सामाजिक बनावट र गठबन्धनको सरकार
हामी वर्गमा भूइमान्छे किसान मजदुर, लैङ्गिकतामा महिला र मर्दानी, वर्णाश्रममा शुद्रले भोगिरहेको शोषण, उत्पिडन, विभेद र छुवाछुतमा पारिएकाहरूको गठबन्धनको सरकार कहिले बन्छ होला....
निम्न वर्गको अधिनायकत्वको गठबन्धन हुन जरुरी छ न्यायिक समाज निर्माण गर्न । उत्पिडनमा पारिएकाहरूको अधिनायकत्वको सरकार कहिले बन्छ ! कहिले बनाउने !
समाजको बनावट र सरकार गठन बीचमा कुनै तालमेल छैन । सामाजिक बनावट अनुसारको राज्य र सरकार कहिले बनाउने होला ! धार्मिक पितृसतात्मक जातिवादी दलाल पुँजीवादी समाजको स्पष्ट उदाहरण मान्न सकिन्छ ।
कुनै राज्यमा कति राजनीतिक दलहरू छन् भएतापनि त्यस राजनीतिक दलहरूको संख्यालाई सामाजिक बनावट भित्र गनिदैन । तर सबै राजनीतिक दलहरूमा सामाजिक बनावट देखिनु पर्दछ वा त्यसलाई स्विकार्न र अवलम्बन गर्न सक्नु पर्दछ । सामाजिक बनावट भनेको समाज भित्रको विभिन्नता, स्तरिकरण र पदसोपान पर्दछन् ।
विभिन्नतामा उमेर, लिङ्ग, पेशा, शिक्षा, सवलता, धर्म लगायत पर्दछ भने स्तरिकरणमा जात व्यवस्था र वर्ग त्यसरी नै पदसोपानमा जात, वर्ण, वर्ग, लैङ्गिकता, रेस, लगायतमा रहेको असमान उच्च/निच पर्दछ ।
नवगठित सरकारमा सामाजिक बनावटको मर्म र भावना धज्जी उडाईएको स्पष्ट देख्न सकिन्छ । लाग्छ यो राज्यमा राजस्व/कर तिनै वर्ग, वर्ण र लिङ्गले मात्र बुझाईरहेको छ जस्तो । जे हुँदै छ असामाजिक त छ छ अन्यायिक, अवैज्ञानिक र अव्यवहारिक देखिन्छ ।
कार्ल मार्क्सले भनेका छन् कि राज्य भनेको उच्च वर्गको स्वार्थ पूर्ति गर्ने कार्यसमिति हो भनेर । संविधान आफ्नो लागेपनि मार्क्स ले भन्नुभए जस्तै राज्यका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका लगायत समीतिमा रहेका कोही आफ्नो लाग्दैन ।
संविधानको प्रस्तावनामा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राज्यको मर्म र भावना माथि खेलवाड चलिरहेको छ । यसलाई कसले र कहिले रोक्ने !
जाति र पहिचानका आधारमा
आर्य - ११
खस - ४
आदिवासी जनजाति - ३
आदिवासी जनजाति थारू - १
मधेसी (पिछडा वर्ग) - ३
(लैङ्गिकताको आधारमा महिला
खस महिला - १
आर्य महिला - १)
धार्मिक पितृसत्तात्मक जातिवादी दलाल पुँजीवादी समाजको स्पष्ट नमुना यसैलाई भनिन्छ । यस्ता तथ्य र प्रमाणका आधार स्पष्ट हुदाहुदै कसरी मान्न सकिन्छ कि यो समाज संतुलित र सुव्यवस्थित छ भनेर ! नेपाली समाज असंतुलित र अव्यवस्थित हो भनेर जोकोहीले पनि भन्न सक्छ ।

No comments:
Post a Comment