृद्धिको शुभकामना ।


(#पुँजीवाद #उपभोक्तावाद #मानवतावाद)


नगदिकृत दशैं

पुँजीवादी समाजमा दशैंको टीका र जमरा ग्रहण संगै त्यो पवित्र आशिष वचनका साथ दक्षिणाको नाममा नगद पैसाले प्रधानता पाएको देखिदैछ । परंरागत दशैंको अभ्यासको संस्कृतिमा देखिएको परिवर्तन पुँजीवादको प्रभाव होईन भनेर नकार्न सकिन्न ।


हरेक कुराको ढिलो चाँडो, धेर थोर अार्थिक मूल्य हुन्छ भनेर मान्ने र मूल्य तोक्ने पुँजीवादले समाजलाई र समाजका हरेक क्रियाकलापलाई आर्थिकिकरण, नगदिकरणमा लगेर सामान्य जनजीवनमा पनि लाभको संस्कृति बीजारोपण गरेको छ । त्यो बीज हुर्किएर आज पुँजीवादी वृक्ष बनेको छ । जो अाफ्नो प्रभावमा दिनदिनै बलियो बन्दै गएको, झाँगिदै गरेको साथै भित्रभित्रै जरा फैलाएर गइरहेको देखिन्छ । 


वि.सं. २०४६/०४७ को जनआन्दोलन भन्दा अगाडि नेपाली समाज सरल समाजको रूपमा थियो । त्यस समयमा दशैंमा टीका जमरा र मान्यजनबाट आशिष वचन ग्रहण गर्दा छोराको हकमा छोरालाई तरबार, खुडा, खुकुरी, बन्चरो लगायतका साधन पुजा गराएर हस्तान्तरण गराईन्थ्यो भने छोरी बुहारीको हकमा कुटो, कोदालो, कचिया, खुर्पा लगायतका घरेलु साधन दिईन्थ्यो । त्यतिबेला वर्तमानको झै पैसाको प्रचलन चलाएको देखिदैन । त्यस बेलाको बडादशैंको सम्पूर्ण चलन र परंपरालाई राम्रोसँग अध्ययन गर्ने हो भने त्यो समाज कृषिप्रधान समाज रहेको पाउन सकिन्छ । 


त्यो सरल समाज समय परिवर्तन संगै जैविक एकता समाज, उत्तरआधुनिक, पुँजीवादी समाजमा प्रवेश गरेको संकेत अाकल मानिदै गरेको दशैको रीतिरिवाज बाट थाहा हुन्छ । हिजोको प्रचलन झै छोरा, छोरी र बुहारीको हकमा भिन्नभिन्न प्रकारको साधनले संकेत गरिन्थ्यो भने वर्तमान समाजमा मान्यजनको शुभ आशिष वचन संगै नगद पैसाको प्रचलन चलाउन थालिएको देखिन्छ । हिजोको भन्दा भिन्नै संस्कृतिको अभ्यासको पुनःनिर्माण भएको पाउन सकिन्छ ।


कोसेलिको रूपमा भेटकालागि सामान खरिद गर्न नगद जति आवश्यक देखिएको छ त्यसै गरि बाजे-बजु, माँ-बुबा एवं मान्यजनको अाशिर्वाद वचन दिदा होस् नगदको प्रभाव बढदो देखिन्छ । दशैं नगदिकरण हुनु सर्वसाधरण मानवकालागि भड्किलो र चुनौतीपूर्ण हो भने पुँजीपतिकालागि नाफा संकलन गर्ने आधार र अवसर हो ।


कान्छी बैनी रमालाई मातापिताजीको तर्फबाट टीका, जमरा र आशिष वचन सहित पुस्तक र नगद पैसा रू १००/- (एक सय) दिईयो भने हाम्रो तर्फबाट खुकुरी प्रदान गरेर केही शुभकामना दिदै पितृसत्तात्मक समाज बिरूद्ध हौसला सहित अगाडि बढ्न सकेस् भन्ने संकेत गरिरहेका छौं ।


प्राकृतिक विपत्तिबाट पिडित किसान

 उ/उनीहरू कहिले हार मान्दैन किनकी महान किसान हुन् । कृषक मेहनती हुन्छन् । मेहनती छन् र त साहसी छन् । माता प्रकृतिलाई आफ्नो पाखुरीमा खेलाउने हुर्काउने देवरूपी किसान कमजोर हुनै सक्दैनन् । यस्ता कर्ममा लाग्ने हरेक मालिक रूपी किसानलाई राज्यले अझ हौसला प्रदान गर । राज्य सधैं किसानको सेवक बन, सुरक्षाकर्मी बन ।


हजारौं हजार वर्षदेखि प्राकृतिक विपत्तिको साहसिक सामना गर्ने हरेक किसानलाई चौतर्फी सुरक्षाको अनुभूति गराउने पहिलो सर्त साथै कर्तव्य र दायित्व राज्यको हो । त्यसैले राज्यले सामाजिक सुरक्षा अन्तर्गत बिनासर्त मानवतावादी कार्य र सेवामा खट्ने महान किसानहरूलाई प्राथमिकता सूचिको पहिलो अंकमा राख्नुको विकल्प नखोज । योद्धा किसान छन् र जीवन छ साथै सृष्टि छ ।


