मानवतावादको शत्रु मानव हो
मानवले नै जन्म दिएको,
मानव मात्र ले अभ्यास गरेको
एक हिंस्रक दास युग थियो ।
जो मानव र मानवता विरूद्ध थियो ।
किनकि मानवको शत्रु मानव नै थियो ।
मानवले नै सृजना गरेको
मानवले मानव माथी अभ्यास गरेको
एक मालिक र अर्को दास थियो ।
मानवले मानवलाई बजार लान्थ्यो ।
एकले अर्कोलाई खरिदबिक्री गर्थ्यो ।
जो खरिदार हो उ देवमानव थियो ।
जो बिक्री हुन्थ्यो अमानुस दास थियो ।
अनि मानवले मानवको जीवन तय गर्थ्यो ।
जो मानव र मानवतावाद विरूद्ध थियो ।
किनकि मानव नै मानवतावादको शत्रु थियो ।
समय परिवर्तन भयो ।
संरचनामा युग परिवर्तन भयो ।
निरंकुश सामन्तशाही युग आयो ।
नियत र प्रवृत्तिमा स्वामी संगै आयो ।
मानव दमन र अत्याचार बहुरूपी भयो ।
मानवले नै पुनःनिर्माण गरेको
मानव मात्रले अभ्यास गरेको
एक कुरूर सामन्त युग ल्याईयो ।
कोही मानव सामन्तशाही थिये ।
जो सैन्यशाली सामन्तशाही, मानव थिये ।
अर्को मानव किसान, रैती र दास थिये ।
त्यो पनि मानव र मानवता विरूद्ध थियो ।
किनकि मानवको विशेष शत्रु मानव नै थियो ।
रक्तिम क्रान्ति भयो ।
युगमा पूर्ण परिवर्तन आयो ।
संरचनामा पूँजीवादी युग ल्याईयो ।
तर दासमालिक, सामन्तशाही र शोषण संगै आयो ।
मानवले नै पुनःजन्म दिएको
मानवले मानव माथि अभ्यास गरेको
एक पूँजीपति र अर्को मजदुर आयो ।
मानवहरूमा एक मानव हुनेखाने ।
अर्को मजदुर र कृषक सधैं हुदाखाने ।
कसैको भौतिक संकलनको लोभ कहिले नमेटिने ।
मजदुर चाहि बास, कपास र गाँसमा भोको रहने ।
स्वतन्त्रता र समानताको नाममा शोषण थियो ।
त्यो पनि मानव र मानवता विरूद्ध थियो ।
किनकि मानवतावादको मूल शत्रु मानव नै थियो ।
मानवलाई मानव नमान्ने कस्तो मानव !
मानवलाई अमानवीय शोषण गर्ने कस्तो मानव !
मानवताको मर्म र भावना सम्झनै नचाहने कस्तो मानव !
मानवको शत्रु मानव होईन भन्ने कस्तो मानव !
मानवतावादको शत्रु मानव होईन भन्ने कस्तो मानव !
मानवतावादको शत्रु मानव थियो ।
मानवतावादको शत्रु मानव हो ।
मानवतावादको मुख्य शत्रु मानव नै हो ।
२०७९ जेठ २३ सोमबार
No comments:
Post a Comment