Sunday, January 3, 2021

 घडी नहुने संग समय छ।

समय नहुने संग घडी छ।

कसै संग घडी र समय छैन।

कसैसँग घडी र समय दुवै छ।

तर वास्तवमा घडी हुने नहुने दुवै संग समय छ।

मानवताका लागि घडी(धन) र समय(मन) सबै संग रहोस् शुभकामना!

घडी र समय दुवै अावश्यक्ता बोध भएको र दुवैकालागि संघर्षरत समयको, घडी लगाउने, लगाईदिने र समय देखाउन चाहने समाजको एक सदस्य म।


भूइमान्छे

 अख्तियारमा पुगेका कोहीहरू आफुलाई राजा ठान्ने, केही अबोध अभियानताहरू राजा मान्ने र बनाउने दौडमा देखियो तर जनता नै वास्तविक राजा हो भन्नेहरू र हामी भूइममान्छे नै राजा हौं भन्न सक्ने त्यस्ता वीर रसले भरिएको रौद्ररूप कम देखियो। हरेक कर्मठ नागरिक आफुले देशलाई पालिरहेका छन् भन्ने बुझाई र त्यसमाथिको अधिकार जमाउन सकिनरहेको अवस्था बुझिन्छ।

 "संघीय लोकतान्त्रिक गणतन्त्र" राजसंस्था हो भने त्यस संस्था रूपी राष्ट्रका हरेक अधिकार प्राप्त नागरिक र करदाता जनता राजा हुन्।

#जनचेतना

#जनताजनार्दन


 स्रोतसाधन, पद वा राजनीतिले शक्तिशाली बनाएको छ। वस्तु तथा सेवा उत्पादन वितरणले धनाड्य बनाएको छ। तर नाम चलोस् नचलोस् विश्वसमाजमा प्रभाव र प्रतापको दायरा ज्ञान उत्पादन गर्ने हरूकै रहेको छ जस्तैः श्रीकृष्ण, श्री बुद्ध, श्रीजिजस, श्रीमोहम्मद, श्रीमाक्स, लगायत सबै श्री हरू र वहाँका वादहरू....


प्रतिपक्षीनारी र केपीसत्ता

 

पुरूषलाई कुटेर, कराएर, तर्साएर, थर्काएर मात्र पितृसत्तात्मक संस्था (पुरूषप्रधान समाज) लाई कमजोर बनाउन सकिन्छ भन्नु भनेको माइतीघर मण्डला, शान्तिवाटिका लगायत सबै सबै ७७ जिल्लामुकाममा पुत्ला जलाउदै, तमासा र तामझाम देखाएर दुईतिहाईको शक्ति दिईएको केपी प्रशासनको सरकार गिराउछु भन्नु जस्तै उस्तै हो। केही पुरूषलाई गलाएर साथै केही केपीलाई हराएर समस्याको समाधान हुदैन, यो अतिवाद धारको हिंस्रक विचार हो त्यसैले व्यक्ति नभई विचार नै निर्मूल गर्नु पर्ने पहिलो र अन्तिम निर्विकल्प विकल्प हो।


केपी प्रशासनलाई प्रतिपक्ष बनाउन निर्वाचन नै कुर्नुको विकल्प जनतालाई छैन, त्यो पनि कति निर्वाचनको हार सहनुपर्ने र टार्नुपर्ने हो निश्चित नभए झै, दास युग, सामन्त युग र वैश्य युग जस्तो सामाजिक उत्पादनका स्वरूपमा पटक पटक निर्वाचनमा हार व्यहोर्नु परेको प्रतिपक्षी नारीलाई सभ्यता, मस्तिष्कको गुणस्तर, न्यायको सिद्धान्तमा विश्वास राख्ने र रहेको समतामूलक युगले मागेको निर्वाचनमा आउने मतपरिणामले मात्र पितृसत्ता प्रतिपक्षमा पुर्‍याउनेछ। नत्र त्यस्तै असम्भव।


यो नेपाली पितृसत्ता त्यस्तै घामट, जिउछाडा, निरंकुश र सर्वसत्तावादी छ, हरेक विषय जस्तै कानुन निर्माण, त्यसको व्याख्या र त्यसैको कार्यान्वयन अाफुमै निहित हुनुपर्छ भनेजस्तै पितृसत्ता र केपीासत्ता बीच विचारमा, बोलिमा र व्यवहारमा केही फरक छ भने भन्नु होला। अाजको दिनमा पितृसत्ता र केपीसत्ता ढाल्छु भन्नु दिवासपना मात्र हो। ढाल्नुपर्ने र गाडनुपर्ने भनेको ति लिङ्ग र व्यक्ति नभई त्यस्ताले शक्तिस्रोत मानेर गायत्री मान्त्र बनाएको पितृसत्तावाद र केपीवाद रूपी विचारलाई हो जलाउने र खरानी बनाउने। 


फेरीपनि अतिवादलाई अतिवादले कहिलेपनि पराजय गर्न सक्दैन भन्दै न त्यस्तै नारीको केही समुह र नेपाली काङ्ग्रेस मात्रले त्यो सर्वसत्तावाद ढाल्न सक्छ भन्ने मान्नु भ्रम हो। पितृसत्ता ढाल्ने र सर्वसत्तावाद ढाल्ने एकमात्र अलौकिक शक्ति भनेको सभ्य समाज नै हो।


(कृपया चित्त बुझेका, नबुझेका कुराहरू कमेन्टमा लेख्न सक्नु हुन्छ।)


बनावटी विवेचना

 समाजमा भईरहेका संवेदनशील विषयमा निजी वा सामुहिक लाभका लागि जानेर (योजनाबद्ध ढङ्गले) हो वा अन्जानमा हो, केही व्यक्ति, समुह वा संस्थाले वास्तविक कारण (fact cause) लाई लुकाएर गलत (false) र भ्रम (mirage) सृजना गराउने खालका बनावटी  क्रियाकलापको बनावटी विवेचना (spurious interpretation) गर्नु पर्ने आवश्यक्ता देखिदैछ।


वर्तमान नेपाली समाजमा वास्तवमा स्वतन्त्र र अाश्रीत विषय र मुद्दाहरू जस्तै राजसंस्था र हिन्दुधर्म बीच मजबुत सम्बन्ध देखिएतापनि कस्ले कसलाई असर र प्रभाव पारेको छ भन्ने सुनिश्चित गर्न सकेको छैन। उत्तेजनामा ल्याउदै, हिन्दु राज्य र राजसंस्थाका सवाल नै हरेक समस्याको समाधान हो र परिपुरक र अाश्रीत विषय हो भन्ने गलत र भ्रामक तफर्क  बनावटी हो। जसले नेपाली समाजलाई यस प्रकारको गैरदिशाउन्मुख (misleading) ले अझै कुसंस्कारको दलदलमा फसाँउदै छ। 


हिन्दुराष्ट्र र राजसंस्थाका सवालमा त्यसलाई स्वतन्त्र र अाश्रीत बनाउने र राख्ने मुुुुख्य अदृश्य र सशक्त कारक भनेको सिङ्गो नेपाली समाज हो नकि निश्चित भिडभाड वा कुनै समुह। बनावटीपना(spuriousness) र तर्कमा खेलेर गलत र भ्रम सृजना गराउन सक्ने गैरदिशाउन्मुख नेतृत्व बहिष्कार र अस्विकार गर्न आग्रह गर्दछौं। 