नेपाल र नेपाली जनताको राष्ट्रसेवक एवं नेता  बन्न खोज्ने तर पद, प्रतिष्ठा र पैसाको प्राप्तिमा हरदम मन, वचन र कर्मले लाग्नेले कहिलेकाही त्यस्ता दुध दिन थाकेको गाई/भैंसी पनि नाफा नोक्सान भुलेर त्यतिकै पालेर बसेको ती त्यागी कृषकको जीवनबाट पाठ सिकेर भएपनि तिनको हितमा सोच्ने गर । जीवन सधैं नाफ, फाईदा र लाभले नभई परोपकारी मर्म र भावनाले चलेको विषय स्विकार । किनकि समाजमा जन्ती र मलामी बिना सर्त जाने गर्दछन् ।


हरेक किसानको जीवन जोखिमको निषर्त जीवन/स्वास्थ विमा मात्र नभई हरेक उत्पादनको बाली विमा गर । कृषक र कृषिको को सुरक्षा राज्यको चाहाना हो भन्ने विषय संवेदनशीलताका साथ लागू गर । उच्च जोखिममा रहेका किसान र कृषिको नोक्सान न्युनिकरण मात्र नभई समग्र सुरक्षामा लाग लगाउ । 


दुईदिन अगाडि आउन सक्ने जलवायु मौसमको पूर्वानुमान र त्यसले पुर्‍याउन सक्ने विपत्ति बाट आफ्नो नागरिक, नागरिकको पेशाको सुरक्षा, कृषक र कृषिलाई पर्न सक्ने जोखिमबाट जोगाउन नसक्ने वा नखोज्ने थाई सरकारको कर्मचारी तन्त्र (government bureaucratic system) मार्फत सुशासन कायम गर्न पूर्णरूपमा सुधार (Bureaucratic reform) गर्न जरूरी देखिन्छ ।


Tuesday, October 5, 2021

विश्वशान्तिका दुत डा. नारायण खड्का

उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. १ का करदाता नागरिकहरूले वि.सं. २०६४/०७० र २०७४ को आम निर्वाचनबाट अाफ्नो प्रतिनिधिको रूपमा कहिले संविधान निर्माणका लागि संविधानसभा सदस्य साथै कहिले प्रतिनिधि सभाका संसद बनाई रहदा हामी उदयपुर निवासी नागरिकलाई कुनै बिस्मत रहेको छैन अर्थात सधैं गर्व गर्ने गरेका छौं । किनकि जसलाई हामीले आफ्नो अमूल्य मतदान गरेका छौं जो डा. नारायण खड्का आफैमा विद्वान मात्र नभई ईमानदार, शालीन र आदर्शवादी छविका सरल नेता भनेर विश्वव्यापी रूपमा आफ्नै र छुट्टै परिचय स्थापित रहेको छ । 


वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नागरिकको सुरक्षा र अधिकारका लागि संविधान निर्माण हेतु निर्वाचित गराउदै गर्दा त्यस पटक नेपालको संविधान २००७२ (लोकतान्त्रिक मूल्य र मान्यतामा आधारीत समाजवादप्रति प्रतिबद्ध संविधान) जारी गराउने ऐतिहासिक सहभागीता मात्र नभई नेपालको समग्र सहरी विकासको जिम्मेवारी पाउनु भएको सबैलाई ज्ञात छ । त्यस कार्यकालमा पनि जनता आवास, खानेपानी, भूकम्प पिडितकालागि भवन निर्माण पुनःनिर्माण लगायतका अति विपन्न जनतामा प्रत्यक्ष प्रभावपर्ने अति आवश्यक र संवेदनशिल योजना तथा कार्यक्रमहरू नबनेको भने होईन । जो देशव्यापी रूपमा आवाश्यक जिल्लाहरूमा एकै साथ शहरी विकासका आधारभूत कार्यक्रमहरू गरिएको थियो ।


फेरि पनि वि.सं. २०७४ को प्रतिनिधिसभा संसदीय निर्वाचनमा पनि आफ्नो अधिकारको प्रतिनिधित्व हस्तान्तरण त गरियो तर नेपाली काङ्ग्रेसले सरकार बनाउन सकेन फलस्वरूप प्रतिपक्षको भूमिकामा रहनु पर्यो । सत्तापक्षिय गठबन्धित दलहरूको कार्यशैलीले संविधान र लोकतन्त्रलाई संस्थागत गर्न नसक्ने अवस्था आयो । यही क्रममा नेपालको संविधानलाई जीवित र संस्थागत गर्न, लोकतान्त्रिक मूल्य मान्यताको रक्षार्थ साथै राजनैतिक अस्थिरतालाई सम्बोधन गर्न वा निकास दिन सर्वच्च अदालत द्वारा आदेश दिने सम्मको अवस्था आयो । सो हि मुताविक प्रधानमन्त्री शेरबहादुर देउवा प्रशासनको गठन गरियो । ऐ देउवा प्रशासनले बौद्धिकता, विज्ञता र सरलताको आधारमा पुनः मा. डा. खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिईएको छ । 


