०६२/०६३ मा भएको जनआन्दोलन भाग-२ को उपलब्धिले स्थापित केही मुख्य मुद्दा मध्ये एक हो "नेपाल बहुराष्ट्रिय राज्य" । नेपालको संविधानको नारा "विविधता बिचको एकता" ले नै स्पष्ट हुन्छ नेपाल र नेपाली समाजको महत्त्वपूर्ण परिचय ।
सामाजिक सद्भाव र शान्ति, सामाजिक सुरक्षा, सामाजिक न्याय, बहुलवाद, मानवअधिकार, साँस्कृतिक राजनीति लगायत लोकतान्त्रिक विषय र मुद्दामा बहस र वकालत गर्न अाफ्नो आदर्श सिद्धान्त बनाएको प्रजातान्त्रिक समाजवादी पार्टी नेपाली काङ्ग्रेसको नाराको रूपमा रहेको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद आफैमा बहुराष्ट्रियवाद हो । नेपाली काङ्ग्रेसको अगुवाइमा अन्य दलहरूको मुख्य सहभागीले नेतृत्व गरेको नेपाली जनताको उपस्थितिले सम्भव दोस्रो जनआन्दोलको उपलब्धि नेपालको अन्तरिम संविधान २०६३ साथै नेपालको संविधान २०७२ ले बहुजातीय, बहुधर्मीक, बहुसाँस्कृतिक, बहुभाषिक, र भौगोलिक विविधतायुक्त भनेर बहुराष्ट्रियताको सवालमा स्पष्ट स्थापित र उल्लेख गराएका छौं । तर पनि यस सवालमा नेपाली समाजमा र प्रजातान्त्रिक पार्टीका स्वयंसेवकमा विवाद देखिनुले नेपाली काङ्ग्रेस नै अझ कमजोर पर्दै जानु हो । नेपाली काङ्ग्रेसमा आबद्ध रहेर विषयको गम्भीरता माथि छेडखानी गर्दै अपमानजनक ढङ्गले अप्रजातान्त्रिक र अलोकतान्त्रिक अभिव्यक्ति दिनुले नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा अास्था र विश्वास राख्ने हरेक नागरिकको चित्तमा ठेेस पुग्न सक्छ । संयमित रहेर हरेक चुनौतीलाई अवसरमा बदल्ने प्रयास गर्नु र लोकतन्त्रको लागि अाफुलाई पक्षमा रखेर सामाजिक एकता र जनताको चेतनामा वृद्धि गराउन हरदम लागि पर्नुको विकल्पमा नजाअौं।
पहिले आफु बहुराष्ट्रियवादी हो होईन स्पष्ट हौं अनि अाफु सहभागी भएको दल बहुराष्ट्रियवादी हो होईन ठम्याअौं । नेपाल र नेपाली समाज के हो भन्ने सवालमा नेपालको संविधानले स्पष्ट बोलेको छ जसरी श्रीमद्भागवत गितामा धर्म, अर्थ, काम, मोक्ष, कर्म, संसार, योग, भक्ति, मायाक, पूजाका विषयमा उल्लेख छ। नेपाली समाजमा शान्ति र सद्भाव चाहने जुनसुकै दलका स्वयंसेवक, वा समाजका सदस्यले अाफ्नो अभिव्यक्ति प्रस्तुत गर्दै गर्दा मानवतावादी र सामाजिक न्यायको विषयको केन्द्रमा रहेर दिदा "सर्वे भवन्तु सुखिन: । सर्वे सन्तुनिरामय: ।।" को आदर्शको सार्थकता हुनेछ । नत्र मुखमा रामराम बगलीमा छुरा भने जस्तै हुनेछ ।

No comments:
Post a Comment