Wednesday, December 28, 2022

अलविदा कमरेड मन्दिल !

 अलविदा कमरेड मन्दिल !

हजुरले बोक्नु भएको समाज विकास, परिवर्तन र रूपान्तरणको त्यस आन्दोलनलाई हामी निरंतरता दिने छौं, अगाडि बढाउने छौं । यो समाज एकदिन समतामूलक समाजमा पुनःनिर्माण हुनेछ । सारा मानवले सुरक्षीत र न्यायिक आभाष गर्न पाउनेछ । त्यो एक दिन आवश्य आउनेछ ।


उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.७ स्थायी निवासी सामाजिक-सांस्कृतिक रूपान्तरणका अगुवा, साहित्यकार, समाजसेवी, माक्र्सवादी लेनिनवादी अध्ययन केन्द्र बेल्टारका संस्थापक, माक्र्सवादी अभियानता क. मन्दिल श्रेष्ठको मिति २०७९ पुस ८ गते शुक्रबार बिहान देह त्यागको खबरले हामीलाई स्तब्ध बनाएको छ । उहाँले गर्नुभएको सामाजिक-सांस्कृतिक योगदानलाई उच्च सम्मान गर्दै यो समाजलाई अपुरणीय क्षति पुगेको हामीले महसुस गरेका छौं ।


क. मन्दिल श्रेष्ठहरू आफैमा मानवतावादी विचार र गुणस्तर प्रवृत्ति हुन् जसको मृत्यु वा हत्या कहिले हुन सक्दैन । त्यस न्यायिक विचारले अर्को सयौं क. मन्दिलहरूको जन्म भईरहेको हुन्छ । जसको विचारमा वर्गीय संघर्ष छ, ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी चिन्तन छ, समाजलाई समतामुलक बनाउन उद्वत्त छ ती पात्र वा प्रवृत्ति माक्र्सवादी हुन र क. मन्दिल हुन् ।


वर्गीय संघर्ष निरंतर रहोस् !

कमरेड मन्दिल अमर रहुन् !!

अलविदा क. मन्दिल !!

✊💐🇳🇵💐✊


No comments:

Post a Comment