देवतावादको प्रभाव
विश्व समाजमा आफुलाई देवतावादी ठान्नेले अरूको देवता, अर्काको धर्म र अरू देवतावादी किन स्विकार्न सक्दैनन् ? देवतावाद मान्ने र आफुलाई देवतावादी ठान्नेहरूको एकै देवता (एकल देवता र बहु देवता) किन छैन ?
देवतावाद देखावटी र बहसको विषय मात्र हो, यसलाई बहसको बखतमा मात्र वा लाभकालागि वा देखावटी गरेर आफुलाई देवतावादी सावित गराउन मात्र प्रयोग गरेको पाईन्छ । त्यस्तै समान विचार, वचन र व्यवाहार गर्न सक्नेहरूको समूह हो जो देवतावादका नाममा विभिन्न समुहमा विभाजित छन् । जो एक आपसमा विपरीत ठान्छन् अन्य देवतावादी समुहलाई जो विश्वसमाजमा स्पष्ट देख्न सकिन्छ ।
देवतावादीहरूको एकता असम्भव । देवतावादीहरूले विश्वसमाजमा एकै देवताव मान्नै सक्दैनन् । विश्वसमाजमा देवतावादीहरू एक हुनै सक्दैनन् । तर पनि गर्वका साथ आफुलाई देवतावादी ठान्छन् । देवतावादले मानवमा शान्ति, करूणा र मानवतावाद स्थापित गर्न असम्भव छ । आज सम्मको देवतावादले गर्न नसकेको कार्य समाजमा यही हो तर सबै भन्दा बढी वकालत र भजन गाईएको पनि यही शान्ति, करूणा र मानवतावादको नै छ ।
देवतावाद हिंसात्मक छ, देवतावाद अमानवीय छ, देवतावाद अधार्मीक छ, देवतावाद अनयायिक छ, देवतावाद भड्किलो छ, देवतावाद करूणाविहिन छ, देवतावाद अवैज्ञानिक छ, देवतावाद अलोकतान्त्रिक छ, देवतावाद मूख्य गरेर अव्यवहारिक र अन्धविश्वासी छ ।
("God is dead" is a statement made by the German philosopher Friedrich Nietzsche.)

No comments:
Post a Comment