हामीले चयन गरेको हाम्रो प्रतिनिधि मा. डा. खड्काले यस पटक विश्वसमाजमा  नेपाली जनता र नेपाल सरकारको प्रतिनिधित्व गर्ने स्थानमा रहनु भएको छ । हिजो सम्म नेपालको विकास र समृद्धि एवं नेपाल र नेपालीको वृहत् हितका विषयमा खटिएका सरल नेता डा. खड्का अाज नेपालको प्रतिनिधित्व गर्दै विश्वसमाजमा विश्वमानवतावाद, विश्वको स्वच्छ प्रकृति र वातावरण संरक्षण, दिगो विकासमा नेपालको योगदान, आतंकवाद विरूद्धको विश्व शान्ति/सद्भाव/भाईचारा, मानव अधिकार जस्ता संवेदनशील विषयमा प्रस्तुत गर्दै सहभागीता भईसक्नु भएका छन् भने आगामी दिनमा निरंतर रहनु हुनेछ ।


विदेश मन्त्रीका रूपमा रहनुभएका परराष्ट्र मन्त्री मा. डा. नारायण खड्काले नेपाल लगायत विश्वमा भईरहेको वास्तविक घटना र स्थिति नेपाललाई  र विश्वसमाजलाई पर्न गएको प्रभाव र असर उजागर गर्दै, बुद्धको अहिंसा, प्रेम, करूणा, शान्ति र मानवतावादको दुत बनेर विश्वसमाजमा ध्वजा फरफराउन सक्नुहुने छ । साथै विश्वसमाजमा शान्ति फैलाउने शान्ति दुत गौतमबुद्धको जन्मभूमि मात्र नभई विश्वमा रहेका हिमालय पर्वतसृङ्खलाहरूको राज्यका राजा सगरमाथा (झोमलुङ्मा) रहेको कारणले नेपाल विश्वको छाना हो भन्ने विश्वव्यापी सत्य तथ्य विषयले आफ्नो साझा परिचय शानका साथ दिनुहुनेछ, जसकालागि हामी उदयपुर साथै नेपालका जनताले साथ, समर्थ र हौसला प्रदान गर्दछौं । माननीय डा. खड्का प्रतिको हाम्रो अपेक्षा र विश्वासमा कुनै कमी हुनेछैन ।


हामीले हाम्रो प्रतिनिधित्व हस्तान्तरण गरेर पठाएको संसद आज नेपालको प्रशासनिक केन्द्र सिंहदरबार भित्र रहेको परराष्ट्र मन्त्रालयमा रहेर  मानवतावादी विषय र मुद्दाका साथ विश्वसमाजमा नेपालकै प्रतिनिधित्व गरिरहेका छन् । यही नै विषय उदयपुरका जनतामा न्यायको चेतना रहेको छ भन्ने प्रमाण हुन सक्छ । के यो खुशीको कुरा हैन र ! यही खुशी हजुरहरू संग साट्न बाँड्न चाहन्छौं ।


Friday, June 11, 2021

बहुराष्ट्रिय नेपाल

 ०६२/०६३ मा भएको जनआन्दोलन भाग-२ को उपलब्धिले स्थापित केही मुख्य मुद्दा मध्ये एक हो "नेपाल बहुराष्ट्रिय राज्य" । नेपालको संविधानको नारा "विविधता बिचको एकता" ले नै स्पष्ट हुन्छ नेपाल र नेपाली समाजको महत्त्वपूर्ण परिचय ।


सामाजिक सद्भाव र शान्ति, सामाजिक सुरक्षा, सामाजिक न्याय, बहुलवाद, मानवअधिकार, साँस्कृतिक राजनीति लगायत लोकतान्त्रिक विषय र मुद्दामा बहस र वकालत गर्न अाफ्नो आदर्श सिद्धान्त बनाएको प्रजातान्त्रिक समाजवादी पार्टी नेपाली काङ्ग्रेसको नाराको रूपमा रहेको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद  आफैमा बहुराष्ट्रियवाद हो । नेपाली काङ्ग्रेसको अगुवाइमा अन्य दलहरूको मुख्य सहभागीले नेतृत्व गरेको नेपाली जनताको उपस्थितिले सम्भव दोस्रो जनआन्दोलको उपलब्धि नेपालको अन्तरिम संविधान २०६३ साथै नेपालको संविधान २०७२ ले बहुजातीय, बहुधर्मीक, बहुसाँस्कृतिक, बहुभाषिक, र भौगोलिक विविधतायुक्त भनेर बहुराष्ट्रियताको सवालमा स्पष्ट स्थापित र उल्लेख गराएका छौं । तर पनि यस सवालमा नेपाली समाजमा र प्रजातान्त्रिक पार्टीका स्वयंसेवकमा विवाद देखिनुले नेपाली काङ्ग्रेस नै अझ कमजोर पर्दै जानु हो । नेपाली काङ्ग्रेसमा आबद्ध रहेर विषयको गम्भीरता माथि छेडखानी गर्दै अपमानजनक ढङ्गले अप्रजातान्त्रिक र अलोकतान्त्रिक अभिव्यक्ति दिनुले नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा अास्था र विश्वास राख्ने हरेक नागरिकको चित्तमा ठेेस पुग्न सक्छ । संयमित रहेर हरेक चुनौतीलाई अवसरमा बदल्ने प्रयास गर्नु र लोकतन्त्रको लागि अाफुलाई पक्षमा रखेर सामाजिक एकता र जनताको चेतनामा वृद्धि गराउन हरदम लागि पर्नुको विकल्पमा नजाअौं।


