Wednesday, April 27, 2022

निषेधको निषेध

 अति साना वस्तु देखि लिएर अति विशाल वस्तुसम्म अर्थात बालुवाको कण देखि सूर्यसम्म, अवयवदेखि मनुष्यसम्म पनि, सम्पूर्ण प्रकृतिको अस्तित्वमा आउन र अस्तित्वबाट लोपहुनका लागि अविरल गति र परिवर्तनको अनन्त स्थिति हो भन्ने हेगेलको द्वन्दात्मक सिद्धान्तलाई माक्र्सले पूर्णरूपमा स्विकार गरेकाछन्। यसै वाद, प्रतिवाद र संवादको प्रक्रिया बोकेको द्वन्दवादको सिद्धान्तलाई माक्र्सले मकैका बिउको उदाहरणद्वारा स्पष्ट पारिएको छ। मकैको बीउ वाद हो, त्यसलाई जमिनमा रोपेपछि माटो र बीउको द्वन्दबाट मकैको बोट उत्पन्न हुन्छ। त्यो बोट प्रतिवाद हो अनि बोटबाट घोगा उत्पन्न हुन्छ र त्यो घोगो संवाद हो। त्यही वाद बाट प्रतिवाद हुँदै संवादसम्म आईपुग्ने प्रक्रियालाई निषेधको निषेध (Negation of Negation) भनिएको छ।

Tuesday, April 26, 2022

मेरो प्रतिस्पर्धा

 मेरो प्रतिस्पर्धा मै संग हो।

म आफै भन्दा अघाडी र आफुभन्दा धेरै उदार हुन चाहान्छु।

म आफु आफै दुवैलाई जिताउन चाहान्छु।

हामी एक अर्कालाई जित्न र जिताउनु छ।

"वि.पि. र मदन फेरि जन्मनेछन्"

 "वि.पि. र मदन फेरि जन्मनेछन्"

              जन्म संगै हरेक सामान्य मानिसमा सोच विचार गर्ने अदभूत जन्मसिद्ध प्राकृतिक क्षमता रहेको हुन्छ। त्यही सोच एक शक्ति हो, क्षमता हो। जसका  कारणले चिन, युरोप, अमेरिका लगायत राष्ट्रहरू सर्वशक्तिशाली राष्ट्रहरूमा स्थापित भएका हुन भन्नेमा कुनै संका छैन। विचारलाई आविष्कारमा परिणत गर्दै उपलब्ध मानव साधन र प्राकृतिक श्रोतको उच्चतम प्रयोग गर्न सफल भएकैले आजको पृथ्वी लोकलाई दिनानुदिन सुव्यवस्थित र साँघुरो बनाएको मानव निर्मित अत्याधुनिक प्रविधिले नै हो। हिजोको नेपाली गाँउको कथा जस्तो रातारात भुत-मसान खेलाएर होईन। सोचको अधिकतम प्रयोग र अभ्यासले हो, स्विकार्नु पर्दछ। मानवको सोचले आधुनित्ता मात्र होईन सामाजिक सभ्याचारको पनि निर्माण गर्दछ, जो राष्ट्र निर्माणको आधार बन्दछ। 


नेपालको वर्तमान इतिहासलाई पल्टाएर हेर्दा विभिन्न कालखण्डमा प्रजातन्त्र, विकास र समृद्धिका(Democracy, Peace & Prosperity)लागि विभिन्न राजनीतिक दालहरूले जनताको साथ सहयोगबाट आआफ्नै शैलीमा संघर्ष र जनआन्दोलनहरू गरेका छन्। पटक पटक व्यवस्था परिवर्तन गर्न पनि सफल भएका छन्। तर त्यसलाई स्थायित्व गर्न भने सकिरहेका छैनौं। यस पछाडिका कारणहरू के के हुन् भन्ने विषयमा चिन्तन गर्न नेपाली समाजको अाजको अावश्यक्ता हो। यसमा कसको दोष अाउछ? दोषारोपण समस्याको समाधान हो त? को को सच्चिनु पर्ने र को को सच्चिए देश बन्छ भन्ने सवालको जवाफ हामीले अाफै भित्र खोज्न जरुरी छ।


राजनैतिक स्थिरताको बाबजुद देखिएको यो अविश्वास, असुरक्षा र अस्थिरतामा नेपाली समाजको Way of Thinking & Manner नै निर्णायक हो। Thinking, Theorising, Generalising & Practicing ले समाजको विगत, वर्तमान र भविष्य निर्धारण गर्दछ र गर्नेछ वा Change & Transformation ल्याउछ।

                   Whole Social Institutions को मागका कारण सामाजिक परिवर्तनले जन्म दिएको के.पि. एक चरित्र र प्रतिनिधि पात्र मात्र हुन, हामी नेपाली समाजको। अर्थात जस्तो समाजको विचार, मनस्थिति र व्यवहार रहन्छ उस्तै प्रकारको नेतृत्व वा प्रतिनिधि आउने कुरो निश्चित हुन्छ। त्यसैले केपी ले हाम्रो भविष्य बनाउछ भनेर विश्वास राख्नु भन्दा अाजको दिन देखि वि.पि. र मदनको पुनः जन्म गराउने जननी (अामा दिव्या कोईराला र चन्द्रकुमारी भण्डारी) त्यही हामी समाज हौं भन्ने बुझ्नु र बुझाउन जरुरी देखिन्छ। जसरी हाम्रो सामाजिक अावश्यक्ता र अभावले जन्म दिएको कुलमान हामी हौं त्यसरी नै अब बेला अाएको छ।

                  "ठुलो मान्छे होइन, असल मान्छे बन।" भन्ने महामानव विश्वेश्वरप्रसादको महावाणिको भावको गहिराई ले Social Institutions or Individual Way of Thinking & Manner लाई नै जगाउन खोजेका छन्। अाफुलाई प्रजातान्त्रिक समाजवादी ठान्ने हामीहरू ले समाजको Manner (Thinking & Theorising) मा सद्भाव र सकारात्मकताको विकास गराउनु वा त्यो जागरणमा लाग्नु पहिलो दायित्व हो, कर्तव्य हो। फेरि अर्को विश्वेश्वरप्रसाद जन्माउने हाम्रो हातमा छ। 

फेरि जन्मने छ!

फेरि जन्माउने छौं!!

फेरि जन्मने छ!

फेरि जन्माउने छौं!!


Monday, April 18, 2022

भाग्यवादी समाजशास्त्री र हुटिट्याउँ अर्थशास्त्री

 भाग्यवादी समाजशास्त्री र हुटिट्याउँ अर्थशास्त्री 


कुनै निश्चित राज्यमा देखिएको आर्थिक वा कुनैपनि विषय विधा वा संस्थामा देखिएको संकट समाज द्वारा सृजित सामाज निर्मित हो नकि पहिलो जन्मको कर्मफल (भाग्यवाद) । सृजित आर्थिक संकटलाई सामाजिक दृष्टिकोणले अध्ययन गर्न सक्नु पर्दछ र अभ्यास वा एप्लाइडमा ल्याउन सक्नु पर्दछ । सामाजिक सिद्धान्त र दृष्टिकोहरू जस्तै विश्व व्यवस्था दृष्टिकोण, भौतिकवादी दृष्टिकोण, साम्राज्यवादी दृष्टिकोण, परनिर्भरताको सिद्धान्त, सामाजिक विकासको सिद्दान्त, लगायतले व्याख्या विश्लेषण गर्न सक्ने साथै कार्यान्वयनमा ल्याउन सक्ने आन्तरिक र वाह्य, सूक्ष्म र बृहत्, संरचनात्मक र एजेन्सी पक्षबाट अध्ययन र योजना बनाउन सक्नु पर्दछ । मानव समाजले अभ्यास गर्दैगरेको आर्थिक पक्ष दैविक वा प्राकृतिक नभइ मानव निर्मित र अभ्यास रहेकोले मानिएको आर्थिक संकट र सबलता समाजशास्त्र अन्तर्गत पर्ने समाजशास्त्रविदको विशेष चासोको सामाजिक विषय हो । यदि कुनै विषय मानव समाजको सुख, खुशी, गुणस्तर जीवनप्रत्याशा संग जोडिएको हुन्छ भने त्यो समाजशास्त्र संग जोडिएको विषय हो भनेर नकार्न मिल्दैन र सम्बन्धितले अर्थशास्त्र र अर्थविद संग आकाश थाम्ने थेग्ने क्षमता छ भनेर हुटिट्याउँ बनाएर पन्छाउने र पन्छिने छुट हुन्न ।


दक्षिण एसियाली समाजको विकासको बाधक र कारक संस्कृतिको रूपमा रहेको भाग्यवाद र कर्मफलवाद हो भनेर सबै भन्दा बढी व्याख्या गर्दछन् यहाँका बौद्धिक वर्गले । "ब्रह्मवादले सबै सृष्टि र सबै सृष्टिको नियति ब्रम्ह वा इश्वरद्वारा निर्मित, निर्धारित र निर्देशित हुन्छ भन्ने बताउछ । प्रत्येक चिज अन्त कतै निर्माण भएर मानव समाजमा आउँछ र अन्तयमा मानव समाजबाट अन्तकतै प्रस्थान गर्दछ भन्ने व्याख्या गर्छ । त्यही मान्यता अनुसार भाग्य पनि मानव समाज र मानव जीवनको क्रियाकलापबाट होईन, अन्तै कतै निर्धारित हुन पुग्छ (आहुति,२०७७, पृ.२०) । कर्मफलवादले पूर्वजन्ममा गरेको कर्मको फलका रूपमा आजको जीवनलाई प्रस्तुत गर्दछ (पृ.२१) । 


यसैलाई आधार मान्ने हो भने दक्षिण एसिया अन्तर्गत पर्ने नेपाली समाजका बौद्धिक ठानिएका समाजशास्त्रीमा यस्तै चरित्र पाउन सकिन्छ । समाजशास्त्रीय विद्वानले समाजको भौतिकवादमा मौन प्रदर्शन गरेर भाग्यवादलाई प्रोत्साहन दिइएको एकातर्फ देखिन्छ भने अर्को तर्फ पूर्वजन्मको कर्म अर्थात ऐतिहासिक सन्दर्भले वर्तमान यस्तो भएको र वर्तमान सन्दर्भले भविष्य तय हुन्छ भनेर ज्योतिषले भूत, वर्तमान र भविष्य सरासर भने झै दार्शनिक समाजशास्त्रीले समाजको व्याख्या विश्लेषण मात्र गर्नेहो नकि निर्माणको अभ्यास  गर्ने,  भन्ठान्ने गरेको पाईन्छ । त्यस्ता समाजशास्त्रीलाई भाग्यवादी र कर्मफलवादी समाजशास्त्री मानिएको छ । 


