Tuesday, July 30, 2024

समाजवादको भ्रूण हत्या प्रयास

 समाजवादको भ्रूण हत्या प्रयास




राज्य Vs धर्म, संविधान Vs धार्मग्रन्थ को हुँदै गरेको यो महासंग्रममा धर्म र धर्मग्रन्थ पराजय हुने निश्चित छ । जनआन्दोलन ०६२/०६३ मा भएको पहिलो राउन्डमा पनि पराजित, नेपालको संविधान २०७२ जारी गरिएको दोस्रो राउन्डमा पनि पराजित । विज्ञान नभएको, न्याय नभएको जुनसुकै धर्म होस् र धर्मग्रन्थ होस् त्यस्ताको हार निश्चित हुन्छ । उदाहरणकालागि फ्रान्सेली रक्तिम क्रान्ति र जङ्गबहादुर राणा द्वारा जारी गरिएको १९१० को मूलुकी ऐन किन नहोस् पराजित भएको छ/गरिएको छ । पुँजीवादले यस्ताको अस्तित्वलाई स्विकार्दै जाला तर समाजवाद सँगसँगै अवैज्ञानिक, अव्यवहारिक, अन्यायिक संरचनाको अस्तित्वको अवधारणा हुदैन । पुँजीवादको गर्भ भित्र समाजवादको भ्रूण छ भन्दछ मार्क्सवादमा । पुँजीवादको गर्भ भित्र समाजवादको भ्रूण विकसित हुदैछ । गर्भ भित्र रहेको समाजवादको त्यो भ्रूणलाई तुहाउने वा भ्रूणहत्या गर्ने विभिन्न भयानक प्रयासहरू गरिरहन्छन् । त्यो भ्रूण हत्याको प्रयास गर्नेहरू देवतावद, पितृसत्ता, वर्णव्यवस्था, नश्लवाद, रेसिजम, साम्राज्यवाद, विस्तारवाद र स्वयं पुँजीवाद हुन् । यी सामाजिक संरचनाहरू त्यो भ्रूण हत्याको हर प्रयासको अभियानमा लागेका छन् । तर जित्न हिडेका त्यस्ता संरचनाको ढिलोचाँडो हार निश्चित रहेको हुन्छ । 


पुँजीवादको गर्भमा विकसित हुँदै गरेको समाजवादको भ्रूणको हत्याको प्रयास त्यो सामाजिक संरचनाहरूले आखिर किन गरिरहेका छन् त ! पहिलो तर्क, समाजवादको उदय सँगै त्यस्ता गुणस्तरहीन सामाजिक संरचना जसमा प्रगतिशीलता वैज्ञानिकता हुदैन त्यस्ता संरचनाको अस्तित्व हुदैन त्यो समाजवादमा । अर्थात जहाँ देवतावाद, जातिवाद/रेसिज्म, नश्लवा, पितृसत्ता, विस्तारवाद र साम्राज्यवाद जस्ता अमानविय र गुणस्तरहीन सामाजिक संरचना रहन्छ त्यहाँ समाजवादको कल्पना गर्न सकिँदैन । त्यस्तै समाजवादको उदय सँगै त्यस्ता संरचनाको अवसान निश्चित रहेको हुन्छ । समाजवाद न्यायिक सामाजिक संरचना (उत्पादनको स्वरूप) को अवस्था हो जहाँ शोषण, विभेद र अन्यायको पक्षपोषण गर्ने त्यस्ता देवतावाद, रेसिज्म, जातिवाद, नश्लवाद, पितृसत्ता, विस्तारवाद, साम्राज्यवाद, र पुँजीवादको कल्पना गरिएको हुदैन । समाजवाद सँग ती अमानवीय संरचना सँगसँगै जान सक्दैन । समाजवाद हुन्छ नै त्यस्तो ।


दोस्रो तर्क, पुँजीवादी उत्पादनको स्वरूप सम्म यस्ता अन्यायिक सामाजिक संरचनाको अस्तित्व रहेको हुन्छ, किनकि यिनको उदण्डता र भड्किलो चरित्रका कारणले पुँजीवादको गर्भमा समाजवादको भ्रूणको बिजारोपण हुनु, त्यस भ्रूणको विकास हुन, र उदयको कारक बन्दछ । समाजवादको भ्रूण हत्या गर्न भड्किलो क्रियाकलाप गरिरहेको त्यस अन्तरक्रियाले एकातर्फ समाजवादको भ्रूण विकसित हुँदै गर्दछ भने, अर्को तर्फ त्यस भड्किलो र उदण्डताका कारणले स्वयं पुँजीवाद र त्यस्ता देवतावाद, रेसिज्म, जातिवाद, नश्लवाद, पितृसत्ता, विस्तारवाद र साम्राज्यवाद जस्ता संरचनाको अवसानको उल्टो दिनगन्ती भईरहेको हुन्छ । अर्थात समाजवादको भ्रूण हत्यामा निक्लिएका सामाजिक संरचनाले स्वयंको चिहान खनिरहेको हुन्छ तर त्यस समयमा भ्रमको चेतना उत्कर्षमा रहेको हुन्छ । पुँजीवाद तथा त्यसका आधार संरचनामा रहेको भ्रमको चेतना नै समाजवादको भ्रूण विकासकालागि पोषण बनिरहेको हुन्छ । पुँजीवादको चरित्र हुन्छ नै त्यस्तो ।


पुँजीवादको गर्भ भित्र विकसित हुँदै गरेको समाजवादको भ्रूण हत्यामा निक्लिएका उदण्ड र भड्किलो सामाजिक संरचनाले एकातर्फ आफ्नो अवसानको कारणलाई अझ बल प्रदान गरिरहेको हुन्छ भने अर्को तर्फ समाजवादलाई दफनाउनु भनेर खनेको चिहानमा आफ्नालागि हो भन्ने चेतना राख्न सक्दैन । समाजवादी उत्पादनका स्वरूपमा त्यस्ता अन्धविश्वास, अवैज्ञानिक, अन्यायिक, अमानवीय गुण भएका सामाजिक संरचनाको कल्पना गरिएको हुदैन । समाजवाद र भ्रमको चेतना सँगसँगै जान सक्दैन अर्थात भ्रमको चेतना भएको पुँजीवाद सँग समाजवादको कल्पना गरिदैन । तर पुँजीवादको गर्भ भित्र समाजवादको भ्रूण रहेको गर्भको गर्भपतन गराउने प्रयास नै समाजवादको विकासको आधार र कारक हो भन्दछ मार्क्सवादले । पुँजीवादको भड्किलो क्रिया पुँजीवादको अवसानको कारक हो भने समाजवादको उदयको आधार मान्दछ ।

No comments:

Post a Comment