We need to talk for making conscious society. We need to talk about an inequality & injustic.
नारीको विवाह पश्चात आफ्नो नामको अगाडि पछाडि हटाएर वा त्यसै माथि पतिको जात, थर, गोत्र, पाछा अनिवार्य राख्नु वा थपनु पर्दछ भनेर कुनै राज्यको कानुनको धारा उपधारामा उल्लेख गरेको छ र ! यस्ता मूल्य मान्यताको अस्तित्व सामाजिक हो न कि प्राकृतिक वा कानुनी ।
विवाह पश्चात पत्नीले आफ्नो जात थर परिवर्तन गर्नु पर्दछ भन्ने विषय सामाजिक सहमतिका नाममा पितृसत्तात्मकता बाट प्रभावित र निर्मीत नियमका नामको संस्कृति, प्रथा वा परंपरा मात्र हो । अनिवार्य रूपमा परिवर्तन गराउनु पर्छ भनेर दबाब दिनु अपराध हो भनेर मान्न सकिन्छ । नारीको अाफ्नो पहिचान, अधिकार र स्वायत्तता माथिको भईरहेको शोषण, दमन, असमानता, अन्याय नभई त्यो भाग्य र प्राकृतिक हो जो सहनु र्छ भन्ने सम्मको खेल खेलेको छ विश्वपितृसत्ताले । पितृसत्ता मानिसको मस्तिष्कमा ईन्जेक्ट गरिएको घटिया संस्कृति हो, निच सामाजिकिकरण हो ।
पितृसत्ता कुनै व्यक्ति वा पुरूष नभई यो अन्याय र असमानतामा रमाउन चाहने निकृष्ट विचार र व्यवहार हो । पृथ्वीको अस्तित्व देखि आज सम्मको समाजिक सभ्यतामा सबैभन्दा घातक र विषालु विचार र व्यवहार हो पितृसत्ता । यसको अस्तित्व, यौवन र दादागिरी कहिले सम्म रहने हो यकिन भने छैन । यो अचेतनाको विशेषता र संकेत हो भने चेतना संगै यसको शक्ति निष्क्रिय र कमजोर हुदै जाने साथै निर्मूल हुदै जाने हुन्छ । पितृसत्ता संस्कृति व्यक्ति वा समाजको गुणस्तर चेतनाको स्थिति र अवस्थाको तह हो ।
विवाह पश्चात सामाजिक संस्कृतिको नाममा नारीले अाफ्नो नामको अगाडि पछाडिको जात, थर, गोत्र, पाछा हटाउने वा थप्ने भनेको पितृसत्ताले लैङ्गिकताको आधारमा नारीको व्यक्तिगत पहिचान र अस्तित्वमाथि गरेको खेलबाड हो । जब सम्म समाजरूपि महासागरमाथि बहने पानीजहाजको क्याप्टेन पितृसत्तात्मक रहने छन् तब सम्म न्यायको किनारामा पुग्ने विषय मुम्किन हि नही नामुम्किन हैं । न यो जहाज डुब्न दिन्छ नत न्यायमूखी यात्र बन्न दिन्छ । कृस्चियन, मुस्लिम र हिन्दु पितृसत्ता विश्व न्यायिक समाज निर्माणको बाधक हो ।
सभ्य समाजको निर्माणका लागि न्यायीक र मानवतावादी बहस गरौं ।
We are on the same boat of hegemony of patriarchy. We need to talk about gender & personal identity in term of social inequality.

No comments:
Post a Comment