नेपाली समाजमा एक प्रकारको पंक्षी प्रजाति हुटिट्याउँ मार्फत शिक्षा र संदेश दिन विभिन्न उखान, टुका र पञ्चतन्त्रका कथाहरू पनि चर्चित छन् । त्यसै मध्ये हुटिट्याउले खसेको आकाशलाई थामेको हुटिट्याउँको एउटा आफ्नै कथा छ । ठूलठूला फाँटमा आफ्ना पखेटा फैलाएर लामो लामो बेग मारेपछि हुटिट्याउँलाई तीर्खा लाग्छ । र, यो लामो खुट्टा भएको चरा खोलामा पानी खान पुग्छ । आफ्नो उचाइबाट झुकेर पानीमा हेर्दा हुटिट्याउँले पानीमा आकाशको प्रतिविम्ब देख्छ । उसलाई लाग्छ, यो पानीमा आकाश खसिरहेको छ । आकाश खस्यो भने थिचिएर मरिन्छ भन्ने भयमा हुटिट्याउँ बगरमा आउँछ र उत्तानो पर्छ । आफ्ना खुट्टा आकाशतिर फर्काएर यसले खसिरहेको आकाशलाई रोक्ने प्रयास गर्छ ।


 विश्वसमाजका कुनै पनि राज्यको आर्थिक सबलता र संकटका कारक आर्थिक नीति र अर्थविदलाई दिईन्छ र आफैले आफुलाई ठान्दछन् । तर वास्तविकता त्यो नभएको र वास्तविकतालाई लुकाई पतनवादी विश्लेषण गरि आफुलाई प्रधान र आकर्षक बनाउन बौद्धिक भ्रम मचाएको देखिन्छ जसरी हुटिट्याउँले आकाश थामेको ठान्छ र कराउछ । त्यसरी नै मानिसलाई मानिस नदेखेर नाफा वा कर आर्जन गर्ने स्रोत मात्र ठान्ने र जिडिपी, जिएनपी बढाउने प्रक्रियालाई मात्र अतिवाद ढङ्गले लिने, विश्वअर्थतन्त्र वा राज्यको अर्थतन्त्र आर्थिक र मौद्रिक नीति तथा कार्यान्वयनले मात्र थामेको छ ठान्ने हुटिट्याउ प्रवृत्ति भएका अर्थशास्त्रविदलाई हुटिट्याउ अर्थशास्त्री मानिएको छ ।


व्यवहारिक र वैज्ञानिक आर्थिक नीतिको निर्माण र कार्यान्वयन पक्ष फितलो हुनुले मात्र आर्थिक संकट निम्तिन्छ वा सबल हुन्छ भनेर मान्नु व्यवहारिक र बौद्धिक नहुन सक्छ । सामाजिक संस्थाहरूको संरचनात्मक प्रकार्यवादमा हुनु पर्ने संतुलनमा आएको कमि कमजोरी ले संरचनात्मक सुव्यवस्था गुणस्तर हुन नसकेको कुरा अस्विकार गर्न मिल्दैन । सामाजिक संस्थाहरू मध्ये आर्थिकमा मात्र नभई समाजमा भएका सबै संस्थाहरू संकटमा रहेको हुन्छ । साधरण नजरले बुझ्दा, देख्दा आर्थिक संकट देखिएपनि समाजका हरेक संस्था र विधा संक्रमित रहेको हुन्छ ।


कथित अर्थविदले राज्यको आर्थिक संकट मोचन गर्न सक्छ ठान्नु वा आर्थिक सबलता बढाउन सक्छ भनेर ठान्नु हुटिट्याउले आकाश थामेको छ भन्नू एउटै हो । समाजको आर्थिक लगायत विविध क्षेत्रमा देखिएको संकट संक्रमण स्वर्गको श्राप नभइ यो हामी द्वारा निर्मित हो, हाम्रो मूल्य, मान्यता, संस्कृतिको अभ्यासको प्रतिफल हो । जसलाई नियमिततामा राख्न सके अवसर र सबलता नत्र चुनौती र संकट । विश्वव्यापी अभ्यासमा रहेको नातावाद, कृपावाद, अन्धविश्वास, कर्मफलवाद, भाग्यवाद र पतनवाद जस्ता असामाजिक व्यवस्था, प्रणाली तथा संस्कृतिलाई जति हौसला दिईन्छ त्यति मज्बुत हुनसक्छ त्यस्ता सामाजिक संकट वा संक्रमण ।


यस्ता सामाजिक तहमा देखिएका संकटको जिम्मेवारी तथा जवाफदेहिता समाजशास्त्रका कथित विद्वान, बौद्धिक समाजशास्त्रीहरूले  लिनु पर्दछ नकि हुटिट्याउ अर्थशास्त्री ले । समाजको विगत हेरेर भविष्य भन्न्न सक्ने सामाजिक ज्योतिष ठान्ने नातावादी दार्शनिक र आफुलाई सामाजिक सर्जन र ईन्जिनियर ठान्ने समाज निर्माता तर भाग्यवादी एप्लाईड समाजशास्त्री प्रवृत्तिले आफुलाई धार्मिक, बौद्धिक, पवित्र, ठान्नु पानी माथिको अोभानो ठान्नु एकै हो । नेपाल सरकारले पालेको, पोषेको र ठानेको कथित बोद्धिक समाजशास्त्रीहरूको संवेदनशिलता अर्थात मन, वचन र कर्म संतुलनमा नभएको पुष्टि हुन्छ वर्तमान सामाजिक परिस्थितिले । हैसियतमा बौद्धिक समाजशास्त्रीले आफ्नो मातहतमा रहेको सूक्ष्म तहमा रहेको आर्थिक संस्था, राजनीतिक दल, नेता, कार्यकर्ता र आम नागरिकलाई दोषी देखाएर छुट पाउने ठाउँ छैन ।


विश्वसमाजमा, दक्षिण एसियाली समाज वा नेपाली समाजका सामाजिक संस्थाहरूमा देखिएको संकटकालको व्याख्या विश्लेषण गरेरमात्र धर छैन र छुट हुन्न बौद्धिक सामाजशास्त्रीलाई । समाजमा देखिएको बढदो गतिको संक्रमण र असंतुलन रोक्न साथै सुव्यवस्था तथा संतुलन कायम गराउन अन्य विधाको दायित्व र लक्ष्य तोकिदिएर ध्येयमा लगाउने जिम्मेवारी बाट पछाडि हटने वा दोष देखाउने छुट नभएको सम्बन्धितले बुझन र बुझाउने कर्तव्य भुल्नु हुन्न । जसरी एउटा शरीर र त्यसका हरेक अङ्गहरू जति स्वस्थ र सक्रिय रहन्छ त्यसले संरचनात्मक प्रकार्य प्रदर्शन गर्न सक्दछ । त्यसरी नै समाज एक सिङ्गो शरीर हो र अन्य विविध विषय विधा त्यसका अङ्गहरू हुन् । आर्थिक र मौद्रिक नीतिले मात्र चलेको छ यो राज्य र संसार भनेर ठान्नु साथै आर्थिक संकट र सबलता त्यसैको कार्यान्वयन पक्ष कमजोर भएर वा नभएर हो ठान्नु स्नायु प्रणालीको संतुलन गुम्नु हो । कुनै संस्था वा अङ्गलाई मात्र यसको दोष र श्रेय दिन मिल्दैन तर नाकमा मुखको जस्तो पुवाल छ भनेर नाकले पानी पिउन खोज्नुले ननिम्तने दुर्घटना सिङ्गो शरीरलाई पर्न जान्छ । त्यसैले कुन विषय विधाको जिम्मा र कर्तव्य कति हो सबैले आआफ्नो जिम्मेवारीबाट समाजशास्त्रविद झै पन्छीने साथै अर्थविद झै फोकटमा हुटिट्याउँ झै अघिसर्ने कार्यशैली र प्रवृत्ति दोष हो ।


Saturday, April 16, 2022

सुनधारा र राजनीति

 सुनधारा र राजनीति 

मानवले आफ्नो गलती स्विकारेको देखिएन त्यस माथि पनि कथित तेस्रो मुलुकको दर्ज्यानी चिन्ह पाएको नेपाल जस्तो विकासको उल्टो गति समातेको राज्यको के कुरा! ए साच्चै! यतिका जनघनत्व भएको नेपालको राजधानी काठमाण्डौं उपत्यकामा रहेको ऐतिहासिक ढुङ्गेधाराको मर्मत सम्भार र पुन:निर्माण किन नगरेको?  के यो राजनीति सिमाभन्दा बाहिर पर्छ हो? कि यो बनाईयो भने पानी निशुल्क खपत हुन्छ पैसा लिन मिल्दैन भनेर हो! कि त्यो ढुङ्गेधारा मर्मत गर्न जान्ने विशेषज्ञ नभएर हो? सायद त्यसको पुनःनिर्माणमा कमिसनको ठुलो  चलखेल नहुने भएर हो? अब डर कहाँ लाग्दैछ  भने, त्यो ढुङ्गेधारले ओगटेको खाली जग्गा माथि पनि ढिलो चाँडो नजर पुग्नेछ ति दुखि र प्रेत आत्माको!


ऐतिहासिक सार्वजनिक स्थलहरू मध्येका दैनिक मानव जीवन संग जोडिएको पवित्र जल प्रदान गर्ने सुनधाराहरू पुन:निर्माण र पुन:मर्मत गरेर सर्वसाधरणकालागि खुल्ला गर्न सक्ने सरकार पो सरकार जाबो ठेक्का परे धरहरा पुन:निर्माण त हाम्रो प्रिय मित्र श्री रविन माम्फाङ्ग राई (निर्माण व्यवसायी) ले पनि गर्न सक्छ। सडक पेटिमा हिडने, वैदेशिक रोजगारकालागि काठमाडौंमा आएकाहरू, सडक व्यवसायी, विद्यार्थी, मजदुरहरू लगायत सिंहदरबारले बिर्सेका वा नजरअन्दाजमा परेका हामी निम्न वर्गकालागि अत्यन्तै लाभदायक हुनेथियो।


 प्राकृतिक प्रकृति विपरीत जिउन अभ्यास गर्ने र अाफुलाई प्रकृतिको श्रेष्ठ र सर्वशक्तिमान सावित गर्न चाहने मानवलाई प्रकृतिको हरेक चाल र कदम (जस्तै चिसो, गर्मी, वर्षात, बतास, भूुकम्प, भूक्षय, ज्वालामुखी, सुनामी) सबै प्राकृतिक बिपत्ति हुन् लाग्छ। यही सबैलाई बिपत्ति भन्दै गर्दा हरेक पल हरेक क्षण  माता प्रकृति माथि अाफुले गरेको बिपत्तिजनक व्यवहारको कहिले ख्याल राखेनौं। मानिसका लागि प्रकृतिको चाल बिपत्ति हो की माता प्रकृतिका लागि मानवको व्यवहार बिपत्ति! 

