बालेन शाह र हर्ष साम्पाङवादी मतदातामा हार्दिक धन्यवाद
आफुलाई राजनीति दल ठान्ने, लोकतान्त्रिक समाजवादी संगठन ठान्नेले, साम्यवादी संगठन ठान्नेले स्थानिय तह निर्वाचनमा स्वतन्त्र उमेदवारको परिणाम विचार गरेर संस्था विघटन गर्ने तर्फको तैयारी गर्दा हुन्छ । यदि संगठन विघटन नगर्ने हो भने दलले आआफ्नो संगठन भित्र रहेको बालेन शाह र हर्ष साम्पाङ भन्दा सामाजिक रूपान्तरणका लागि उत्कृष्ट विश्वप्रकाश शर्माहरू र परिवर्तनकालागि शक्तिशाली विस्फोट गर्न सक्ने गगन थापाहरू अगाडि सार्ने वा लन्चिङ गर्नुको विकल्प नखोजौं ।
हामीलाई थाहा छ यस्ता दलभित्रका सामन्तवादी प्रवृत्ति नेतृत्वले बालेन शाह र हर्क साम्पाङहरूलाई दास र सेवक बनाएर राखेको छ भनेर । अब पनि पार्टी भित्रका बालेन शाह र हर्क साम्पाङहरूलाई बाहिर ननिकाल्ने हो भने, देश र राजनीति अझ अस्थिरतामा प्रवेश गर्ने छ । नेपाली समाज र नागरिकहरूको मर्मर भावनालाई सम्बोधन गर्न नसके, समाजको विद्रोह थेग्न नसक्नुले त्यस्ता मै हुँ भन्ने घमण्ड बोकेको व्यक्ति तथा संगठनको अस्तित्व नै नास हुन सक्छ ।
प्रसव पीडा आफैमा सबैभन्दा शक्तिशाली पीडा हो । यसले सृष्टि मात्र गर्दछ भनेर मान्नु मूर्खता हो । प्रसव पिडाले नयाँ सृष्टिका लागि आफुलाई विनाश गरेर नयाँ सृजना गर्ने पनि गर्दछ । यो पीडा सृजना मात्र नभई विनाशकारी पनि हुन्छ । के को विनाश गर्ने, के को सृष्टि गर्ने भन्ने यही पिडामा निहित हुन्छ । सुशासन, विकास, परिवर्तन र समृद्धि जन्माउने प्रसव पिडामा रहेको समाजको यो विशेष घडीमा छेडखानी गर्नु मूर्खता हो । मूर्खता विनाश को संकेत हो । समाजले निर्माण मात्र गरेको छैन यसले कस्ता कस्ताको विनाश चुट्किमा गरेको ऐतिहाँसिक सन्दर्भ भूल्नु हुन्न ।
जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था, हत्यारा राजसंस्था कुनै राजनीतिक दलहरूले वा नेता तथा कार्यकर्ताहरूले फालेको हो भन्ने भ्रम छ भने त्यस भ्रमको चेतना बाट बाहिर निस्कन सुझाउदछ समाजशास्त्रले । परिवर्तन चाहने पनि समाज हो र परिवर्तन ल्याउने पनि समाज हो भन्ने ऐतिहासिक समाजशास्त्रको सिद्दान्तले बोकेको सामाजिक सत्य स्विकार्नुको विकल्प नखोजौं । समाजको क्रियामा प्रतिक्रिया गर्न खोजे त्यस अस्तित्व, व्यक्ति वा संरचनाको विनाश निश्चित हुन्छ ।
बालेन शाह र हर्क साम्पाङवादी न्यायप्रेमी मतदातामा कोटीकोटी नमन र जय नेपालको सेवा ढोग ।
तस्वीरका लागि आदरणीय भाभीजान शारदा पौडेल प्रति हार्दिक धन्यवाद ।

No comments:
Post a Comment