एकातर्फ खर्च बढ्दैछ, अर्को तर्फ भारी मूल्यवृद्धि ।
चुनौतीपूर्ण आर्थिक, सामाजिक र स्वास्थ समृद्धि ।।
संविधान संगै लोकतन्त्र, हक र सामाजिक सुरक्षा ।
समस्या अझ बढदैछ, जीवित छ गुणस्तर अपेक्षा ।।
रोटी, कपडा, मकान समेटदै जाने भूईमान्छे जीवन ।
असमान वितरण र कब्जाले पिधमै रहने दासीपन ।।
संघर्ष र संकटकालीन भोगाइ, न संसारी न सन्यासी ।
भौतिकवादले खोस्यो आध्यात्मिक र मानवतावादी ।।
: निजी पारिवारिक जीवन
No comments:
Post a Comment