घाम, पानि, हावा, बतास, चिसो, भूकम्प, सुनामी जस्ता प्राकृतिक विशेषता भित्र पर्ने त्यो प्रक्रिया, ति जीवजलाचर र वृक्षलाई बिपत्ति हो कि हैन होला! 

मानिसले आफुलाई सामाजिक बनाउने होडबाजीमा कतै असामाजिक र आप्राकृृतिक बनाईरहेको त छैन! हरेक कुरालाई पैसा, प्रतिष्ठा र पद संग दाँज्ने संस्कृति मानवता विपरीतको अभ्यास हो। जसरी अन्य जीवको जीवन प्रक्रिया जल, थल, वायु, वन र रवि हो त्यसरी नै मानिसको पनि हो नकि...

Thursday, April 14, 2022

बुझाईको स्तरले जीवनको सरलता र जटिलता निर्धारण हुने रहेछ।

 बुझाईको स्तरले जीवनको सरलता र जटिलता निर्धारण हुने रहेछ। 


पवित्र  प्रेमको नाममा यस मानव समाजमा हुदै गरेको स्वार्थपूर्तिको क्रियाकलाप अक्सर सम्बन्धहरूमा पाउन सकिन्छ। यदि कुनै सम्बन्धले कसैलाई दबाबमा राख्न चाहान्छ, कुनै अपेक्षा राख्दछ भने त्यो प्रेमको नाममा हुददै गरेको प्रेमको मर्म र भावना विपरीतको अभ्यास हो। नियन्त्रण चाहने श्रीमती हैन हृदयकी प्रेमिका बन। स्वार्थ पूर्ति गर्न चाहने श्रीमान हैन स्वायत्तता दिने प्रेमी बन।


जीवमा मानव भएर जन्म भईसकेपछि  दायित्व र कर्तव्य त्यो निजी सम्बन्ध जस्तै श्रीमान-श्रीमती, माता-पिता, संतान प्रति मात्र हुदैन। हरेक मानव यो सृष्टिको ऋणको भार बोकेर आएको हुन्छ त्यसैले यो मानवचोलाले पाएको जीवन ऋण चुकाउने उत्कृष्ट अवसर हो। मानव चेतनाको स्तरमा रहेको सम्भावनालाई अवसर बुझेर समाजमा रहेका हरेक मानवको हित हुने सरल मानसिकताको विकास गरौं। प्रेम र सम्बन्धको नाममा कसै प्रतिको नियन्त्रण र निजी स्वार्थले उत्पादित द्वन्द, तनाब र  समस्या दिन प्रतिदिन अझ जटिल भईरहेको छ। प्रेमको नाममा आफु वा अन्यको जीवनलाई अझ  जटिल बनाउने कार्य बन्द गरौं। प्रेममा सरलता छ, स्वतन्त्रता छ, सुख छ, खुशी छ। प्रेम  र करूणामय चेताको महसुस गर्न सक्ने मानव जीवन नै हो, यस्तो सुन्दर पल खेरजान नदिअौं। सृष्टिको सबै प्रतिको कर्तब्यबोध गरौं नकि परिवार प्रति मात्र। 


स्वार्थ र घृणा बिचको त्यो मध्यम विन्दु प्रेम र करूणा हो। थाहा पाएर नपाएर वर्तमान मानव समाजको संरचनात्मक दिशा यिनै प्रति लक्ष्यित छ प्रेम र करूणामय जीवन हुदाहुदै। चेतना र सोचको स्तरले निर्धारित सुख र दुुख। प्रेम र करूणा सरल छ यसकालागि गुणस्तर चेतनाले निजी स्वभावको विकास गर्नु मात्र हो तर मानवले मानवलाई आफैले जटिलता तिर धकेलिरहेको देख्न सकिन्छ। 


आँसुमा नडुबी हाँसो र पिडामा नडुबी अान्नदको महसुस मुस्किल छ, त्यसैले यतिका समयसम्म मानव समाजमा दुख, पिडा, क्रोध, घमण्ड, लोभ, ईर्ष्या, जस्तो अति घातक सबै अग्निको ताप र जलन थाहा भईसक्यो। अबको पालो मानवता र मानवताले बोकेको सितल  प्रेम र जलमय करूणाको आभाषको हो।


Monday, April 11, 2022

व्यक्ति र प्रणाली एकै हैन

 व्यक्ति र प्रणाली एकै हैन


त्यसताले राजीनामा दिने हो, त्यस्तालाई त्यहाँ बस्ने अधिकार पटक्कै छैन। जहाँ समाज, पृथ्वी र व्रह्माण्डको हितकालागि जनताले प्रणाली र प्रक्रियाको अाधारमा पुर्‍याएको छ।

अर्थात आधुनिक अवधारणामा विश्वास राख्ने एक राज्य त्यसको आफ्नै प्रणाली, नियम, कानुन, प्रक्रिया र संविधानले चलेको हुन्छ। राज्य बाट त्रुटि हुन्छ भन्ने कल्पना गरिएको हुदैन र त्रुटि भए वा गरे त्यसको जवाफदेहिता उक्त पदभारमा बस्ने व्यक्तिले जिम्मेवारी लिनुपर्ने हुन्छ। उक्त व्यक्तिले गरेको त्रुटि अक्षम्य हुन्छ जो कानुनको दायरा भित्र अनिवार्य ल्याउनु पर्दछ, त्यस्ता प्रतिनिधि पात्र वा अख्तियार दुरुपयोगमा सहभागी हुनेलाई। राज्यको नियत र गलतीलाई भुल सम्झिने बिचार सरासर फटाही र लुटको समर्थन गर्ने समाजको हित विपरीत अभिव्यक्ति हुन जान्छ। व्यक्तिको व्यक्तिगत जीवन र मानवता वा मानवीय त्रुटि हुन्छ र त्यो मान्यता समाजमा हुन्छ त्यसमध्ये केही विचलन मानिन्छ भने केही अपराध मानिन्छ। विचलन समाजले अस्विकार गरेको हुन्छ जो कानुनी दायरामा ल्याईदैन त्यसैले  त्यो क्षम्य जस्तै हुन्छ। तर तै व्यक्तिले केही जानिनजानी गरेका केही कार्यहरू अपराध ठहरिन्छ जो ढिलो चाँडो कानुनी दायरामा ल्याईन्छ र प्रक्रियामा जान्छन्। 

राज्य एक संस्था हो, भावनामा बहकिएर त्यो राज्यलाई व्यक्तिको मानवीय संवेदनशीलता आवेग र निर्णय संग कहिले पनि र कसैले पनि जोड्न मिल्दैन। राज्यको अंग वा निकायमा कुनै पद धारण गरेर बसेको व्यक्तिले गरेको त्रुटि लाई गलती नमानी त्यसलाई भ्रष्टाचार मानिन्छ जो दणडनिय हुन्छ। त्यसैले राज्यको अख्तियार लिएर बसेको व्यक्तिको गलत निर्णय अख्तियार दुरूपयोग मानिन्छ जो राज्यको प्रणाली भन्दा बाहिर गएको मानिन्छ। त्यसैले अख्तियारमा नबसेको व्यक्ति र राज्यको कर्तव्य पालनामा अख्तियार लिएर बसेको व्यक्ति, व्यक्ति नभई राज्य हुने हुनाले कहिलेपनि तुलना गर्न नमिल्ने विषयको ज्ञान सबैलाई हुन जरुरी छ। 

व्यक्ति व्यक्ति हो जहाँ मानवीय त्रुटि सामाजिक हिसाबमा स्विकार्न र सुधार्न सकिन्छ तर राज्य एक प्रणाली हो जो प्रणालीको सिद्धान्तमा चलेको हुन्छ त्यसैले अक्षम हुन्छ। यदि कसैको अभिव्यक्ति राज्य र व्यक्ति विचको भिन्नता छुट्याउन नसक्ने र तुलना गर्दछ र मानवीय त्रुटि भन्दछ वा मान्दछ भने त्यस्तो विचार अन्जान वा बालक मस्तिष्क वा नातावाद कृपावाद, पक्षपाती वा ढाकछोप संग सम्बन्धि हुनसक्छ भन्ने यकिनले भन्न सकिन्छ। जो अाम नागरिकको हित विपरीत अभिव्यक्ति हो। यदि राज्यले कनै त्रुटि वा जनताको हित विपरीत निर्णय लिन्छ वा चोट पुर्‍याउने कार्य गर्दछ भने ऐनवक्तपर नैतिकताको आधारमा राजिनामा दिएर कानुनी प्रक्रियामा सहभागी भई न्यायको सिद्धान्त अनुरूप निर्णय स्विकार्नु पर्दछ।

यदि राज्यको त्यो अख्तियार लिएको व्यक्तिको निर्णयलाई आम नागरिकको मानवीय त्रुटी संग तुलना गरेर माफी दिनु पर्दछ भन्ने कुनै पनि अभिव्यक्ति नै नातावाद, कृपावाद वा अनैतिकता र घुसखोरको पक्षपोषण मान्दा गलती हुन्न। त्यो गलती नभई अपराध हो। त्यो भ्रष्टाचार हो। त्यो अख्तियार दुरुपयोग हो। त्यही मुताविक हदै सम्मको कार्वाही हुनु पर्दछ भन्ने संवैधानिक प्रणालीमा विश्वास राख्नु र प्रक्रियामा अघि बढनु नै विधिको शासन कहलिन्छ। व्यक्तिको दैनिकी र राज्य प्रणालीको आफ्नो दैनिक प्रक्रिया र निर्णय एकै हैन भन्ने सबैले बुझ्नु पर्छ। व्यक्तिले मानसिक संतुलन गुमाउन सक्छ तर राज्यलाई जस्तोसुकै परिस्थितिमा आफ्नो संयमता गुमाउने छुट हुदैन।


आखिर केका लागि !

