देशमा हुदैगरेको राजनीतिक हर्कतले कसैलाई खुशी बनाएको पक्कै छ तर किन खुशी छौं भनेर त्यसको कुनै त्यस्तो कारण छैन तिनीहरू संग जो गदगद छन्। कारण थाहा नहोला तर जो यस्ता राजनीतिक निर्णय र क्रियाकलाप बाट असंतुष्ट छन् उहाँहरू गलत छैनन्। किनकि उहाँहरू अाम नागरिक हुन्।
जहानियाँवाद, वंशवाद, नातावाद र कृपावादमा हुर्किएको न्याय नदेख्ने अन्धविश्वासी राष्ट्रवाद दोषी छ। त्यसमा हुनुपर्ने गुणस्तर, शुद्धता र पवित्रता नास्ती। अपवित्र राष्ट्रवादको ढोल बजाउने शासक र त्यसैको तालमा सिल्ली नाच्ने रैती हुन् सक्छ! त्यस्तो मुलुकका मानिस जनता हुनै सक्दैनन्।
राष्ट्र र राष्ट्रियता भएको देशमा जनता जनार्दन हुन्छन् र व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका नागरिकको सेवक हुन्छन् तर त्यस्तो नहुदा पनि विडम्बनापूर्वक जबर्जस्त स्विकार्नु पर्दैछ कि म यो देशको नागरिक हुँ भनेर।
राष्ट्रवादको कुरा गर्न जति अासान छ त्यति नै जटिल छ सामाजिक एकता, न्याय, मौलिकहक र मानवअधिकारको प्रसंगको उठान गर्न र ऐ विषयमा एक हुन र बनाउन। अाज पनि ती कर्मठ किसानले पाउने सहुलियत र सुविधा, सम्मानित महिला समुदाय संग नीतिगत र व्यवहारिक पवित्रको व्यवहार र हिन्दु वर्णाश्रमले शुद्र वर्णलाई गर्ने व्यवहारिक र नीतिगत शुद्धताको अभ्यासमा न्याय पर्याप्त देख्न पाईन्न। अाम नागरिकलाई अाधारभूत मौलिक हकको अाभाष दिलाउन नसक्ने नेपाल सरकारले ढोङ्गी राष्ट्रवादको झ्याली पिट्नु पिटाउनु ईन्द्र जालको काला जादुको खेल भन्दा अरू केही हैन।
गुणस्तरीय र व्यवहारिक शिक्षा, स्तरिय स्वास्थ सुविधा, शुद्ध पिउने पानी अनि कला, सिप र क्षमता अनुसारको रोजगारको अाभाष र अवसर बाट विमुख नेपाली समाज नागरिकको दर्जा र अधिकार नपाएपनि सिमानाका लागि राष्ट्रिय एकता देखाउन सक्ने त्यागी नेपाली समाज अान्तरिक रूपमा अतिवाद र गर्झनवादको सिकारले विभाजित देखिन्छ। नेपाली समाज अाज सम्म पनि वैज्ञानिक, व्यवहारिक र समतामा प्रवेश गरिनसकेको अवस्था छ। पहिले शासकले उठाएको राष्ट्रवादको नारा तिनै शासकका लागि मात्र हुने गर्दछ भन्ने विषयलाई ध्यानमा राखेर अाफ्ना मौलिकहक प्रति पनि उत्तिकै सजक रहनु पर्ने हुन्छ।
राष्ट्रवादमा भूगोल र माटो प्रतिको प्रेमले भरिएको आवेग मात्र नभई अघिपछि देखाईने राष्ट्र प्रतिको ईमानदारीता र कर्तव्यनिठाको व्यवहार पनि हो भन्ने पाठ बुझ्न बुझाउन जरुरी छ। धन्यहो केपी प्रशासनले क्षणिक र आवधिक रूपमा भएपनि बेला बेलामा एकताको भ्रम पैदागराउन सकेको देखिन्। शुभकामना डियर कमरेड!

No comments:
Post a Comment