"श्री पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा श्रद्धालु भक्तजनको स्वागतकालागि सजावट गरिएको फुल टिप्दा कसको के बिग्रियो र नटिप्दा कसलाई के फाईदा।"
AP1 TV Channel ले समेटेको श्री पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको स्वागतका लागि राखिएको ती फुलहरू टिपेको विषयमा संकलीत समाचारले अाफैमा च्यानल, प्रस्तोता र विकासकोषको चेतनारूपि नियत तल्लो स्तरको देखियो। यो सरासर अाम भक्तजनहरूको बदनाम गराउने नियत साथै अाफ्नो Ethics गुमाएको स्पष्ट देखिन्छ। खोजमुलक समाचार संकलन गरेर भ्रष्टाचार, अनैतिकता, विधिको शासनको पालना, मानव अधिकार र जनताको जनतान्त्रिक अधिकार माथिको हमलाका विषयमा नपुंसकता देखाउने त्यस्ता TV Channel ले सिङ्गो टिभी, रेडियो र सूचना प्रतिको विश्वास घटाउने कार्य गरेको छ।
अरू सम्पन्न र सभ्य राष्ट्रहरूमा फुल मात्र होईन गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ र रोजगारी बाँडछन् तर हाम्रो मुलुकमा त्यो अोईलिने र बिग्रिएर जाने फुललाई अाफैले शिवजीको प्रशाद सम्झेर टिपेर लानखोज्दा पनि अाफ्नै करदाता जनतालाई चोर र बाँदर भनेर बदनाम गाउने पशुपतिनाथ विकास कोष र त्यो फटाही च्यानल प्रति भ्रत्सना सहित ध्यानाकर्षण गराउद छौं।
पवित्र महाशिवरात्रिमा अास्था विश्वासका साथ उपस्थित श्रद्धालु भक्तजनको कार्य प्रति देवादिदेव महादेवले त्यस्तो कुनै अाकाशवाणी दिएका छैनन् तर सरल र सहज जीवनशैली रहेको भक्तजनरूपि, समाज प्रति त्यस्ता खोट नियत रहेको चोरलाई चोर, घुसखोरीलाई भ्रष्टाचारी भन्ननसक्ने त्यस्ता अाधिकारीक व्यक्ति वा संस्थाहरूलाई किन यत्तिको टाउको दुखाई। सक्छौ भने, तागत र पत्रकारीताको नैतिकता थोरै पनि छ भने, राष्ट्रका स्थायी र अस्थायी सरकारमा रहेका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा भईरहेको अार्थिक, नितिगत र न्यायिक भ्रष्टाचारका विषयमा अाम सर्वसाधरणलाई जागरुक बनाउ। होसमा नरहेको गाँजाको मातमा रहेको विकासकोष र नैतिकहिन पत्रकारीतालाई सजक रहन र सुध्रिन खबर्दारी गराउछौं। अाम श्रद्धालु भक्तजन एवं करदाता देवतारूपि जनाताको मान-सम्मान र मर्यादामा ठेस पुर्याउने नियत अाफैमा निच कार्य हो।
जनता र समाज प्रति बफादारी ननिभाउने, सत्ता, शक्ति, र भ्रष्टाचारको गुलाम गर्ने दलालहरूलाई बहिष्कार गरौं।
निर्मला हत्याकाण्ड, वाईड बडी, विभिन्न विधेयक, जग्गा प्रकरण, यति काण्ड, सत्तरी करोडको गोकुल सेटिङ्ग काण्ड साथै अार्थिक, नीतिगत र न्यायिक भ्रष्टाचार जस्तो पर्याप्त जघन्य अपराधका विषयमा सिङ्गो देशलाई सजक गराअौं।
अाज सम्म त्यो फुल नहुदा पनि महाकालरात्री मानिएको थियो र यस्ता अाफ्नै बदनाम गराउने फुल बिना नै फेरि पनि मान्ने छौं हर्षउल्लासका साथ।
No comments:
Post a Comment