Saturday, February 27, 2021

विद्यामा सरस्वतीको बास

 


सरस्वतीको बास त्यहाँ हुन्छ जो मेहनतका साथ अध्ययन, चिन्तन, प्रयोग, अभ्यास र खोज गर्छन् नकि पुजा मात्रमा।


एक जना कोही छैनौं हामी यस समाजमा जो सरस्वतीको पुजा गरेर मात्र विद्वान भएको हौं भन्ने, तथापि माता सरस्वती प्रतिको श्रद्धाभावको संस्कृतिलाई नकार्न मिल्दैन। जहाँ विद्या छ त्यहाँ  सरस्वतीको बास हुनसक्छ तर सबै सरस्वती पुजा गर्ने समाज संग विद्या हुन्छकी हुदैन भन्ने विषयको अध्ययन गर्न जरुरी छ। पुजा गरेर मात्र विद्या हासिल हुनेभए नेपाली समाजको वर्तमानको परिस्थिति यस्तो नहुनु पर्थीयो। नेपाली समाजले यस्ता धेरै विषयहरूमा थोरै मात्रामा पुन:निर्माण गर्न सके भावी पुस्ताले अधिक लाभ लिन सक्नेमा दुईमत हुदैन थियो, नेपाल नेपालको वास्तविक परिचयमा पुग्ने थियो।


आध्यात्मको अर्थ, परिभाषाको व्याख्या विश्लेषणमा भएको बौद्धिक भ्रष्टाचारले आज त्यो शक्तिशाली आध्यात्म अन्धविश्वासमा परिणत हुदैछ। माता  सरस्वती बौद्धिकता र व्यवहार संग पनि  जोडिएको  छ नकि पवित्र  पुजा अारधना संग मात्र। नेपाली समाजले आफ्नो अध्ययन, अनुसन्धान, चिन्तन, प्रयोग र खोजमा विद्या खोजने कि माता सरस्वतीको प्रतिकमा! त्यो तत्कालीन समाजले सरस्वती माताको प्रतिकको निर्माण जुन मर्म र भावनाले सुरू गरिएको थियो त्यो अवधारणा र व्यवहारमा परिवर्तन आएको मान्न सकिन्छ।


No comments:

Post a Comment