पहिले आफु बहुराष्ट्रियवादी हो होईन स्पष्ट हौं अनि अाफु सहभागी भएको दल बहुराष्ट्रियवादी हो होईन ठम्याअौं । नेपाल र नेपाली समाज के हो भन्ने सवालमा नेपालको संविधानले स्पष्ट बोलेको छ जसरी श्रीमद्भागवत गितामा धर्म, अर्थ, काम, मोक्ष, कर्म, संसार, योग, भक्ति, मायाक, पूजाका विषयमा उल्लेख छ। नेपाली समाजमा शान्ति र सद्भाव चाहने जुनसुकै दलका स्वयंसेवक, वा समाजका सदस्यले अाफ्नो अभिव्यक्ति प्रस्तुत गर्दै गर्दा मानवतावादी र सामाजिक न्यायको विषयको केन्द्रमा रहेर दिदा "सर्वे भवन्तु सुखिन: । सर्वे सन्तुनिरामय: ।।" को आदर्शको सार्थकता हुनेछ । नत्र मुखमा रामराम बगलीमा छुरा भने जस्तै हुनेछ ।


संकिर्ण संस्कृति

  नेपालको प्रगतिको बाधक नेपाली समाजको अघोषित संस्कृतिमा रहेको संकिणता पनि हो जसले सामाजिक सद्भाव बिथोलि रहेको पाईन्छ । यहाँ हरेक विषय र मुद्दाको व्यक्तिगत वा सामुहिक अर्थ, परिभाषा र अवधारणा निर्माण गरेर अफवाह फैलाउनेको सक्रियता दिन दुईगुना रात चौगुना रहेको पाईन्छ। जबकि त्यस्ता संवेदनशील विषयको भाव, अर्थ, महत्व र प्रयोग अाम सहमतिलेले निर्माण गरेमुताविक विश्वव्यापी मान्यता अनुरूपको हुुुनु पर्ने हो । 


नेपाली समाजमा अाफ्नो पक्षको वा अाफुलाई समर्थन गर्ने विषय रहेको मात्र सही र सत्य मान्ने ठान्ने कमजोर र पक्षपाती संस्कृतिले जरागढेर बसेको रहेछ । तथ्य र न्यायिक विषय सुन्न सक्ने र बोल्नसक्ने संस्कृतिको विकास नगराए सम्म नेपाल जंगल झै रहनेछ जहाँ न्यायको कुनै नियम हुदैन । बुद्ध जन्मिएको देशको प्रेम, करूणा, अहिंसा, न्याय र मानवताको सवालमा निकैनै कमजोर अवस्था रहेको स्विकर्न अलि गार्‍हो हुन सक्छ तर यथार्थ यही नै रहेछ। नेपाली समाजको मानसिकतामा शान्ति र भौतिकतामा सुरक्षा सुनिश्चित गर्ने पहिलो र मुल मन्त्र नै मानवता हो जो अहिंसा, करूणा, र न्यायको मन, वचन र कर्म बाट सम्भव रहेको हुन्छ। 


हाम्रो व्यक्तिगत र सामुहिक दैनिकीको संस्कृतिले सिङ्गो देश र समाज दिनदिनै र पलपल पछि परिरहेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन। केपी ओलीहरूको भौतिक शरीरको जन्मदाता मात्र नभई आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, मनोवैज्ञानिक जननी पनि यही समाज भएको नकार्ने ठाँउ कतै नभएको स्विकार्दै । अबको दिनमा वर्तमान प्रवृत्तिका केपीहरूलाई जुन ढङ्गले निर्माण गरियो त्यस कुराको जिम्मा लिएर, त्यस्ता संस्कृतिको विनिर्माण गर्दै, भविष्यका गुणस्तर केपिहरूको पुन:निर्माण र जागरण गर्ने प्रण आजै नगरे हाम्रो पतनका कारण अरूलाई लगाउन महामूर्खता हुनेछ।


संस्कृतिलाई उदार एवं मानवतावादी बनाउने र विश्वव्यापी मान्यताको मन, वचन र कर्मको पुन:निर्माण गर्नुको विकल्प नखोजौं। उदारवादी सामाजिक संस्कृति नै हाम्रो आधार हो।




राज्यले निश्चित मृत्युलाई टार्न सक्छ


मृत्युलाई रोक्न सकिन्न तर केही समयका लागि टार्न सकिन्छ । त्यो टर्न सक्ने  सामाजिक संस्था मध्यको एक शक्तिशाली संस्था हो "राज्य" । राज्यको लापरबाहीका कारणले अाएको अकालको वा असामयिक मृत्युको दोष राज्यले लिनु पर्दछ । काल नाम गरेको ईश्वरलाई मृत्युको दोष लगाउनु लाई पनि अन्धविश्वास मान्न सकिन्छ । शक्तिमा रहेको उत्तरदायी पद, व्यक्ति वा सम्बन्धित संस्थालाई दोषमुक्त राख्ने अत्यन्त घातक एवं अन्धविश्वास प्रथा हो काल, जसले मृत्यु निश्चित गर्दछ भन्ने मान्दछ । 