 विश्व राजनीतिक इतिहासका पन्नामा दर्ज हुनेछ निर्वाचन गठबन्धन-२०७९ । कालो वा सुनौलो अक्षरमा हो भन्ने त्यसको निर्णय भविष्यले गर्नेछ । तर यो गठबन्धन पवित्र गठबन्धन हो, राष्ट्र हितकालागि हो, भनेर ठोकुवा दिन सक्ने पक्षधर पात्र कोही छन् भने किन त्यसो भन्दैछन् भनेर सोच्न खोज्न जरुरी छ । 


दलको गठबन्धनले स्वतन्त्र नागरिकको मतदानको अधिकारलाई हस्तक्षेप, नियन्त्रण वा सर्वसत्तावादी आदेश दिएर विकल्पहरूको छनौटको अधिकार र स्वतन्त्रता माथि लोकतन्त्रको नाममा, सत्ताकेन्द्रित हुँदै अलोकतान्त्रिक प्रवृत्ति र अभ्यास प्रति सम्मोहन बढेको त हैन !


नागरिक प्रधान, निजी सम्पत्तिको अधिकार बोक्ने उदारवादी लोकतान्त्रिक समाजवादी आदर्श र साझा सम्पत्ति, राज्य केन्द्रित/प्रधान निर्दलिय निरंकुश समाजवादी आदर्श बीचको रणभूमीमा पक्ष विपक्षको भूईमान्छे, आमनागरिकको विकल्पको छनौटको स्वायत्ततामा अतिवाद दलतन्त्रको प्रभाव र हस्तक्षेप  नदेखिएको राम्रो ।


म लोकतन्त्रवादी भूइमान्छे, मैले मतदान मेरो आदर्शको खिलाफमा किन दिने!

म राज्यप्रधान समाजवादी, मैले मतदान मेरो आदर्शको खिलाफमा किन दिने ! 


हाम्रो निजी आदर्शको अधिकार माथि किन यस्तो नियन्त्रण ! 

हाम्रो निजी आदर्शको अधिकार माथि किन यस्तो निर्देशन !


आखिर केका लागि !


यसरी नै सधै चल्दैन नयाँ नयाँ हत्कण्डा अपनाएर । अब नो भोट (No Vote) र भोट फिर्ता (Vote Return) को उच्चतम लोकतान्त्रिक विधि, पद्धति, प्रणालीको अभ्यास पनि आउनेछ । त्यस दिनको पन्नामा आजको क्रियाकलापलाई भविष्यले थुक्नेछ । लज्जित हुनु पर्नेछ जसरी स्व. पृथ्वीनारायण, जंगबहादुर, महेन्द्र लगायतलाई जीवित बनाएर लज्जित बनाईएको आँखाअगाडी नै छ । त्यसैले सबैले गहिरो अध्ययन र छलफल चलाएर सहि निर्णयमा पुग्न जरुरी छ । करदाता नागरिक प्रति बफादार, पारदर्शिता, उत्तरदायी र जवाफदेहिता राख्न जरुरी छ ।


नैतिकहिन कम्युनिष्ट र अचेत लोकतान्त्रिक समाजवादी

 नैतिकहिन कम्युनिष्ट र अचेत लोकतान्त्रिक समाजवादी 


नेपाली समाजमा "कम्युनिष्ट" शब्दको मर्म र भावनको बदनाम गर्ने नैतिकहिन पक्षधर र अचेत विपक्ष दुवै चेतनाको गुणस्तरमा आफै बदनाम हुदैछन् । निच हुदैछन् ।


"कम्युनिष्ट" सामाजिक संरचनामा रहेको चेतनामा न्यायिक गुणस्तर प्रवृत्ति भएको अवस्था हो नकि कुनै व्यक्ति वा संगठन । आफुलाई कम्युनिष्टको अभियानता ठान्ने मान्नेहरूको नैतिकता र अनुशासनको न्यूनतम मापदण्ड एकैजान संग मिलेको देखिदैन । न त प्रजातान्त्रिक समाजवादी आफ्नो मुद्दामा संवेदनशील देखिन्छन् ।


कम्युनिष्ट भनाउदा र लोकतान्त्रिक जनवादी भनाउदाले आफ्नो विषय र मुद्दामा इमानदारिता र संवेदनशीलता बोकेको भए देश/ राज्य आजको विकराल अवस्था र परिस्थितिमा पुग्दैन थियो । कम्युनिष्ट पक्षधरमा अनैतिक प्रवृत्ति र विपक्षीमा अचेतको स्थिति भएर नै नेपाल आज यहाँ छ । 


आफुलाई कम्युनिष्ट ठान्ने ठगलाई खबरदारी गरौं, हदबन्दी तोकेर सिमा निर्धारण गरौं, बहिस्कार गरौं ।


आफुलाई लोकतान्त्रिक समाजवादी ठान्ने अचेतलाई खबरदारी गरौं, हदबन्दी तोकेर सिमा निर्धारण गरौं, बहिस्कार गरौं ।


चुनावमा त्यस्ता व्यक्ति तथा प्रवृत्तिलाई पार्टी/संगठन, समाज र नागरिक सबैले बहिस्कार गरौं ।


कम्युनिष्टका नाममा ठगी कम्युनिष्ट व्यक्ति प्रवृत्ति, अस्विकार गरौं ।

लोकतान्त्रिक नाममा अलोकतान्त्रिक व्यक्ति प्रवृत्ति, अस्विकार गरौं ।

सहि व्यक्ति र गुणस्तर प्रवृत्ति लाई पार्टी, संगठन र समाजले स्विकार गरौं । उनैलाई उमेदवारी सिफारिस गरौं, उनैलाई भोट दियौं ।


न कम्युनिष्ट पक्षधर गलत हुन नत उदार लोकतान्त्रिक पक्षधर । पक्षधर र विपक्षी दुबै आआफ्नो दृष्टिकोण साथै आदर्शमा सहि छन् । गलत छन् त त्यो असामाजिक, अमानविय व्यक्ति तथा प्रवृत्ति नकि आदर्श । बहिस्कार त्यस्ता व्यक्तिलाई मात्र नभई प्रवृत्तिलाई जरैदेखि उखल्ने प्रयास र अभ्यास गरौं । जुन दिगो विकास र समृद्धि उन्मुख हुन सक्छ ।


Sunday, April 10, 2022

आध्यात्म, चेतना र पुनजागरण

समाजमा उत्पादनका स्वरूपमा जुनसुकै खालका परिवर्तनहरू ल्याउदा, सामाजिक चरणहरूमा जस्तोसुकै आधुनिक्ता ल्याउदा, सामाजिक आस्था र आदर्शमा जोस्तोसुकै परिवर्तन ल्याउदा बिर्सन नहुने प्रमुख प्रसंग भनेको मानवतावाद र प्रकृतिको रक्षा। 

समाजले आदिम साम्यवाद हुँदै पुँजीवाद देखि समाजवाद, पूर्वआधुनिकता देखि उत्तरआधुनिक समाज, बहुदेवतावाद हुँदै मेटा फिजिक्स देखि वैज्ञानिक युग जे जे चरणमा समाज प्रवेश गर्दछ त्यसमा मानवतावाद संगै लिएर जानुपर्छ भन्ने पाठ सिकाउदछ। मानवता, मानव र प्रकृति को हितकालागि हुनुपर्ने तर मानव कल्याण र परोपकार जस्तो सस्तो अतिवादी नारा लिएर यो समाज अघि बढेको देखियो जो नितान्त स्वार्थपूर्ण छ। यो पृथ्वी हरेक जीव, जलचर, पशु, पंक्षी, निर्जीव सबै सबैको हो र यसमाथि सबैको समान अधिकार छ, कोही कसैको मालिक र देवता हैन। तर चेतनशील प्राणी मानव ति सबै सबैको देवता पछिको रक्षक भने हो। तर अब यस्ता विषयमा ध्यानदिने समय आएको छ। मानवता त्यो धर्महरूको धर्म हो, वाद हरूको वाद हो। यसको अनुपस्थितले हरेक विषय अपुरो र अधुरो हुन्छ, बुझ्न जरुरी छ।


मानवतावाद, आध्यात्म चेतनाको प्रकाशले दिएको उज्यालोमा मानव र प्रकृतिको हितमा कर्म गर्ने भौतिकवाद हो। यसैमा रहेर आफ्नो जीवन र दैनिकी चलाउने विश्वमानव सभ्यताको विकास हुन जरुरी छ। फेरिपनि उत्पादनको साधन माथिको पहुँच, अर्थ र शक्ति आर्जन गर्ने विषयलाई प्रधानताका साथ लिएर जानेहो भने निकट भविष्यमा अझ विशाल र शक्तिशाली कोरोना संग लड्न तैयार भए हुन्छ।


आध्यात्म, चेतना र पुनजागरण 

अमर रहोस मानवतादी आचरण


 पितृसत्तात्मक संस्कृति द्वारा लैङ्गकि आधारमा गरिएको श्रमको विभाजनले कतै कुनै लिङ्गलाई सिमान्तकृत, बहिस्करण र विभेद जस्तो असामाजिक अन्यायमा त पारेको छैन कतै! समाजमा रहेको घिनलाग्दो पितृसत्ता संस्थाको एक सदस्य मलाईपनि बाईएको छ  जसकालागि लज्जित छु। जंगल जंगली जनावरमा पनि एक अघोषित नियमले व्यवस्थित हुन्छ तर जीवहरूमा सर्वश्रेष्ठ र राजनीतिक  प्राणी मानवहुनुको गर्व कतै नदेख्न र महसुस गर्न नपाउनु सिङ्गो मानव समाज प्रति चुनौती छ।

Friday, April 8, 2022

 राहत वितरण कार्यमा सम्बन्धित नेटवर्क बाट प्रणालीगत ढङ्गले तोकिएको निकाय, व्यक्ति वा समूह बाट मात्र पुर्‍याउन आवश्यक देखिदैछ। 

केही स्वयंसेवकको सक्रिय भिडभाड कोरोना वाहकको माध्यम बन्न सक्छ। विपत व्यवस्थापनमा ज्ञान भएका वा स्वस्थ सम्बन्धि चेतना भएका समुहले सुरक्षाकर्मीको सहयोगमा अाफ्ना कार्यक्रम अावस्यक्ता अनुरूप अगाडि बढाउन अनुरोध गरिन्छ। एकद्वार प्रणाली लागू गरौं। 

उदार गर्न गएका व्यक्ति वा समुहका साथिहरूनै असुरक्षीत देखिनु लापरबाहीको हद हो। भोलिका दिन अाफ्नो लापरबाहीले कोही अरू वा अाफुमा संक्रमण फैलिएमा जवाफदेहिता लिने दिने ठाउँ रहन्न। त्यता तर्फ ध्यान दिन जरुरी छ। चाडपर्व मान्नकालागि दालचामल बाँडन हिडेको जस्तो तपाई अफुलाई भान भएमा खुरूक्क घर बस है साथि हो। 

Do not show your fucking humanity heart and welfare mind at this time on the wrong way. If you stay at home seriously will be the real humanity deep inside from the heart and mind. And can save & protect others and yourself easily.

