नारीको जात/थर र पितृसत्ता
कुनै पुरूष संग विवाह गर्नुले वा विवाह पश्चात् कुनै व्यक्ति (नारी)ले वंशजको आधारमा पाएको जात/थर परिवर्तन हुने वा नयाँ पहिचान निर्माण हुन्छ भनेर मान्नु वा अभ्यास गर्नु भनेको निरंकुश, शैतानी र अचेत पितृसत्तात्मक समाजको मुख्य चरित्रमा पर्दछ । त्यसरी नै पितृसत्तात्मक समाजमा पुरूषको पहिचान पाउनु आफैमा एक उच्च सामाजिक परिचय मान्ने गरिन्छ ।
सामान्यतय एक नारी र पुरूषको विवाह हुन्छ तर पितृसत्तात्मक समाजमा नारीको विवाह पुरूष र पुरूषको जात थर संग हुन्छ जस्तो अभ्यास देखिन्छ । विवाह पश्चात् एक नारीको वंशाजको अस्तित्व नै कुनै अर्को अस्तित्व संग विलिन हुनु पर्ने पनि देखिदै आएको छ । पितृसत्तात्मक समाजमा पुरूषको जात/थर जसरी अपरिवर्तनिय हुन्छ भनेर मान्दछ त्यसरी नै एक विवाहित नारीको आफ्नो जात थरमा स्थिरता वा वंशजमा रहनु वा राख्नसक्नुले पनि केही सकारात्मक संकेत प्रस्तुत गरेको मान्न सकिन्छ । तर यही पक्ष मात्रले न्याय प्राप्ति हुन्छ भन्ने कुरा चै वैज्ञानिक, व्यवहारिक र न्यायीक मान्न सकिँदैन ।
जैविक शक्ति अर्थात प्रसव पिडाको विशेष वरदान र स्तनपान गराउने प्राकृतिक क्षमता प्राप्त जननी नारी पितृसत्तात्मक समाजमा आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, मनोवैज्ञानिक लगायत हरेक पक्ष बाट र समाजका सबै क्षेत्रमा विभेदमा पारिएको अध्ययन नारीवादी शास्त्र साथै शास्त्रीहरूले बताउदछन् । नारी हुनु आफैमा एक वर्ग हो अर्थात निम्न वर्ग हो भनेर मान्दछन् नारीवादी माक्र्सवादले भने पुरूष हुनु आफैमा उच्च वर्गको हो मान्दछ ।
एक नारीले विवाह पश्चात् आफ्नो वंशज बाट प्राप्त थर लेख्न भन्न पनि निकै ठुलै आँट चाहिन्छ जस्तो देखिन्छ । परिवार संतुलनकालागि पिताको पतिको दुवै थर लेखोको पाईन्छ । एक व्यक्तिको थर परिवर्तन हुनु वा दुई थरको हुनुले के संकेत गरिरहेको छ !
No comments:
Post a Comment