समाजलाई अन्धविश्वासमा रख्न चाहनु मात्र अपराध नभई अन्धविश्वासमा रमाउन खोज्नु पनि अपराधीक गतिविधि हुनसक्छ । मानवशास्त्री डोरबहादुर बिष्टले भन्नु भए जस्तो अन्धविश्वास, नातावाद र कृपावाद नै नेपाली समाजको शत्रु हो । अन्धविश्वासलाई जब सम्म नेपाली समाजले पालन पोषण गर्ने छ तब सम्म ऐ ले कहिले उभोलाग्न दिदैन । यो शरीरमा रहेको घातक दिर्घरोग समान हो त्यसैले समाजलाई व्यवहारिक र वैज्ञानिक बनाउनुको विकल्प खोज्नु रोज्नु अाफु र अाफ्नो भावि पुस्ताको जीवन संगको खेलवाड हुनेछ। 


यस्ता विभिन्न खालका अप्राकृतिक दूर्घटनाले निम्त्याएको सबालमा राज्यलाई दोष लगाउनु वा राज्यले जवाफदेहिता लिनु वास्तविक र व्यवहारिक हो भने ईश्वरलाई दोषी देख्नु वा ईश्वरको कारणले भनेर मान्नु अन्धविश्वास हुनसक्छ । राज्यले मृत्यु रोक्न सक्दैन तर टार्न सक्छ भन्ने विषयलाई चिन्तन, अध्ययन र अभ्यास गर्ने बेला आएको छ । मानव र प्रकृतिलाई हानिकारक रहेको संस्कृतिको रूपमा रहेको अन्धविश्वास जस्तो प्रथालाई कुनैपनि समाजले परंपरा र संस्कृतिको नाम दिनु सामाजिक अपराध हुन सक्छ । 


नेपाली समाजले अन्धविश्वासलाई दफ्नाएर व्यवहारिक मानवतावाद र वैज्ञानिक सामाजिक न्यायको अवशेष लाई त्यो कपरिस्थानबाट खनेर निकाल्ने र सामाजिक पुनःजागरण गर्दै वास्तविक समतामुलक पुनःजीवन जिउने समयकालागि अलिकति पनि ढिलाई गर्नु हुन्न। राज्यको लापरबाहीका कारणले नागरिकको धन, मान, प्राणको नोक्सानीको  घटनालाई दशा, काल र ईश्वरलाई दोषलगाउनु कुरिति, कुसंस्कृति वा अन्धविश्वास मान्ने कि नमान्ने! कालले आफ्नो अाधिकारिक लेटरहेडमा कसैलाई मृत्युको समय, स्थान र प्रकृतिका विषयमा पत्रचार गरेको प्रमाण छ र ? त्यससैले नागरिकको जीवनप्रत्याशाको निश्चित जीवनमा गुणस्तर  मनोरञ्जनको जिम्मा लिने आधिकारिक संस्था राज्य (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) नै हो नकि कथित ईश्वर।

Saturday, February 27, 2021

बौद्धिक भ्रष्टाचार

 नेपालमा श्रीमद्भगवद गीता र ऐतिहासिक द्वन्दात्मक भौतिकवाद (माक्र्सवाद)को सहारामा धेरैले आफ्नो जीवन सुधारेका छन्। निजी र निश्चित समुहको स्वार्थका लागि गीता र  माक्र्सवादको मर्म र भावना प्रति हुदै गरेको अपव्याख्या रूपी छेडखानी वा बौद्धिक भ्रष्टाचार गर्ने त्यस्ता पात्र भ्रष्ट पात्र हुन्।


 के यो पत्थर साँचैमा देवता हो त! तर समाज द्वारा यसलाई देवताको प्रतिनिधित्व  मानिन्छ भन्ने विषय नकार्न सकिन्न। अक्सर विषयवस्तुलाई समाजले अर्थ लगाएको र सहमतिका आधारमा मान्यता निर्माण गरेको कुरा मान्नु पर्दछ।


प्रकृतिले कुनै पत्थरलाई देवता बनेस् भनेर निर्माण गरेर आशिर्वाद दिईएको हुदैन तर त्यसलाई त्यसैको फरक आकृति भएकै कारणले समाजको सामाजिक  संरचनाले अर्थ र परिभाषा लगाईदिन्छन्। यस पत्थरले पनि समाजमा रहेका विविधता अन्तर्गत कुनै निश्चित समुदायको सांकेतिक अन्तरक्रिया गरिरहेको देख्न सकिन्छ। 


यो तस्बिरमा देखिएको पत्थरलाई मान्यता, अर्थ र परिचय समाज द्वारा दिइएको हो नकि कुनै स्वर्गको जनादेश वा आकाशवाणी भन्न सकिन्छ। यस पत्थरले सामाजिक संस्था धर्म अन्तर्गतको हिन्दु सम्प्रदाय/ समुदायको पक्षमा अन्तरक्रिया गरिरहेको देख्न सकिन्छ।


एकतंत्रीय शासन व्यवस्था

 एकतंत्रीय शासन व्यवस्था (Autocracy System) आफैमा अभिशाप हो र यदि हो भने उद्धार प्रजातान्त्रिक व्यवस्था (Liberal Democratic System) ले नेपालको विकास र समृद्धिको अभ्यास किन सफल देखिएन! 

