नेपाली समाजले आफ्नो गरिबी नस्विकार्नु वा लुकाउनु खोज्नु समस्यामा अझै समस्या थप्नु हो। सबैलाई अभाव छ तर गरिबी लुकाएर मुख्य विषयलाई जानेर हो वा अन्जानमा गैरराजनीतिकरण गरिदैछ।
राजनीतिलेेे समाज र राज्यलाई स्थिर, स्थायी र दिगो समाधान तर्फको बाटो लानु पर्नेमा विषय र मुद्दलाई गैरराजनीतिकरण गर्दै सामाजिक सद्भाव भड्काउने कार्य तर्फ नियोजित ढङ्गले लागिपरेको देखिदैछ। वर्गिय संरचनाले उत्पन्न गरेको गरिबी भए बरू निर्मूल गर्न सकिन्थ्यो तर मिलेमतोमा योजनाबद्ध ढङ्गले अझ गरिबी बढाउने कार्य भईरहेको छ त्यसैले समस्या बढददो छ झन्झन्। अर्कोतर्फ नेपाली समाजको उच्च क्षमता भएको हार्डडिस्क (Hard Disk)मा अन्धविश्वास, अतिवाद, मौनवाद, भाग्यवाद जस्ता मानसिक एवं सांस्कृतिक ऐतिहासिक हानिकारक जीवाणुले (Virus) ले संक्रमित बनाएको महसुस हुन्छ। झट्ट हेर्दा नेपाली समाजले स्टेरायल गरेको पश्चिमा आवरण पहिरिएको मात्र हो आन्तरिक मामिलामा वर्तमानको परिस्थितिमा छ। नेपाली गरिब छ र नेपाली समाज गरिबीको गहिरो दलदलमा फँसेको छ।

No comments:
Post a Comment