स्थानिय निकाय मार्फत खटिने साथीहरूलाई विशेष सचेत रहन अाग्रह गर्दछौं। मानवताको नाममा केही साथीहरू अलिक भड्किलो देखिनु हुदैछ। होस् पुर्याउदै अाफ्नो कर्तव्य पालना गरौं। तपाईंको स्वास्थ हाम्रो चाहाना। 

अाएका सहयोग वा उपलब्ध सहयोग लक्षित परिवार सम्म पुर्‍याउन वा हस्तान्तरण गर्दा अपनाउनु पर्ने वैज्ञानिक र व्यवहारिक मापदण्ड, नियम र उपायहरू प्रति  ध्यानाकर्षण गराउदछौं। 

लापरवाही हैन है ब्रो! जब कोरोना गाँड मार्तोन तब सारके पत्ता चल्तो!


कर्तब्यपालनामा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक तथा सहयोगी स्वयंसेवक एवं राहत हस्तान्तरण र संकलन गर्ने सबै पक्षका पात्रहरूले अनिवार्य ध्यानदिनु पर्ने कुराहरू;

भिडभाड कम गर्ने र व्यवस्थापन गर्ने, 

सामाजिक भौतिक दूरी कायम गर्ने, 

अनिवार्य गुणस्तर मास्क लगाउने, 

अनिवार्य गुणस्तर सर्जिकल ग्लब (हातपन्जा) लगाउने, 

लगायत तोकिए मुताबिक कार्य गर्ने। 


यस्ता अत्यावश्यक र संवेदनशील कुरामा सबै पक्षबाट देशव्यापी रूपमा लापरबाही भएको देखिएको छ। होसियार रहनु होला! यो पीडा हो पर्व होईन।


Accept & respect the welfare rule & order "Lockdown"

Stay safe inside home & keep silence & "Securetown"


पुँजीवाद


 पुँजीवादी समाजमा कुनै पनि वस्तु तथा सेवाको उत्पादनमा गरिएको लगानी वा आयात निर्यातमा मध्यस्थता गर्ने दलाल पुँजीपतीले नाफा आर्जन गर्ने, पुनः लगानी गरेर अझ मुनाफा बढाउनेमा केन्द्रित हुनुले निम्त्याएको भ्रष्टाचार, कालाबजारी लगायत विषय ऐ पुँजीवादी समाजको विकृति हो, विकार हो। त्यस्ता पुँजीवादी समाजका उच्च वर्गको लगानी र लगानीकर्ताले मुनाफा बिर्सिएर वस्तु वा सेवा प्रदान गरेको छ भनेर बुझ्नु अनविज्ञता हो। बजारको सिद्धान्तमा चलेको जो आफ्नो बजार आफै सृजना गर्छन् र त्यसैबाट लक्षित मुनाफा आर्जन गर्छन्। अर्थात उपभोक्तामा आवश्यक्ता सृजना गराईन्छ र आफ्नो बृहत् उत्पादनका वस्तु तथा सेवको माग पूर्ति गराएर मुनाफा बढाउदछन्। पुँजीवादमा त्यस्ता बजार केन्द्रित नाफामुखी संस्थाहरू  सेवामुखी वा सेवाप्रदत्त संस्था नभएको सबैले होस् राख्नु पर्ने हुन्छ। नत्र यस्तो पृथ्वीमा रहेको मानव समाजको सभ्यता र अस्तित्व अन्तिम अवस्थामा रहेको थाहा पाउँदा पाउदै फेरिपनि मानवीय संवेदनशीलता बिर्सिएर नाफा खोज्नु र त्यसको सृजनामा लाग्नु पुँजीवादको विकार पक्ष हो। त्यस्ता मानव अस्तित्व संकटमा परेको बेलामा मौकाको फाईदा उठाउने भ्रष्ट मानसिकता भएको अमानवीय कार्य गर्ने कालाबजारीका वादशाह र सिपाहीहरू दण्ड र सजायको भागिदार हुन्। 

त्यस्ता अमानुस जो अमानवीय कार्यमा संलग्न सबैलाई आजीवन पेशा व्यवसाय वा आर्थिक कारोबार गर्न दिने अधिकार बाट बन्चित गराईनु पर्छ। त्यस्ता सबै ग्रुप, निजी कम्पनी वा बहुराष्ट्रिय कम्पनीलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा र हदै सम्मको दण्ड, सजाय र जरिवान गराएर सुधारको बाटो तिर जाने र सामाजिक हुने मौका दिनु पर्दछ।

भोक

 भोकको परिचय भोक हो र त्यसलाई सम्बोधन गर्ने अन्नले हो। आजको जस्तो कुनै बिचल्ली अवस्थामा परिचयपत्र नखोजनुस्, भोक सोध्नुस्। मानिसको भोकमा कुन अन्न खाने भनेर उक्त मानिसको अन्नको संस्कार सोधेर सबैलाई हरेक छाक उपलब्ध गराउनु पर्छ भन्ने कुरा सोच्नुस्। यस्ततो अवस्थामा सरकारले  परिचयपत्र खोज्ने काम फेरिपनि क्षमादिन नमिल्ने भुल र निच कार्य हो। आफुले आफ्नो असक्षमता लुकाउने कुटिल चाल हो राज्यको। जनतालाई यस्ता अप्रासंगिक र अमानवीय विषयमा अल्झाईराख्ने तल्लो तहको खेल र कुमन, कुवचन र कुकर्मको पराकाष्ठा हो। सबै नागरिक वा मानिसलाई राहत उपलब्ध गराउन नसक्ने सरकारको नपुंसकताको परिचय हो। एक शिवरात्री वा अन्य यस्तै पर्वमा हप्ता दस दिन सम्म कुनै परिचय नमागी नसोधी प्रशादको नाममा, धर्मको नाममा अन्न ग्रहण गराईन्छ ईज्जतका साथ भने यो त सरकार र राज्यले अाफ्ना नागरिकको भोकको सवाल हो। जो ती नागरिकको मौलिक हक र मानवअधिकार हो। 

Rights for food as per food culture भनेर हामीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु पर्दछ कि यो भोक र संकटको बेलामा राष्ट्र, राष्ट्रियता, वर्ग, लिङ्ग लगायत सबै परिचय भुलेर मानवीयता प्रस्तुत गर्न सक्नु पर्छ राज्यले नकी मापदण्ड।


हार्दिक बधाई तथा शुभकामना

 हार्दिक बधाई तथा शुभकार्यकालको कामना आदरणीय बड्डाओ श्री तिलकराज जोशी प्रति 


ऐतिहासिक गौरवशाली उदारवादी पार्टी नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले संसदीय समिति गठन गरेको छ । समिति सभापति श्री वीरबहादुर बलायरले २०७८ चैत २१ गते सोमबार समिति गठनका क्रममा नेपाली काङ्ग्रेसका नेता एवं उद्योगी आदरणीय बड्डाओ श्री तिलकराज जोशीलाई मनोनीत/सिफारिस गरिएको समाचारले सिङ्गो इमानदार कार्यकर्तामा हौसला थपिएको छ । 


कृषितोनास्ति दुर्भिक्षं (Effort of hardwork will never be wasted.) अर्थात कर्म गरे खाली हात फर्कनु पर्दैन वा निराशा हुनु नपर्ने भन्ने भावअर्थ बोकेको दक्षिण एसियाली हिन्दु समाजमा चलेको संस्कृत भाषाको श्लोक पुष्टि/प्रमाणित भएको छ । पार्टी भित्र पार्टी संगठनको आदर्शमा नडग्मगाई इमानदारीतापूर्वक निरंतर पवित्र भावले कर्मशिल भई लागि रहने हो भने निश्चित समय र परिस्थिति मिलाइ अवसर दिएर प्रोत्साहन गर्ने रहेछ भन्नेमा कुनै संका नपालदा हुन्छ भन्ने उदाहरण पेश गरेको छ नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश एवं आदरणीय नेता श्री वीरबहादुर बलायर ले ।


लोकतान्त्रीकरणको गति नै गलत दिशामा गइरहेको अवस्थामा, लोकतन्त्र धरापमा पारिएको यो परिस्थितिमा, लोकतन्त्रको पुनःनिर्माण गर्न, पार्टी भित्र चलिरहेको प्रदुषीत र अस्वाभाविक खेल बाट सिङ्गो पार्टी/संस्था र राज्यलाई बचाउने चुनौती रहेको विशेष संकटको समयमा, लोकतान्त्रिक सुदृढीकरणका लागि हुन गईरहेको स्थानिय निर्वाचन केन्द्रित रहि गठन गरिएको संसदीय समिति, नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिमा सदस्य जस्तो पदमा मनोनीत हुनु भएको यो विशेष उत्तरदायीत्व प्राप्तिको खुशीको पल यहाँहरू समक्ष बाँडन साथै साझा गर्न चाहान्छौं ।  


आदर्शवादी, नेतृत्व साथै अभिभावकत्वको विशेष गुण र क्षमताले सम्पन्न, आध्यात्मवादी, मानवतावादी साथै प्रेम र करूणा स्वभावले सुसज्जित मेरा गुरु, अभिभावक, हिम्मतदाता आदरणीय दाजु श्री तिलकराज जोशी ज्यूलाई हार्दिक बधाई तथा लोकतान्त्रिक संस्कृति पुनःनिर्माणमा महत्वपूर्ण र ऐतिहासिक निर्णयको भूमिकामा सत्य मन, वचन र कर्मले लाग्न सक्नुहोस भन्दै शुभकार्यकालको कामना व्यक्त गर्दछौं ।

जय नेपाल!