कुनै व्यवस्था आफैमा अभिशाप र वरदान नभइ उक्त समाजको सामाजिक सांस्कृतिक संरचनाले त्यस्ता व्यवस्थालाई अभिशप्त र वरदान बनाएका हुन्छन्। नेपाली समाजले यस्ता गहन र संवेदनशील विषयलाई बहसको विषय बनाउने समय आएको छ। के यो सत्य हैन र!

राधे राधे!


 नेपाली समाजमा देखिएको व्यप्त विचलन र जघन्य अपराधको कारण नेपाली समाजको कुल, देवी-देवता बिग्रेको मान्नु वा अन्य कुनै अदृश्य शक्तिलाई दोष देखाउनु भनेको अाफु पन्छिनु हुन सक्छ। समाजमा भएको असमानताका कारणले  स्थापित र संस्थागत विचलन र अपराधको जड त्यही सामाजिक कारण हो भन्ने निष्कर्षमा पुगिदैन यस्तो क्रियाकलाप रहिरहनेछ, जहिले सम्म कुनै निश्चित व्यक्ति वा ईश्वरलाई दोषी देखिन्छ तबसम्म। 


विभिन्न प्रकारका भ्रष्टाचार साथै बलात्कार पछि हत्या जस्तो जघन्य अपराध सामाजिक असमानता कै कारण हो नकि लोभ र रोग।


 सामाजिक आर्थिक स्तरमा जब असमानता बढेर जान्छ तब सामाजिक सम्बन्धहरूमा दरार पैदा हुन्छ। त्यसको एक उदाहरणी समाज हो नेपाल। अनि यस्तै अवस्थाको समाजले भन्दछ हत्य, हिंसा, बलात्कार अपराध गर्नेलाई फाँसी देउ।


हो फाँसी दिनु पर्दछ तर त्यो अपराधीक विचार जन्माउने असामाजिक सामाजिक संस्कृति र असमानता स्थापित गर्ने पक्षहरूलाई दिनु पर्दछ जसले निश्चित व्यक्ति वा समुहको पक्ष र हित हुनुलाई न्याय मान्दछ र त्यसैलाई अभ्यास गर्दछ। तब अपराध सकिनेछ नत्र अपराधीलाई सजाए दिएर अपराध निर्मूल हुन्छ भन्ने कसैले विश्वास राख्दछ भने उसले अपराध र अपराधीक गतिविधि समाप्त गर्नेको पक्षमा नभई अझ समस्या बढाउने पक्षमा वकालत गर्दैछ भन्ने मान्न सकिन्छ। 


अपराध र अपराधी के हो! के अपराधी वंश र जन्मको कुण्डलीको आधारमा हुन्छ! अपराध र अपराधीको मुल कहाँ छ! अपराधी पात्र समस्या हो कि अपराध विचार समस्या हो! यो कसैले दिएको अभिशाप हो कि समाज आफैले जन्माएको, हुर्काएको र पोषेको त हैन! जस्ता विषय अध्ययन गम्भीरतापूर्वक गर्नु पर्ने समय आजै र अहिले देखि खोजी गर्ने बेला भएको छ।


अपराधीलाई भन्दा अपराधीक गतिविधि जन्माउने त्यो पक्षको खोज गरि समाधानको पाटोलाई महत्व दिदै समाजले मानव आफु अपराधको सिकार हुन र मानवलाई अपराधी हुन बाट बचाअौं। स्थायी र दिगो समाधान खोजौं रोजौं।


 फरक आकृतिको ढुङ्गोलाई देवता बनाएर पुजा गर्ने नेपाली समाजको संस्कृतिलाई गलत भन्न मिल्दैन तर त्यसैको आदतले शक्तिशाली पदमा रहेका निश्चित कर्मण्य वा अकर्मण्य व्यक्तिलाई देवत्वकरण गर्नु ले समाजको भविष्य अन्योलमा नपर्ला भन्न सकिन्न। 


राष्ट्रसेवक कुलमान घिसिङ होस वा वैज्ञानिक महावीर पुन, जनता र संविधान भन्दा माथिको सम्झने कार्यकारी प्रमुख खड्गप्रशाद अोली होस् वा मांसाहारी क्रान्तिका अगुवा पुष्पकमल दाहाल जोसुकै हुन् त्यस्ता पात्रलाई तिनको विचार र व्यवहारको आधारमा प्रसंसा र आलोचना गरिनु पर्दछ नकि देवत्वकरण। जहाँ विचार, आदर्श, सिद्धान्त र व्यवहार भूमिगत रहन्छ तब देवत्वकरणको नामको विधि, व्याख्या र प्रयोग, शक्तिमा रहन्छ।


देवत्वकरण हाँस्यास्पद हो। देवत्वकरण गर्ने संस्कारले समाजलाई कुन दिशा तिर डोर्‍याउदैछ भन्ने विषयले मन भित्रको पिडा देखाउनु सुनाउनु व्यर्थ हो लाग्छ।


असामाजिक बफादार

 

एक बालिकाको हत्या हुदा मौन रहने, न्याय भन्दापनि अाफ्नो र अर्काको छुट्याउन सिपालु पार्टीका बफादार साथीहरूको हितैसीलाई पक्राउ पुर्जी थमाउदै गर्दा पनि बफादारी निभाउदैछन्। बस फरक यति हो, कहिले मौन रहेर त कहिले सडकमा प्रदर्शन गरेर। 


