समाज आफै अन्याय र असमानतामा रमाइरहेको कारणले समााजका हरेक अंग वा सामाजिक संस्थाहरूमा वर्तमानको जस्तो संकट र संक्रमणको विपत्ति निम्तिएको हो भन्नेमा कुनै दुबिधा नराख्दा हुन्छ। आफ्ना सन्तानलाई हरेक प्रयासमा प्रायः पैसा कमाउन उत्प्रेरित एवं दिशानिर्देश गरिरहेको हुन्छौं नकि यो सृष्टि र जगत प्रति कर्तव्यनिष्ठ र बफादार बन्न।
अन्याय भन्नाले ठुलोले सानोलाई, धनीले गरिबलाई, सक्नेले नसक्नेलाई, अग्लोले होचोलाई कतैन कतै, कुनैन कुनै प्रकारलेेेे प्रत्यक्ष वा परोक्ष रूपमा न्यायिक व्यवहार नगर्नु हो जो नेपाली समाजमा पर्याप्त मात्रामा महसुस गर्न सकिन्छ। असमानताको पनि पर्याप्त उदाहरण छ जस्तै पुरूषले महिलालाई, गहुगोरोले कालालाई, दौरासुरुवाल लगाउनेले धोतीपाईजामा लगाउनेलाई, पवित्र वर्णकाले अछुत वर्णलाई, जुङ्गा भएकाले लामो कपाल भएकीलाई, बहुमतले अल्पमतलाई यस्तै यस्तै विभेद र बहिष्करण, संस्थगत वा व्यक्तिगत रूपमा भईरहेको मान्न सकिन्छ। अर्थात हामी आफैले समाजलाई त्यस्ता भिन्न भिन्न प्रकारले भिन्न भिन्न क्षेत्रमा जानीजानी असमानता र दूरी पालेर राखेको नकार्न सकिन्न। यसै पुँजीवादको भागदौडमा आफ्ना भावी सन्ततिलाई सुसम्बन्ध, विद्या, सत्बुद्धि, नैतिकता, आचरण, ज्ञान, कला, सिप, पनि अवसर र शक्तिको मुल हो भनेर बुझाउनको सट्टा धन, सम्पत्ति, पद मात्र प्रतिष्ठा र शक्तिको स्रोत हो भनेर अपुरो बनाईरहेका छौं। जबकि हामीलाई सबै कुरा स्पष्ट थाहाछ यथार्थ र व्यवहारिक के हो र के ले सबैको हित गर्दछ भनेर। व्यक्तिगत वा सामुहिक स्वार्थ र अहमले हाम्रो मानवता, प्रेम र करूणाले भरिएको आत्मा र मस्तिष्कलाई भड्किलो बनाईरहेको छ। जसको विष सिङ्गो समाजमा र सामाजिक अंगहरूमा फैलिसकेको पाईन्छ। त्यसैको परिणाम हो आजको वर्तमान परिस्थिति र विपत्ति।
भावी पुस्तालाई कता दिशानिर्देश गर्ने र नेपालको भविष्य कस्तो बनाउने हाम्रो हातमा छ। किनकि भोलिका कर्णधार उत्पादन गर्ने, निर्माण गर्ने, र त्यसको विकास गर्ने हामी वर्तमान हौं। हामी कचल्टिएको वर्तमान जस्तो कदापि नबनाअौं। स्ममरण रहोस्, आजको दिनमा शक्ति राष्ट्र भनेर चिनिने त्यो देश बन्नु भन्दा पहिले त्यस मुलुकका नागरिकको सभ्य र सचेत संस्कृति र सामाजिक सुसंस्कृति र सभ्यताको निर्माण गरेको पाईन्छ। कुनै समाज शक्तिशाली, विकसित र समृद्धि हुनु नहुनु पछाडिको मुल रहस्य त्यस समाजको संस्कृति नै हो।
No comments:
Post a Comment