हिन्दुधर्म, हिन्दुराज्य, राजसंस्थाले फैलाएको सामाजिक राजनीतिक भ्रमका सवालमा र त्यसले  स्थापित गर्दैगरेको देवत्वकरणको संसकार साथै उडाउदै गरेको लोकतन्त्रको खिल्लीका विषयमा, विश्वसमाज वा नेपाली समाजका विषयविज्ञ, दार्शनिक, विद्वानहरू जति क्रियामा लाग्नु पर्ने हो त्यो देखिन्न। हिन्दुराज्य र राजसंस्था बीचको सम्बन्धको एजेन्डामा जति मजबुृत सम्बन्ध देखिएपनि त्यो वास्तविक र यथार्थ हैन भन्दै त्यसलाई मुख्य प्रभावित गर्ने अदृश्य शक्ति सिङ्गो सामाजिक संरचना हो नकि कुनै सम्प्रदाय वा हुलहुज्जा र समुह भनेर व्याख्या र विश्लेषण गर्न सक्दछ त्यो नै बनावटी विवेचनाको अवधारणा (concept of spurious interpertation) हो। 


कुहिरोमा हराएको नेपाली समाजलाई उत्तेजना र भ्रममा पारेर कागले कान लग्यो भनिदिन्छन् र कान खोस्न पठाउछ कागको पछाडी। तर दौडिनेहरूको ईमानदारीता, संयमता, पवित्रता र निश्चलता माथि गरेको छेडखानीको परिणाम अक्षम्य हुनेछ। मुखलाई मोही छैन पिडुलालाई घ्यू दल्नपर्छ भन्ने र त्यस्तो बनाउनेहरू संग सावधान रहनु पर्दछ नेपाली व्यक्ति, संस्था वा समाज।


 नेपाली समाजलाई दिन दुईगुणा रात चौगुणा गैरराजनीतिकरण गरिदैछ जबकि समाज र राजनीतिको सम्बन्ध सकारात्मक सहसम्बन्धात्मक (positive correlational) छ। 

सभ्य समाजमा अादर्शको राजनीति हुन्छ भने नैतिकहिन समाजमा भ्रष्ट राजनीति हुन्छ। अर्थात समाजमा भएको सभ्यता र नैतिकहिनता ले राजनीतिमा हुने अादर्श र भ्रष्टताको मात्रा बढने घटने जस्तो प्रभाव केन्द्रमा रहेको हुन्छ। त्यसैले अब स्पष्ट छ सम्बन्धितले निजी स्वार्थ त्यगेर साझा हितकालागि बढने कि नबढने भनेर। 

समाजलाई गैरराजनीतिकरण उन्मुख भन्दा पनि सभ्य, अादर्श र  नैतिकताको पवित्र राजनीति विकास तर्फ लाग्नु पर्दछ। त्यसकालागि साझा हित वा Nation first भन्ने भावना हुनु पर्दछ समाजमा।


राष्ट्रियता र राष्ट्र ध्वजा

 राष्ट्रिय झण्डामा राष्ट्रियता खोज्ने र राष्ट्रप्रेम प्रस्तुत गर्ने ट्रेण्ड बढेको छ जुन कुरा यथार्थ नभई भ्रम र छल हो। विविधता बीचको एकता प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा आफु र आफ्नो राष्ट्रको परिचय दिने आम सहमति बाट निर्मित साङ्केतिक अन्तरक्रिया गर्ने सशक्त माध्यम हो राष्ट्र ध्वजा। 

यही झण्डा बोकेर देश बन्ने थियो भने नेपालको राष्ट्रिय झण्डा बनेको र बोकेको कति भयो आखिर किन समस्या ज्युकात्यु छ? समाधान बाहिर झण्डा बोकेर हिडेर नभई त्यसको मर्म र भावना मनमा बोकेर नहिडुन्जेल सम्म १९ को २० हुदैन। किनकि यही झण्डा बोक्ने केही नेपालीहरूले अर्को नेपालीलाई नेपाली मान्न नसकेको साथै अरूको आत्मसम्मानलाई सम्मान गर्न नसकेको स्पष्ट छ। झण्डा बोक्नेहरूमा साझा हितकालागि शान्ति, सद्भाव र एकताको भावना हुनु पर्दछ नकि कसैलाई असमावेस, बहिस्कार र तिरस्कार गर्नु। त्यस्ता मानसिक हिंसात्मक गतिविधिमा विश्वास गर्नेलाई कुनै अधिकार छैन झण्डा बोकेर राष्ट्रियताको देखावटी गर्न। यो देश निश्चित समुह र झुण्डको मात्र हो भनेर देखाउन बन्द गर।। 


 लोकतन्त्रको विकल्प अझ उद्धारवादी लोकतन्त्र हो नकि कुनै निरंकुश वा व्यक्ति प्रधान व्यवस्था वा धर्मप्रधान व्यवस्था। अबको व्यवस्था वर्तमानका हरेक नागरिकलाई सम्बोधन गर्न सक्ने नागरिक प्रधान कल्याणकारी राज्यको अवधारणामा अगाडि बढनु पर्छ भन्ने मन, वचन, र कर्मका साथ नैतिकवान नेतृत्व यस्तो एजेण्डा लिएर आउनेलाई मात्र जनताले स्वागत गर्नु पर्दछ। मानव अधिकार मात्र हैन हक र अधिकार सहितको मानवअधिकार लिएर जनतासामु जाने वा आउने दल वा नेतालाई मात्र आफ्नो घर आगन टेक्न दिनुपर्ने दिन आएको छ। 

माईतिघरमा प्लेकार्ड लिएर, नाचेर, कालोपट्टी बाँधेर, सडकजाम गराएर, निषेधाज्ञा तोडेर मात्र हैन अब त्यस्ता अनैतिक र भ्रष्ट नेताहरूलाई हरेक गल्ली बाट खेद्नेदिन अाएको छ। लोकतन्त्रको विकल्पमा अझ उद्धारवादी लोकतन्त्र हो भन्नेदिन आएको छ। जस्तै:

* No Vote को व्यवस्था हुनुपर्दछ,

* गरेको मतदान फिर्ता लिन पाउने व्यवस्था हुनुपर्दछ,

* कुल मतपरिणामको अनुपातमा सत्ता चलाउन पाउने व्यवस्था हुनुपर्दछ।

* हक सहितको मानवअधिकको व्यवस्था हुनु पर्दछ,

* पूर्ण रोजगार र सामाजिक सुरक्षाको प्रत्याभूति हुनु पर्दछ, 

* जता जहाँ गएपनि करदाता नागरिकको उच्च सम्मान हुनु पर्दछ,

* उद्धार लोकतान्त्रका विविध विषय।


अब कनै निश्चित घटनाको पछाडि न्यायकालागि माइतीघर मण्डला पुग्नु भन्दा यस्ता घटना घटाउने हरेक व्यक्तिको बिनासकालागि स्थायी र दिगो समाधान खोज्दै लोकतन्त्रको विकल्प उद्धारवादी लोकतान्त्रिक र कल्याणकारी राज्यनै हो नकि कुनै निश्चित निरंकुश पञ्चायती र जहानियाँ राणा शासन जस्तो सर्वसत्तावादी दल हो भन्नेदिन आएको छ।


प्रतिपक्षी नारी र केपीसत्ता

 

पुरूषलाई कुटेर, कराएर, तर्साएर, थर्काएर मात्र पितृसत्तात्मक संस्था (पुरूषप्रधान समाज) लाई कमजोर बनाउन सकिन्छ भन्नु भनेको माइतीघर मण्डला, शान्तिवाटिका लगायत सबै सबै ७७ जिल्लामुकाममा पुत्ला जलाउदै, तमासा र तामझाम देखाएर दुईतिहाईको शक्ति दिईएको केपी प्रशासनको सरकार गिराउछु भन्नु जस्तै उस्तै हो। केही पुरूषलाई गलाएर साथै केही केपीलाई हराएर समस्याको समाधान हुदैन, यो अतिवाद धारको हिंस्रक विचार हो त्यसैले व्यक्ति नभई विचार नै निर्मूल गर्नु पर्ने पहिलो र अन्तिम निर्विकल्प विकल्प हो।


