सवारी साधनको स्ट्रिङमा बसेको ड्राईभरले त पैदलयात्रुको मर्म र भावना बुझ्न सकेको छैन अनि हामी सिंहदरबारमा बसेर राज्य र नागरिकको भविष्यको जहाज उडाउने लाई सच्याउन खोज्छौं । आफू के गर्दैछु भन्दा त्यसले के गर्दैछ भन्ने यस्तो प्रवृत्ति नेपाली समाजको पेवा बनिसकेको छ । आफ्नो आफ्नो तह र क्षमता अनुसारको शक्तिको अभ्यास र प्रदर्शन गर्नु नेपाली समाजको संस्कृति नै बनेको देखिन्छ । सम्मान र समानता अनुभव गर्न सम्मान र समानताको व्यवहार प्रस्तुत गर्नु पर्दछ । यदि त्यसो हुदैन भने त्यहाँ नाफाको नामको चोरी, अन्याय र भ्रष्टाचारको खेल चलिरहन्छ जहाँ नेपाली नागरिकको हक अधिकार तथा सामाजिक सुरक्षालाई छक्का र चौका हानी रहनेछन् । त्यस खेलको प्रतिपक्ष खेलाडी पनि हामी समपक्षी खेलाडी पनि हामी । यो खेल कसैलाई आफुले जिते जस्ता लागे पनि हार्ने हामी । यो हार-हारको खेल खेल्ने वास्तविक खेलाडी हामी । आफुले आफुलाई हराउने प्रवृत्तिका हामी र हाम्रो समाज ।
एक सवारी चालकले सडक अनुशासन तोडेर अचेत झै पैदल यात्रुलाई आफ्नो हैसियत देखाउदा हुने अनि सिंहदरबारमा बस्नेले देखाउन चै न हुने हो र ! देखाउन नहुने हो तर सबैले आ-आफ्नो तहबाट शक्ति तथा क्षमता अनुसारको शोषण र अन्यायको अभ्यास गरिररहेको देखिन्छ । सिंहदरबार बस्नेले यही ड्राईभर प्रवृत्त मात्र देखाएको हो । यति फरक हो ड्राईभरले सडकमा पैदलयात्रु लाई देखाँउछ भने सिंहदरबारमा बस्नेले देश र नागरिकलाई । जुन एउटै विषय प्रसंग र प्रवृत्ति हो मान्न सकिन्छ । यहि नै नेपाली समाजको मस्तिष्कमा रहेको मूल्य मान्यता हो जो संस्कृति बनिसकेको छ साथै त्यही नै ब्यवहारमा देखिएको मात्र हो ।
जब सम्म अरूको विषयमा सोच्ने संस्कृतिको विकास र अभ्यास गरिदैन तब सम्म तपाई हाम्रो विषयमा सोच्ने फुर्सद कसैलाई हुदैन । ड्राईभरले अरूको विषय र अनुभवको बारेमा नसोच्दा हुन्छ भने नेपालको कार्यकारी पदमा बस्ने स्थाई अस्थाई सरकारका व्यक्तिले नसोदा पनि हुन्छ । त्यही साँस्कृतिक पक्ष नै हो नेपाली समाजको अविकासको कारक । आफुले भोगिरहेको, अनुभव गरेको, महसुस गरेको अन्याय, असमानता, शोषणका विषयमा मात्र नभई समाज भित्र कुन कुन व्यक्तिले ले कस्ता कस्ता खालका अनुभव गरिरहेका छन् भनेर अध्ययन र चिन्तन गर्नु महत्वपूर्ण विषय हो । यस्तो अभ्यासले नेपालको विकास र समृद्धि लाई कसैले बाधा अवरोध गर्न सक्दैनन् । नेपालको अविकास र दुखको कारक हामी नेपाली समाज र हामीले विकास गरेका मूल्य, मान्यता र अभ्यास गर्ने गरेको संस्कृति नै हो । यो सम्म पुग्ने, स्विकार्ने र आत्मालोचना गर्ने चेतनाको अभ्यास व्यापक रूपमा गर्नु पर्ने देखिन्छ ।
सिम्रिक रंगको पछ्यौरी, हरियो साडी पहिरनमा कालो झोला बोकेकी मधेसी गाँउले महिला जो बाटो काटन प्रयास गरिरहेकी छिन । निकैबेर अघि पछि गरिरहन्छीन । सायद सहायताको अपेक्षा गरिरहेकी हुन सक्छ ती सवारी चालक लगायत अन्य पैदलयात्रु बाट । यो छोटो क्लिपले नेपाली समाजको यथार्थ प्रस्तुत गर्दछ ।
हामी सबैलाई शुभकामना ।
No comments:
Post a Comment