आदरणीय सभापति शेरबहादुर देउवाको मूल नारा #कदमजम (#कर्णाली #दलित #महिला #जनजाति #मधेसी ) अाफैमा सुन्दर छ तर अभ्यासमा पितृसत्ताको प्रभाव बढी देखिदैछ । त्यसैले न्यायिक सतात्मक सामाजिक व्यवस्था स्थापित गर्न लैङ्गिक सामाजिक #कदमजम को अर्को उदार प्रक्षेपणको अभ्यास गर्नु पर्ने देखिन्छ ।
#सभापति -
शेरबहादुर देउवा (पुरूष)
#उपसभापति
- पूर्णबहादुर खड्का (पुरूष)
-धनराज गुरुङ (पुरूष)
#महामन्त्री
-गगन थापा (पुरूष)
-विश्वप्रकाश शर्मा (पुरूष)
#सहमहामन्त्री–
महालक्ष्मी उपाध्याय ‘डिना’, (#महिला)
जीवन परियार, (पुरूष)
बद्री पाण्डे, (पुरूष)
फरमुल्लाह मन्सुर, (पुरूष)
भीष्मराज आङ्देम्बे, (पुरूष)
किशोरसिंह राठोर, (पुरूष)
महेन्द्र यादव, (पुरूष)
उमाकान्त चौधरी (पुरूष)
कस्तो न्याय, कस्तो समावेशीता र कस्तो लोकतान्त्रिक अभ्यास गर्दैछौं ! जबकी नेपालमा महिलाको जनसंख्याको अनुपात कुल जनसंख्यामा ५१% निकट रहेको छ । पदाधिकारी र निर्णय लिने दिने पदमा त्यो जनसंख्याको प्रतिशतले अर्थ राख्छ कि राख्दैन !
पितृसत्तात्मक समाजको मूल्य मान्यता र संस्कृतिको जग, खाष्टो र चस्मा हटाएर नेपाली काङ्ग्रेसले न्यायीक विधि, प्रणाली र अभ्यासका लागि संवेदनशील हुनु पर्ने देखिन्छ । यो व्रह्माण्ड, यो प्रकृति, यो पृथ्वी, यो वनस्पति, जिवजलाचर र समाजको हित र न्यायकालागि गरिने राजनीतिको सवालमा स्वर्गको जनादेश नै छ जस्तो वा निश्चित लिङ्गलाई मात्र ठेक्का परेको जस्तो देखिन्छ ।
हरेक विषयको अाफुले मात्र जिम्मालिने यो पितृसत्तात्मक समाजलाई नजरबनदमा राखेर न्यायीक समाज निर्माण गर्ने नेपाली काङ्ग्रेसले अगुवाई गर्न सक्नु पर्दछ । समाजमा विविध लिङ्गहरू छन् । त्यो लिङ्गहरूमा पनि विविधता छ । त्यो विविध लिङ्गमा विविध जात छ । त्यस जात व्यवस्ता भित्र विविध वर्ण छन् । त्यो वर्ण भित्र पनि विविध लिङ्ग छन् । समाज भित्र विविध जाति छन् र त्यस भित्र विविध लिङ्गहरू छन् । ती लिङ्ग भित्र पनि विविध वर्ग छन् । ती विवध लिङ्ग विधि भूगोलका पनि छन् । ती लिङ्गहरूको पनि अाफ्नो अस्तित्व र अधिकार रहेको हुन्छ । महिला र अर्धनारी लिङ्गीलाई र त्यस भित्र रहेको जात वर्ण, जाति, वर्गले महसुस र अनुभव गरेको विषय नजरअन्दाज गर्न मिल्दैन ।
यस्ता विविधताले भरिएको जटिल समाज भित्र लुकेको जात, जाति, भाषा, धर्म,भूगोल, संस्कृति, वर्गीय अाधारमा भएका असम्बोधित एवं अकल्पनिय मुद्दा जो सम्बोधन हुन बाँकी यस्ता धेरै विषयमा नेपाली काङ्ग्रेसले तिनको न्यायको उच्च अावाज र दृढ भरोसा बन्न सक्नु पर्दछ । त्यही नै उदारवादको प्रयोग र अभ्यास हुनेछ ।
#crinshaw
#intersectionality
No comments:
Post a Comment