केपी प्रशासनलाई प्रतिपक्ष बनाउन निर्वाचन नै कुर्नुको विकल्प जनतालाई छैन, त्यो पनि कति निर्वाचनको हार सहनुपर्ने र टार्नुपर्ने हो निश्चित नभए झै, दास युग, सामन्त युग र वैश्य युग जस्तो सामाजिक उत्पादनका स्वरूपमा पटक पटक निर्वाचनमा हार व्यहोर्नु परेको प्रतिपक्षी नारीलाई सभ्यता, मस्तिष्कको गुणस्तर, न्यायको सिद्धान्तमा विश्वास राख्ने र रहेको समतामूलक युगले मागेको निर्वाचनमा अाउने मतपरिणामले मात्र पितृसत्ता प्रतिपक्षमा पुर्‍याउनेछ। नत्र त्यस्तै असम्भव।


यो नेपाली पितृसत्ता त्यस्तै घामट, जिउछाडा, निरंकुश र सर्वसत्तावादी छ, हरेक विषय जस्तै कानुन निर्माण, त्यसको व्याख्या र त्यसैको कार्यान्वयन अाफुमै निहित हुनुपर्छ भनेजस्तै पितृसत्ता र केपीासत्ता बीच विचारमा, बोलिमा र व्यवहारमा केही फरक छ भने भन्नु होला। अाजको दिनमा पितृसत्ता र केपीसत्ता ढाल्छु भन्नु दिवासपना मात्र हो। ढाल्नुपर्ने र गाडनुपर्ने भनेको ति लिङ्ग र व्यक्ति नभई त्यस्ताले शक्तिस्रोत मानेर गायत्री मान्त्र बनाएको पितृसत्तावाद र केपीवाद रूपी विचारलाई हो जलाउने र खरानी बनाउने। 


फेरीपनि अतिवादलाई अतिवादले कहिलेपनि पराजय गर्न सक्दैन भन्दै न त्यस्तै नारीको केही समुह र नेपाली काङ्ग्रेस मात्रले त्यो सर्वसत्तावाद ढाल्न सक्छ भन्ने मान्नु भ्रम हो। पितृसत्ता ढाल्ने र सर्वसत्तावाद ढाल्ने एकमात्र अलौकिक शक्ति भनेको सभ्य समाज नै हो।


(कृपया चित्त बुझेका, नबुझेका कुराहरू कमेन्टमा लेख्न सक्नु हुन्छ।)


नारी र सजावट



नारीको सजावट संग कुनै सम्बन्ध छैन। नारी र सजावट बीचको तालमेल प्राकृतिक जस्तो बनाईएको हो अर्थात यो सामाजिकरण हो। यो समाज द्वारा निर्मित र विकसित हो नकि प्राकृतिक। एक जीव जंगलकी रानी शेरले कहाँ पहिरन र सजावट गर्दछ त्यस्तै सामान्य प्राकृतिक जीव (मानव) हुन नारी, नारीलाई तिमी फरक हो भन्ने बनाएका हुन जो नियोजित र निर्मित हो। 

आफुले आफफफुलाई फरक माानिस (जीव) हो भनेर त्यसैमा भुलिन र सोच्न बन्द गर्नु नै सशक्तीकरण उन्मुख पहिलो कदम हुनेछ। नारीलाई हरेक कालखण्डमा शोषण, विभेद र अन्याय सहने ढङ्गले निर्माण गरेको छ यो समाजले। नारी र पुरूषको संस्कारमा भएको त्यो संस्कृतिको नेल आफ्न ले निकाल्नु पर्नेछ भने हत्कडी आफैले तोड्नु पर्नेहुन्छ।

 मेडिकल विज्ञान तथा प्रविधि पनि पितृसत्ताको मूल्यमान्यता लाई टेवा पुर्‍याउने भावले विभिन्न कार्यक्रम तथा योजनाका साथ पक्षपाती आविस्कार गरिएको छ। 


परिवार नियोजनको जिम्मेवारी  महिलाहरूको मात्र जिम्मेवारी हो जस्तो गरेर धेरै गर्भनिरोधक योजनाहरू ल्याएका छन् जबकी पुरूषकालागि केही निश्चित विधि र योजनाहरू ल्याइएको छ। हो नारीहरूमा केहीकमजोर बनाईररहेका विशेष संक्रमणको सम्भावना हुन्छ तर नारीहरू शारीरिक र जैविक रूपमा कमजोर भने छैनन् जब की नारीलाई पितृृसत्ता र पितृसत्ताको पक्षपोषक मेडिकलिकरणले विभिन्न कार्यक्रम ( जस्तै: स्तन क्यान्सर, पाठेघरको समस्या लगायत) ल्याएर कमजोर देखाउनेमा उद्दत्त छन्।


नारिलाई शारीरिक र मानसिक रूपमा कमजोर बनाउने खेल योजनाबद्ध छ अर्थात सामाजिकिकरण हो।


 मेडिकल विज्ञान तथा प्रविधि पनि पितृसत्ताको मूल्यमान्यता लाई टेवा पुर्‍याउने भावले विभिन्न कार्यक्रम तथा योजनाका साथ पक्षपाती आविस्कार गरिएको छ। 


परिवार नियोजनको जिम्मेवारी  महिलाहरूको मात्र जिम्मेवारी हो जस्तो गरेर धेरै गर्भनिरोधक योजनाहरू ल्याएका छन् जबकी पुरूषकालागि केही निश्चित विधि र योजनाहरू ल्याइएको छ। हो नारीहरूमा केहीकमजोर बनाईररहेका विशेष संक्रमणको सम्भावना हुन्छ तर नारीहरू शारीरिक र जैविक रूपमा कमजोर भने छैनन् जब की नारीलाई पितृृसत्ता र पितृसत्ताको पक्षपोषक मेडिकलिकरणले विभिन्न कार्यक्रम ( जस्तै: स्तन क्यान्सर, पाठेघरको समस्या लगायत) ल्याएर कमजोर देखाउनेमा उद्दत्त छन्।


नारिलाई शारीरिक र मानसिक रूपमा कमजोर बनाउने खेल योजनाबद्ध छ अर्थात सामाजिकिकरण हो।


 The America is powerful state than others but is an american society ideal society for the world?


 गुणस्तर जीवन प्रत्याशा (Quality Life Expectancy) प्राप्त गर्न 

ठुला र सुविधा सम्पन्न अस्पताल स्थापना संचालनले नभई मुख्यतः त्यस समाजको वा राष्ट्रको सामाजिक-आर्थिक अवस्था (Sociom-economic status) लाई सन्तुलित, मजबुत र दिगो बनाउनु पर्ने हुन्छ। अर्थात उच्चस्तरीय जीवन प्रत्याशा स्थापित गर्न तै समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, अवस्था र राज्यको सामाजिक सुरक्षा एवं कल्याणकारी (Social security and welfare)  नीति निर्माण साथै त्यसको सशक्त कार्यान्वयनको भूमिका प्रधान रहेको हुन्छ नकि कुनै अस्पताल। प्रत्येक व्यक्तिको उच्च र गुणस्तर जीवन प्रत्याशाको भाग्यविधाता व्यक्ति र सामाजिक संरचना (Agent & social structure) हो भनेर मान्नु पर्दछ।-समाजशास्त्रीय दृष्टिकोण