यस्ता प्रतिनिधि क्रियाकलाप नेपाली समाजको विशेषता हो न कि कुनै निश्चित राजनिती दल मात्रको। समग्रमा सरम अन्याय नदेख्ने तिनलाई होईन अाफ्ना मात्र चिन्ने तिनलाई यस्तो असामाजिक विचार दिने सामाजिक संस्कृतिलाई लाग्नु पर्ने हो, जसले निर्मला, भागिरथी र झाँक्री लाई परेको अन्यायमा कहिले मौन त कहिले प्रदर्शन गर्न सिकाउदैछ। 


हदै सम्म गिरेर बिरोध गर्ने र कसैले थुकेको थुक चाटेर समर्थन गर्ने संस्कारको विकासले समाजलाई दिनदिनै सद्भाव, शान्ति, एकता र न्यायको होस नभएको क्रूर असामाजिक बनाउदैछ।


 वि.सं. २००७ सालमा नेपाली समाजको गर्भमा बीजारोपण गरेको प्रजातन्त्रको सुन्दर भ्रूण २०१७ सालमै तुहिसक्यो भन्ने विषय धेरैलाई थाहा छ। तर पनि थारो समाजले प्रजातन्त्र जन्माउछ भनेर होहल्ला मचाएर केही व्यक्ति र समुहले भरपुर स्वार्थ लुटिरहेको देखिन्छ। कहिले सम्म त्यसरी झुक्याएर, ठगेर अाफ्नो दुनो सोझ्याउने अनि कहिले सम्म अाफु ठगिने! थाहाछैन किन हो यो समाज त्यस्तो ईन्द्रजालीको चंगुलबाट साथै त्यो छल र भ्रम बाट निस्कन चाहदैन! 

तर यो समाजले ढिलो चाँडो किन नहोस् प्रजातन्त्रको अझ विकसित ब्रिड कल्याणकारी एवं उद्धार प्रजातन्त्र जन्माउनेछ, स्थापित र संस्थागत गराउछ गराउछ, विश्वास छ।


विद्यामा सरस्वतीको बास

 


सरस्वतीको बास त्यहाँ हुन्छ जो मेहनतका साथ अध्ययन, चिन्तन, प्रयोग, अभ्यास र खोज गर्छन् नकि पुजा मात्रमा।


एक जना कोही छैनौं हामी यस समाजमा जो सरस्वतीको पुजा गरेर मात्र विद्वान भएको हौं भन्ने, तथापि माता सरस्वती प्रतिको श्रद्धाभावको संस्कृतिलाई नकार्न मिल्दैन। जहाँ विद्या छ त्यहाँ  सरस्वतीको बास हुनसक्छ तर सबै सरस्वती पुजा गर्ने समाज संग विद्या हुन्छकी हुदैन भन्ने विषयको अध्ययन गर्न जरुरी छ। पुजा गरेर मात्र विद्या हासिल हुनेभए नेपाली समाजको वर्तमानको परिस्थिति यस्तो नहुनु पर्थीयो। नेपाली समाजले यस्ता धेरै विषयहरूमा थोरै मात्रामा पुन:निर्माण गर्न सके भावी पुस्ताले अधिक लाभ लिन सक्नेमा दुईमत हुदैन थियो, नेपाल नेपालको वास्तविक परिचयमा पुग्ने थियो।


आध्यात्मको अर्थ, परिभाषाको व्याख्या विश्लेषणमा भएको बौद्धिक भ्रष्टाचारले आज त्यो शक्तिशाली आध्यात्म अन्धविश्वासमा परिणत हुदैछ। माता  सरस्वती बौद्धिकता र व्यवहार संग पनि  जोडिएको  छ नकि पवित्र  पुजा अारधना संग मात्र। नेपाली समाजले आफ्नो अध्ययन, अनुसन्धान, चिन्तन, प्रयोग र खोजमा विद्या खोजने कि माता सरस्वतीको प्रतिकमा! त्यो तत्कालीन समाजले सरस्वती माताको प्रतिकको निर्माण जुन मर्म र भावनाले सुरू गरिएको थियो त्यो अवधारणा र व्यवहारमा परिवर्तन आएको मान्न सकिन्छ।


दोषी पितृसत्ता

न त शारीरिक रूपमा, न त मानसिक रूपमा नारी कमजोर हुन्छन् बलकी कमजोर त यो समााज द्वारा बनाईएको हुन्छ (Social fact theory)। यसको क्षतिपूर्ति पितृसत्ताले भरपाई गर्नु पर्ने हुन्छ। 


पितृृृृसत्ता अाफु शक्ति हत्याउन र शक्तिमा रहिरहन नारीलाई हरक्षेत्र (अार्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, शारीरिक,मनोवैज्ञानिक, लगायत)बाट अाक्रमण गरि ति पक्षहरूमा कमजोर बनाईएको पाउन सकिन्छ।  समाज रूपी गाडाको एक पाङ्ग्रा (अाधा हिस्सा) लाई ति अमानवीय र असामाजिक पितृसत्तात्मक संस्थाले योजनाबद्ध ढङ्गले कमजोर साबित गराई बहिस्करणमा पारेर एक पाङग्राले विकास र समृद्धिको लक्ष्यमा पुग्ने विषय उठान गर्नु सरासर ठगी हो। यस्तो असंतुलित, रोगी, समाजले सामाजिक सम्बन्धहरूमा दरार पैदा गर्दछ जो सभ्य समाज निर्माणको खिलाफमा कार्य भईरहेको हुन्छ।


