यही छ र त समाज चलेको छ:
पुँजीपतिहरू लगानी, नाफा र पुनः लगानीमा विश्वास राख्छन्।
लक्ष्मी पुजा (भाग्यवाद)मा विश्वास राख्छन् मध्यम वर्गीय।
रोजीरोटीका लागि रोजगारीमा विश्वास राख्छन् निम्न वर्गीय।
पुस्तौं पुस्तौंदेखि यत्तिका वर्ष भईसक्यो लक्ष्मीको पुजा गरेको तर राष्ट्र अाज पनि परराष्ट्रको ऋण, अनुदान र सहयोगमा चलेको छ। विश्व समाज २१अौं शताब्दीको उच्च पुँजीवादी उत्तरअाधुनिक समाजमा अाईसक्दा पनि अाखिर कहिले सम्म यस्ता अन्धविश्वासी संरचनाको नियन्त्रणमा नेपाली समाज रहने हो अझै टुङ्गो छैन।
व्यक्ति, समाज र राष्ट्र पुँजीपति नै बन्ने हो भने पुँजीवादको नयाँ मन्त्र जाप र पुजापाठ तिर नै लाग्नु पर्ने हुन्छ। पुँजीवादको देवता उद्योग हो भने यसको गायत्री मन्त्र (मुलमन्त्र) भनको लगानी, नाफा र पुनः लगानी हो।
नेपाली समाजलाई लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना!
No comments:
Post a Comment