Wednesday, October 20, 2021

नेपाली समाजमा अलोकतान्त्रिक (अर्ध-सामन्तवाद र दलाल पुँजीवादी) अभ्यास

 


नेपाली राजनीतिमा लोकतान्त्रिक अभ्यासको विकल्पमा अझ उद्धार लोकतान्त्रिक अभ्यास गर्नुपर्नेमा लोकतान्त्रिक विधि, पद्धति र प्रणालीको नाममा अतिवाद, उदण्ड र भड्किलो क्रियाकलाप भईरहेको पाउन सकिन्छ । नेपाली समाजको हकमा यसको पछाडिका कारणहरू मध्ये पहिलो विश्व पुँजीवादी संरचनात्मक व्यवस्था हो भने दोस्रो अान्तरिक अर्ध-सामन्तवादी दलाल पुँजीवाद नै हो । अर्ध सामन्तवादका कारण अाज पनि शक्तिलाई देवत्वकरण (अन्धविश्वास) गर्ने उदण्ड प्रथा छ भने पुँजीवादका कारण कुनैपनि त्यस्ता क्रियाकलाप अार्थिक रूपमा भड्किलो हुँदै गईरहेको प्रमाणहरू पर्याप्त देख्न सकिन्छ । 


पद र अख्तियारमा बसेका प्रतिनिधि/सेवक होस् वा अार्थिक रूपमा हुनेखाने लाई गरिखानेले उच्चकोटीमा राख्ने गरेको पाईन्छ जो अलोकतान्त्रिक (सामन्तवादी) अभ्यास हो । त्यस्तै विश्व पुँजीवादका कारणले सानादेखी साना कार्यक्रम (प्रथाजनिक उत्सव/कार्य देखि विभिन्न तहको अधिवेशन/निर्वाचन) पनि आर्थिक प्रभावका कारण भड्किलो जस्तो देखिन्छ । सामाजिक संस्थाहरूको हकमा यसको समसामयिक उदाहरण जस्तै नेपाली राजनीतिमा नेपाली काङ्ग्रेसको १४अौं महाधिवेशन र हाल भईरहेको नेकपा(एमाले)को विभिन् घोषित अघोषित कार्यक्रम साथै पहिलो विधान महाअधिवेशन । व्यक्तिगत पारिवारिक रूपमा पनि जन्म देखि विवाह र मृत्यु पश्चातका कार्यक्रमहरूमा देखिएको गैरकानुनी भड्किलो अार्थिक क्रियाकलाप । एकै समाजमा आबद्ध मानव मानव बिचको यो भगवान र भक्तको गहिरो वर्गीय खाडल अनि आर्थिक क्रियाकलापको बाध्यता संरचनात्मक बाध्यता हो भने निकाय (व्यक्तिगत) सहभागिताको आकर्षणका कारण पनि हो । 


पद र शक्तिलाई पुज्नु र आर्थिक क्रियाकलापमा आबद्ध हुनु व्यक्तिको मात्र दोष नभई सामाजिक संरचनात्मक बाध्यता पनि हो ।

#लोकतन्त्र #मार्कसवाद #संरचना #निकाय


No comments:

Post a Comment