Wednesday, December 28, 2022

कविता

 वर्ग र अन्धविश्वास


तथ्य, न्याय र समतामा धार्मिकता देख्नु, भौतिकवादका कुरा ।

प्रभु पुकारेर असत्यलाई सत्य बनाउनु, अन्धविश्वासका कुरा ।।


गरिबी र असमानतामा भौतिकवाद देख्नु, माक्र्सवादका कुरा ।

पिडालाई अघिल्लो जन्मको पाप देख्नु, कर्मफलवादका कुरा ।।


शासक-शासित पदसोपानमा असमान पहुँच देख्नु, वर्गीय कुरा ।

असमान वितरणमा भगवानको कृपा देख्नु, भाग्यवादका कुरा ।।


समाजमा वर्ग देख्नु, ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादका कुरा ।

मानवमा अहिंसा, प्रेम-करूणा, समानता देख्नु, बुद्धवादका कुरा ।।


भ्रमको चेतनामा राख्ने, धर्मलाई अफिम हो भन्ने माक्र्सका कुरा ।

जातीय छुवाछूत,भेदभाव र लैङ्गिक विभेद गर्नु हुन्न, बुद्धका कुरा ।।

(मिति: २०७९ पुस १२ मंगलवार)


No comments:

Post a Comment