 पृथ्वीनारायण शाह देखि महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र, खड्गप्रशाद हुदै प्रचण्ड, बाबुराम र रेशम चौधरी सम्म आईपुग्दा सबैलाई हत्याको अभियोग र दोष लगाएको पाईन्छ। सोधौं, खोजौं त्यसमा कसको कस्को हत्या भएको थियो, तर पनि राष्ट्रिय एकताका लागि मौन र स्तब्ध छन् ति परिवार र समुदाय आज पनि। के यसको अर्थ ति परिवारको चित्त दुखेको हैन मान्न सकिन्न। मानव हत्या जुनसुकै उदेश्यलेे गरून त्यो हत्या नै हो र ति अपराधी र हत्यारा हुन्। अबका दिनहरूमा कसैको ज्यान नजाअोस र कोही ज्यानमुद्दामा अपराधी नहुन्। 


अपराध अपराध हो त्यो अहिंसामा विश्वास गर्ने विचार हो, यसको कोही नाता सम्बन्ध हुन्न। चाहे त्यो हिजो होस्, अाज होस् वा भोलि त्यो अक्षम अपराध हो। सम्मानित न्यायलयको न्यायको निर्णय सबैलाई समान हुनु पदर्छ। गाढेको मुर्दा खन्नु हुन्न र त्यो खन्ने वातावरण बनाउनु पनि हुदैन सभ्य नागरिक र पवित्र न्यायलयले। सकिन्छ भने शान्ति, प्रेम र सद्भावका लागि प्रयास गरौं। हामी एक हौं यो देश साझा हो भनेर अगाडि बढ्ने ठानौं।


 महिलालाई त्यहाँ सामाजिक भूमिकाको पितृसत्तात्मक छवि अनुरुप गर्न बाध्य पार्न पुरुषले शक्ति प्रयोग गर्छन्।(Power is wielded by men to force women to comply with patriarchal image of there social role.)  महिलाहरूमा शारीरिक रूपमा रोगको संक्रमण हुने सम्भावनाको जोखिम बढी हुन्छ तर शारीरिक रूपमा महिलाहरू कमजोर हुन्छ भन्ने विषय समाज निर्मित विषय हो वा पितृसत्ताले गरेको विभेद हो। #नारीवाद #Feminism

-feminism


 नारीको स्वास्थ संवेदनशीलतालाई ध्यान दिएर कतै त्यस्तो सुरक्षीत र सुविधासम्पन्न शौचालय बनाउन नसक्ने पितृसत्तात्मक पक्षपाती समाजले नारीको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सशक्तीकरण र न्याय एवं समताका कुरा आज सम्म सोचेको छ जस्तो लाग्दैन। चिकित्सा विज्ञान (Medical Science)ले पनि पितृसत्तात्मक संस्थालाई अझ  मजबुत बनाउने, टेवा पुर्‍याउने पक्षपोषकको भूमिका निर्वाह गरेको पाईन्छ। #Feminism


 एउटा पक्ष फुत्त निस्कन्छ र भन्छ, "देशलाई डुबाउन अाउने संकट बाट बचाउन नेकपाका पहिलो अध्यक्ष केपी ओलीले लिएको संसद विघटनको निर्णय वा कदम पार्टी एकता  र नेपाल एवं नेपालीको साझा हितकालागि छ अर्थात यो राष्ट्रवादी कदम हो, लोकतन्त्रको रक्षार्थ लिएको यो लोकतान्त्रिक कदममा देशभक्ति, राष्ट्र प्रेम र राष्ट्रवाद छ।

 यो संसद विघटनको कदमले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको नेतृत्व चयनको क्षमता र निर्णय स्पष्ट झल्केको छ। तर यो निर्णयले भूइमान्छेलाई कुनै असर र दखल पर्नेवाला छैन, भोकले भात खोज्छ। नेपाली आम सर्वसाधरण त्यो चासो र चेतनामा पुगेका छैनौं। नेपाल कम्युनिष्ट पार्टी प्रतिको विश्वासमा कुनै कमीआउने छैन। शुभकामना कमरेडस्! जनतालाई लुटेर, ठगेर, झुक्याएर, फँसाएर, गरिब र गरिबीमा खेलेर आफु र आफ्नो परिवार पाल्नु पर्छ। यस्ता सानातिना भूल माफी दिन्छौं किनकि हामी अझै माक्र्सवाद लाई बेहद विश्वास गर्छौं ।

 विगत ७ दशक देखि नेपालमा विभिन्न समय र परिवेशमा भिन्न प्रकारका कम्युनिष्ट आन्दोलनका नाममा रक्तिम क्रान्ति भईरहेको सर्वविधितै छ। ऐ क्रममा मानिसको रगतको होली र लासमाथी चढेर दुईतिहाईको बहुमतको सत्ता प्राप्त गरि सरकारमा पुगेर पुँजीवाद माथि अन्ततोगत्वा विजय प्राप्त पश्चात  उपलब्ध #समाजवाद को पहिलो दिन मिति २०७७ पुष ५ गते देखि आधिकारिक रूपमा सुरूभएको घोषणा हो सत्तासीन दल नेकपाको  यो संसद विघटनको निर्णय। हेर्दा झट्ट सर्वसत्तावादी, धिनायकवादी  जस्तो देखिने व्यवस्था यथार्थमा त्यो नभई शिशु समाजवाद हो भन्नेमा कोही भ्रममा नपर्न जानकारी गराउदछौं। नेपाली कर्म, जैसि कर्नी वैसी भर्नी।

 कार्यकारी राष्ट्र प्रमुख पदकालागि प्रत्यक्ष निर्वाचन प्रणाली लोकतान्त्रिक/प्रजातान्त्रिक एजेण्डा होईन भन्ने असत्य र भ्रम कता र कहाँबाट चलेको वा चलाईएको हो र किन त्यस्तो अवधारणाको विकास गरियो? यसमा लाभ लिने समुह को को हुन् सोच्दैछु खोज्दैछु...


खोजको क्रममा तत्कालमा पाएको केही सम्भावित काल्पनिक र अप्रमाणित विचार वाहक समुहहरू जस्तै: भ्रष्टाचारी गिरोह, अनैतिक र घुसखोर गिरोह, असक्षम र अनुदार नेता एवं राजनितीकर्मी, नातवाद र कृपावाद, यथास्थितिवाद, अन्धविश्वास, वैचारिक र निर्णय क्षमता नभएका झोले कार्यकर्ता, राजनितीलाई पेशा बनाएर जिविकोपार्जन गर्ने दरिद्र र लोभीपापीको झुण्ड लगायत सरल समाज। 

 भूईमा न भाँडामा मल खाने कुकुरलाई टाढमा राखेर घ्यू खाईरहेको बेला न अाफ्नो घर बनाउछ न त अरूलाई बनाउन दिन्छ त्यस्तो बाँदर स्वभाव र प्रवृत्ति भएकाले कचकच जिस्काउनुको परिणाम हो यो ०७७ पुष ५ को संसद विघटन। यो घटनाक्रमलाई स्पष्ट र बौद्धिक अध्ययन गर्दा तिनी जसको नेतृत्वमा यो कदम चालियो उनलाई मात्र दोष देख्नु बालापना हो। यस्तो फटाही त्यस दलका सम्पूर्ण केन्द्रीय कमिटीहरूको असक्षमता हो। त्यस दलमा नेतृत्व पुनःताजगी गर्न जरुरी छ जसरी अन्यदललाई अावश्यक छ।

 सेवाको नाममा समाजलाई उठ्न नदिने निजी विद्यालय र समाजलाई गरिबीमा बसाउने निजी अस्पताल पनि हुन सक्छ। गरिबि र असमानता स्थापित गर्ने र पाल्ने वर्तमान शिक्षा र स्वास्थ्य नीति वास्तवमै सच्याईनु पर्छ। जब कि शिक्षा र स्वास्थ्य जस्तो संवेदनशीलता बोकेको विषयमा न्याय समानताकालागि  राज्य अाफै अघिबढनु पर्ने हो। 

