Sunday, July 28, 2024

देवतावाद, देवता र देवतावादी

 


देवतावाद, देवता र देवतावादी


• हामी (म) हाम्रो (मेरो) चेतनामा गढेर बसेको देवतावाद सँगको द्वन्द्वात्मक भौतिकवादको शस्त्र शास्त्रीय महासंग्राम हो । स्वयं भित्रको देवतावादलाई परास्त गर्नु छ ।


• हाम्रो लडाँइ हामी (म) भित्र भएको देवतावादको प्रभाव शून्य बनाउने अभियान हो । विश्वसमाजमा रहेको देवतावाद बुद्धहरूले त हटाउन घटाउन नसकेको भने हाम्रो वास्तविकता र धरातल निकृष्ट छ ।


• भौतिकवादले देवतावाद (Idea of god)को आलोचना गर्दा देवताले कुनै प्रतिक्रिया दिएनन् तर कथित देवतावादी हौँ भनेर मान्नेले स्विकार गर्न किन सक्दैन ? 


• यदि कोही मानव निजी सम्पत्तिको संकलन र आर्थिक वृद्धि गर्ने दौडमा छौँ भने हामी भौतिकवादी हो । देवतावादी हुन खोज्नु त देखावटी हो ।


• भौतिक वस्तुको उत्पादन, उपभोग गर्ने यस मानव समाजमा कोही पनि देवतावादी छैनन् । 


• आफुलाई व्यवहारमा देवतावादी प्रमाणित गर्ने कोही मानव छैनन् । भौतिकवादको व्यवहारमा देवतावादको गफ गरेर देवतावादी प्रमाणित गर्न खोज्नु स्वयंको बौद्धिक क्षमतालाई नोक्सानी गर्नु हो ।


• देवतावादको उत्पादन गर्ने मानव समाज हो । तर अन्धविश्वासको पराकाष्ठा नाघेर यति सम्म पुग्यो कि देवताले मानवको सृजना गरेको हो भन्ने भ्रम सृजना गराई सकियो । यस्ता भाष्य निर्माण गरेर काल्पनिकता र झुठलाई सत्य सावित गर्न खोज्नु समाजलाई अन्धकारमा धकेल्नु हो ।


(वैज्ञानिक समाज निर्माण अभियान)

No comments:

Post a Comment