Sunday, July 24, 2022

 पूँजीवादी समाजको सामाजिक संरचना साथै त्यस भित्र सृजित असमान अवस्था र स्थिति । आर्थिक (भौतिक) निर्धारणवादले निर्धारण गर्ने वर्गीय विभाजन र त्यसको स्वरूप र विशेषता चित्रण गरेको पूँजीवाद प्रणाली (माक्र्सवादी) चित्र । 


समाजमा वर्णविभाजनका आधारमा , लैङ्गिक आधारमा, रंगको आधारमा मात्र असमानता सृजना गरिएको नभई आर्थिक निर्धारणका आधारमा अर्थात उत्पादनका भौतिक साधन माथिको पहुँच तथा असमान वितरणका आधारमा पनि असमानता सृजना भएको छ । अर्थात हरेक पक्ष जस्तै आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक आधारमा वर्ग निर्धारण हुने कुरा द्वन्दवादी (भौतिकवादी) समाजिक चिन्तकहरूको ठम्याई रहेको छ ।


समाजको सामाजिक सुव्यवस्था भित्र द्वन्दात्मक अवस्था छ भने द्वन्दात्मक अवस्था भित्र पनि संरचनात्मक प्रकार्यवाद छ भनेर मान्न नसकिने अवस्था छैन । द्वन्दवाद भित्रको प्रकार्यवाद र प्रकार्यवाद भित्रको ऐतिहासिक द्वन्दात्मक सम्बन्ध छैन भन्न सकिन्छ र !


CAPITALISM

WE RULE YOU (POLITICS)

WE FOOL YOU (RELIGIOUS)

WE SHOOT AT YOU (BUREAUCRACY)

WE EAT FOR YOU (CAPITALIST)

WE WORK FOR ALL / WE FEED ALL (WORKING CLASS)

No comments:

Post a Comment