शक्तिलाई बहिष्कारण र शोषण गर्ने साधनको रूपमा प्रयोग गरिनुले निम्तिने संकटले न्याय, समानता, समतामुलक समाज निर्माण गर्न सम्भव हुन्न। अाफु र अाफ्नो समाजमा यस्तो असमानता, बेमेल र दरार पैदा गर्ने मानिस प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी हो भन्नु हाँस्यासपद हो। विश्वसमाजको सम्पूर्ण अवस्थालाई सुक्ष्म र वृहत ढङ्गले अध्ययन गर्दा कतै र कुनै पक्षबाट मानवलाई सर्वश्रेष्ठ भन्ने अाधार नभएको पाउन सकिन्छ। शोषण, दमन, बहिस्कारण, अन्याय, असमानताको पक्षपोषण गर्ने, अाफुले अाफुलाई सर्वश्रेष्ठ प्राणी मान्ने मानवको अाफ्नो समाज के यस्तै असंतलित हुनु पर्ने हो त!

अपराधी पितृसत्तालाई दण्डदिने फेरि पनि यही शक्तिशाली समाज नै हो जसले चाहादा जे पनि र जस्तो पनि सम्भव छ।

#महिला_फुटबल


हिंस्रक राजसंस्था

वि.सं. २००७ साल अघि देखि २०६२/०६३ को जनअानदोलन सम्म जति पनि राजनीतिक उथलपुथल भयो र त्यसका कारणले जति पनि अार्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, भौतिक वा अभौतिक नोक्सानी वा विचलन भए साथै नागरिक मारिए, सहिद भए, बेपत्ता भए र घाइते भए त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन राजा र राजसंस्थाले लिनु पर्दछ। किनकि त्यस समयमा रहेको संविधानमा त्यस्तो विशेष अधिकार राजसंस्था र राजामा नै निहित थियो। 


राजा र राजसंस्था अाफु शक्तिशाली बन्न र शक्तिमा रहिरहन गरेको भड्किलो र हिंस्रक क्रियाकलापको परिणाम थियो कथित सशस्त्र संघर्ष, जनयुद्ध र जनअान्दोलन जसका कारणले १७ हजार भन्दा बढी नेपालीको ज्यान गएको थियो। त्यस्तो व्यक्ति, पद वा संस्था जो जनता माथि नियन्त्रण चाहने,  शक्तिविकेन्द्रीकरण र शक्तिपृथकिकरण गर्न नचचाहने त्यो राजा र राजसंस्था कसरी प्रजातान्त्रिक हन्छ  थियो!


इतिहास साक्षी रहेेको अालो अमानवीय र हिंसात्मक घटनाक्रमले बोकेको तथ्य कुरालाई विषय विज्ञहरूले किन मोडदैछन्, लुकाउदैछन् र अाम नागरिकहरूलाई तथ्यगत कुरादेखि टाढा राखिदैछ वा छुट्टै भ्रम सृजना गराईदैछ! मानवरूपि करदाता नागरिकलाई रैती मान्ने त्यो प्रवृत्ति व्यक्ति वा संस्था, राजा होस् या स्थायी, अस्थायी सरकारका प्रतिनिधि, ति अमानवीय र असामाजिक हुन्। 


ऐतिहासिक सन्दर्भलाई अाधार मानेर बिना कुनै प्रभावमा नरही सुक्ष्म र गहिरो अध्ययन गर्ने हो भने अाजको यस्तो विकराल अवस्था र स्थितिमा पुर्याउने पहिलो एवं  प्रमुख तत्व र पक्ष त्यो तत्कालीन राजा र राजसंस्था हो र थिएन भनेर मान्नु कुनैन कुनै स्वार्थ वा प्रभावमा परेर जानाजान गरेको समर्थन हो वा भ्रम हो। यस्ता स्वाार्थ र भ्रमबाट ननिक्ले सम्म देश र समाजको दुर्गतिको जिम्मेवारी हामी समाज वा नागरिकले लिनु पर्दछ। 


 नेपाल र नेपाली समाजमा लोकतन्त्र/प्रजातन्त्रको वकालत र प्रयोग गर्ने एक मात्र  लोकतान्त्रिक दल वा संस्थाले लोकतन्त्र संस्थागत गर्न गराउन नसक्नुको कमिकमजोरीको अात्मअालोचना गर्नु पर्ने हुन्छ। र जनताको विश्वासको मत लिएर विधिको शासनको कार्यान्वयन गर्दै  लोकतन्त्र स्थापित गराउन हरप्रयासमा रहनु पर्दछ। 


नेपाली समाजले राजालाई पदच्युत र राजसंस्था विघटन गर्नुको पछाडिका कारण राष्ट्रियताको केन्द्र बन्नु पर्नेमा अाफुनै सर्वशक्तिकेन्द्र बन्न खोज्नुको परिणाम हो। श्रीपेच बोकेको खोपडीले राजदण्डलाई हतियार बनाए जसले राजालाई हिंसात्मक बनायो, अपराधी बनायो। यस्तै प्रवृत्ति फेरिपनि नदोहोर्‍याउन विगतबाट पाठ सिक्न जरुरी छ।