Wednesday, April 1, 2020

जस्तो समाज उस्तै नेतृत्व

डियर कमरेड!
भ्रष्ट समाजले जन्माउने भ्रष्ट सन्तान नै हो। तर तै समाज अाफु पवित्र हुन पन्छिदै सन्तानलाई दोष लगाउछ। त्यही सन्तान हो वि.पि अनि के.पि.। हिजोको समाजको सन्तान विपि र अाजको समाजको सन्तान केपि। समाज र भूगोल त्यही हो तर हिजोको सरल समाज भन्दा फरक छैन वर्तमान समाज तर अादर्शमा मात्र परिवर्तन र रूपान्तरण अाएको छ बेजोडले। मौजुदा सामाजिक अादर्शले समाजको विकास र समृद्धिमा सकारात्मक भूमिका खेल्ने र निकास निकाल्नसक्ने अवस्थामा देखिदैन। यो अवस्था अपरिवर्तित र स्थायी त हैन तर दीर्घकाल सम्म रहन सक्नेमा दुईमत छैन। त्यसैले जस्तो समाज उस्तै नेतृत्व वा प्रतिनिधि हुन्छ भन्नेमा कुनै संका नरहोस्।
#जयसमाज

No comments:

Post a Comment