उद्धारवादले बोकेको निजीकरणको गलत फाईदा उठाएको देखिन्छ।  व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जो राज्य संग जोडिएको छ वा पहुच भएका निश्चित व्यक्ति र समुहको निजी लाभ उठाउने थलो बनाएको छ देश।

 समाजलाई सत्य देखि टाढा राख्ने खेल र प्रक्रिया हिजो पनि थियो र आज पनि छ भलै विश्वसमाज उत्तरआधुनिक समाजमा पुगे पनि, हिजोका शासकको झै अनुहार वंश र व्यवस्था नभएपनि ऐ प्रवृत्ति पाउन सकिन्छ आजकलको जनप्रतिनिधिमा। 


तत्कालिन जहानियाँ राणा शासन व्यवस्थाले विश्वमानचित्रबाट भूगोल नै लुकाएको भनिन्छ अरूको त कुरै छोडौं। निरंकुश पंचायति व्यवस्थाले नेपाली जनता लुकाए, आधारभुत शिक्षा सम्म लुकाए। अहिले आएर नागरिकको हितमा थुप्रै दलहरू छन् तर तिनिहरूले बौद्धिक भ्रष्टाचार गरेर त्यो शक्तिशाली मस्तिष्कको क्षमतालाई विचारशुन्य बनाएर त्यसमाथि अदृश्य ढङ्गले नियन्त्रण गरिरहेको देख्न सकिन्छ। नेपालमा रहेका कम्युनिष्ट पार्टीले माक्र्सवादको पवित्रतामा रहेको वर्ग सम्बन्ध लुकाएको पाईन्छ, त्यसै गरि राष्ट्रमा रहेका प्रजातान्त्रिक पार्टीले प्रजातान्त्रमा रहेको मानव स्वतन्त्रताको आदर्शवाद, भने  लोकतान्त्रिक पार्टीले त्यसमा रहेको बहुलवाद, उद्धारवाद, मानवअधिकार। 


हरेक दलमा रहेको विशुद्ध मानवतावादी दर्शनको अपव्याख्या गर्दै  अगुवाले बौद्धिक भ्रष्टाचार गरिरहेको छ भन्ने कुरा तिनका कार्यकर्ताको चालचलन, व्यवहार र अभिव्यक्ति बाट स्पष्ट हुन्छ। लाग्छ तिनिहरू पार्टीको नेता भन्दा भक्त वा अनुयायी जन्माउने धर्मगुरू जस्तो देखिन्छ। पार्टीको कार्यकर्ता, स्वयंसेवक भएरपनि कुनै धर्मको भक्तालु भक्तजन र धर्मगुरूको अनुयायीको चरित्र र प्रवृति देख्दै गर्दा नेपाली समाजको भविष्यमा अझै घाम लाग्ने निश्चित छैन।


एक मानव विरूद्ध अर्को मानवको मनमा घृणा पैदा गराउने पार्टी त्यो राजनीतिक  दल नभई सामाजिक संस्कार बिगार्ने हिंसात्मक र अपराधीक संगठन हो भन्न सकिन्छ। यदि त्यस्तो घृणित भावना जाग्दैछ वा जगाउन मद्दत पुर्याउदैछ भने सावधान रहौं र त्यस्तो संगठन आजै त्यागौं, किनकि मानव प्राणी मानवको हित गर्न मात्र नभई सिङ्गो जगतको रक्षागर्न सक्ने क्षमता राख्दछ त्यसैले सर्वश्रेष्ठ प्राणी कहलिन्छ। मस्तिष्कमा मूर्खता, हिंसा, घृणा भरिदिदैछन् कसैले कतैबाट जो अमानवीय कार्य हो।

 अहिले सम्म देखिएको वास्तविक कुरा; कुनै व्यक्तिको  चेन अफ कमाण्डमा दासरूपि "हो" र "हजुर" मात्र भन्न र कोरम पुर्‍याउन केन्द्रीय सदस्य बन्नु भन्दा घरमा बाबु आमाको गोडामा तेल लगाईदिने साथै खुट्टा धोएर बस्ने छोरा वा छोरीलाई काबिल सन्तान मान्न सकिन्छ। 


आजको दिन देखि यस्ता परंरागत दास मनोविज्ञान भन्दा माथि उठेर कुनै व्यक्तिलाई देवत्वकरण गर्नकालागि नभई सिद्धान्तलाई आदर्श र हतियार बनाई सिङ्गो समाजको विकास, शान्ति र समृद्धि साथै  राष्ट्रहितका लागि कोही कुनै दलको केन्द्रीय सदस्य बनेका/बनेकी हुन् भने ति एक बाबुआमाको खुट्टा धोएर बस्ने छोरा/छोरी भन्दा करोडौं बाबुआमाको सेवा गरे बराबरको धार्मिक र कल्याणकारी व्यक्तिको वा नागरिकको रूपमा लिन सकिन्छ।  


को को कुन दलमा केन्द्रीय सदस्य बन्यो/बनिन भन्नु भन्दा ति नागरिक किन र कुन प्रयोजनका लागि केन्द्रीय सदस्य बनेको र बनाईएको हो भन्ने कुरा महत्वपूर्ण विषय हो। यो घनात्मक केन्द्रीय सदसस्य समाजको संस्कार र संस्कृतिमा ऋणात्मक प्रभाव पार्दैछ भने बेकार हुन सक्छ। स ाझा हितको ध्येयमा रहेस्, शुभकामना डियर कमरेडस्!

 ऐतिहासिक द्वन्दात्मक भौतिकवादलाई आदर्श र सिद्धान्त बनाएका  नेपाल कम्युनिष्ट पार्टी भित्र देखिदै गरेको द्वन्दले छेडेको संघर्षले नै अस्तित्वको निर्धारण गर्नेछ, कुन अस्तित्वमा रहने र नरहने भनेर। आपसी छलफल र समझदारी जो हुदैछ यो नै द्वन्दात्मक भौतिकवादको सिद्धान्त पनि हो, नकि कसैको ज्यानमार्ने।

 अहिले सम्म देखिएको वास्तविक कुरा; कुनै व्यक्तिको  चेन अफ कमाण्डमा दासरूपि "हो" र "हजुर" मात्र भन्न र कोरम पुर्‍याउन केन्द्रीय सदस्य बन्नु भन्दा घरमा बाबु आमाको गोडामा तेल लगाईदिने साथै खुट्टा धोएर बस्ने छोरा वा छोरीलाई काबिल सन्तान मान्न सकिन्छ। 


आजको दिन देखि यस्ता परंरागत दास मनोविज्ञान भन्दा माथि उठेर कुनै व्यक्तिलाई देवत्वकरण गर्नकालागि नभई सिद्धान्तलाई आदर्श र हतियार बनाई सिङ्गो समाजको विकास, शान्ति र समृद्धि साथै  राष्ट्रहितका लागि कोही कुनै दलको केन्द्रीय सदस्य बनेका/बनेकी हुन् भने ति एक बाबुआमाको खुट्टा धोएर बस्ने छोरा/छोरी भन्दा करोडौं बाबुआमाको सेवा गरे बराबरको धार्मिक र कल्याणकारी व्यक्तिको वा नागरिकको रूपमा लिन सकिन्छ।  


को को कुन दलमा केन्द्रीय सदस्य बन्यो/बनिन भन्नु भन्दा ति नागरिक किन र कुन प्रयोजनका लागि केन्द्रीय सदस्य बनेको र बनाईएको हो भन्ने कुरा महत्वपूर्ण विषय हो। यो घनात्मक केन्द्रीय सदसस्य समाजको संस्कार र संस्कृतिमा ऋणात्मक प्रभाव पार्दैछ भने बेकार हुन सक्छ। स ाझा हितको ध्येयमा रहेस्, शुभकामना डियर कमरेडस्!