भुवनमान

नेपाली काङ्ग्रेस उदयपुर

जिल्लाकार्यसमिति सदस्य


नैतिकहिन कम्युनिष्ट र अचेत लोकतान्त्रिक समाजवादी

 नैतिकहिन कम्युनिष्ट र अचेत लोकतान्त्रिक समाजवादी 


नेपाली समाजमा "कम्युनिष्ट" शब्दको मर्म र भावनको बदनाम गर्ने नैतिकहिन पक्षधर र अचेत विपक्ष दुवै चेतनाको गुणस्तरमा आफै बदनाम हुदैछन् । निच हुदैछन् ।


"कम्युनिष्ट" सामाजिक संरचनामा रहेको चेतनामा न्यायिक गुणस्तर प्रवृत्ति भएको अवस्था हो नकि कुनै व्यक्ति वा संगठन । आफुलाई कम्युनिष्टको अभियानता ठान्ने मान्नेहरूको नैतिकता र अनुशासनको न्यूनतम मापदण्ड एकैजान संग मिलेको देखिदैन । न त प्रजातान्त्रिक समाजवादी आफ्नो मुद्दामा संवेदनशील देखिन्छन् ।


कम्युनिष्ट भनाउदा र लोकतान्त्रिक जनवादी भनाउदाले आफ्नो विषय र मुद्दामा इमानदारिता र संवेदनशीलता बोकेको भए देश/ राज्य आजको विकराल अवस्था र परिस्थितिमा पुग्दैन थियो । कम्युनिष्ट पक्षधरमा अनैतिक प्रवृत्ति र विपक्षीमा अचेतको स्थिति भएर नै नेपाल आज यहाँ छ । 


आफुलाई कम्युनिष्ट ठान्ने ठगलाई खबरदारी गरौं, हदबन्दी तोकेर सिमा निर्धारण गरौं, बहिस्कार गरौं ।


आफुलाई लोकतान्त्रिक समाजवादी ठान्ने अचेतलाई खबरदारी गरौं, हदबन्दी तोकेर सिमा निर्धारण गरौं, बहिस्कार गरौं ।


चुनावमा त्यस्ता व्यक्ति तथा प्रवृत्तिलाई पार्टी/संगठन, समाज र नागरिक सबैले बहिस्कार गरौं ।


कम्युनिष्टका नाममा ठगी कम्युनिष्ट व्यक्ति प्रवृत्ति, अस्विकार गरौं ।

लोकतान्त्रिक नाममा अलोकतान्त्रिक व्यक्ति प्रवृत्ति, अस्विकार गरौं ।

सहि व्यक्ति र गुणस्तर प्रवृत्ति लाई पार्टी, संगठन र समाजले स्विकार गरौं ।

उनैलाई उमेदवारी सिफारिस गरौं, उनैलाई भोट दियौं ।


न कम्युनिष्ट पक्षधर गलत हुन नत उदार लोकतान्त्रिक पक्षधर । पक्षधर र विपक्षी दुबै आआफ्नो दृष्टिकोण साथै आदर्शमा सहि छन् । गलत छन् त त्यो असामाजिक, अमानविय व्यक्ति तथा प्रवृत्ति नकि आदर्श । बहिस्कार त्यस्ता व्यक्तिलाई मात्र नभई प्रवृत्तिलाई जरैदेखि उखल्ने प्रयास र अभ्यास गरौं । जुन दिगो विकास र समृद्धि उन्मुख हुन सक्छ ।


Monday, April 4, 2022

आध्यात्म र अन्धविश्वास

 मानवको चेतनामा कति सम्मको गुणस्तरको सम्भावना रहेको हुन्छ भन्ने मानवतावादको एक समर्पणको उदाहरण हो निम्न तस्बिर । 


आध्यात्मवादले वकालत गर्ने आध्यात्मिकताको अभ्यास मानवले जब गर्न सक्दछ तब मात्र जीवमा सर्वश्रेष्ठ प्राणी कहलिन्छ । जीव जलचर मध्यमा मानवले आफुलाई सर्वश्रेष्ठ प्राणी सावित गर्ने विधि पद्धति हो आध्यात्मवाद । अन्धविश्वास आफैमा लालची, घमण्डी, क्रूर, क्रोधी, संकुचित, अतिवादी साथै विनाशकारी हुन्छ भने आध्यात्मिकताले दया, प्रेम, करूणा, शान्ति, सृजना र समर्पणको विशेष गुण बोकेको हुन्छ । 


हामी आफुले आफुलाई सामाजिक प्राणी मानव ठान्दै गर्दा हामी र हाम्रो चेतनामा रहेको गुणस्तरको सम्भावनाको अनुमान सम्म लगाउन सकेको छैनौं । आध्यात्मिकता भन्दा अन्धविश्वास सस्तो, सजिलो र उपलब्धता भएकोले  पनि अन्धविश्वासले प्रभावित र संचालित छौं हामी यस ग्रहका मानव । अन्धविश्वासको व्यापकता र पकड नै मानव सभ्यताको सकारात्मक खुशी वृद्धि, विकास र रूपान्तरणको बाधक बनेको देखिन्छ । शक्ति प्राप्तिको कुलत, भोकमा फँसेका व्यक्ति, समुह, संस्था र राज्यले विश्वास राख्ने अन्याय, असमानता, हत्या, हिंसा जस्ता अपराधीक क्रियाकलापमा अतिवादी अभ्यास गर्नु पनि अन्धविश्वास हो । चेतनाहिनता हो । त्यसैले गुणस्तर चेतनाको ठाडो सम्बन्ध र सम्भावना मानवले अभ्यास गर्ने आध्यात्मवाद संग रहेको हुन्छ । चेतनाको सम्बन्ध जब अन्धविश्वास संग हुन्छ तब अतिवाद बन्दछ भने जब चेतनाको सम्बन्ध आध्यात्मसंग रहन्छ तब प्रेम, करूणा, समर्पण र सद्भावले सम्पन्न सर्वश्रेष्ठ प्राणी कहलिन्छ । 

 

अन्धविश्वासले कुरूप र निच अतिवाद संग सम्बन्ध राख्दछ भने आध्यात्मले शान्त आत्मा संग सम्बन्ध राख्दछ । हत्या, हिंसा, काम, क्रोध, लोभ, मोह, अन्याय, असमानता, बहिष्कारण, सिमान्तकृत, लगायत समस्या न्यूनीकरण र समाधान गर्न गुणस्तर चेतनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सामाजिक संरचनात्मक समस्या समाधानमा आध्यात्मिकता र गुणस्तरीय चेतना बीच सम्बन्ध छ-छैन भन्ने विषयको खोज, अध्ययन गर्न जरुरी छ हामी मानवले ।


तस्बिरमा रहेको ऐतिहासिक पवित्र तिर्थस्थलको सामान्य जानकारी:


ङिङ दुई छेन्पो-ल्हुई जिम्सा :पवित्र ऐतिहासिक तिर्थस्थल नमोबुद्ध 


बौद्ध धर्मको धार्मिकशास्त्रमा उल्लेख भए अनुसार आज भन्दा ६ हजार वर्षअघि ङिङ दुई छेन्पोले भोकग्रस्त एवम् प्रसव वेदनाले मरणासन्न अवस्थामा रहेकी एउटी बघिनी र त्यसका पाँच वटा डमरूहरूलाई शरीर दान दिनुभएपछि कालान्तरमा लुमी ग्याल्सा (लुम्बिनी) मा भगवान बुद्ध साङके च्योम्दन्दले नामको टुलुवा (अवतार) जन्म लिनुभई जीवनको अन्तिम कालमा पुनः आफ्नो पूर्वजन्मको पवित्र स्थलको दर्शन गर्न स्वयं भगवान बुद्ध, स्यारिबु र माओग्याल्गीबुका साथ यही धार्मिक तिर्थस्थलमा आईपुग्नुभई साङके ङिङदुईछेन्पादा फ्याफुल्पा भनी ३ पटक ढोग गर्नु भएको थियो । त्यसबेला देखि यश ऐतिहाँसिक स्थानलाई साङके फुयाफुल्ला भनी तामाङ बाहेक अन्य भाषामा बोल्नेहरूले बुझन सजिलोको लागि नमोबुद्ध रूपान्तरित रूपमा नाम राखेको पाईन्छ । 

यस पवित्र तिर्थस्थलको दर्शनबाट शरिरको पाप हटछ भन्ने धार्मिक विश्वास रहेको छ । यो पवित्र तिर्थस्थल काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको छ ।


Sunday, April 3, 2022

कविता: माने मान, नमाने जान

 माने मान,नमाने जान!


हामी हिमालय पर्वत हौँ!

समुन्द्रको मुल हौँ!

विश्वको सिर हौँ!

माने मान, नमाने जान!

हामी सृङ्खलाको गाँथा हौँ!

हामी पिक सगरमाथा हौँ!


हामी रणभूमी को योद्धा  हौँ!

साहसी मा परम् वीर हौँ!

भिक्टोरी मा क्रस हौँ!

माने मान, नमाने जान!

हामी बहादुरीको धुन हौँ!

हामी ग्रेट तुल बहादुर पुन हौँ!


हामी धर्तीको स्तुपा हौँ!

ईमानको कुल हौँ!

शान्तीको दुत हौँ!

माने मान, नमाने जान!

हामी मनको विशुद्ध हौँ!

हामी शान्त गौतम् बुद्ध हौँ!


