प्रिय कमरेड!
शरीरको करार जो संग पनि गर्न सक्छौं तर जुन दिन त्यो पवित्र अात्मा संगको मेल हुनेछ हामी जीवनको कुबेर हुनेछौं, बादशाह हुनेछौं। त्यो पवित्र अात्मा जसले जीवन धन्य बनाउने अदृश्य शक्तिका साथ तिमीलाई पहिचान गरेर खोज्दै अाउनेछ र ब्रह्मज्ञानको सयर गराउनेछ। ब्रह्मज्ञानको अादर्श बोकेको अादर्शवादी समाजमा प्रवेश गराउने छ जसको सुखको अाभाष हाम्रो अात्माले गर्ने छ। बस धैर्यता र प्रतीक्षा बाट अाफुलाई भड्किन नदिअौं।
हामी अाफैमा प्रकृतिको सर्वश्रेष्ठ र सुन्दर सृजना हौं जो स्वतन्त्र साथै अति शक्तिशाली छौं। अाफुलाई अप्राकृतिक विचार एवं व्यवहारले बनावटी (Artificial) नबनाअौं जसले अाफुमात्र नभई अाफ्नो सिङ्गो समाजनै रोगी बन्न सक्छ।
कुरा शारीरिक सन्तुष्टिको हैन, अात्मीक पवित्रता र अानन्दको हो।
जय कैलाशपते!
No comments:
Post a Comment