 नेपाली समाजलाई कुनै पनि विषयले छुनेवाला छैन् जब सम्म खान पुगिरहन्छ। आफुले खान पाईरहेसम्म तिन्ले के खाँदैछन् के गर्दैछन् भन्ने चासो रहन्न र जब समाजको आफ्नो गाँस, बास र कपास खोसिन्छ तब मात्र होस आउनेछ जुन बेला धेरै ढिलो भईसकेको हुन्छ। जुन विषयले छुनु पर्ने हो र जुन विषय उठान र सुधार गर्नुपर्ने हो त्यो देखिन्न। तर आज कोही केन्द्रीय सदस्य हुदा धेरैमा आएको खुशी र केन्द्रीय सदस्य भएकोमा खिशी भावना आाईरहेको छ। त्यो दुवै खुशी र खिशीले देश र जनता लाई खुशी र सुखी बनाउन सक्ने छ त? 

 विदेशी साथिहरू चन्द्रमा, मंगलग्रहमा रहेको जमिनको प्लटिङको कुरा गर्न थालीसके, नेपाली समाजमा चै लुन घुस, कृते, ठगी भ्रष्टाचार जस्तो अमानवीय र असामाजिक कार्य लाई साँचैमा शुन्य बनाउनेे जिम्मा समाजकै हो भन्दा, आदर्शवादी विषय हुन्छ कि व्यवहारिक विषय हुन्छ? 

 आफ्नो फ्लाइट जहाँबाट उडान भर्न सुरू गरिएको थियो त्यही अन्तिम अवतरण गर्नुपर्ने रहेछ। किनकि त्यो जहाजगिरान अन्य स्थानको जस्तो व्यवस्थित र भव्य नभएपनि आफ्नो समाज र पितृको रगत पसिनाले सिचेको त्यो रन वेमा अवतरण गर्दाको अनुभव भिन्न। त्यो तिनैलाई थाहा होला जसको उडनको बाध्यताले कहिँ अन्तै क्षणिक रमझम हुने ट्रानजिटमा ल्याण्ड भएको हुन्छ। हजुरहरू जहाँ भएपनि यात्राको अवतरण आफ्नै धावन मार्गमा रहोस्, आफ्नै भूमिमा होस्, आफ्नै सरल समाजमा होस्। यहाँ अझैपनि त्यस्तो पुँजीवादी र जटिल समाजमा रहेको मेसिनम्यान र डेडलेबरको जस्तो जीवन जिउनु पर्दैन।

 नेपाल एक मात्र त्यस्तो देश जहाँ राज्यलाई जनता घाँडो,र जनतालाई राज्य घाँडो। अन्य मुलुकमा नागरिकलाई ठेस लाग्लाकी भनेर पछि लाग्छ, यहाँ ठिक उल्टो छ नेतालाई ठेस लाग्लाकी भनेर। ति मुलुकमा लोकसेवा गर्छौं भनेर राष्ट्रसेवामा सहभागी हुन्छन् न कि कमाउन तर यहाँ ठिक विपरीत, कोही आउछन् कि सेवा लिन भनेेेेर।

 १७ हजार नागरिकको हत्याको अभियोग लागेका आरोपित भन्दा एउटा गोरू काटिखाने खाद्य संस्कार (food culture) भएको भोटेलाई कानुन र  न्यायलयले अपराधी सावित गरि सजायको भागिदार बनाउछ। 


मात्रत एउटा गोरू खानेले गोरू काटेको र खाएकै आधारमा यत्रो सजाय हुदै गर्दा १७ हजार नागरिकको ज्यानमार्ने, रगत पिउने र तै लाशमा छढेर सत्ताआरोहण गराउनेर साथै खुल्लमखुल्ला छोडिएको पशुपतिको साँढेलाई जस्तै मानसम्मान, ईज्जत र ओहदा दिने  समाजको चेतनाको स्तरमा अब फेरि सामाजिक आदर्श, मूल्यमान्यता, चेतना र संस्कृतिको पुन:निर्माण गर्ने बेला आएको छ। समाज परिवर्तनशिल छ, समाजले आफुलाई निर्माण, विनिर्माण र पुन:निर्माण गर्ने प्रक्रिया विश्वव्यापी सत्य प्रक्रिया हो त्यसैले नेपाली समाज पनि त्यो परिवर्तन र विकासको प्रकृति र प्रक्रिया बाट टाढा रहन सक्दैन।  समाज परिवर्तन हुन्छ, हुदैछ र हुनै पर्दछ ढिलो चाँडो। 


मानिस सर्वश्रेष्ठ र सामाजिक प्राणी हो र मानव र प्रकृति प्रधान हुनु पर्दछ भन्ने विचारको पुनर्गठन गरेर सभ्य समाजको परिचय प्रस्तुत गर्ने समय आएको छ। १७ हजार नेपाली नागरिकको ज्यानको आरोपि भन्दा अझ घातक र खतर्नाक त त्यो चेतना र संस्कृति हो जसले तुलनात्मक हिसाबमा मानिसको प्राणलाई भन्दा एक पशुवधलाई अझ महत्त्वले लिन्छन्। यो पृथ्वी र प्रकृति शक्तिशाली मानवको मात्र नभई हरेक आम मानिस, जीव, जलचरको पनि समान अधिकार छ भन्ने विषय सभ्य समाजले सधै मन, वचन र कर्ममा राख्नु पर्दछ।

 सयौं र विभिन्न थरिका माछाहरूको शहर नेपाली समाज रूपी नदिमा वर्ग, वर्ण र लोकतान्त्रिक ईन्द्रजल बोकेर  माछामार्ने केही सिमित मछुवारेहरूको पछि लागेर आफुलाई माझी सम्झनेहरूको संख्या बढदो देखिन्छ। 


ठगहरूको पछिलागेर आफुलाई माझी सम्झनु झुठो र भ्रम हो, यसबाट समयमै निस्कन अनुरोध छ। न त्यो माछा घरमा तिहुन हुन्छ न त परिवारमा तरकारी। जहाँ छौं सहि स्थानमा छौं तर जो संग छौं जुन बहुरूपी नियतवाला संग छौं त्यो बहुतै खतरा क्षेत्रमा छौं।


आफ्नो सुरक्षा र समाजको भविष्य आफ्नै एक निर्णयमा रहेको छ। चोर संग हिडेर धाम पुग्छु र योगी बन्छु भन्ने योजना र कल्पना जस्तै हो। असम्भव! 

हिजोका दिनमा क्रान्तिका नाममा नागरिकको हत्या गर्न  तैयार हुनेहरू आज देशकालागि शहिद (परोपकारी आत्महत्या ) बन्न किन तैयार छैनन्। क्रान्तिका नाममा बारूद र बन्दुक बोकेर हिंसात्मक गतिविधि गर्नु भन्दा लोकतान्त्रिक विधि र प्रक्रियामा  सत्याग्रह (भोकहडताल) गर्न कठिन रहेछ भन्ने विषय बुझ्न जरुरी छ। ज्ञात अज्ञात सहिदहरू अमर रहुन! जय नेपाल 🙏🇳🇵🙏! 

 दक्षिण एसिया र विशेष गरेर नेपालको शिक्षा प्रणाली (अध्ययन, अध्यापन, र परिक्षा पद्धति) ले भविष्यका कर्णधार नागरिकहरूलाई चोर बनाईरहेछ। अनि देश भ्रष्ट नेता र कर्मचारीले सक्यो बिगार्यो भन्ने हामी। यस विषयमा त्यस संग सम्बन्धित कोहिपनि चोखो छैनन् र पन्छिनेे छुट हुदैन, स्विकार्नुको विकल्प छैन। अब सच्चिने र सच्याउने तिर नलागे हामी त चोर भयौं भयौं, हाम्रो ति अबोध बालबालिका पनि त्यस्तै हुनेछ। कि हैन?