भुवनमान

२०७१/०४/२१

काठमाण्डौ


कोरोना संक्रमण

 पृथ्वीको फरक फरक स्थानमा बसोबास गर्नेहरू मध्ये कोरोणा भाईरस संक्रमण बाट ८ लाख ४१ हजार ३ सय १९ पिडामा र त्यस विरूद्ध संघर्षरत छन्। जस मध्य २ लाख ३६ हजार १ सय ८५ जनाले ऐ संग विजय प्राप्त गरि सुस्वास्थ भईसकेका छन्। भने आज सम्म कुल ६१ हजार १ सय ४१ जनाको मृत्यु भईसकेको छ।


कोरोना रोगलाई हामी सर्वसाधारणले जसरी लिएका छौं त्यो भन्दा अत्यधिक घातक, खतरनाक र विनाशकारी भएकोले सामान्य ढङ्गले नलिनहुन आग्रह गर्दै आआफ्नो स्थानमा निजी एकान्त बास अर्थात क्वारेन्टाइनमा बस्दै विश्व स्वास्थ संगठन र राज्यले ऐ सम्बन्धि बनाएको नियम र दिएको निर्देशन पालना गर्दै उच्च सतर्कता अपनाउन हुन् विश्व समाज प्रति अपिल गर्दछौं।


यो पृथ्वीमा परेको मानव केन्द्रित कोरोना प्रकोपलाई उच्च मनोबल, उच्च सतर्कता र उच्च सुरक्षा बाट मात्र जित्न सकिन्छ। त्यसकालागि आर्थिक, भौतिक, मानसिक, आध्यात्मिक हौसला उदारताका साथ आदानप्रदान गरौं।

Accept & respect the welfare rule & order "Lockdown"

Stay safe inside home & keep silence & "Securetown" 


यस पृथ्वीमा ऐ रोगको संक्रमणका कारण मृत्युहुने सम्पूर्णको आत्माको शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यो विश्व सोकको घडीमा सोकाकुल परिवारमा सहने र पिडालाई शक्तिमा बदल्ने क्षमता अदृश्य शक्तिले र शक्तिशाली समाजले प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं।


साथै ऐ भाईरस बाट संक्रमित मानव सबैमा यसलाई जित्ने प्रत्येक पल अदभूत हौसला र सशक्त विश्वासको अलौकिक विकास होस भन्दै सम्पूर्णमा शिघ्र स्वास्थ लाभको कामना गर्दछौं।


यस रोगबाट मानवलाई बचाउन कल्याणकारी र साहसिक व्यक्तित्व जो अाफ्नो ज्यान बाजीमा लगाएर अहोरात्र खट्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवक र प्रत्यक्ष परोक्ष शारीरिक, भौतिक, आर्थिक र आध्यात्मिक सहयोगी मन, वचन र कर्मलाई हार्हिक नमन 🙏।


ऐ पिडालाई जित्न र न्युनिकरण गर्न भएको Lockdown का कारण निम्त्याउने अन्य गाँस बासका पिडामा मानवताभाव र कर्मका साथ समवेदना प्रकट गर्नुहुने यहाँहरूमा सलाम💐।


आज सम्म सकुशल रहनुहुनेहरूमा आफु बाँच्न र अरू बचाउन अझ अनुशासनका साथ क्वारेन्टाइनमा बस्ने पवित्र  क्षमताको दिन दुईगुना रात चौगुना विकास होस्, शुभकामना।


सन्तानको भविष्य र उल्टो बुट्टी

 जुन समाजका मातापितालाई आफ्नो संतानको भन्दा उनको भविष्यको चिन्ता हुन्छ त्यही मुलुकले हो सबैभन्दा बढी प्रगति गर्ने तर उल्टो बुट्टी पर्यो भने सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा पनि पर्नसक्छ।


एउटा त्योस्तो मातापिता हुन्छन् जो आफ्नो सन्तानको उज्ज्वल भविष्यकालागि सबैको सन्तानको दूर भविष्य सम्म हित हुने नीतिगत निर्णय गर्दछन् र कार्यान्वयनमा ल्याउदछन्।

एउटा त्यस्तो मातापिता हुन्छन् जो आफ्नो सन्तानको क्षणिक सुसखकालागि चरम नीतिगत-आर्थिक भ्रष्टाचार, अनुशासन र नैतिकहिन कार्यान्वयनमा लाग्दछन् जसले अरूका सन्तानको भविष्यको हत्या हरेक पल, समय, कदम र निर्णय निर्णयमा गरिरहेको हुन्छ। त्यस्ता अभिभावकले आफ्नै सन्तानहरूको दूर भविष्यलाई र आफ्नो कुलखान्दानलाई गाढा अन्धाकारमा धकेलिरहेको स्मरण गर्न सक्दैनन्। किनकि त्यो मस्तिष्क नैतिकता र अनुशासनका विषयमा सोच्न र स्मरण गर्न नसक्ने असंतुलित अवस्थामा रहेको हुन्छ। जसलाई बौद्धिक असन्तुलन पनि भन्ने गरिन्छ। यस्तो स्वभाव विशेष गरेर कमजोर राज्यका स्थायी र अस्थायी सरकारमा सहभागी सदस्यमा बढी हुने मात्र नभई सामाजिक संरचनामै अघोषित संस्कार हुने हुदा व्यक्ति वा समुहमा गहिरो गरि गढेर बसेको हुन्छ। जसको विकल्प देख्ने क्षमता शून्य जस्तो हुन्छ। 

नियत खराब मस्तिष्कले सही, सत्य र हितमा कार्य गर्नै सक्दैन। किनकि नितखोटको वृक्षमा, स्वार्थ र लोभी स्वादले भरिएको अहितकारी र विषयुक्त गुण भएको विषालु फल नै फल्दछ। जसरी विष वृक्षमा जतिसुकै गंगाजल सिचाइ गरेपनि त्यले फलाउने भनेको कहिले पनि अमृत फल हुदैन। त्यही वृक्षगुणले भरिएको जस्तै फल फल्दछ। अर्थात अनैतिक ढङ्गले आफ्नो सन्तानको सुख चाहनेले, सन्तानरूपि त्यो सुन्दर फलमा विष गुण भर्ने कृया भईरहेको हुने विषयमा ध्यान दिनु पर्दछ।


अरूको हित गरे तिम्रो पनि हित हुन्छ तर आफ्नो हितको स्वार्थमा लालची भएमा, भएको आफ्नै पनि नासिने र बिग्रने निश्चित छ। जो प्राकृतिक सिद्धान्त वा नियम मान्न सकिन्छ। सन्तानको चिन्ता लिनु पर्दछ तर आफ्नो जस्तै अरू सन्तानको लिएमा सबैको हित हुनेछ र आत्माले शरीर लिएर जन्मेको अर्थ रहनेछ।

शुभकामना ती हरेक भविष्य निर्माता स्थायी, अस्थायी सरकारमा रहने र समाजमा रहनुहुने मातापितालाई...!


Saturday, April 2, 2022

धर्मो रक्षति रक्षित:

 यो विश्वसमाजमा रहेको व्यक्ति वा समुहको मनोविज्ञान बडो अचम्मको छ र हुन्छ नै यस्तो। यस्तो मानवसभ्यताको संकटको घडीमा, आपतकालमा, महामारीमा, विपत्तिमा र प्रकोपमा यस्ता विभिन्न खालका वर्गका कुरा, पहिचानका कुरा, रंगभेदका कुरा, शक्तिका कुरा जस्तै धनी-गरिब, गोरा-काला, आर्य-मंगोल, भाषा-धर्म, राष्ट्र-भूगोलका कुरा गर्नु हुदैन भन्छन्। यी सबै कुरा बिर्सिएर, त्यस भन्दा माथि उठेर एक आपसमा एक हुनपर्दछ र सहयोग आदान प्रदान गर्नु पर्दछ भन्ने हल्ला गर्दैछन् र जता ततै सुनिन्छ। 


यहि मानवताका कुरा सामान्य अवस्थामा किन गर्दैनन्। के सामान्य अवस्थामा त्यस्ता मानवतावादका कुराहरू स्मृतिमा नरहने हो र चेतनशील र सर्वश्रेष्ठ प्राणी मानिने मानिसमा। सबै कुराको सम्झना किन संकटमा मात्र स्मरणमा आउदछ। त्यसैले अब बुझ्न जरुरी छ मानवले कि यो प्रकृति र पृथ्वीमा एक किरा फटयांग्रा, जलचर, पशुपक्षीको जति नै सिमित अधिकार छ त्यो भन्दा धेरै तगजग गर्ने अधिकार छदै छैन। तर खुशीको कुरा हामी मानवमा अन्य भन्दा कर्तव्य र दायित्व भने अथाह छ सृष्टिको हितकालागि, लाभ लिन र दिन।


अरूबेला घाँस चरानमा गएको मानवको मस्तिष्कको मानवता हिजोआज फर्किएको जस्तो देखिदैछ। के यो विचार स्थायी हुनसक्ला त! विश्वास नै नलाग्ने दानविय कार्य मानवकै हो भने विश्वासै गर्न नसकिने दैवीक कार्य पनि मानवले नै गर्ने हुन। अबका दिनमा सामान्य दैनिकी फर्किए संगै मानिसको मन, वचन र कर्ममा मानवतावाद, मानवियता, मानवतावादी, मानवियकरण अझ सशक्त भएर जानेमा विश्वास गर्नुकी नगर्नु अझै दोधारमा छौं तर आशा गरौं। भौतिक करूणा, शोक, र आँसु यी सबै आत्माको अज्ञानताका चिन्ह हुन् भनेर श्रीमद्भगवद्गगीतामा उल्लिखित भएकैले मानवीय चेतना र त्यस्ले सधै बोक्ने लोभ जस्तो बिचार र मनोविज्ञान प्रति विश्वासै लाग्दैन। फेरि त्यही र त्यस्तै नहोला भन्ने।


धेरै वादहरूमध्य यो मानवतावाद त्यस्तो सिद्धान्त वा दृष्टिकोण हो जसमा कुनै निश्चित समय, भूगोल, परिवेश, आकाश-धर्ती, कुनै दिशा कतै पनि आवश्यक्ताको सिद्धान्त लागू हुदैन। यो आफैमा हर वक्त आवश्यक्ताको सिद्दान्त हो यसलाई अाफ्नो हितकालागि आवश्यक प्रयोग गर्नेहरू अमानव हुन्।


सबै मानवले मानवता आफुमा हरवक्त सक्रिय र स्मरणमा राख्नु पर्ने हुन्छ, नकि संकटको घडीमा मात्र। मानवतावादी ले सधैं स्मरणमा राख्ने महत्वपूर्ण सिद्धान्त भनेको नै "धर्मो रक्षति रक्षित:" र "स्वस्थ एवं समतामुलक समाज निर्माण, रहस्यमय व्रम्हाण्डको खोज, पृथ्वीको दिर्घायु , प्रकृतिमा शुद्धताको कल्पना" नै हो।


