Wednesday, April 1, 2020

पुनर्जागरणकालागि बौद्धिक क्रान्ति

नेपाली समाजका हरेक क्षेत्र समेटने सामाजिक तथा प्राकृतिक विज्ञानका विद्वानहरूले सामाजिक चेतनामा एकरूपताकालागि, पुनर्जागरणकालागि बौद्धिक क्रान्ति गर्न जरुरी देखिएको छ। नेपाली समाजको मुक्तिका लागि बौद्धिक एवं वैज्ञानिक सांस्कृतिक क्रान्तिको महसुस हुदैछ। नेपाली समाजको मुख्य शत्रु मन, वचन र कर्मको संस्कार हो जसको पहिचान भईसकेको छ।नेपाली समाजको सामाजिक संरचना वा व्यक्तिमा रहेको मन, वचन र कर्मको संयोग नहुनु नेपाललाई अभिषाप हो। सामाजिक संस्थाहरूको साझा लक्ष्य हासिल गर्ने ध्येय कतै देखिदैन, सबै अाफ्नै दौडमा देखिन्छ। कुनै सामाजिक संस्थाको त्याग, अनुशासन, नैतिकतामा गुणस्तर कतै देखिदैन। 
अब सामाजिक संरचनाका कारणले समाजमा नियमितता नअाएको हो कि सामाजिक संरचना निर्माण गर्ने व्यक्तिका अनियमितताले हो?
 दोष लगाउने व्यक्ति वा संरचना अन्यलाई अारोप लगाउदा अाफु पवित्र हुन खोज्ने संस्कार घातक हो।

No comments:

Post a Comment