Thursday, March 31, 2022

साम्यवाद

साम्यवाद समाजको एक काल्पनिक चरण हो, यसमा रहने सबै समाजका सदस्यहरू साम्यवादी (Communist) कहलिन्छ। यो विशुद्ध सामाजिक रूपानतरण र परिवर्तनले ल्याउने उत्पादनको स्वरूप हो।  Communism लाई नेपालीमा साम्यवाद भनिन्छ। साम्यवादको अर्थ, परिभाषा र विशेषता रहेको जस्तो स्पष्ट र पवित्र वादको कल्पना आज सम्म कुनै शास्त्रले गर्नसकेका होलान्। यो वाद आफैमा एक समाजको संरचनात्मक स्वरूप हो अर्थात माक्र्सवादले व्याख्या गरेको उत्पादनको स्वरूप हो। यो यस्तो स्वर्गीय कल्पना सहितको  सामाजिक चरण हो जहाँ स्वतन्त्र मानिसको मानवतावादी मस्तिष्कको गुणस्तरीयताको मापन आजको, अहिलेको र पुँजीवादी मस्तिष्कधारी सोचबाट असम्भव छ।


मानवतावदी माक्र्सद्वारा प्रतिपादित माक्र्सवादका अनुशार यो पुँजीवाद, समाजवाद र साम्यवाद विशुद्ध सामाजिक चरण हो। यसलाई कसैले राजनीतिक चरण वा स्वरूपमा व्याख्या गर्छन् भने सम्झनुस् त्यसले सिङ्गो माक्र्सवादको पवित्रता माथि छेडखानी गर्दैछ र अाफ्नो दुनो सोझ्याउदैछ भनेर। मानिसको सोच्ने गुणस्तर क्षमता राख्ने मस्तिष्कमा सांस्कृतिक आक्रमण गरेर साम्यवादलाई राजनीतिक कमेरो दल्ने त्यस्तो बौद्धिक भ्रष्टाचार गर्ने विर विचारलाई ठुटे सलाम।


आज कम्युनिष्टको नाममा पण्डित्याई गर्नेहरू विश्वसमाजमा रहेको वर्तमान पुँजीवादलाई ढालेर समाजवाद ल्याउने र साम्यवादको चरणमा जाने भनेर जोडतोडले लागेको देखिन्छ। वहाँ हरूलाई थाहा हुनु पर्छ कि आफ्नो पिताजीले स्याहारसुसार गरेको एक पटक फलिसकेको केराको दाम्चा ढालेर देखाउन सकोस्! अनि कुरा हुन्छ। अरूलाई मूर्ख बनाएर आफु बौद्धिक भ्रष्टाचार विचार भएकाहरू हामी पनि परै चिन्छौं। चाल, ढाल र कपाल कस्तो हुन्छ भनेर।


विश्वसंकटको यो विपतको बेलामा यस्तो कुमन, कुवचन र कुकर्म गर्न सक्ने भनेको नै नेपाली समाजका वृय हुन्। कम्युनिष्टको बदनाम गराउने अौंसी र पूर्णेकाहरू कम्युनिष्ट हो भनेर कम्युनिष्ट राजनीतिक र कम्युनिष्ट सांस्कृतिक लाई समाजशास्त्रीय अध्ययन अनुसन्धान र चिरफार गर्ने फरेन्सिक रिपोर्ट हेर्ने हो भने नेगेटिभ रिपोर्ट आउछ।


यस्तो घडीमा चोर्ने, ठग्ने विचार र व्यवहार देखाउने पुजीकेन्द्रीत कुनैपनि व्यक्ति कम्युनिष्ट हैनन् र हुनै सक्दैनन्। त्यो कम्युनिष्ट खराब हैनन्, कम्युनिष्टको नामको जिउदो गन्हाउने सिनो हो जो बाउको बीउ र आमाको दुधमै दोष आउछ। माक्र्सवादमा रहेको कम्युनिष्ट उत्पादनका स्वरूपको सदविचार, समतामूलक र मानवतावाद विचार संग हामी पनि परिचित छौं। दिउसै रातपार्ने कार्य बन्द गर। समाजले थाहापाएको दिन त्यो लाज छोप्ने धोती र कन्धनी पनि लुछ्नेछन्। पुँजीवादी समाजमा रहेर आफुलाई कम्युनिष्ट कसेले ठान्छन् भने त्यो पानी बाट टाउको निकालेर म ओबानो छु भने जस्तै हो। र त्यो भ्रम पैदा भएको हो वा कुनै कुराले चेतनामा आउन नदिईरहेको विषयमा अाफुलाई ध्यानाकर्षण गराउनु पर्दछ। पुँजीवादी समाजको स्वरूमा रहेर, आफ्ना सबै संस्कृति, मन, वचन र कर्म त्यही अनरूप रहदै गर्दा कसैले फेरि पनि आफुलाई कम्युनिष्ट भन्छ भने, त्यो सुन्ने र पत्याउने मानिस महामूर्ख नहोला भन्न सकिन्न। 


No comments:

Post a Comment