धर्म

 श्रीमद्भगवद्गगीता सामाजिक विज्ञान अन्तर्गतको कला र विज्ञानले भरिएको एक सशक्त समाजशास्त्र हो। जसले समाजमा रहेको आध्यात्मिक, भौतिक, राजनीति, समाज, अर्थ, जीवन, द्वन्द, संतुलन लगायतको गहिरो अध्ययन र शिक्षा प्रदान गर्दछ। सामाजिक संस्थाको नियमितता वा मानवको न्यायिक र गुणस्तर जीवनका लागि जीवनदर्शन प्रदान गर्ने भरपुर प्रयास गरिएको छ। समाजमा रहेको मानवको अाध्यात्म चेतनाले सृजना गर्ने सुखी, खुसी र साधु जीवनशैली बाट कसरी रहस्यमय व्रम्हाण्ड, दिर्घायु पृथ्वी, शुद्ध प्रकृति र स्वस्थ समाज प्राप्त गर्ने सकिन्छ भन्ने पाठ सिकाउन खोजेको छ। साथै सामाजिक व्यवस्थामा नियमितता, निरंतरता, विकास, रूपान्तरण र परिवर्तन अध्ययन र अार्जन गर्न साथै विशेषगरी मानव र समाजको गुणस्तर प्राप्तिका लागि विभिन्न सामाजिक दृष्टिकोण जस्तै संरचनात्मक प्रकार्यवाद, द्वन्दात्मक र साङ्केतिक अन्तरक्रिया लागयत सबै दृष्टिकोणले शिक्षा प्रदान गर्न खोजिएको छ। तथापि यसको पवित्रतामा केही निजी वा सामुहिक स्वार्थ पूरा गर्न अतिवादल विचारधारीले गलत ढङ्गले खेलिरहेको देखिन्छ। अर्थात बौद्धिक भ्रष्टाचार गरिरहेको देखिन्छ जो गलत छ।


तर यहाँ धर्मको परिभाषामाथि छेडखानी गर्दै केही धार्मिक साम्प्रदायिक अतिवादी व्यक्ति वा समुहले अाफ्ना लाभका लागि सिङ्गो व्रम्हाण्ड, पृथ्वी, प्रकृति, समाज र मानवको विशुद्ध हित बोकेको शुद्ध र पवित्र श्रीमद्भगवतगीताको यथारूपमा निकै गिरेर गलत हर्कत प्रस्तुति गरेको देखिन्छ। भागवतगीतालाई गरिखाने भाँडो बनाउने अतिवादी व्यक्ति वा समूहकै कारण हिन्दू सम्प्रदाय अझ बदनाम हुँदै गएको रहेछ। हिन्दु धर्म नभई सभ्यता हो, समूह हो, सम्प्रदाय हो साथै यो विशेष गरेर उत्कृष्ट प्रमाणीत नियमहरूले भरिएको गुणस्तरीय जीवन शैली पनि हो। जो हरेक पल र समयमा व्यवहारिक र वैज्ञानिक छ।


"देवता मान्नु वा पुज्नु भनेको धर्म हो" भन्ने परिभाषा सामन्तवादी समाजको हो। आजको विश्वव्यापीकरणको समयमा पनि धर्मको अर्थ देवता मान्नु वा पुजापाठ गर्नु ठानिन्छ अर्थ्याईन्छ भने निश्चित शक्ति लाभकालागि कुनै व्यक्ति, समूह वा संस्थाकाले  त्यो व्यवसायीकता बनाएको हो मान्नु पर्दछ अर्थात पुँजीवादी समाज को मुख्य चरित्र हो। तर अाम समाजले देवता प्रति गरेको विश्वास भने श्रद्धा हो त्यो भावलाई सम्मान गर्नु पर्दछ जब सम्म त्यो अफिम बन्दैन। यथार्थमा त्यो सम्प्रदाय हो र धार्मिकीकरणको राजनिति हो नकार्नु हुन्न।

त्यो बेला लेखिएको धर्मको विषय अाजपनि उत्तिकै सान्दर्भिक छ धर्मो रक्षति रक्षितः अर्थात धर्मको रक्ष गर्छौ भने धर्मले तिम्रो रक्षा गर्नेछ भन्ने हो। अझ स्पष्ट संग भन्नू पर्दा " धर्मको रक्षा गर, तिमी स्वतः रक्षित हुनेछौ"। 

हिन्दु धर्मको अनुसार 

परोपकार गर्नु, 

स्त्रीको सम्मान गर्नु, 

पर्यावरणको रक्षा गर्नु, 

समतावादी र समन्वयवादी हुनु, 

जीवजगतको_सेवा_गर्नु नै धर्म हो भनिएको छ। धर्म एक मानवतावादको आधर हो जसका कारण मानिसको नैतिक एवं मानवीय गुण दया, क्षमा, तप, त्याग, मनोबल, सत्यनिष्ठा, सुबुद्धि, शील, पराक्रम, नम्रता, कर्तव्यनिष्ठा, मर्यादा, सेवा, नैतिकता, विवेक, धैर्य इत्यादिको सशक्त र गहिरो सु-संस्कारको विकास गर्दछ। धर्मको परिभाषा ती गुणस्तर र स्वस्थ मस्तिष्कले मात्र बुझ्नेछ भन्ने कुरा विभिन्न विद्वानहरूले भनिरहेका छन्। साथै यसलाई केहीले गरिखानेमेलो बनाएका छन् भन्ने आरोप पनि निकै रहेको छ आजको दिनमा। हाम्रो नेपाली समाजमा धर्मको अर्थ तथा परिभाषा साथै त्यसले बोकेको मर्म र भावनाको शुद्धतामा दिनदिनै ह्रास आउदैछ। जसका कारण सिङ्गो सम्प्रदायको परिचय बोकेको सामाजिक धार्मिक संस्था  अपमानित भईरहेको छ। देवता मान्नु वा पुज्नुलाई धर्म मानिन्छ भन्ने कुरा कतै रहेछ भने हामीलाई सुझाव र सल्लाह दिनु हुन अनुरोध गर्दछौं। यथार्थमा मानवतावाद नै धर्म हो भन्न सकिन्छ।


धर्मले बोकेको अर्थ र परिभाषा माथि छेडखानी गर्ने जो कोही धार्मिक संस्थामा अाबद्ध साम्प्रदायिक संस्थागत व्यक्ति वा समुहले आफुलाई सहिबाटोमा नल्याउनाले अाजको दिन सम्म आई पुग्दा विश्व पटक पटक विभिन्न प्राकृतिक, अप्राकृतिक, जैविक, अजैविक प्रकोप बाट गुज्रिएको हो भन्न मिल्दछ। जब धर्मको शुद्धतालाई तोडमोड गरेर हिन्दु, मुस्लिम, बौद्ध, ईशाई समप्रदायलाई धर्म भन्न थालियो त्यही दिन देखि धर्म आफैमा बदनाम छ र निष्क्रिय छ।

त्यो श्रीमद्भभगवद्गीताका माध्यम बाट बौद्धिक भष्टाचार गरिरहेको स्पष्ट प्रमाण सहित देख्न सकिन्छ। जसले समाजमा अतिवादी व्यक्ति वा समुहको जन्म दिनेमा प्रमुख भूमिका खेलिरहेको हुन्छ। गीताको यथार्थभाव बिगार्ने र पवित्र धार्मिक ग्रन्थ मानिएको मानव, समाज र प्रकृति कल्याणकारी शास्त्रको पवित्रता धमिल्याउने सबै अपराधी हुन्, दोषी हुन् र अधर्मी हुन्। फटाही गर्ने!


Friday, April 1, 2022

ओलिवाद

 मुख्य गरेर उत्पादनका साधन माथिको पहुचका कारणले सृजना भएको वर्गहरू (उच्च र निम्म) साथै त्यस वर्गहरू बिचको द्वन्दात्मक तर परिपुरक सम्बन्धहरूको अध्ययन युरोपमा जन्म भएको युरोपेली माक्र्सवादले गर्दछ। उत्पादनका स्वरूपमा र समाजिक संरचना एवं संस्थाहरूमा कसरी र कस्ता खालका परिवर्तनहरू आउछन् भन्ने समाजशास्त्रीय द्वन्दात्मक दृष्टिकोणको एक मात्र माक्र्सवादको ऐतिहासिक द्वन्दात्मक भौतिकवादी दृष्टिकोणले समाजको रूपान्तरण, परिवर्तन र विकासको सूक्ष्म अध्ययन गर्दो रहेछ भन्ने सम्म त अलिअलि बुझ्न खोजिदैछ।


तर नेपालमा जिवित प्रचण्डपथ, विप्लववाद, चित्रवाद, बिजुक्छेवाद, वैद्यपथ, ओलिवाद जस्ता शक्तिशाली कम्युनिष्ट बुझ्न सिकएन। आखिर के छ त्यस्तो नेपालको कम्युनिष्टमा जो बुझ्न जटिल हुदैछ। के नेपालको कम्युनिष्ट वा भनौं नेपालको नवमाक्रसवाद बुझ्न सकिदैन र? अझ जल्दो बल्दो दुईतिहाईको ओलीवाद के हो  र यसका विशेषता र चरित्र कस्तो हुन्छ भन्ने जिज्ञासा कसैले राखिहाले के जवाफ दिनुहुन्छ विद्वानहरूले?


वर्तमान सरकारले गरेको व्यवहारीक, आर्थिक र नीतिगत अनुशासन गुमाउदा पनि देखाएको सहनशीलता त्यही नेपालको वर्तमान कम्युनिष्ट मानिएको ओलीवादको हिस्सा हो भनेर मान्न पाउने कि नपाउने हामीले। हो भेर मान्ने आधारहरू जति सशक्त छ, होईन भन्ने आधारहरू त्यत्तिनै बनावटी, नक्कली, धुर्त र  कमजोर देखिन्छ। यस्तो अचम्मको वाद रूपि विचारले समय र परिस्थिति अनुशार आफ्नो नाम र परिचय फेरिएको त देखियो तर सबै सबै प्रचण्डपथ देखि ओलीवाद सम्म त्यही एकै विचारले निर्देशित अनि जुन हद सम्म वा हद पार गरेर लक्ष्य प्राप्ति गर्ने देखियो। आत्मकेन्द्रित, अर्थकेन्द्रित। ऐतिहासिक द्वन्दात्मक भौतिकवादको नाममा सातमुखे झोली, शंख, घण्ट, डमरू, खराउ बोक्ने अनि त्यसैको नामको खरानी धस्ने साथै त्यही त्रिशुलले थर्काउने, तर्साउने र ज्यान सम्म लिने कार्य स्पष्ट देखिदैछ।


विश्वसमाजको मानव सभ्यता संकटमा परिरहेको बेला पनि अनुशासन गुमाउदै लोभ, लालचामा केन्द्रित हुनु तिम्रो वाद दोषी कि सामाजिक संरचना !