लोकतान्त्रमा देवत्वकरण नगरौं
एकातर्फ सो कल्ड नेता ले/लाई गलामा माला लगाईमाग्नु वा लगाईदिनु र अर्को तर्फ आफू समान अधिकार सम्पन्न अर्को मानवलाई वा विशेष अख्तियार प्राप्त व्यक्तित्व ले/लाई हातमा फुलको गुच्छा लिनु वा दिनु दुवै फरक फरक विषय र प्रसंग हुन् ।
एक प्रसंगमा सम्बन्धमा दास र मालिक (रैती)को अन्तरक्रियाको झलक पाईन्छ भने अर्कोमा अधिकार र हैसियतमा समान व्यक्तिलाई शुभकामना आदान प्रदान गरेको सुसंस्कृत सभ्यता झल्किन्छ । आफुले आफैलाई मालिक र रैती नबनाआैं । कोही मानव कोही अर्को मानव भन्दा श्रेष्ठ र निम्न हुदैन अर्थात सबै अधिकार र आत्मसम्मानमा समान हौं । कसैले कसैलाई देवत्वकरण नगरौं । समान हैसियत र सामान्य अवस्थामा पनि यो समाजलाई चलाउन सकिन्छ र चल्छ पनि ।
करदाता नागरिक मालिक हुन् । नागरिक/लोकको सेवा गर्ने ध्येयले अगाडि बढेका नेता/कर्मचारी लाई नोकर (public servent) नै मानौं र सम्बन्धितले स्विकार गरौं, त्यही यथार्थ हो । यहाँ कोही कसैको मालिक हो भने आम नागरिक मालिक हुन् भने यहाँ कोही कसैको सेवक हुन् भने नेता/कर्मचारी हुन् । कोही नेता/कर्मचारी मालिक बन्न नखोजौं साथै करदाता नागरिक दास बन्न नखोजौं ।
विश्व मानव समाजमा अधिकार र आत्मसम्मानमा समानताको वकालत गर्ने पोस्ट लोकतान्त्रिक युगमा यस्ता देवत्वकरण र दानविकरणको असभ्य संस्कृतिको बहिष्कार गरौं ।

No comments:
Post a Comment