 नेपाली काङ्ग्रेस लाई विधिको शासनको लोभ छ र त लोकतन्त्र र लोकतान्त्रिक विधि र प्रक्रिया बचाउन सडकमा छन् तर तै सत्तासीन दल नेकपा किन सडकमा। जनताले त दुईतिहाईको म्यानडेट दिएकै थिए त। अलिक कता कता नमिले जस्तो लाग्छ घरीघरी। आखिर के को लालचमा हो यसरी साधरण र बाल मस्तिष्क युवाम नागरिक लाई सडकमा उतारेको। अझै के चाहिएको छ जनतालाई सिधै भनेहुन्छ, जनताले दिन तैयार छ। तर यसरी नाङ्गो नाच देखाउनाले भावीसन्ततीमा गलत संस्कार बस्न सक्छ। राजनीति प्रति वितृष्णा जाग्न सक्छ। विधिको शासन स्थापित गर्न नेपाली काङ्ग्रेस हारेरपनि देश जिताउन जनताको लोकतान्त्रिक अधिकार सुनिश्चितताका लागि वर्षौंवर्ष सडकमा रहन तैयार छ।

 अतिवादी, अन्धविश्वासी र रूढिवादी संस्कृति बोकेकाहरू कसरी माक्र्सवादी (ऐतिहासिक द्वन्दात्मक भौतिकवादी) माओवादी र लेनिनवादी (साम्राज्यवादी विरूद्धको क्रान्ति) भए त्यस्तालाई पार्टीबाट छानीछानी लखेट्नु पर्छ। कम्युनिष्टको बदनाम गराउने त्यस्तो चरित्र सबैभन्दा ठुलो शत्रु हो न कि हसिया हतौडा र सूर्य। त्यस्ताहरूलाई प्रवेश निषेध गरौं नत्र पार्टी कुखुराचोर र हत्याराले मात्र भरिन सक्छ। कम्युनिष्ट सिद्धान्त र आदर्श रोज्न छाडे आजकलका नेपालमा रहेका केही कम्युनिष्ट पार्टिले, रोजछन् त केवल पार्टिकार्यालय भवन र चुनाव चिन्ह सूर्य। अझै गुणमा नभई बजारे नाममा विश्वास छ। चुनावमा त्यसैले मात्र मत ल्याउछ भन्ने दिन धेरै पछाडि रहिसक्यो कमरेड त्यो ह्याङमा र भाङ्गमा नरहन सुझाउदछौं। बालहठ जस्तो वा जनतालाई अझै तै तल्लो तहमा राखेर सोच्नु बेवकुफी हो। नदीमा धेरैे पानी बगिसक्यो र धेरै हिउदका माघहरू गईसक्यो।

 राजा राजसंस्था र हिन्दुधर्मको एजेन्डा सिङ्गो देशको नभई कुनै निश्चित दलको र थर मात्रको हो भन्ने धारणाको विकास र अभ्यास भनेको केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको नास मात्र हो। देशलाई नदुखाई सबैको राजिखुशीमा हो भने राजसंस्था मात्र नभई त्यो गाढीसकेको मुर्दालाई पनि जगाएर राजा बनाउन सक्छ यो समाजले। समाज बडो अचम्मको समाज। तर समय परिवर्तनशिल मात्र नभई अनफोल्डिङ पनि छ त्यसैले यस्ता विषय भन्दा धेरै अगाडि बढिसकेको छ समाज। अबको मुद्दा प्रत्येक युवाको रोजगारको, सामाजिक सुरक्षाको, निशुल्क व्यहारिक शिक्षाको, आधुनिक कृषि खेतीको, राष्ट्रिय एकता र सद्भावको। राजा वा राजसंस्था आाउनु नआउनु संग अहिलेको युवा समाजले कुनै सम्बन्ध राख्दैन, राख्छत बस लाईभ्लिहुड, ह्याण्ड टु माउथ र पकेटमनीको लागि।

 🙏💐🙏भावपूर्ण श्रद्धाञ्जली 🙏💐🙏 ! खोटाङ जिल्लाको कुभिण्डेमा वि.सं. १९७२ धान्यपुर्णीमा जन्म भई उदयपुरको चौदण्डीगढी नपा-७ मा देहत्याग गर्नु भएका "हरेराम अजा/बाजे" भनेर चिनिने हाम्रो पितामह स्व. बलराम श्रेष्ठ (वि.सं. १९७२-२०७५ कार्तिक शुक्लद्वितिया भाईटिका) को आज १०५अौं जन्म तिथिको दिन अजाले दिनुभएको आशिर्वाद र सिकाउनु देखाउनु भएका भौतिक, सामाजिक, आध्यात्मिक, सांस्कृतिक, मानवतावाद र कल्याणकारी व्यवहार सदैब हामीमा रहनेछ र त्यस विचारलाई हामीमा मन, वचन र कर्मले जिवित राख्नेछौं भन्दै आजको विशेष दिनमा हजुर लगायत कुलपित्री संग बल र शक्ति माग्दछौं। सम्पूर्ण कुलपितृृृमा हार्दिक श्रद्धासुमन साथै भावपूर्ण श्रद्धाञ्जली! 🙏💐🙏 मलाई स्मरण छ वहाँले कहिलेपनि हिन्दु धर्मको वकालत गरेको सुनिन तर त्यस भित्रका आध्यात्मिक, भौतिक, परोपकार र वास्तविक धर्मको परिभाषलाई मन, वचन र कर्मले स्विकार्नु भएको थियो। आध्यात्मिक र भौतिक जीवनमा विचार र व्यवहारलाई ईमानदारीताका साथ अवलम्बन गर्दै शाही स्वास्थ र सुखी जीवन मनोरञ्जन गर्नुभएको मान्न सकिन्छ।

 हिन्दु पितृसत्ता भनेको के हो? नेपाली समाजको रूपान्तरण, परिवर्तन र विकासमा यसको भूमिका के रहेछ? नेपालको सामाजिक संस्थाहरू जस्तै कानुन, राजनीति, शिक्षा लगायतमा यसको प्रभाव छ कि छैन?  आखिर हिन्दु पितृसत्ता किन यति बदनाम छ?

 यो मानव जगत र समाजमा हरेक वर्ण, वर्ग, लिङ्ग, भूगोल कुनैन कुनै दृष्टिकोण वा पक्षबाट समावेशीकरण र बहिष्करणमा परेको हुन्छ, अर्थात हरेक मानव समावेशीकरण र बहिष्करणमा परेको हुन्छ।  नेपाली समाजमा मात्र नभई विश्वसमाजमा सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक समावेशीकरण र बहिष्करण गौतमबुद्ध को समय भन्दा अगाडि देखिको हो जो समाजले आजको समयमा  पनि त्यो विषय जीवित राखेको देखिन्छ तर केही परिमार्जित र अझ जटिल अवस्था राखेको देखिन्छ।


