नेतृत्व, पद हैन प्रवृत्ति हो
नेतृत्व भनेको कुनै पनि संस्थाको मातहतमा रहेको समिति साथै त्यसमा रहेको पद तथा अख्तियार मात्र नभई त्यस संग सम्बन्धित व्यक्तिको व्यक्तित्व, स्वभाव र प्रवृत्ति पनि अझ महत्त्वपूर्ण रहेको हुन्छ । अर्थात नेतृत्व व्यक्ति, पद, संगठन र शक्ति नभई सम्बन्धितको शैली, व्यक्तित्व र गुणस्तर प्रवृत्ति हो ।
अधिवेशनमा धेरैलाई जित सहित पद प्राप्त भयो तर त्यस पद अनुसारको व्यक्तित्व, विचार साथै त्यसलाई आवस्यक पर्ने प्रवृत्ति विकास गर्न सकेको नसकेको स्विकार्नु पर्दछ सम्बन्धित ले । वडा तह देखि जिल्ला हुँदै केन्द्रिय तह सम्म साथै प्रदेश अधिवेशन प्रतिनिधि देखि महाधिवेशन प्रतिनिधि सम्मका सम्बन्धित समिति, पद साथै व्यक्तिले वास्तविकताको अध्ययन अनुसन्धान गरि नेतृत्वको विकास गर्दै लोकतन्त्र मजबुत बनाउन नेपाली काङ्ग्रेसको सबलता तर्फ एक हुन जरुरी छ ।
नेपाली काङ्ग्रेस उदयपुरको क्षेत्र नं. १ अन्तर्गत पर्ने चौदण्डीगढी नगरपालिकामा नेपाली काङ्ग्रेसलाई आम मतदाता नागरिक द्वारा दिईएको मत भारले विजयको रूप लिन नसक्नुको पछाडिको वैज्ञानिक र व्यवहारिक अध्ययन, अनुसन्धान र पुनःखोज गरेर वास्तविकता निकट पुग्न र यथार्थ पत्ता लगाउन बौद्धिक र सभ्य अभ्यास गर्न जरुरी छ । जसले विगतमा भएको कमीकमजोरीका कारणले प्राप्त नतिजा रोक्न साथै लक्ष्य प्राप्तिकालागि भावी योजना तय गर्दै नैतिकता एवं आदर्शवादी कार्यान्वयनको दिशा तर्फको अभ्यासमा जान र लान सकिन्छ ।
यस नगर निर्वाचन क्षेत्र भित्र के भएको छ, किन भएको छ, सबै कुरा सबैलाई थाहा छ । यति हुदा पनि पार्टीको एकता र हित साथै लोकतन्तको स्थापना र मजबुती जस्तो संवेदनशील विषयमा नसोची उमेद्वार व्यक्तिको हार-जित, नाफा-नोक्सानी, समर्थन-घात, लाई प्राथमिकता दिनुले अर्थ रहन्न । नेपाली काङ्ग्रेस कमजोर हुनुले लोकतन्त्र कमजोर हुन्छ भने सम्बन्धित पदधारण गरेको व्यक्तिमा वैज्ञानिक व्यवहारिक नेतृत्वको अभावले नेपाली काङ्ग्रेस कमजोर हुन्छ भन्ने मुख्य विषय भूल्नु हुन्न ।
लोकतन्त्रमा विश्वास राख्दै नेपाली काङ्ग्रेसमा मतदान गर्नुहुने सम्पूर्ण मतदाता साथै लोकतान्त्र मजबुत बनाउन निर्वाचनमा सहभागी हामी जनता जनार्दन सबैमा हार्दिक बधाई, साथै धन्यवाद आदानप्रदान गर्दै अर्को तर्फ मैत्रीपूर्ण प्रतिस्पर्धामा विजयी सम्बन्धित व्यक्ति तथा दललाई शुभकामना व्यक्त गर्नै पर्दछ ।
चौदण्डीगढी नगरपालिकामा नेपाली काङ्ग्रेसको जो नतिजा आएको छ यो क्षणमा नेपाली काङ्ग्रेस चौदण्डीगढीले संयमित भई निकट समयमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनकालागि साथै आगामी स्थानिय तह निर्वाचनका लागि एकता र सद्भाव बढाउने खालका क्रियाकलाप, शान्तिपूर्ण अभिव्यक्ति र गुणस्तर विचारमा विश्वास राख्न सक्नु पर्दछ । पदभार ग्रहण गरेर बस्ने भन्दा पनि त्यस्ता व्यक्तिमा भएको नेतृत्व बिहिनताले नै संगठन कमजोर हुने कुरा नजरअन्दाज गर्नु हुन्न ।
पदमा रहने सबै नेता हैनन्, जो संग नेतृत्वको विशेष क्षमता र प्रवृत्ति हुन्छ ति नेता हुन् । नेतृत्व संगठनको पद र शक्ति भन्दा बाहिर पनि हुन्छन् जसले आफ्नो हरेक अभ्यास र प्रयास समुहको, संगठनको, समाजको साझा लक्ष्य प्राप्तिकालागि त्याग वा समर्पण गर्ने वा गराउने विशेष आध्यात्मिक एवं गुणस्तर चेतनाको प्रवृत्तिमा विश्वास राख्दछ । बडो अजिव र विशेष हुन्छ नेतृत्व, जसले समूह, समाज र राज्यलाई नै शक्तिशाली बनाउन सक्छ । स्वयंसेवक तथा कार्यकर्ताले भरिएको नेतृत्व बिहिन अवस्था हो नेपाल र यस भित्रका सामाजिक संस्थाहरू । यस्तो नेतृत्वको संकटकालमा, के नेपाली काङ्ग्रेस अछुतो रहन सक्छ !
Leadership is not a position, its about way of thinking, theorising and way of doing for the justic . Leadership is a quality attitude.
जय नेपाल!
जि. का. सदस्य
ने.का. उदयपुर

No comments:
Post a Comment