अधिवेशनमा जसरी पार्टीको पदका लागि मरिहत्ते गरेका थियौ र निर्वाचनमा टिकट दिन र लिन जुन तिकडम र सेटिङ्ग गरेका थियौ त्यसरी नै नैतिकताको आधारमा जनताका न्यायकालागि आदरणीय व्यक्तित्व डा. गोविन्द केसी सत्याग्रहका लागि ज्यानमायामारेर अनसन बसेका थिए त्यसरी नै नैतिकता अलिकति छ भने संसद भवन भित्र र ऐ अगाडि भोकहड्ताल र आमरणसन बस।
खाई न पाई छालाको टोपी लाई भने जस्तै गुरू डा. भिमार्जुन आचार्यले भन्नु भएजस्तो लम्पट झोले कार्यकर्ताका कारण देश बिग्रेको हो भन्ने नपार। लोकतन्त्र संकटमै परेको हो भने लोकतन्त्र रक्षार्थ नेपाली काङ्ग्रेसका हरेक नेता कार्यकर्ता, स्वयंसेवक सबै सत्याग्रहका नाममा जीवन मायामारेर भोकहड्ताल, आमरणसन बसौं। हैन भने काम गर्ने कालु मकै खाने भालु भनेजस्तै गर्ने भने हनुमान पगरी गुँथ्ने ढेडु नीति अपनाउदै नेपाली काङ्ग्रेसको आदर्श, सिद्धान्त, मूल्य मान्यतालाई उधो बगाएर उभो खोज्ज नपठाउ। आज कार्यकर्ता सडकमा गयो भन्ने संग त्यत्रो पिर हैन तर आजका कार्यकर्ता भोलिका नेताले फेरि ति निर्दोष र निश्चल कार्यकर्ता वा स्वयंसेवकलाई फेरि सडकमा निजी लाभकालागि प्रयोग गर्ने संस्कार नबसोस भन्ने हो। २०४७ सालको प्रजातन्त्र प्राप्ति अघिका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको ऐतिहासिक संघर्ष त्याग र तपले भरिएको गौरवशाली इतिहास छ सुन्दापनि शक्ति र जोस मिल्दछ तर प्रजातन्त्र प्राप्ति पछिका प्रजातान्त्रिक स्वयंसेवकहरूको संघर्षको किस्सा यस्तो छ जस्तैः सडकमा टायर बालियो, चक्काजाम गरियो, तोडफोड गरियो, मसाल जुलुस निकालियो, नेपाल बन्द गरियो, गधाजुलुस निकालियो, प्रहरीलाई ढुङ्गा हानियो, कालोझण्डा देखाईयो, सिठीजुलुस गरियो। अब महत्त्वपूर्ण विषय यो हो कि वर्तमानको यस्तो रवैयालाई भोलिका दिनमा भावीपुस्ताले यस्ता कृयाकलापलाई मूल्यांकन गर्दा संघर्ष , त्याग र समर्पण भनिदिन्छन् कि भनिदिदैनन्! अबका दिनमा पनि वर्तमान शैलीमा परिवर्तन ल्याउन नसके भोलि अपजसको भागिदार हुने पक्का हुनसक्छ।
नेपाली काङ्ग्रेस नागरिकको न्ययाय र लोकतन्त्रको खातिर हरेक कठिन संघर्ष मात्र नभई देहत्याग सम्म गर्न सक्छौं भन्ने प्रमाणीत गर्न सक्नु पर्दछ। लोकतन्त्र रक्षार्थ गम्भीर र संवेदनशील भएर सडकमा गएको हो नकि रमाईलो गर्न वा मनोरञ्जनात्मक दृश्य देखाउन। लोकतान्त्रिक मूल्य मान्यता, विधि, प्रणाली र पद्धतलाई निष्पक्ष स्थापित गर्न र गराउन दबाबकालागि सडकमा गएका कार्यरतले भूल्नु हुन्न कि जनताले ल्याएको ऐ अस्थायी सरकारलाई जनताले नै पत्तासाफ पार्दै हाररूपि भाङ् खुवाउनेछन् भनेर। तर सडकमा मर्यादित भै विरोध प्रदर्शन गर्ने विषयमा हरेक लोकतन्त्र एवं न्याय प्रेमी ले आफुलाई हौसला र उर्जा गुम्नदिनु हुन्न भन्ने विश्वास आफुभित्र कायम राख्नु पर्दछ।
नेपाली समाजमा कम्युनिष्ट पार्टी भित्र कम्युनिष्ट विचार- व्यवहार साथै प्रजातान्त्रिक पार्टी एवं उद्धारवादका अगुवा नेपाली काङ्ग्रेस भित्र प्रजातान्त्रिक विचार र व्यवहार छ त? सायद त्यस्तो नहुन्थ्यो भने यस्तो हुदैन थियो जो वर्तमानमा भईरहेको छ। जसले नेपाल र नेपालीको भविाष्य लक्षित ध्येय बाट भड्किएको त छैन कतै!

No comments:
Post a Comment