गौतबुद्धले बुद्धत्व प्राप्त पछि शुद्र महिलाले पकाएको खिर खाएर आफ्नो व्रत तोडेका थिए। जयस्थिती र जंगबहादुरहरूले यसलाई कानुनी रूपमा संस्थागत गरेका मात्र हुन्। समाजमा विभेद र असमानताको अवस्था जयस्थिती, पृथ्वीनारायण र जंगबहादुरलाई आरोप लगाएर समाज आाफु पानी माथिको ओभानो बन्न खोजेको स्पष्ट देखिन्छ। समग्रमा समाजको मनभित्र यस्ता अन्याय, असमानता र बहिष्करण (exclusion) वाहक जयस्थिती, पृथ्वीनारायण र जंगबहादुरहरू आज पनि जिवित छन् भन्न कुनै हिचकिचाहट नमानदा हुन्छ यो विश्वसमाज र नेपाली समाजमा। तामाङ समुदायलाई परिचर भन्दा माथि जागिर खान  नदिने नेपाली समाज र राज्यले अझ पनि त्यस्तो विचार बोकेको छ भन्ने विषय समाजमा देखिएको संरचनात्मक असमानता, वा सामाजिक-आर्थिक असमानता, लगायतले प्रमाणित गरेको देखिन्छ। 


धर्म, वर्ण, लिङ्ग, भूगोल, वर्गको आधारमा समाज र राज्यमा कोही समावेशीकरण र बहिष्कारण हुनुले नेपाली समाजको विकास र समृद्धि प्राप्तिको लक्ष्य असम्भव हुन्छ। कसैलाई छुटाएर, कसैको चित्त दुखाएर,, कसैलाई गिराएर, कसैलाई हेपेर, कसैलाई थिचेर, सभ्य समाजको निर्माण कदापि हुदैन। नेपाली समाज भित्र जसरी सामाजिक बहिष्कारण (Social Exclusion- Jordi Estivill-2003) छ त्यसरीनै सिङ्गो नेपाली समाज वा नेपाल विश्वसमाज बाट बहिष्ककरणमा परेको छ। तर यो असमानता, विभेद, शोषण, बहिष्करण विश्वव्यापी सन्दर्भ हो जसले पृथ्वी मात्र नभई व्रह्माण्डलाई नै असर गरिरहेको छ।

 🙏💐🇳🇵💐🙏नेपालीहरूको महत्वपूर्ण चाडहरू मध्ये उधौली पर्व मनाउने संस्कार आफैमा ऐतिहासिक र गौरवपूर्ण रहेको स्पष्ट छ। नेपाली समाज र राष्ट्रको निर्माणको ऐतिहासिक सन्दर्भ लाई केलाउने हो भने नेपाल र नेपालीको परिवर्तन र विकासको सबाल आफैमा गौरवशाली छ जसको श्रेय किराँत सभ्यतालाई पनि जान्छ। आज पर्न गएको ऐतिहासिक चाड उधौलि ५०८० को पवित्र अवसरमा हामी सबैलाई सुम्निमा पारूहाङले आशिष दिईरहुन भन्दै, तमु ल्होसार, यमरी पुन्हिको एक आपसमा सद्भावपूर्ण हार्दिक मंगलमय शुभकामना आदानप्रदान गर्दछौं। 🙏💐🇳🇵💐🙏

 द्वन्द, संघर्ष र परिवर्तन नै जीवन हो।

नयाँ वर्ष सन् २०२१ को  पावन अवसरमा 

जीवन र समाजको गुणस्तर परिवर्तनकालागि

वाद, प्रतिवाद र संवाद साथै निर्माण, विनिर्माण 

र पुन:निर्माणको यहाँहरूमा हार्दिक मंगलमय शुभकामना!

 वास्तवमै नेपालको राजनीति असामाजिक बन्दैै गईरहेको छ दिनदिनै। यसले समाजको संरचनामा भएको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीति सम्बन्ध, अन्तरक्रिया, र निरंतरताको व्यवहार र प्रयोगको अध्ययन गर्न सकेको देखिदैन। राजनीतिले आर्थिक, सामाजिक र राजनीति विषय उठान भन्दा झण्डा उठानलाई मात्र राजनीति ठान्नुले नेपाली समाजको विकास र समृद्धिको लक्ष्य प्राप्तिको बाटो बिराएको स्पष्ट बुझ्न सकिन्छ वा मिसलिडिङ गर्दैछन् भन्न सकिन्छ। एनि हाउ सत्ता पाउँ भन्ने मात्र बुझाउनु निजी स्वार्थकालागि नेतृत्वको धुर्त्याँई हो भने आबद्ध स्वयंसेवकको बठ्याँई हुनसक्छ। संगठन र राजनीतिको नाममा समान सोच र प्रवृत्ति भएका मानिसहरूको संस्थागत समुह हो जसमा राष्ट्र हित नास्ती। न अन्न न फल भनेजस्तो, न विकास न समृद्धि, नेपालको कालिपोके राजनीति। राजनीतिलाई असामाजिकरण तर्फ साथै राजनीतिलाई गैरराजनीतिकरण तर्फ लाने पहिलो जिम्मेवारी तिनै भ्रष्ट नेता हुन् जो सामाजिक ज्योतिषहरूले पटक पटक प्रमाण देखाई सकेका छन्। भ्रष्ट नेताले राष्ट्र बिगार्यो कि समाजले नेतालाई भ्रष्ट बनायो भन्ने विषयको खोज गर्न जरुरी छ नेपाली समाजले। एक जना प्रधान सेवकले देश बिगार्यो भन्छन् अनि त्यही मान्छौं पनि तर त्यो एकजनाको के तागत देश बिगार्ने। समाजले ति सेवकलाई भ्रष्ट बनाएको त हैन भनेर आफ्नो शक्ति र क्षमताको आफैले दुरुपयोग गरेको त छैन भन्ने अध्ययन गर्न जरुरी छ। केपी ले देश बिगारेको कि देश(समाज)ले केपी लाई बिगारेको(भ्रष्ट)?

 "मेरो आलोचना गर तर नेपाली काङ्ग्रेसलाई हानी हुने अभिव्यक्ति र त्यस क्रियाकलाप नगर्नु" भन्नु हुन्थ्यो युगपुरूष स्व. गिरिजाप्रसाद कोईराला। तर वर्तमान ठिक विपरीत भईरहेछ, प्रजातान्त्रिक नेताका अप्रजातान्त्रिक शैलीको आलोचाना गर्दा नेपाली काङ्ग्रेसलाई क्षति पुग्छ भन्ने भ्रामक संस्कृतिको विकास भईरहेको पाईन्छ। हिजो संस्था प्रधान नेपाली काङ्ग्रेस आाजकल व्यक्ति प्रधान भईरहेको पाईन्छ। व्यक्तिको प्रसंसा गर्दा नेपाली काङ्ग्रेसको हित हुने र व्यक्तिको अभिव्यक्ति र क्रियाकलापको आलोचना गर्दा पार्टीको हितविपरीत कार्य हुने भन्ने र मान्ने संस्कारको विकासले नेपाली काङ्ग्रेसलाई हुदैगरेको क्षणिक लाभ जस्तो देखिने विषय मुतको न्यानो मात्र हो। नवउद्धारवादी प्रजातान्त्रिक दल नेपाली काङ्ग्रेस जहिले पनि संस्था, सिद्धान्त, आदर्श र विधि प्रधान हुनु पर्दछ न कि व्यक्ति वा पक्षपाती वर्गीय प्रधान। महामानव विश्वेश्वरप्रसादले आफु मालिक हुन नभई नागरिक वा जनतालाई मालिक बनाउन प्रजातान्त्रिक राजनीति गरेको कुरा बिरर्सनुले नेपाली काङ्ग्रेसको अस्तित्व समाप्त हुनेमा दुईमत छैन। नेपाली काङ्ग्रेसको छाला ओढेको झुण्ड हो भन्ने आरोप बाट बच्न र बचाउन तिर नलागेर चुनाव जित्नु भनेको त्यस्तै खालको कम्युनिष्टको उदण्ड क्रियाकलाप ले मात्र हो जो वास्तविक जित नहुन सक्छ।