देवतावादीहरूको एकता र सद्भाव असम्भव
देवतावादीहरू एक हुनै सक्दैनन् । देवतावादीहरू एक हुन नसक्नुले प्रमाणित गर्दछ कि यो देवतावाद मानव समाजलाई मिसलिड गर्न बाईएको सबैभन्दा उत्कृष्ट अवधारणा हो । हिन्दु, मुस्लिम, इसाई, लगायत धर्म र धर्मावलम्बीहरू एक आपसमा शत्रुताको विचार, वचन र व्यवहार प्रदर्शन गर्दछन् । तर भन्नलाई यी सबै धर्म र धर्मावलम्बी स्वयंलाई देवतावादी भनेर मान्दछन् । देवतावादी एकै हो फरक यतिहो कि कोही एकल देवतावादी कोही बहुदेवतावादी ।
एक देवतावादीलाई पीडा पर्दा अर्को देवतावदीलाई दुख्नु पर्ने हो तर यस्तो देखिदैन । देवतावादी देवतावादी एक हुनु पर्ने हो त्यो देखिदैन । देवतावदको ऐतिहासिक सन्दर्भको अध्ययन गर्दै वर्तमानको अवस्थालाई मूल्याङ्कन गर्दै भविष्यको पूर्वानुमान गर्दा सजिलोसँग तर्क राख्न सकिन्छ कि देवतावादको एकै अवधारणा भएपनि देवतावादीहरूको एकता असम्भव छ । देवतावदको अवसान स्विकार्न तैयार छन् तर देवतावादीहरूको एकता र सद्भाव स्विकार्न असम्भव देखिन्छ । अजिबौँ गरिब देवतावाद र देवतावादी । अप्प दिपो भवः।
देवतावादको एकता र सद्भावको बाधक र अवसानको कारक स्वयं देवतावाद हो । देवतावदको चरित्र हुन्छ नै त्यस्तो जसका कारणले स्वयंलाई विनाश तर्फ लगिरहेको हुन्छ । देवतावादका नाममा गरिएका हरेक क्रियाकलाप र अन्तरक्रियाले देवतावादको अवसान तर्फ लगिरहेको हुन्छ भने आफ्नो चिहान आफै खनिरहेको हुन्छ । अप्प दिपो भव:।

No comments:
Post a Comment