विश्व राजनीतिक इतिहासका पन्नामा दर्ज हुनेछ निर्वाचन गठबन्धन-२०७९ । कालो वा सुनौलो अक्षरमा हो भन्ने त्यसको निर्णय भविष्यले गर्नेछ । तर यो गठबन्धन पवित्र गठबन्धन हो, राष्ट्र हितकालागि हो, भनेर ठोकुवा दिन सक्ने पक्षधर पात्र कोही छन् भने किन त्यसो भन्दैछन् भनेर सोच्न खोज्न जरुरी छ ।
दलको गठबन्धनले स्वतन्त्र नागरिकको मतदानको अधिकारलाई हस्तक्षेप, नियन्त्रण वा सर्वसत्तावादी आदेश दिएर विकल्पहरूको छनौटको अधिकार र स्वतन्त्रता माथि लोकतन्त्रको नाममा, सत्ताकेन्द्रित हुँदै अलोकतान्त्रिक प्रवृत्ति र अभ्यास प्रति सम्मोहन बढेको त हैन !
नागरिक प्रधान, निजी सम्पत्तिको अधिकार बोक्ने उदारवादी लोकतान्त्रिक समाजवादी आदर्श र साझा सम्पत्ति, राज्य केन्द्रित/प्रधान निर्दलिय निरंकुश समाजवादी आदर्श बीचको रणभूमीमा पक्ष विपक्षको भूईमान्छे, आमनागरिकको विकल्पको छनौटको स्वायत्ततामा अतिवाद दलतन्त्रको प्रभाव र हस्तक्षेप नदेखिएको राम्रो ।
म लोकतन्त्रवादी भूइमान्छे, मैले मतदान मेरो आदर्शको खिलाफमा किन दिने!
म राज्यप्रधान समाजवादी, मैले मतदान मेरो आदर्शको खिलाफमा किन दिने !
हाम्रो निजी आदर्शको अधिकार माथि किन यस्तो नियन्त्रण !
हाम्रो निजी आदर्शको अधिकार माथि किन यस्तो निर्देशन !
आखिर केका लागि !
यसरी नै सधै चल्दैन नयाँ नयाँ हत्कण्डा अपनाएर । अब नो भोट (No Vote) र भोट फिर्ता (Vote Return) को उच्चतम लोकतान्त्रिक विधि, पद्धति, प्रणालीको अभ्यास पनि आउनेछ । त्यस दिनको पन्नामा आजको क्रियाकलापलाई भविष्यले थुक्नेछ । लज्जित हुनु पर्नेछ जसरी स्व. पृथ्वीनारायण, जंगबहादुर, महेन्द्र लगायतलाई जीवित बनाएर लज्जित बनाईएको आँखाअगाडी नै छ । त्यसैले सबैले गहिरो अध्ययन र छलफल चलाएर सहि निर्णयमा पुग्न जरुरी छ । करदाता नागरिक प्रति बफादार, पारदर्शिता, उत्तरदायी र जवाफदेहिता राख्न जरुरी छ ।

No comments:
Post a Comment