Wednesday, April 1, 2020

मानव र निर्माणाधीन नोविज्ञान

यस्तो स्वभाव सबै मानिसमा थोरै मात्रामा नहुने भने होइन जो प्राकृतिक हो। कसै अरूको प्रगति वा सुखमा कोही चाहिने भन्दा बढी दुखी हुनु र कसैको दुख वा मृत्युको खबरमा चाहिने भन्दा बढी रमाउनु भनेको गहिरो मनोरोग हो। 
                  भ्रष्टाचार, अनैतिकता,असमानता, विभेद, शोषण वा विभिन्न राजनितीक, सामाजिक, व्यक्तिगत घटनाले प्रेरित गरेको हत्या-हिंसा, आतंकमा प्रत्यक्ष परोक्ष सहभागीमा पर्न गएको खुशीको भाव र उक्त घटनाका पिडीतहरूमा दुखी हुदा बदलाको भावना बाट विकसित हुँदै यो एक घातक मनोरोग बन्न पुगेको हो। यो नेपालमा मत्र नभई विश्वमा बढदो सम्स्या बन्दैछ जसले मानिसमा हुने स्वभाव "मानवता"को संवेदनशीलतामा ह्रास ल्याउदैछ। यो मन्दविषले त्यही दिन देखि गति लिएको हो जुन दिन देखि राजनीतिक क्रान्तिको नाममा एक मावले मानवता त्यागेर मानव र मानवताको हत्या-हिंसा गर्न थाल्यो।
                    यस प्रकारको मनोबैज्ञानिक त्रुटिलाई न्युनिकरण गर्न पहिले निस्वार्थ मानवता भावलाई आफुमा त्यो हाँसो-खुशीका साथ जीवित र सकृय रख्न जरुरी हुन्छ। केही उपाय हरूमध्य विश्वासका साथ धर्म विज्ञान, आध्यात्म विज्ञान, प्रेम विज्ञान लगायतमा हार्दिक  मन, वचन र कर्म लगाउनु नै हो।

No comments:

Post a Comment